सीधे मुख्य सामग्री पर जाएं

संदेश

नवंबर, 2011 की पोस्ट दिखाई जा रही हैं

८१) सूरह अत्-तक्वीर

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. जब सूर्यलाई बेरिनेछ र त्यसको प्रकाश हराउनेछ । २. जब ताराहरू खस्नेछन् र आफ्नो ज्योती गुमाउनेछन् । ३. जब पहाडहरूलाई आफ्नो ठाउँबाट हल्लाइनेछन् । ४. जब उनीहरूको सबैभन्दा ठूलो धन गर्भवती ऊँटनीहरूलाई उनीहरूका मालिकहरूले बेवास्ता गरी छोड्नेछन् । ५. जब जंगली जनावरहरू मानुष्यसँग एकै ठाउँमा भेला पारिनेछन् । ६. जब समुद्रमा आगो लगाइनेछ । ७. जब आत्माहरूलाई उसको जस्तै आत्मासँग जोडिनेछ, दुष्टलाई दुष्टसँग र असललाई असलसँग । ८. जब जिउँदै पुरिएकी बालिकालाई अल्लाहले सोध्नुहुनेछ । ९. तिम्रो हत्या गर्नेले तिमीलाई कुन अपराधमा हत्या गरेको ?! १०. हरेकले आफ्नो कर्मपत्र पढ्न सकोस् भनी जब भक्तहरूका कर्मपत्रहरूलाई खोलिनेछ । ११. जब आकाशलाई हटाइनेछ जसरी भेंडाको छाला हटाइन्छ । १२. जब नर्क दन्काइनेछ । १३. जब स्वर्गलाई ईशभय राख्नेहरूको नजिक ल्याइनेछ । १४. जब यो सबै हुनेछ, हरेक प्राणीले त्यसदिनको लागि के गरेको थियो भनी थाहा पाउनेछ । १५. अल्लाहले राती उदाउनुभन्दा पहिलेका लुकेका ताराहरूको कसम खानुभयो । १६. यी आफ्ना कक्षमा घुमिरहन्छन् र बिहानको आगमनका साथ हर...

८२) सूरह अल्-इन्फितार

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. जब फरिश्ताहरू आउनका निम्ति आकाश चर्किनेछ । २. जब ताराहरू झरेर छरिनेछन् । ३. जब समुद्रहरू एक आपसमा मिल्नेछन् र मिश्रित हुनेछन् । ४. चिहानहरूमा रहेका मृतकहरूलाई पुनः जीवित पार्नका निम्ति त्यसलाई उल्टो पारिनेछ । ५. त्यस क्षणमा, प्रत्येक आत्माले उसले गरेका कामहरू र उसले पूरा नगरेका कार्यहरूको बारेमा सचेत हुनेछ । ६. हे मनुष्य जो आफ्नो पालनकर्तालाई मान्दैनौ, तिमीलाई यातना दिन हतार नगरी आफ्नो कृपाबाट तिम्रो पालनकर्ताले तिमीलाई अवसर प्रदान गर्नुभएको बेला कसले तिमीलाई उहाँको आदेशलाई नमान्न बहकायो ?! ७. जसले तिम्रो अस्तित्व नै नभएको बेला तिम्रो सृष्टि गर्नुभयो र तिम्रा अङ्गहरूलाई राम्ररी आकार दिनुभयो । ८. जुन रूप चाहनुभयो उहाँले तिम्रो सृष्टि गर्नुभयो । तिमीलाईं गधा, बाँदर, कुकुर आदिको रूपमा सृष्टि नगर्नु तिमीमाथि उहाँको कृपा हो । ९. हे धोखा खाएकाहरू ! वास्तविकता तिमीहरूले सोँचे जस्तो होइन । बरू तिमीरू बदला दिइने दिनलाई नकार्छौ र त्यसको लागि तयारी गर्दैनौ । १०. वास्तवमा, तिमीहरूमाथि फरिश्ताहरू छन् जो तिमीहरूका कर्महरूलाई सुरक्षित गर्छन्...