सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल, 2020 की पोस्ट दिखाई जा रही हैं

४६- सूरह अल्-अह्काफ (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हा० मीम० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । २. यस कुर्आनको अवतरण सर्वशक्तिमान अल्लाहको तर्फबाट भएको हो जसलाई कसैले पनि पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टि, भाग्य लेख्न र कानुनमा तत्वदर्शी हुनुहुन्छ । ३. हामीले आकाशहरू, पृथ्वी र यी दुईबीचका सम्पूर्ण कुराहरूलाई बेकारमा सृष्टि गरेका छैनौं । बरू हामीले नितान्त सत्यका साथ विशेष उद्देश्यका लागि यसको सृष्टि गरेका छौं । त्यसमध्येबाट भक्तहरूले यसको सहयोगले उहाँलाई चिन्न सकून् अनि उहाँको मात्र उपासना गरून्, उहाँसँग कसैलाई साझेदार ठहर नगरून् र अल्लाहलाई मात्र थाहा भएको निश्चित सीमासम्म धर्तीमा उत्तराधिकारीको जिम्मेवारीको स्थापना गरून् । तर अल्लहको किताबमा दिइएको चेतावनीबाट विमुख भएर अल्लाहलाई नकार्नेहरू यसलाई वास्ता गर्दैनन् । ४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नितान्त सत्यबाट विमुख हुने मुश्रिकहरूलाई भन्नुहोस्- अल्लाहलाई छाडि जुन मूर्तिहरूको उपासना तिमीहरू गर्छौ, भन त के उनीहरूले धर्तीको कुनै भागको सृष्टि गरेका छन् ? के उनीहरूले पहाडको सृष्टि गरेका छन् ? के उ...

४७- सूरह मुहम्मद (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. जसले अल्लाहलाई नकारे र मानिसहरूलाई धर्मबाट टाढा राखे उनीहरूका क्रियाकलापहरूलाई अल्लाहले नष्ट पारे । २. जसले अल्लाहमाथि  आस्था राखे, सत्कर्म गरे र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अल्लाहले जे अवतरण गर्नुभयो त्यसमाथि आस्था राखे जुन उनीहरूका पालनकर्ताहरूको तर्फबाट नितान्त सत्य हो । अल्लाहले उनीहरूका पापहरूलाई क्षमा गर्नुभयो, त्यस कारणले अब उनीहरूलाई यातना दिइने छैन अनि उनीहरूका संसारका र आखिरतका अवस्थाहरूमा सुधार ल्याउनुभयो । ३. दुईवटै समूहको लागि उल्लेख भएको बदलाको कारण अनुसार अल्लाहलाई नकार्नेहरूले असत्यको अनुसरण अपनाए भने अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेहरूले उनीहरूको पालनकर्ताको तर्फबाट आएको सत्यको अनुसरण अपनाए । तसर्थ उनीहरूका कार्यहरूमा भिन्नता भएको हुनाले उनीहरूको बदलामा भिन्नता भएको पाइन्छ । जसरी अल्लाहले दुई समूहहरू अर्थात मोमिनहरू र काफिरहरूको विषयमा आफ्नो आदेशलाई प्रष्ट पार्नुभएको छ त्यसरी नै अल्लाहले उनीहरूको उदाहरण दिनुभएको छ जसले गर्दा सबैले आफ्नो भाग्य अनुसार पाउनेछन् / हरेक समूहले आफ्नै जस्त...

४८- सूरह अल्-फत्ह (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, हामीले हुदैबियाको सम्झौताद्वारा तपाईंलाई स्पष्ट विजय प्रदान गर्यौं । २. यसको उद्देश्य अनुसार उहाँले यस विजय अघिका र पछिका तपाईंका पापहरूलाई क्षमा गर्नुहुनेछ । तपाईंको धर्मलाई सहयोग गरी तपाईंमाथि उहाँले आफ्ना अनुग्रहहरूलाई पूरा गर्नुहुनेछ र तपाईंलाई सीधा मार्ग देखाउनुहुन्छ जसमा कुनै टेढोपन छैन र त्यो इस्लामको सीधा मार्ग हो । ३. अनि अल्लाहले तपाईंका शत्रुहरूविरूद्ध तपाईंलाई प्रभावशाली सहयोग प्रदान गर्नुहुनेछ जसलाई कसैले छेक्ने छैन । ४. अल्लाह नै हुनुहुन्छ जसले मोमिनहरूका हृदयमा उनीहरूको आस्थामा थप आस्था वृद्धि गर्नको लागि दृढता र शान्ति अवतरण गर्नुभयो । आकाशहरू र पृथ्वीका सम्पूर्ण सेनाहरू केवल उहाँका हुन् । त्यसद्वारा उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ सहयोग गर्नुहुन्छ । अल्लाहलाई आफ्ना भक्तहरूका अवस्थाहरूको भलाइको ज्ञान छ र विजय र समर्थनमा प्रदान गर्नमा तत्वदर्शी हुनुहुन्छ । ५. अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्ने पुरूषहरू र महिलाहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गर्नुहुनेछ जसका मह...

४९- सूरह अल्-हुजुरात (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! कुरा र काममा अल्लाह र उहाँका रसूलभन्दा अगाडि नबढ र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, अल्लाह तिमीहरूका कुराहरू सुन्नुहुन्छ र तिमीहरूका क्रियाकलापहरूलाई हेर्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यसकै आधारमा तिमीहरूलाई बदला दिइनेछ । २. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! उहाँका रसूलसँग सभ्य व्यवहार गर र नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गर्दा उहाँको स्वरभन्दा आफ्नो स्वर उच्च नपार । जसरी तिमीहरू एक अर्कालाई बोलाउछौ त्यसरी नाम लिएर उहाँलाई नबोलाऊ । बरू नम्र शैलीमा उहाँलाई नबी र रसूल भनेर बोलाऊ । नत्र तिमीहरूका कार्यहरूको प्रतिदान बर्बाद हुनेछ । तर तिमीहरूलाई त्यसको प्रतिदान बर्बाद भएको आभास हुनेछैन । ३. वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आफ्नो स्वरलाई सानो पार्नेहरूलाई नै अल्लाहले उनीहरूका हृदयहरूलाई आफ्नो भयको लागि जाँच्नुभएको छ र उनीहरूलाई त्यसको लागि इमान...

५०- सूरह काफ (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. काफ० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । अल्लाहले कुर्आनको कसम खानुभएको छ किनकि यसमा अर्थ, भलाइ र कृपाका रहेका छन् । तिनीहरू कयामतको दिन निश्चय नै हिसाब लिन र बदला दिनको लागि पुनः जीवित पारिनेछ । २. तपाईं झूठो बोल्नु हुन्छ भनी ठानेर उनीहरूले अस्वीकार गरेका थिएनन्  । तपाईं साँचो हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । बरू उनीहरू कै जातीबाट उनीहरूसमक्ष चेतावनी दिने रसूल आयो र फरिश्ताहरूको जातीबाट आएनन् भनी उनीहरूलाई अचम्म लागेको छ । आश्चर्य हुँदै उनीहरूले भने- हामीतिर मनुष्य रसूल भएर आउनु एउटा अचम्मको कुरा हो । ३. हामी मरेर माटो भएपछि के हामी पुनः जीवित भएर उठ्नेछौं ? हामी मरिसकेपछि हाम्रा शरीरमा फेरी जीवन हालिनेछ भन्नु अति परको कुरा हो । यस्तु हुनु सम्भव छैन । ४. उनीहरूको मृत्युपश्चात उनीहरूका शरीरलाई धर्तीले खाएर समाप्त पार्नेछ भन्ने कुरा हामीलाई थाहा । त्यो हामीबाट लुकेको छैन । अल्लाहले उनीहरूको जीवनमा र मृत्युपश्चात उनीहरूको लागि गर्नुभएका फैसलाहरू सुरक्षित राख्ने एउटा किताब हामीसँग छ । ५. रसूल (सल्लल्...

५१- सूरह अज्-जारियात (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहले धूलो उडाउने हावाको कसम खानुभएको छ । २. अनि पर्याप्त पानी बोक्ने बादलको कसम खानुभएको छ । ३. अनि समुद्रमा सहजता र नम्रताका साथ चल्ने जहाजहरूको कसम खानुभएको छ । ४. अनि अल्लाहको आदेश अनुसार भक्तहरूका मामिलाहरू वितरण गर्ने फरिश्ताहरूको कसम खानुभएको छ । ५. तिमीहरूका पालनकर्ताले हिसाब र बदलाको विषयमा दिनुभएको चेतावनी नितान्त सत्य हो जसमा कुनै शंका छैन । ६. वास्तवमा, कयामतको दिन भक्तहरूको हिसाब हुने नै छ र यसमा कुनै शंका छैन । ७. अल्लाहले मार्गहरू भएको सुन्दर आकाशको कसम खानुभएको छ । ८. हे मक्काबासीहरू हो ! तिमीहरू विरोधाभास र असंगतले भरिएको कुरा गर्छौ । कहिले भन्छौः कुर्आन जादू हो र कहिले भन्छौ यो कविता हो । अनि तिमीहरू भन्छौ मुहम्मद जादूगर हो र कहिले भन्छौ ऊ कवि हो । ९. ऊ कुर्आन र नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथिको आस्थाबाट बहकेको छ । जो त्यसबाट बहकेको छ अल्लाहको ज्ञान अनुसार उसले आस्था राख्नेछैन तसर्थ उहाँले उसलाई मार्गदर्शन प्रदान गर्नुहुन्न । १०. कुर्आन र आफ्नो नबीको विषयमा यस्तो भन्ने झूठा ठहर गर्नेहरूको विनाश हुनेछ । ११. जो अज...

५२- सूरह अत्-तूर (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहले मूसा (अलैहिस्सलाम) सँग कुरा गर्नुभएको पहाडको कसम खानुभयो । २. अनि उहाँले लेखिएको किताबको कसम खानुभयो । ३. अवतरित किताबहरू सरह खुल्ला पानामा । ४. आकाशमा अल्लाहको उपासनाको लागि फरिश्ताहरूले बनाएको घरको उहाँले कसम खानुभयो । ५. उहाँले उच्च आकाशको कसम खानुभयो जुन पृथ्वीको छाना हो । ६. उहाँले पानीले भरिएको समुद्रको कसम खानुभयो । ७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, काफिरहरूमाथि तपाईंको पालनकर्ताको यातना अवश्य आउनेछ । ८. उनीहरूलाई त्यस यातनाबाट जोगाउने कोही संरक्षक छैन र त्यसलाई घट्नबाट रोक्न सक्ने कोही छैन । ९. त्यस दिन आकाश काम्नेछ र कयामतको प्रारम्भको रूपमा त्यो हल्लिनेछ । १०. पर्वतहरू आफ्नो ठाउँबाट तीब्रगतिले चल्नेछन् । ११. तसर्थ त्यस दिन झूठो ठहर गर्नेहरूको लागि विनाश र पराजय रहेको छ जुन दिन काफिरहरूलाई यातनाको चेतावनी दिइएको थियो । १२. यिनीहरू नै व्यर्थ कुराहरूमा आनन्दित रहन्छन् । यिनीहरू पुनः जीवित पारेर उठाइने र भेला पारिने सत्यतालाई वास्ता गर्दैनन् । १३. त्यस दिन उनीहरूलाई बल र हिंसापुर्वक नरकको आगोमा धकेलेर फालि...