शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] ।
२. उठ्नुहोस् र अल्लाहको यातनाको डर देखाउनुहोस् ।
३. आफ्नो पालनकर्ताको महिमागान गर्नुहोस् ।
४. स्वयंलाई पापहरूबाट र आफ्ना लुगाहरूलाई अपवित्रताबाट पवित्र राख्नुहोस् ।
५. मूर्तिहरूको उपासनाबाट टाढा रहनुहोस् ।
६. राम्रा कामहरू गरेर तपाईंले अल्लाहमाथि उपकार गर्नुभएको छ र तपाईं धेरै पाउने योग्य हुनुहुन्छ भनेर नसोच्नुहोस् ।
७. तपाईंला भोग्नुभएका कष्टहरूलाई अल्लाहको लागि सहनुहोस् ।
८. अनि जब दोस्रो पटक सूर फुकिनेछ ।
९. त्यो दिन कठीन दिन हुनेछ ।
१०. अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेहरूको लागि सहज हुनेछ ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मलाई र जसलाई मैले एक्लै उसको आमाको पेटमा सम्पत्ति र सन्तानबिना सृष्टि गरेकोलाई छोड्नुहोस् । (त्यो व्यक्ति अल्-वलीद बिन मुगीरा हो ।)
१२. मैले उसलाई अपार धन दिएँ ।
१३. मैले उसलाई धेरै छोराहरू दिएँ जो ऊसँग रहन्थे, ऊसँग सभाहरूमा जान्थे र उसको धेरै धन भएकोले उनीहरू कुनै पनि यात्रामा उसको साथ छोडेनन् ।
१४. उसलाई मैले एक आरामदायी जीवन, प्रशस्त जीविका र बच्चाहरू प्रदान गरें ।
१५. अनि उसले मलाई नकारे पनि मैले उसलाई जे दिएको छु त्यसमा वृद्धि गर्छु भन्ने चाहन्छ ।
१६. वास्तविकता उसले सोँचे जस्तो होइन । वास्तवमा, ऊ हाम्रा रसूलमाथि अवतरित आयातहरूको शत्रु थियो किनकि उसले त्यसलाई नकार्यो ।
१७. म उसलाई कठीन यातना दिनेछु जसलाई ऊ सहन सक्ने छैन ।
१८. वास्तवमा, यो काफिर जसलाई मैले यी अनुग्रहहरू प्रदान गरें उसले कुर्आनलाई के भनेर नकार्ने भनी सोँच्यो र मनमा सङ्कल्प गर्यो ।
१९. उसको सर्वनाश होस्, उसले कस्तो सङ्कल्प गर्यो !
२०. फेरी उसको सर्वनाश होस्, उसले कस्तो सङ्कल्प गर्यो !
२१. अनि उसले फेरी सोँच्यो र उसले भनेको कुरामाथि पुनर्विचार गर्यो ।
२२. अनि कुर्आनको विषयमा निन्दा गर्न नभेट्दा उसले आँखा तर्यो ।
२३. अनि आस्थाबाट विमुख भयो र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्नबाट घमण्ड गर्यो ।
२४. अनि भन्योः मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको यो अल्लाहको वाणी होइन । बरू त्यो जादू हो जुन उहाँले अरूबाट उल्लेख गर्नुहुन्छ ।
२५. यो अल्लाहको वाणी होइन । बरू यो मनुष्यको वाणी हो ।
२६. म यस काफिरलाई नर्कका तहहरूमध्ये एउटा तहमा प्रवेश गराउनेछु । जसलाई सकर भनिन्छ र उसले त्यसको ताप सहनेछ ।
२७. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई कसले सकरको विषयमा बतायो ?
२८. जसलाई यातना दिइनेछ, आगोले उसको कुनै निशानी बाँकी राख्नेछैन र न उसलाई भाग्न दिनेछ । अनि फेरी ऊ पुरानै अवस्थामै फर्कनेछ र फेरी उसलाई यातना दिइनेछ । यस्तै नै भइरहनेछ ।
२९. यसले धेरै जलाउँछ र छालाको रङ्ग परिवर्तन गर्छ ।
३०. त्यसमाथि उन्नाईसवटा फरिश्ताहरू छन् जो त्यसको सुरक्षा गर्छन् ।
३१. हामीले फरिश्ताहरूलाई नर्कका सुरक्षाकर्मी बनाएका छौं । मानिसहरूलाई उनीहरूको सामना गर्ने क्षमता राख्दैनन् । तर अबू जहलले झूठो ठहर गर्यो, अनि ऊ र उसका मानिसहरू उनीहरूको सामना गर्न र नर्कबाट बाहिरिन सक्षम छन् भनी दावी गर्यो । हामीले उनीहरूको संख्या अल्लाहलाई नमान्नेहरूको लागि परिक्षा बनायौं । अनि उनीहरूले आफ्नो कुरा व्यक्त गर्नेछन् र उनीहरूको यातनालाई दोब्बर गरिनेछ । अनि तौरात प्रदान गरिएका यहूदीहरू र इन्जील प्रदान गरिएका ईसाईहरूलाई उनीहरूको किताबमा रहेका कुराहरूलाई पुष्टि गर्दै अवतरण भएको कुर्आनमा विश्वास होस् । अनि अह्ले किताबहरू मोमिनहरूको कुरासँग सहमत भएको देखेर उनीहरूको आस्थामा वृद्धि होस् । यहूदी, ईसाई र मोमिनहरूले शंका नगरून् । आस्थामा शंका भएकाहरू र काफिरहरूले भन्नेछन्- कुन उद्देश्यको लागि अल्लाहले यो अनौठो संख्याको उल्लेख गर्नुभएको छ ?! यस संख्यालाई नकार्ने पथभ्रष्ट छ र यसमाथि विश्वास राख्ने मार्गदर्शनमा छ । अल्लाह जसलाई चाहनुहुन्छ पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ मार्गदर्शन दिनु हुन्छ । तपाईंको पालनकर्ताको फौजको संख्या केवल अल्लाहलाई मात्र थाहा छ । अबू जहललाई यस कुराको ज्ञान होस् जो यो संख्यालाई सानो ठानेर र झूठो ठहर गर्नका निम्ति भन्छः के मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का १९ जना मात्र सहयोगी छन् ? नर्क भनेको मनुष्यको लागि चेतावनी मात्र हो जस द्वारा उसले अल्लाहको महानताको ज्ञान प्राप्त गर्न सक्छ ।
३२. उसले आफ्ना साथीहरूलाई नर्कका सुरक्षाकर्मीहरूमाथि विजय प्राप्त गरी उनीहरूलाई नर्कबाट बाहिर निकाल्नेछ भन्ने केही मुश्रिकहरूको दावी वास्तविकतासँग मेल खाँदैन । अल्लाहले चन्द्रको कसम खानुभयो ।
३३. अनि उहाँले रातको कसम खानुभयो जब त्यो फर्कन्छ ।
३४. उहाँले बिहानको कसम खानुभयो जब त्यो प्रकाशमय हुन्छ ।
३५. वास्तवमा, नर्कको आगो ठूला सङ्कटहरूमध्येको एक हो ।
३६. मानिसहरूलाई डर र भयको रूपमा ।
३७. हे मानिसहरू हो ! तिमीहरूमध्ये जो अल्लाहमाथि आस्था राखी र सत्कर्म गरी अगाडि बढ्न चाहन्छ भने अगाडि बढोस् वा कुफ्र र अवज्ञा गरी पछाडि रहन चाहन्छ भने यसो गरोस् ।
३८. हरेक व्यक्ति उसले गरेको कर्मको जिम्मेवार रहेको छ । या त उसको कर्मले उसलाई नष्ट पार्नेछ वा उसको कर्मले उसलाई मुक्त गर्नेछ र उसलाई नष्ट हुनबाट बचाउनेछ ।
३९. तर मोमिनहरूबाहेक किनकि उनीहरूलाई पापको कारणले समातिने छैन । बरू उनीहरूले गरेका सत्कर्मका कारणले उनीहरूका पापलाई क्षमा गरिनेछ ।
४०. अनि कयामतको दिन उनीहरू बगैंचाहरूमा हुनेछन् जहाँ उनीहरू एक आपसमा सोध्नेछन् ।
४१. काफिरहरूको विषयमा सोध्नेछन् जसले पापमा लिप्त भई स्वयंलाई नष्ट पारे ।
४२. उनीहरूलाई भन्नेछन्- तिमीहरूलाई नर्कमा कसले प्रवेश गरायो ?
४३. काफिरहरूले उनीहरूलाई भन्नेछन्- हामीले संसारमा अनिवार्य सलाह पढ्दैनथ्यौं ।
४४. अल्लाहले हामीलाई प्रदान गर्नुभएको जीविकाबाट गरिबहरूलाई खुवाउँदैनथ्यौं ।
४५. असत्यवादीहरू जहाँ भए पनि हामी उनीहरूसँग हुने गर्थ्यौं र हामी पथभ्रष्ट र पापीहरूसँग कुरा गर्ने गर्थ्यौं ।
४६. अनि बदला दिइने दिनलाई झूठो ठहर गर्ने गर्थ्यौं ।
४७. हामीसमक्ष मृत्यु आउने बेलासम्म हामीले त्यसलाई झूठो ठहर गर्ने काममा धेरै अगाडि बढिसकेका थियौं । त्यसले हामीलाई पश्चाताप गर्नबाट रोक्यो ।
४८. कयामतको दिन उनीहरूलाई फरिश्ताहरू, नबीहरू र सत्कर्मीहरूमध्येका सिफारिशकर्ताहरूको मध्यस्थताले उनीहरूलाई केही फाइदा दिने छैन किनकि सिफारिश मान्य हुनका लागि जसको लागि सिफारिश गरिएको छ ऊप्रति अल्लाह सन्तुष्ट हुनु हो ।
४९. कुन कुराले यी मुश्रिकहरूलाई कुर्आनबाट विमुख बनायो ?
५०. मानौं उनीहरू विमुख हुनुमा र त्यसबाट भाग्नुमा भड्केका जंगली गधाहरू जस्तै हुन् ।
५१. जो सिंहसँग डराएर भाग्यो ।
५२. बरू यी मुश्रिकहरूमध्ये हरेकको चाहना अनुसार ऊसँग एउटा खोलिएको किताब हुनुपर्छ जसले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहको तर्फबाट आउनुभएको हो भनी सूचना देओस् । यस चाहनाको कारण प्रमाणहरूको अभाव र कमजोर तर्क होइन बरू यसको एकमात्र कारण हठ र घमण्ड गर्नु हो ।
५३. कुरा यस्तो होइन ! बरू उनीहरू पथभ्रष्टतामा सीमा नाघ्नुको कारण उनीहरूले आखिरतको यातनामाथि आस्था नराख्नु र आफ्नै कुफ्रमा अडिग रहनु हो ।
५४. सुन ! वास्तवमा, यो कुर्आन उपदेश र स्मरण हो ।
५५. तसर्थ जो कुर्आन पढ्न र त्यसबाट उपदेश लिन चाहन्छ, उसले पढोस् र उपदेश लिओस् ।
५६. अल्लाहले नचाहेसम्म उनीहरूरले उपदेश लिन सक्नेछैनन् । उहाँको आदेश मानेर र उहाँले मनाही गर्नु भएको कुराबाट बचेर उहाँको भय राखिने र उहाँका भक्तहरूमध्ये पश्चाताप गर्नेहरूलाई क्षमा गर्ने अधिकार उहाँलाई मात्र छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें