शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हामीले नूह (अलैहिस्सलाम) लाई उनको समुदायतिर उनीहरूलाई आह्वान गर्न र पीडादायक यातना आउनु अगाडि त्यसको डर देखाउन पठायौं किनकि उनीहरू अल्लाहको साझेदार ठहर गर्दथे । २. नूह (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भनेः हे मेरो समुदाय ! वास्तवमा, म तिमीहरूको लागि सचेतक हुँ । यदि तिमीहरूले अल्लाहसमक्ष पश्चाताप गरेनौं भने म तिमीहरूको लागि पर्खिरहेको यातनाको विषयमा सचेत गर्दैछु । ३. मेरो चेतावनीको उद्देश्य तिमीहरूलाई यो भन्नु होः केवल अल्लाहको उपासना गर र उहाँरसँग कुनै पनि कुरालाई साझेदार नबनाऊ । उहाँका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नु भएका कुराहरूबाट बचेर उहाँको भय राख र मैले दिएका आदेशहरूमा मेरो अनुसरण गर । ४. यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरूका हुकूकुल् इबाद (भक्तहरूको अधिकार) सँग सम्बन्ध नराख्ने पापहरूलाई अल्लाहले माफ गर्नुहुनेछ । अनि उहाँको ज्ञानमा रहेको तिमीहरूको सीमित समय नआउञ्जेल संसारको जीवनमा तिमीहरूको लागि थप अवसर प्रदान गर्नुहुनेछ । जबसम्म तिमीहरू यसो गरिरहनेछौ, तिमीहरू पृथ्वीमा बसोबास गर्नेछौ । अनि जब मृत्यु आउनेछ त्यो स्थगित...