सीधे मुख्य सामग्री पर जाएं

संदेश

जुलाई, 2015 की पोस्ट दिखाई जा रही हैं

६८) सूरह अल्-कलम

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १ नून० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । अल्लाहले कलमको कसम खानुभयो र मानिसहरूले कलमको सहायताले जे लेख्छन् त्यसको कसम खानुभयो । २ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं पागल हुनुहुन्न किनकि अल्लाहले तपाईंलाई आफ्नो कृपाले नबी बनाउनुभएको छ । बरू मुश्रिकहरूले तपाईंमाथि लगाएको पागलको आरोपबाट मुक्त हुनुहुन्छ । ३ वास्तवमा ,  तपाईंले हार नमानी मानिसहरूसम्म सन्देश पुर्याउनुभएकोले तपाईंले पुण्य पाउनुहुनेछ । तपाईंलाई पुण्य प्रदान गर्ने श्रेय अरू कसैले लिन सक्दैन । ४ वास्तवमा, तपाईं कुर्आनले ल्याएको महान नैतिकतामा हुनुहुन्छ । अनि तपाईं त्यसलाई उत्तम तरिकाले लागु गर्नुहुन्छ । ५ चाँडै नै तपाईंले पनि देख्नुहुनेछ र यी झूठो ठहर गर्नेहरूले पनि देख्नेछन् । ६ सत्यता जाहेर भएपछि तिमीहरूमध्ये को पागल हो भनी प्रष्ट हुनेछ । ७ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा तपाईको पालनकर्ता उहाँको मार्गबाट हटेको व्यक्तिलाई चिन्नुहुन्छ । अनि उहाँको बाटो अनुसार हिँड्नेलाई पनि । तसर्थ, को पथभ्रष्ट छ र कसले मार्गदर्शन प्राप...