शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. लामो समयसम्म मनुष्यको कुनै चिन्ह थिएन र ऊ उल्लेखनीय पनि थिएन । २. हामीले मनुष्यलाई पुरूष र महिलाको मिश्रित वीर्यबाट सृष्टि गर्यौं । हामी उसलाई जिम्मेवारी वहन गराएर उसको परिक्षा लिन्छौं । हामीले उसलाई दिएको धार्मिक जिम्मेवारी वहन गर्नका निम्ति उसलाई सुन्ने र देख्ने शक्ति प्रदान गर्यौं । ३. हामीले उसलाई हाम्रा रसूलहरूको मुखबाट मार्गदर्शनलाई प्रष्ट पार्यौं । तसर्थ यसको सहयोगले ऊसमक्ष पथभ्रष्टता उजागर भयो । त्यसपश्चात ऊ कि त मार्गदर्शनको अनुसरण गरी एउटा मोमिन भक्त हुनेछ जो अल्लाहको प्रशंसा गर्नेछ वा ऊ पथभ्रष्ट भई एउटा काफिर भक्त हुनेछ जो अल्लाहका निशानीहरूलाई इन्कार गर्नेछ । जब अल्लाहले मार्गदर्शन प्राप्त गर्ने व्यक्ति र पथभ्रष्ट व्यक्तिलाई प्रष्ट पार्नुभयो तब उहाँले उनीहरूको बदला उल्लेख गर्नुभयो र भन्नुभयोः ४. अल्लाह र उहाँका रसूलहरूलाई नकार्नेहरूका लागि हामीले जञ्जीर तयार पारेका छौं जसले तिनीहरू आगोमा तानिने छन्, नेलहरू जसले उनीहरू बाँधिनेछन्, र दन्कँदो आगो तयार पारेका छौं । ५. वास्तवमा, कयामतको दिन अल्लाहका आज्ञाकारी मोमिनहरू मदिर...