शुरू अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट १. हे ईमानवालाहरू हो ! तिमीहरूले जे जति वाचा परस्पर, आफ्ना सृष्टिकर्ता अल्लाहसित र अन्य मानिसहरूसँग गरेकाछौ ती सबैको पालना गर । अल्लाहले तिमीहरूमाथि कृपा गर्दै तिमीहरूका लागि चौपाया जनावरहरू (ऊँट, गाइ, भेड) वैध गर्नुभएको छ । सिवाय ती जनावरहरू जसको हराम हुने बारे आदेश तिमीहरूसमक्ष पढेर सुनाइनेछ । साथै हज तथा उम्राको समयमा इह्राम को अवस्थामा थलमा रहेका जनावरहरूको शिकार पनि अल्लाहले हराम गर्नुभयो । निस्सन्देह अल्लाह आफ्नो विवेक अनुसार हलाल तथा हरामको जुन आदेश चाहनुहुन्छ दिनुहुन्छ । न कोही उहाँलाई मजबूर गर्न सक्छ न कोही विरोध गर्न सक्छ । २. हे ईमानवालाहरू हो ! अल्लाहका प्रतीकहरूको अनादर न गर जसको आदर गर्ने आदेश अल्लाहले दिनुभएको छ । एहरामको अवस्थामा वर्जित गरिएको कार्यहरू जस्तै सिलाइएको लुगा लाउनबाट बच । हरममा वर्जित गरिएको कार्य जस्तै शिकार गर्नुबाट बच । प्रतिष्ठित महिनाहरूमा युद्धलाई हलाल नगर । प्रतिष्ठत महिनाहरू हुन् (जुकअदह, जुल हिज्जा, मुहर्रम, रजब) । हरममा अल्लाहको लागि बध गर्न ल्याइएका कुर्बानीका जनावरहरूलाई पनि जफत इत्यादि गरेर अ...