सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2013 की पोस्ट दिखाई जा रही हैं

६९) सूरह अल्-हाक्कह

  शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहले सबैको लागि आउने कयामतको पलको उल्लेख गर्नुभयो । २. अवश्य आइछाड्ने घट्ना के हो ? यो प्रश्न गरी उहाँले त्यसको महत्वलाई दर्शाउनुभयो । ३. तपाईंलाई यस घटनाको विषयमा के थाहा छ ? ४. सालिह (अलैहिस्सलाम) को समुदाय समूद र हूद (अलैहिस्सलाम) को समुदाय आदले कयामतलाई नकारे जसले धेरै नै भयावह भएको कारणले मानिसहरूलाई आघात पुर्याउनेछ । ५. समूदलाई अल्लाहले अति नै चर्को स्वरद्वारा नष्ट पार्नुभयो । ६. आदलाई अल्लाहले अति नै चिसो र डरलाग्दो आँधीले नष्ट पार्नुभयो । ७. अल्लाहले त्यस आँधीलाई सात रात र आठ दिनको लागि चलाउनुभयो । त्यसले सबैलाई नष्ट पार्यो । तपाईंले तिनीहरूले आफ्ना घरको भुइँमा दयनीय अवस्थामा पछारिएको देख्नुहुनेछ । मानौं, उनीहरू आफ्नो विनाशपछि जमिनमा फालिएका खजूरका जराहरू जस्ता थिए । ८. उनीहरूमाथि आएको यातनापछि के तपाईंले उनीहरूमध्ये कसैलाई पनि बचेको देख्नुभयो ? ९. फिर्औनले, ऊभन्दा पहिलेका समुदायहरूले र उल्टो पारेर यातना दिइएका लूत (अलैहिस्सलाम) को समुदायका नगरहरूले शिर्क र अवज्ञा जस्ता नराम्रा आचरण अपनाएका थिए । १०. ती सबैले...

७०) सूरह अल्-मआरिज

शूरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. मुश्रिकहरूमध्ये एकजनाले आफूमाथि र आफ्नो समुदायमाथि यातना आउने निम्तो दियो यदि यातना आउनेछ भने । यो कुरा उसले ठट्टा गर्दै भन्यो । वास्तवमा, यो यातना कयामतको दिन आउनेछ । २. अल्लाहमाथि आस्था नराख्नेहरूलाई कोही पनि त्यस यातनाबाट बचाउन सक्नेछैन । ३. महानता, प्रतिष्ठा, सत्गुण र कृपाको मालिक अल्लाहको तर्फबाट आउने यातना । ४. कयामतको दिन फरिश्ताहरू र जिब्रील उहाँतर्फ त्यस दर्जाहरूमा चढ्नेछन् । त्यो दिन पचास हजार वर्ष लामो दिन हुनेछ । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! चिन्तित नभई र गुनासो नगरी धैर्य गर्नुहोस् । ६. उनीहरू यस यातनालाई टाढा र असम्भव देख्छन् । ७. तर हामी यसलाई नजिक र अवश्य घट्ने घटना देख्छौं । ८. त्यसदिन आकाश पग्लिएको तामा, सुन र अन्य धातुहरू जस्तो हुनेछ । ९. अनि पहाडहरू ऊन जस्तो हल्का हुनेछन् । १०. कुनै आफन्तले आफन्तको विषयमा सोध्नेछैन । सबैजना आफैमा व्यस्त हुनेछन् । ११. हरेक व्यक्तिले आफ्नो आफन्तलाई देख्नेछ, कोही लुकेको हुनेछैन । यससँगै अवस्थाको गम्भिरताको कारण कसैले कसैलाई सोध्नेछैन । जो नर्कका योग्य छन् उनीहरूले आफ्...