सीधे मुख्य सामग्री पर जाएं

संदेश

2019 की पोस्ट दिखाई जा रही हैं

६२- सूरह अल्-जुमुअह्

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको गुणगान गर्छन र असुहाउँदो कमिकमजोरीबाट उहाँको पवित्रताको वर्णन गर्छन् । उहाँ राज्यका एक्लो राजा हुनुहुन्छ । उहाँ हरेक प्रकारका कमिकमजोरीबाट पवित्र हुनुहुन्छ । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टिमा, कानुनमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ । २. उहाँले नै पढ्न र लेख्न नजान्नेहरू अरबीहरूमा उनीहरूमध्येबाट नै रसूल पठाउनुभयो । जो उनीहरूलाई आफूमाथि अवतरित आयतहरूको पाठ गरेर सुनाउनुहुन्छ । उहाँ उनीहरूलाई कुफ्र र नराम्रो आचरणबाट पवित्र पार्नुहुन्छ । उनीहरूलाई कुर्आन र सुन्नतको ज्ञान दिनुहुन्छ किनकि उहाँ रसूल भएर आउनुअघि उनीहरू प्रष्ट सत्यताबाट पथभ्रष्ट थिए । उनीहरू मूर्तिहरूको पूजा गर्दथे, रगत बगाउँथे र आफन्तसँग सम्बन्ध तोड्थे । ३. यस रसूललाई उहाँले अरू अरबीहरू र उनीहरूबाहेक अरूहरूको लागि पनि रसूल बनाएर पठाउनुभएको छ जो अहिले आएका छैनन् । उनीहरू पछि आउनेछन् । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्ट...

६३- अल्-मुनाफिकून

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंको सभामा मुनाफिकहरू आउँछन् जो इस्लामको प्रदर्शन गर्छन् र कुफ्रलाई लुकाएर राख्नछन् र भन्छन्- तपाईं साँच्चै नै अल्लाहका रसूल हुनुहुन्छ भनी हामी गवाही दिन्छौं । तपाईं साँच्चै नै उहाँका रसूल हुनुहुन्छ भन्ने कुरा अल्लाहलाई थाहा छ । तर उनीहरूले भित्री मानबाट तपाईं उहाँका रसूल हुनुहुन्छ भनी दिएको गवाहीको दाबीमा मुनाफिकहरू झूठा हुन् भन्ने कुराको गवाही अल्लाह दिनुहुन्छ । २. आस्थालाई प्रमाणित गर्नको लागि उनीहरूले जुन कसम खएका छन् त्यसको प्रयोग उनीहरूले हत्या र कैद हुनबाट बच्नको लागि कवचको रूपमा गरेका छन् । उनीहरूले मानिसहरूमा शंका र भ्रम उत्पन्न गरी उनीहरूलाई आस्थाबाट टाढा गरे । वास्तवमा, कपट र झूठा कसमले गर्दा उनीहरू अति घृणित हुन् । ३. उनीहरूले आस्थाको ढोंग गरेको कारणले यसो भएको हो । आस्थाले उनीहरूको हृदयमा प्रवेश गरेको छैन । अनि उनीहरूले गोप्य रूपले कुफ्र गरे । तसर्थ उनीहरूको कुफ्रले गर्दा उनीहरूको हृदयमा उहाँले सिल लगाइदिनुभयो । अब त्यसमा आस्था प्रवेश गर्नेछैन । त्यस सिलको कारणले उनीहरूको भलाइ र...

६४- सूरह अत्-तगाबुन (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको गुणगान गर्छन् र असुहाउँदो कमिकमजोरीबाट उहाँको पवित्रताको वर्णन गर्छन् । राज्य केवल उहाँको मात्र हो । उहाँबाहेक अरू कोही शासक छैन । राम्रा प्रशंसाहरू केवल उहाँको लागि मात्र रहेको छ । २. हे मनुष्यहरू हो ! उहाँले नै तिमीहरूको सृष्टि गर्नुभएको हो । तिनीहरूमध्ये कोही उहाँलाई नकार्छ, तसर्थ उनीहरूको वासस्थान नर्क हो । अनि तिमीहरूमध्ये कोही उहाँमाथि आस्था राख्छ, तसर्थ उनीहरूको वासस्थान स्वर्ग हो । तिमीहरूले गर्ने कार्यहरूको ज्ञान अल्लाहलाई छ । तिमीहरूको कुनै पनि क्रियाकलाप उहाँबाट  लुकेको छैन र त्यसै अनुसार उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ । ३. उहाँले आकाशहरू र पृथ्वीलाई सत्यका साथ सृष्टि गर्नुभएको हो, व्यर्थै सृष्टि गर्नुभएको होइन । हे मनुष्यहरू हो ! उहाँले आफ्नो दया र उदारताका कारण तिमीहरूलाई उत्तम रूप प्रदान गर्नुभयो । यदि उहाँले चाहनुभएको भए कूरूप प्रदान गर्नुहुनेथ्यो । कयामतको दिन उहाँतिर नै फर्केर जानुपर्नेछ । तिमीहरूका कार्य अनुसार नै उहाँले तिमीहरूलाई बदला दिनुहुनेछ । यदि क...

६५- सूरह अत्-तलाक (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं वा तपाईंको समुदायबाट कसैले पनि आफ्नी पत्नीलाई तलाक दिन चाहन्छ भने उसको पहिलो इद्दतको लागि तलाक देऊ अर्थात उसको पतिले उसँग संभोग नगरेको पवित्रताको समयमा तलाक दिनु । अनि इद्दतको गन्ती राख । तिमीहरूले आफ्ना पत्नीहरूलाई फिर्ता लिन चाहेको खण्डमा उनीहरूलाई फिर्ता लिन सम्भव हुनेछ । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूलाई त्यागेर अल्लाहको भय राख । इद्दतको अवधि समाप्त नभएसम्म उनीहरू बसेको घरबाट उनीहरूलाई ननिकाल र स्वयं उनीहरू पनि ननिस्किउन् । तर उनीहरूले व्यभिचार जस्ता खुल्ला अश्लिल कार्य गरेको खण्डमा निकाल्नु बेग्लै कुरा हो । यी नियमहरू अल्लाहका सीमा हुन् जुन उहाँले आफ्ना भक्तहरूका लागि निर्धान गर्नुभएको हो । जसले अल्लाहका सीमाहरूको उल्लङ्घन गर्छ उसले आफूमाथि अत्याचार गर्छ किनकि उसले आफ्ना पालनकर्ताको उल्लङ्घन गरी स्वयंलाई विनाशको स्रोतसम्म पुर्यायो । हे तलाक दिने व्यक्ति ! तिमीलाई थाहा छैन, हुन सक्छ अल्लाहले त्यस तलाकपश्चात कुनै बाटो निकाल्नुहुनेछ जसको तिमीहरूलाई आ...

६६- सूरह अत्-तह्रीम

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंका लागि वैध राख्नुभएको कुरा अर्थात तपाईंकी पत्नीहरूले ईर्ष्या गरेको कारणले उनीहरूलाई प्रसन्न पार्नका निम्ति किन तपाईंले आफ्नी दासी मर्यमसँग रमाइलो गर्न किन आवैध गर्नुभयो ? अल्लाह त तपाईंको लागि क्षमाशील र दयावान हुनुहुन्छ । २. तिमीहरूले कसमभन्दा राम्रो विकल्प पाएको वा कसम पूरा गर्न नसक्ने अवस्थामा अल्लाहले तिमीहरूलाई प्रायश्चित गरी कसम भङ्ग गर्न वैध गर्नुभएको छ । अल्लाह तिमीहरूका सहयोगी हुनुहुन्छ । उहाँलाई तिमीहरूको अवस्थाको र तिमीहरूलाई फाइदा दिने कुराको विषयमा थाहा छ । अनि उहाँ आफ्नो कानुन र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ । ३. याद गर, जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नी दासी मर्यमको नजिक नजाने कुरा विशेष गरी हफ्सालाई बताउनुभयो । जब हफ्साले आइशालाई त्यस कुराको जानकारी गराइन् तब अल्लाहले आफ्नो नबीलाई त्यो खबर फैलिएको विषयमा सूचित गर्नुभयो ।  उहाँले हफ्शालाई गाली गर्नुभयो अनि उनले भनेका कुराहरूमध्येबाट केही कुरा उहाँले भन्नुभयो र बाकीँ भन्नुभएन । अनि उनले सोधेः तपाईंल...

६७) सूरह अल्-मुल्क

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. अल्लाहको भलाई महान र अपार रहेको छ । उहाँको हातमा मात्र साम्राज्य रहेको छ । उहाँ हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि विवश पार्न सक्दैन । २. हे मानिसहरू हो ! तिमीहरूमध्ये कसले राम्रो काम गर्छ भनी तिमीहरूको परिक्षा लिनको लागि उहाँले मृत्यु र जीवनको सृष्टि गर्नुभयो । उहाँ यस्ता शक्तिशाली हुनुहुन्छ जसलाई कसैले हराउन सक्दैन र उहाँ आफ्ना पश्चाताप गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ । ३. उहाँले सातवटा आकाशहरू तहतह गरी बनाउनुभयो तर एकले अर्कोलाई छुँदैन । हे दर्शक ! तिमीले अल्लाहको सृष्टिमा कुनै प्रकारको अव्यवस्थता र बेकाइदा देख्नेछैनौ । राम्ररी हेर त, के तिमीले कतै चर्केको वा प्वाल देख्यौ ?! तिमीले केवल व्यवस्थित र परिपूर्ण सृष्टि देख्नेछौ । ४. बारम्बार हेर, तिम्रा कमजोर आँखाहरूले आकाशको सृष्टिमा कुनै प्रकारको त्रुटि वा असन्तुलनको अवलोकन गर्न असमर्थन भई तिमीतिर फर्कनेछन् । ५. हामीले धर्तीको नजिकको आकाशलाई चम्किला ताराहरूले सजायौं । हामीले यी ताराहरूलाई उल्का बनाएका छौं जुन गोप्य रूपमा कुरा सुन्ने शैतानहरूलाई धपाउने र जलाउने स...