सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर, 2011 की पोस्ट दिखाई जा रही हैं

७६) सूरह अद-दहर

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. लामो समयसम्म मनुष्यको कुनै चिन्ह थिएन र ऊ उल्लेखनीय पनि थिएन । २. हामीले मनुष्यलाई पुरूष र महिलाको मिश्रित वीर्यबाट सृष्टि गर्यौं । हामी उसलाई जिम्मेवारी वहन गराएर उसको परिक्षा लिन्छौं । हामीले उसलाई दिएको धार्मिक जिम्मेवारी वहन गर्नका निम्ति उसलाई सुन्ने र देख्ने शक्ति प्रदान गर्यौं । ३. हामीले उसलाई हाम्रा रसूलहरूको मुखबाट मार्गदर्शनलाई प्रष्ट पार्यौं । तसर्थ यसको सहयोगले ऊसमक्ष पथभ्रष्टता उजागर भयो । त्यसपश्चात ऊ कि त मार्गदर्शनको अनुसरण गरी एउटा मोमिन भक्त हुनेछ जो अल्लाहको प्रशंसा गर्नेछ वा ऊ पथभ्रष्ट भई एउटा काफिर भक्त हुनेछ जो अल्लाहका निशानीहरूलाई इन्कार गर्नेछ । जब अल्लाहले मार्गदर्शन प्राप्त गर्ने व्यक्ति र पथभ्रष्ट व्यक्तिलाई प्रष्ट पार्नुभयो तब उहाँले उनीहरूको बदला उल्लेख गर्नुभयो र भन्नुभयोः ४. अल्लाह र उहाँका रसूलहरूलाई नकार्नेहरूका लागि हामीले जञ्जीर तयार पारेका छौं जसले तिनीहरू आगोमा तानिने छन्, नेलहरू जसले उनीहरू बाँधिनेछन्, र दन्कँदो आगो तयार पारेका छौं । ५. वास्तवमा, कयामतको दिन अल्लाहका आज्ञाकारी मोमिनहरू मदिर...

७७) सूरह अल्-मुर्सलात

शूरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले घोडाको घाँटीको कपाल सरह एक पछि अर्को गरी चल्ने हवाको कसम खानुभयो । २. उहाँले हिंसात्मक ढंगले चल्ने हवाको कसम खानुभयो । ३. वर्षालाई फैलाउने हवाको कसम खानुभयो । ४. सत्य र असत्य बीच फरक गर्ने कुरालाई लिएर ओर्लने फरिश्ताहरूको कसम खानुभयो । ५. वही लिएर ओर्लने फरिश्ताहरूको कसम खानुभयो । ६. उनीहरू मानिसहरूको लागि अल्लाहको तर्फबाट तर्क र अल्लाहको यातनाको चेतावनी स्वरूप वही लिएर ओर्लन्छन । ७. वास्तवमा, पुनः जीवित पार्ने, हिसाबकिताब हुने र बदला दिइने विषयमा दिइएको चेतावनी अनिवार्य रूपमा पूरा हुनेछ । ८. जब ताराहरूको चमक फिक्का हुनेछ र प्रकाश हराउनेछ । ९. जब फरिश्ताहरूको अवतरणको कारणले आकाश  चर्किनेछ । १०. जब पहाडहरू आफ्नो ठाँउबाट उखेलिनेछन् र नष्ट पारी धूलो बनाइनेछन् । ११. जब तोकिएको समयमा रसूलहरू भेला हुनेछन् । १२. महान दिनको लागि उनीरूलाई आफ्ना अनुयायीहरू विरूद्ध गवाही दिन स्थगित गरिएको छ । १३. भक्तहरूको बीच फैसला हुने दिनको लागि जुन दिन सत्य एवं असत्य र खुशी एवं दुखी बीच फरक छुट्टाइनेछ । १४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्...

७८) सूरह अन्-नबा

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. यी मुश्रिकहरूलाई अल्लाहले आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पठाएपछि यिनीहरू कुन विषयमा सोध्दैछन् ?! २. उनीहरू आपसमा एउटा ठूलो सूचनाको विषयमा सोध्दैछन् । त्यो उनीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन हो जसमा पुनः जीवित पार्ने विषयमा जानकारी समावेश गरिएको छ । ३. यो कुर्आन जसको गुण जस्तै जादू, कविता, भविष्यवाणी र पूर्वजहरूको कथा भनेर वर्णन गर्ने विषयमा यिनीहरू विरोध गर्छन् । ४. उनीहरूले सोँचे जस्तो कदापि होइन । कुर्आनलाई झूठो ठहर गर्ने दुष्प्रयास गर्नेहरूले चाँडै नै आफ्नो झूठको परिणाम थाहा पाउनेछन् । ५. यो पक्कै पनि हुनेछ । ६. के हामीले उनीहरूको लागि धर्तीलाई सम्म बनाएर त्यसलाई बस्ने योग्य बनाएका छैनौं ? ७. हामीले यसलाई हल्लिनबाट जोगाउनको लागि पर्वतहरूलाई किला सरह राखेका छौं । ८. हे मानिसहरू ! हामीले तिमीहरूलाई पुरूष र महिला गरी छुट्टा छुट्टै लिङ्गमा सृष्टि गरेका छौं । ९. हामीले तिमीहरूका लागि निद्रालाई कामबाट विश्राम लिने साधन बनाएका छौं । १०. हामीले रातलाई त्यसको अन्धकारले तिमीहरूका लागि लु...

७९) सूरह अन्-नाजिआत

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले बल र दया बिना काफिरहरूको प्राण निकाल्ने फरिश्ताहरूको कसम खानुभयो । २. बिस्तारै र सहजताका साथ मोमिनहरूको प्राण निकाल्ने फरिश्ताहरूको कसम खानुभयो । ३. अल्लाहको आदेशले आकाशबाट पृथ्वी आउने फरिश्ताहरूको कसम खानुभयो । ४. अल्लाहको आदेशलाई पूरा गर्नको लागि प्रतिस्पर्धा गर्ने फरिश्ताहरूको कसम खानुभयो । ५. अल्लाहको आदेशलाई लागु गर्ने फरिश्ताहरू जस्तै भक्तहरूको क्रियाकलापहरूको जिम्मेवारी पाएका फरिश्ताहरूको कसम खानुभयो । उनीहरूलाई हिसाब लिन र बदला दिनको लागि उहाँले यी सबैको कसम खाए । ६. त्यसदिन पहिलो पटक नरसिङ्गामा फुकिने बेला धर्ती काम्नेछ । ७. यसपछि दोस्रो पटक नरसिङ्गामा फुकिनेछ । ८. त्यसदिन केही मानिसहरूका हृदयहरू डरले काम्नेछन् । ९. उनीहरूको आँखामा अपमान देखिनेछ । १०. उनीहरूले भन्नेछन्- मरेपछि के हामी फेरी जीवित हुनेछौं त ?! ११. के हाम्रो हड्डीहरू सडि सकेपछि पनि हामी फर्कने छौं ? १२. उनीहरूले भनेः यदि हामी फर्क्यौं भने त्यो फर्कनु घाटा हुनेछ र फर्कनेमाथि अत्याचार हुनेछ । १३. पुनः जीवित पार्ने काम सरल रहेको छ । नरसिङ्गामा फुक्...

८०) सूरह अ-ब-स

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले निधार खुम्चाउनुभयो र फर्किनुभयो । २. अब्दुल्लाह बिन उम्मे मक्तूम मार्गदर्शन प्राप्त गर्न आएको कारणले उहाँले यसो गर्नुभयो र उनी अन्धो थिए । उनी आएको बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मुश्रिकहरूका अगुवाहरूले मार्गदर्शन प्राप्त गर्छन् भन्ने आशाले उनीहरूसित व्यस्थ हुनुहुन्थ्यो । ३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा यस अन्धो मान्छेले आफ्ना पापहरूबाट मुक्ति पाउथ्यो कि ?! ४. वा उसले तपाईंका उपदेशहरू सुनेर त्यसलाई स्विकार्ने थियो अनि त्यसबाट फाइदा लिने थियो । ५. तर जसले तपाईंले ल्याउनुभएको आस्थालाई आफ्नो सम्पत्तिको कारणले अपनाउदैन । ६. तपाईं त्यसमाथि ध्यान दिनुहुन्छ र त्यसप्रति उदार हुनुहुन्छ । ७. यदि उसले अल्लाहको अगाडि पश्चाताप गरेर आफ्नै पापहरू धोएन भने तपाईंको घाटा हुनेछैन । ८. तर जो तपाईंसमक्ष उत्तमको खोजीमा आउँछ । ९. ऊ आफ्नो पालनकर्तासँग डराउँछ । १०. तपाईं उसलाई बेवास्ता गर्नुहुन्छ र मुश्रिकहरूको अगुवाहरूसँग व्यस्थ हुनुहुन्छ । ११. यो वास्तविकता होइन । वास्तवमा , यो ...