शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् ।
२. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न ।
३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?!
४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं ।
५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ ।
६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ?
७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् ।
८. चन्द्रमाको प्रकाश हराउनेछ ।
९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ ।
१०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ?
११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण लिने ठाउँ हुनेछैन र न सुरक्षा प्राप्त गर्नका लागि किल्ला नै ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यसदिन तपाईंको पालनकर्ताकहाँ नै फर्कने र हिसाबकिताब तथा बदला दिइने ठाउँ/वासस्थान छ ।
१३. त्यसदिन मनुष्यलाई उसले गरेका र नगरेका कामहरूको विषयमा सूचना दिइनेछ ।
१४. बरू मनुष्यले आफ्नै विरूद्ध गवाही दिनेछ किनकि उसले गरेका पापहरूको विरूद्ध उसका अङ्गहरूले गवाही दिनेछन् ।
१५. यद्यपि उसले पापहरू गरेको छैन भनी आफ्नो पक्षमा बहानाहरू प्रस्तुत गरे तापनि त्यसले उसलाई कुनै फाइदा पुर्याउने छैन ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आन भूल्ने डरले तपाईं छिटो छिटो कुर्आनको पाठ नगर्नुहोस् ।
१७. वास्तवमा, त्यसलाई तपाईंको मनमा सुरक्षित गर्ने र तपाईंलाई त्यसको निरन्तर पाठ गराउने जिम्मा हाम्रो हो ।
१८. जब हाम्रो सन्देष्टा जिब्रील तपाईंसमक्ष त्यसको वाचन गर्छ, तपाईं मौनताका साथ त्यसको वाचन सुन्नुहोस् ।
१९. अनि तपाईंलाई त्यसको लागि व्याख्या गर्ने जिम्मेवारी हाम्रो हो ।
२०. होइन, तिमीहरूले भने झैं पुनः जीवित पार्ने काम असम्भव छैन । तिमीहरूलाई थाहा छ, तिमीहरूलाई पहिलो पटक सृष्टि गर्न सक्षम शक्तिलाई तिमीहरूको मृत्युपश्चात तिमीहरूलाई पुनः जीवित पार्न वाध्य हुनुहुन्न । तर तिमीहरूले पुनः जीवित पार्ने कामलाई चाँडै समाप्त हुने सांसारिक जीवनको प्रेमको कारणले नकारेका हौ ।
२१. अनि तिमीहरूले आखिरतको जीवनको विषयमा देखाएको लापरवाहीको कारणले हो जसको बाटो भनेको अल्लाहले दिनुभएको आदेशको पालना गर्नु र अवैध गर्नुभएको कुराबाट बच्नु हो ।
२२. त्यसदिन प्रसन्न मोमिनहरूको अनुहार चम्किलो र उज्यालो हुनेछ ।
२३. उनीहरू आनन्दित भई आफ्ना पालनकर्तातर्फ हेरिरहेका हुनेछन् ।
२४. त्यसदिन दुखी काफिरहरूको अनुहार निरास हुनेछन् ।
२५. उनीहरूलाई महान सजाय र कष्टकर यातना दिइनेछ भन्ने कुरा उनीहरू निश्चित रूपमा जान्दछन् ।
२६. मृत्युपश्चात उनीहरूलाई यातना दिइनेछैन भन्ने मुश्रिकहरूको सोँच वास्तविकतासँग मेल खाँदैन । जब तिनीहरूमध्ये हरेकको प्राण उसको घाँटीसम्म आइपुग्नेछ ।
२७. केही व्यक्तिले अरूलाई भन्नेछन्- कसले यो पढ्नेछ ? आशा छ, ऊ निको हुन्छ होला !
२८. जसले पिडा सहदैछ अब उसले मरेर संसारलाई छोड्नुपर्नेछ भनी ऊ निश्चित हुनेछ ।
२९. सांसारिक जीवन समाप्त हुने र आखिरतको जीवन सुरू हुने बेला अवस्था कठीन हुनेछ ।
३०. जब यस्तो हुन्छ, मृतकलाई उसको पालनकर्तासमक्ष लगिनेछ ।
३१. यस काफिरले उसको रसूलले ल्याउनुभएको सन्देशलाई सत्य ठानेन र आफ्नो पालनकर्ताको लागि सलाह पढेन ।
३२. बरू उसको रसूलले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्यो र त्यसबाट विमुख भयो ।
३३. अनि यो काफिर अहंकार र घमन्डका साथ हिँड्दै आफ्नो परिवारमा गयो ।
३४. तसर्थ अल्लाहले त्यस काफिरलाई उहाँको यातना उसको धेरै नजिक आई सकेको भनी चेतावनी दिनुभयो ।
३५. अनि यसलाई समर्थन गर्दै उहाँले यो कुरा दोहोर्याउनुभयो, अनि भन्नुभयोः फेरी तिम्रो विनाश होस्, तिम्रो विनाश ।
३६. अल्लाहले मनुष्यलाई यस्तै छोड्नुभएको छ र उसलाई धर्मको अनुसरणको जिम्मा दिनुभएको छैन भनी के ऊ सोँच्दछ ?
३७. के यो मनुष्य एक दिन वीर्यको थोपा थिएन र जसलाई गर्भमा हालिएको थियो ?
३८. त्यसपछि ऊ रगतको ढिक्कोमा परिवर्तन भयो । अनि अल्लाहले उसको सृजना गर्नुभयो र उसका अङ्ग ठीक पार्नुभयो ।
३९. त्यसपछि उहाँले त्यसबाट पुरूष र महिला बनाउनुभयो ।
४०. मनुष्यलाई वीर्य अनि रगतको ढिक्कोबाट सृष्टि गर्ने शक्ति के मृतकलाई हिसाब गर्न र बदला दिनका निम्ति फेरी जीवित पार्न सक्षम हुनुहुन्न र ? अवश्य, सक्षम हुनुहुन्छ ।
its nice to read a useful article for beginner like me. Some of points from this article are very helpful for me as I haven’t considered them yet. I would like to say thank you for sharing this cool article. Bookmarked and sharing for friends.
जवाब देंहटाएं2005 Chrysler Sebring AC Compressor
Thanks for sharing this Chapter from Quran. I would love to see many people be benefited by this blog. You can try my another blog also http://islam-n-nepal.blogspot.com for Islamic articles in Nepali and English...
जवाब देंहटाएं