सीधे मुख्य सामग्री पर जाएं

संदेश

2012 की पोस्ट दिखाई जा रही हैं

७१) सूरह नूह

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हामीले नूह (अलैहिस्सलाम) लाई उनको समुदायतिर उनीहरूलाई आह्वान गर्न र पीडादायक यातना आउनु अगाडि त्यसको डर देखाउन पठायौं किनकि उनीहरू अल्लाहको साझेदार ठहर गर्दथे । २. नूह (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भनेः हे मेरो समुदाय ! वास्तवमा, म तिमीहरूको लागि सचेतक हुँ । यदि तिमीहरूले अल्लाहसमक्ष पश्चाताप गरेनौं भने म तिमीहरूको लागि पर्खिरहेको यातनाको विषयमा सचेत गर्दैछु । ३. मेरो चेतावनीको उद्देश्य तिमीहरूलाई यो भन्नु होः केवल अल्लाहको उपासना गर र उहाँरसँग कुनै पनि कुरालाई साझेदार नबनाऊ । उहाँका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नु भएका कुराहरूबाट बचेर उहाँको भय राख र मैले दिएका आदेशहरूमा मेरो अनुसरण गर । ४. यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरूका हुकूकुल् इबाद (भक्तहरूको अधिकार) सँग सम्बन्ध नराख्ने पापहरूलाई अल्लाहले माफ गर्नुहुनेछ । अनि उहाँको ज्ञानमा रहेको तिमीहरूको सीमित समय नआउञ्जेल संसारको जीवनमा तिमीहरूको लागि थप अवसर प्रदान गर्नुहुनेछ । जबसम्म तिमीहरू यसो गरिरहनेछौ, तिमीहरू पृथ्वीमा बसोबास गर्नेछौ । अनि जब मृत्यु आउनेछ त्यो स्थगित...

७२) सूरह अल्-जिन

शुरू अत्यन्तै करुणामय परम दयालु अल्लाहको नामबाट  १. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायलाई भन्नुहोस्- अल्लाहले मलाई वही गर्नुभएको छ, नख्ला नामक उपत्यकामा जिनको एउटा समूहले मेरो कुर्आनको वाचन सुने । अनि जब उनीहरू आफ्नो समुदायमा फर्केर गए, उनीहरूले भनेः वास्तवमा, हामीले अत्यन्तै स्पष्ट र गम्भीर वाणीको वाचन सुन्यौं । २. हामीले सुनेको यो वाणी सही आस्था, वचन, र कार्यको मार्गनिर्देश गर्छ । तसर्थ हामीले त्यसमा आस्था राख्यौं र त्यसलाई अवतरण गर्ने मेरो पालनकर्तासँग अरूलाई साझेदार ठहर गर्ने छैनौं । ३. हामीलाई विश्वास छ, मुश्रिकहरूले लगाएको आरोप विपरित उच्च महिमा र गरिमाको मालिक हाम्रा पालनकर्ताकी पत्नी छैन र छोरा पनि । ४. अल्लाहका पत्नी र सन्तान छन् भनी इब्लीस (शैतान) विकृत कुरा गर्ने गर्थ्यो । ५. हामीले यो ठानेका थियौं, मुश्रिक मनुष्य र जिनले अल्लाहका पत्नी र सन्तान छन् भनी गरेका दाबी साँचो हो । हामीले त्यसलाई विश्वास गर्दै उनीहरूको अनुसरण गर्यौं । ६. वास्तवमा, अज्ञानताका दिनहरूमा मनुष्यमध्येका केही व्यक्तिहरू कतै जाँने बेलामा उनीहरूले जिनमध्येका केही व्यक्तिहरूको शरण मागेक...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

७४) सूरह अल्-मुद्दस्सिर

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. उठ्नुहोस् र अल्लाहको यातनाको डर देखाउनुहोस् । ३. आफ्नो पालनकर्ताको महिमागान गर्नुहोस् । ४. स्वयंलाई पापहरूबाट र आफ्ना लुगाहरूलाई अपवित्रताबाट पवित्र राख्नुहोस् । ५. मूर्तिहरूको उपासनाबाट टाढा रहनुहोस् । ६. राम्रा कामहरू गरेर तपाईंले अल्लाहमाथि उपकार गर्नुभएको छ र तपाईं धेरै पाउने योग्य हुनुहुन्छ भनेर नसोच्नुहोस् । ७. तपाईंला भोग्नुभएका कष्टहरूलाई अल्लाहको लागि सहनुहोस् । ८. अनि जब दोस्रो पटक सूर फुकिनेछ । ९. त्यो दिन कठीन दिन हुनेछ । १०. अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेहरूको लागि सहज हुनेछ । ११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मलाई र जसलाई मैले एक्लै उसको आमाको पेटमा सम्पत्ति र सन्तानबिना सृष्टि गरेकोलाई छोड्नुहोस् । (त्यो व्यक्ति अल्-वलीद बिन मुगीरा हो ।) १२. मैले उसलाई अपार धन दिएँ । १३. मैले उसलाई धेरै छोराहरू दिएँ जो ऊसँग रहन्थे, ऊसँग सभाहरूमा जान्थे र उसको धेरै धन भएकोले उनीहरू कुनै पनि यात्रामा उसको साथ छोडेनन् । १४. उसलाई मैले एक आरामदा...

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...