सीधे मुख्य सामग्री पर जाएं

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो ।
२. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो ।
३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो ।
४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् ।
५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले ।
६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे ।
७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए ।
८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ ।
९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन ।
१०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्नबाट हटाउनको लागि आगोको यातना दिनेहरू र आफ्ना पापहरूबाट अल्लाहसमक्ष पश्चाताप नगर्नेहरूलाई कयामतको दिन नर्कको यातना दिइनेछ र उनीहरूलाई त्यस्तो आगोको यातना दिइनेछ जसले उनीहरूलाई जलाउनेछ । उनीहरूले मोमिनहरूलाई आगोले जलाएको बदलामा उनीहरूलाई यो यातना दिइनेछ ।
११. वास्तवमा, अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूका लागि यस्ता बगैंचाहरू रहेका छन् जसका महलहरू र रूखहरूको मुनितिरबाट नदीहरू बगिरहेका हुनेछन् । यही त्यो बदला हो जुन उनीहरूका लागि तयार पारेर राखिएको हो । यो ठूलो सफलता हो र यस समान अरू कुनै सफलता छैन ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, तपाईंको पालनकर्ताले अत्याचारीहरूलाई यद्यपि ढिलाइ गर्नुभएपनि उहाँको पकड अत्यन्तै कडा रहेको छ ।
१३. उहाँले नै प्रथम पटक सृष्टि र यातनाको प्रारम्भ गर्नुहुन्छ र त्यसलाई पुनः दोहोऱ्याउनुहुनेछ ।
१४. अनि पश्चाताप गर्ने उहाँका भक्तहरूलाई उहाँ क्षमा गर्नुहुन्छ किनकि उहाँ आफ्ना ईशभय राख्ने मित्रहरूलाई प्रेम गर्नुहुन्छ ।
१५. उहाँ महान सिंहासनको मालिक हुनुहुन्छ ।
१६. उहाँ जसलाई जाहनुहुन्छ उसको पापहरूलाई क्षमा गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ दण्ड दिनुहुन्छ । उहाँलाई कसैले पनि जबरदस्ती गर्न सक्दैन ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले ती सैनिकहरूको समाचार पाउनुभयो जसले सत्यसँग लडे र त्यसमा बाधा पुर्याएका थिए ?!
१८. फिर्औन, समद र सालिह (अलैहिस्सलाम) को समुदाय ।
१९. झूठो ठहर गर्नेहरू र उनीहरूको विनाशको समाचार नआउनु तिनीहरूलाई आस्था राख्नबाट रोक्ने कारण होइन बरू आफ्नो इच्छालाई पछ्याउनु नै उनीहरूको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्नुको कारण हो । 
२०. अल्लाहले उनीहरूको कर्महरूलाई घेरेर राख्नुभएको छ, त्यसबाट कुनै कुरा पनि उहाँबाट लुकेको छैन र त्यस अनुसार नै उनीहरूलाई बदला दिइनेछ ।
२१. झूठाहरूले भने जस्तै यो कुरआन कविता र श्लेष होइन बरू यो महान कुरआन हो ।
२२. जुन लौहे मह्फूज (सुरक्षित पेटिका) मा छ जुन परिवर्तन, षड्यन्त्र, र त्यसबाट कुनै कुरा घट्न र त्यसमा थप्नबाट सुरक्षित रहेको छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...