शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहले दिनको प्रारम्भको कसम खानुभयो । २. अल्लाहले रातको कसम खानुभयो जब त्यो अन्धकार ल्याउँछ र मानिसहरू क्रियाकलापहरू बन्द गर्छन् । ३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वही आउन समय लागेकोमा मुश्रिकहरूले भनेझैं तपाईंको पालनकर्ताले तपाईंलाई एक्लै छोड्नुभएको छैन र तपाईंसँग रिसाउनुभएको पनि छैन । ४. तपाईंको लागि संसारभन्दा आखिरत नै उत्तम रहेको छ किनकि त्यसहाँ कहिल्यै समाप्त नहुने कृपा रहेको छ । ५. उहाँले तपाईंलाई र तपाईंको समुदायलाई पर्याप्त मात्रामा प्रतिदान प्रदान गर्नुहुनेछ अनि तपाईं त्यसबाट सन्तुष्ट हुनुहुनेछ । ६. उहाँले तपाईंलाई सानो छँदा पाउनुभयो जब तपाईंको बुबा बितिसकेका थिए । अनि तपाईंलाई शरण प्रदान गर्नुभयो । तपाईंमाथि तपाईंको हजुरबुबा अब्दुल् मुत्तलिबले अनि उनीपछि तपाईंको काका अबू तालिबले दया गरे । ७. तपाईंलाई किताब र आस्था के हो भन्ने कुरा थाहा नहुँदा उहाँले तपाईंलाई पाउनुभएको थियो । अनि तपाईंलाई थाहा नभएका कुराहरू उहाँले तपाईंलाई सिकाउनुभयो । ८. उहाँले तपाईंलाई निर्धन पाउनुभयो अनि तपाईंलाई धनी बनाउनुभयो । ९. बच्चा छँ...