सीधे मुख्य सामग्री पर जाएं

संदेश

५. सूरह अल्–माइदा (मदनी)

शुरू अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट   १. हे ईमानवालाहरू हो ! तिमीहरूले जे जति वाचा परस्पर, आफ्ना सृष्टिकर्ता अल्लाहसित र अन्य मानिसहरूसँग गरेकाछौ ती सबैको पालना गर । अल्लाहले तिमीहरूमाथि कृपा गर्दै तिमीहरूका लागि चौपाया जनावरहरू (ऊँट, गाइ, भेड) वैध गर्नुभएको छ । सिवाय ती जनावरहरू जसको हराम हुने बारे आदेश तिमीहरूसमक्ष पढेर सुनाइनेछ । साथै हज तथा उम्राको समयमा इह्राम को अवस्थामा थलमा रहेका जनावरहरूको शिकार पनि अल्लाहले हराम गर्नुभयो । निस्सन्देह अल्लाह आफ्नो विवेक अनुसार हलाल तथा हरामको जुन आदेश चाहनुहुन्छ दिनुहुन्छ । न कोही उहाँलाई मजबूर गर्न सक्छ न कोही विरोध गर्न सक्छ । २. हे ईमानवालाहरू हो ! अल्लाहका प्रतीकहरूको अनादर न गर जसको आदर गर्ने आदेश अल्लाहले दिनुभएको छ । एहरामको अवस्थामा वर्जित गरिएको कार्यहरू जस्तै सिलाइएको लुगा लाउनबाट बच । हरममा वर्जित गरिएको कार्य जस्तै शिकार गर्नुबाट बच । प्रतिष्ठित महिनाहरूमा युद्धलाई हलाल नगर । प्रतिष्ठत महिनाहरू हुन् (जुकअदह, जुल हिज्जा, मुहर्रम, रजब) । हरममा अल्लाहको लागि बध गर्न ल्याइएका कुर्बानीका जनावरहरूलाई पनि जफत इत्यादि गरेर अ...
हाल की पोस्ट

६. सूरह अल्-अन्आम (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. सबै किसिमका राम्रा तथा पूर्ण गुण र प्रेम पूर्ण प्रशंसा अल्लाहका लागि हुन् जसले आकाश तथा पृथ्वीलाई बिना कुनै अघिल्ला उदाहरण सृष्टि गर्नुभयो, रातो दिनलाई एकपछि अर्को आउने गरी सृष्टि गर्नुभयो । रातिलाई अन्ध्यारो र दिनलाई प्रकाशमय बनाउनुभयो । यसका बावजुद काफिरहरू अन्य वस्तुहरूलाई अल्लाहको बराबर तथा साझेदार बनाउँछन् । २. हे मानव ! अल्लाहले जब तिमीहरूको पूर्वज आदमलाई सृष्टि गर्नुभयो तब उनलाई माटोबाट सृष्टि गर्नुभयो, अनि उहाँले संसारमा तिमीहरू कति दिनसम्म बस्नेछौ भन्ने अवधि निश्चत गर्नुभयो, महाप्रलयको दिन तिमीहरूलाई पुनर्जन्म गरेर उठाउने अवधि पनि उहाँले निश्चित गर्नुभयो जसको ज्ञान मात्र अल्लाहलाई छ । यसका बावजुद तिमीहरू पुनर्जन्म गरिनेबारे अल्लाहको शक्तिमा शंका गर्छौ । ३. आकाश तथा पृथ्वीमा मात्र अल्लाह वास्तविक पूज्य हुनुहुन्छ । उहाँबाट कुनै पनि वस्तु लुकेको छैन । तिमीहरूले लुकाउने गरेका तथा व्यक्त गरेका नियत तथा कर्महरूलाई अल्लाह जान्नुहुन्छ र चाँडै नै त्यसको बदला दिनुहुनेछ ।  ४. बहुदेववादीहरूसमक्ष अल्लाहका जे जति प्रमाण आए पनि तिनीहरूले ...