सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च, 2021 की पोस्ट दिखाई जा रही हैं

३७. सूरह अस्-साफ्फात (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. म ती फरिश्ताहरूको कसम खान्छु जो पङ्कतिबद्ध भएर अल्लाहको भक्ति गर्छन् ।  २. म ती फरिश्ताहरूको कसम खान्छु जो बादललाई हप्काउँछन् र अल्लाहले जहाँ पानी बर्साउन चाहनुहुन्छ त्यहाँ हाँकेर लग्छन् ।  ३. म ती फरिश्ताहरूको कसम खान्छु जो कुरआनको पाठ गर्छन् ।  ४. हे मानव हो ! निस्सन्देह तिमीहरूका वास्तविक पूज्य एक मात्र अल्लाह हुनुहुन्छ ।  ५. उहाँ आकाशहरू, पृथ्वी, ती दुबैबीच रहेका वस्तुहरू, वर्षभरी सूर्य उदाउने र अस्ताउने स्थानहरूका पालनकर्ता हुनुहुन्छ । ६. हामीले पृथ्वी नजिकको आकाशलाई ताराहरूबाट सजाएकाछौं, जो हेर्नमा चम्किला मोती जस्ता छन् ।   ७. हामीले पृथ्वी नजिकको आकाशलाई घमण्डी अवज्ञाकारी शैतानबाट सुरक्षित गरेकाछौं, तिनीहरू नजिक आएमा ताराहरूबाट प्रहार गरिन्छ । ८. यी शैतानहरू फरिश्ताहरूको कुरा सुन्न सक्दैनन् जब उनीहरू आकाशमा अल्लाहको तर्फबाट शरीअत (इस्लामी) कानुन) वा भाग्य पाउँदा कुरा गर्छन् । तिनीहरूमाथि चारैतिरबाट ताराद्वारा प्रहार गरिन्छ ।  ९. तिनीहरूलाई सुन्नबाट टाढा पार्नको लागि चारैतिरबाट प्रहार गरेर...

३८- सूरह साद (मक्की)

    शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. साद । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । यसमा  कुरआन को कसम खाइएको छ, जसमा मानिसहरूलाई लोक र परलोकमा काम लाग्ने उपदेशहरू छन् । मामिला त्यस्तो छैन जस्तो बहुदेववादीहरूले ठानेका छन् कि अल्लाहसँग अन्य साझेदारहरू पनि छन् ।  २. तर काफिरहरू घमण्डले गर्दा एक अल्लाहको भक्ति गरि रहेका छैनन् । तिनीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सित शत्रुताले गर्दा विरोध गर्छन् । ३. यिनीहरूअघि रसूलहरूलाई झूठा ठहर गर्ने कतिपय समुदायहरूलाई हामीले सर्वनाश गर्यौं । प्रकोप आउँदा तिनीहरूले मद्दतको लागि पुकारे । तर त्यो समय प्रकोपबाट बच्ने समय थिएन, त्यसैले मद्दतको लागि पुकारले तिनीहरूलाई कुनै फाइदा दिएन । ४. जब तिनीहरूसमक्ष तिनीहरूमध्येबाट रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भयो तब तिनीहरूले अचम्म माने । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिनीहरूलाई अल्लाहको प्रकोपबाट डराउनुभयो तर तिनीहरू कुफ्रमै जिद्दी गरे । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु भएको सन्देश सत्य हो भन्ने कुराको पुष्टि गर्ने प्रमाण...

३९- सूरह अज्जुमर (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. कुरआनलाई अल्लाहले अवतरित गर्नुभयो । उहाँ प्रभुत्वशाली हुनुहुन्छ कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । उहाँबाहेक अन्य कसैले यसलाई अवतरण गरेको छैन । २. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि यो  कुरआन  अवतरण गरेकाछौं जो सत्यमा आधारित छ । यसमा रहेका सबै सूचना र आदेशहरू सत्य हुन् । मात्र एक अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ । ३. जानिराख ! अल्लाहकै लागि शिर्कबाट पवित्र धर्म  हो । अल्लाहलाई छोडेर देवी देवता र सीमा उल्लङ्घनकारीहरूलाई मित्र बनाएर पूजा गर्ने मानिसहरूले तर्क दिन्छन्− हामीहरू यस कारणले यिनीहरूको पूजा गर्छौं कि यिनीहरूले हामीहरूलाई अल्लाहसँग नजिक पारुन्, हाम्रा आवश्यक्ताहरूलाई उहाँसमक्ष राखुन् र उहाँसमक्ष हाम्रो सिफारिश गरुन् । एक अल्लाहको भक्तिको बारेमा यिनीहरू जुन विभेद गर्छन् त्यसको बारेमा अल्लाहले यी बहुदेववादीहरू र निष्कपट मोमिनहरूबीच अवश्य नै महाप्रलयको दिन निर्णय गर्नुहुनेछ । अल्लाह झू...