शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. जब फरिश्ताहरू आउनका निम्ति आकाश चर्किनेछ ।
२. जब ताराहरू झरेर छरिनेछन् ।
३. जब समुद्रहरू एक आपसमा मिल्नेछन् र मिश्रित हुनेछन् ।
४. चिहानहरूमा रहेका मृतकहरूलाई पुनः जीवित पार्नका निम्ति त्यसलाई उल्टो पारिनेछ ।
५. त्यस क्षणमा, प्रत्येक आत्माले उसले गरेका कामहरू र उसले पूरा नगरेका कार्यहरूको बारेमा सचेत हुनेछ ।
६. हे मनुष्य जो आफ्नो पालनकर्तालाई मान्दैनौ, तिमीलाई यातना दिन हतार नगरी आफ्नो कृपाबाट तिम्रो पालनकर्ताले तिमीलाई अवसर प्रदान गर्नुभएको बेला कसले तिमीलाई उहाँको आदेशलाई नमान्न बहकायो ?!
७. जसले तिम्रो अस्तित्व नै नभएको बेला तिम्रो सृष्टि गर्नुभयो र तिम्रा अङ्गहरूलाई राम्ररी आकार दिनुभयो ।
८. जुन रूप चाहनुभयो उहाँले तिम्रो सृष्टि गर्नुभयो । तिमीलाईं गधा, बाँदर, कुकुर आदिको रूपमा सृष्टि नगर्नु तिमीमाथि उहाँको कृपा हो ।
९. हे धोखा खाएकाहरू ! वास्तविकता तिमीहरूले सोँचे जस्तो होइन । बरू तिमीरू बदला दिइने दिनलाई नकार्छौ र त्यसको लागि तयारी गर्दैनौ ।
१०. वास्तवमा, तिमीहरूमाथि फरिश्ताहरू छन् जो तिमीहरूका कर्महरूलाई सुरक्षित गर्छन् ।
११. उनीहरू अल्लाहका नजरमा प्रतिष्ठिट र लेख्ने कामको जिम्मेवार छन् जो तिमीहरूका कर्महरू लेख्छन् ।
१२. तिमीहरू जे गर्छौ त्यो जान्दछन् र त्यसलाई लेख्दछन् ।
१३. वास्तवमा, जसले धेरै सत्कर्महरू गर्छन् र धेरै आज्ञाकारी छन्, कयामतको दिन उनीहरू सदाका लागि कृपामा हुनेछन् ।
१४. वास्तवमा, पापीहरू आगोमा हुनेछन् जसले उनीहरूलाई जलाउनेछ ।
१५. तिनीहरू बदलाको दिनमा त्यसमा प्रवेश गर्नेछन् र त्यसको आगोको कष्ट भोग्नेछन् ।
१६. कहिले पनि त्यसबाट बच्न सक्नेछैनन् बरू सदाका लागि त्यसमा रहनेछन् ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई बदलाको दिनको विषयमा के थाहा छ ?
१८. अनि तपाईंलाई कसले बदलाको दिनको विषयमा बतायो ?
१९. त्यसदिन कसैले कसैलाई फाइदा पुर्याउन सक्नेछैन । त्यसदिन हरेक मामिला केवल अल्लाहको हातमा हुनेछ । उहाँले जे चाहनुहुन्छ गर्नुहुन्छ, यो अधिकार केवल उहाँसँग हुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें