शुरू अत्यन्तै करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायलाई भन्नुहोस्- अल्लाहले मलाई वही गर्नुभएको छ, नख्ला नामक उपत्यकामा जिनको एउटा समूहले मेरो कुर्आनको वाचन सुने । अनि जब उनीहरू आफ्नो समुदायमा फर्केर गए, उनीहरूले भनेः वास्तवमा, हामीले अत्यन्तै स्पष्ट र गम्भीर वाणीको वाचन सुन्यौं ।
२. हामीले सुनेको यो वाणी सही आस्था, वचन, र कार्यको मार्गनिर्देश गर्छ । तसर्थ हामीले त्यसमा आस्था राख्यौं र त्यसलाई अवतरण गर्ने मेरो पालनकर्तासँग अरूलाई साझेदार ठहर गर्ने छैनौं ।
३. हामीलाई विश्वास छ, मुश्रिकहरूले लगाएको आरोप विपरित उच्च महिमा र गरिमाको मालिक हाम्रा पालनकर्ताकी पत्नी छैन र छोरा पनि ।
४. अल्लाहका पत्नी र सन्तान छन् भनी इब्लीस (शैतान) विकृत कुरा गर्ने गर्थ्यो ।
५. हामीले यो ठानेका थियौं, मुश्रिक मनुष्य र जिनले अल्लाहका पत्नी र सन्तान छन् भनी गरेका दाबी साँचो हो । हामीले त्यसलाई विश्वास गर्दै उनीहरूको अनुसरण गर्यौं ।
६. वास्तवमा, अज्ञानताका दिनहरूमा मनुष्यमध्येका केही व्यक्तिहरू कतै जाँने बेलामा उनीहरूले जिनमध्येका केही व्यक्तिहरूको शरण मागेका थिए किनकि उनीहरू डराएका थिए । उनीहरूमध्ये एकजनाले भन्योः म यस बेंसीको मालिकको उसका दुष्टहरूको कुकर्मबाट शरण लिन्छु । यसले गर्दा मानिसहरूमा जिनको डर र आतंकलाई बढायो ।
७. हे जिनहरू हो ! वास्तवमा, अल्लाहले मृत्युपश्चात कसैलाई पनि हिसाब लिन र बदला दिनका निम्ति जीवित पार्नु हुन्न भन्ने तिमीहरूको सोँच जस्तै मानिसहरूले पनि सोँचेका थिए ।
८. वास्तवमा, हामीले आकाशबाट समाचारहरू प्राप्त गर्ने प्रयास गर्यौं तर हामीले आकाशमा शक्तिशाली फरिश्ताहरूले भरिएको भेट्टायौं जसले गोप्य रूपमा कुराहरू सुन्नबाट जोगाउथ्यो जुन हामीले गर्ने गरेका थियौं । अनि आकाशको नजिक पुग्ने सबैलाई भस्म पार्ने आगोको ज्वालाले त्यसलाई भरिएको पायौं ।
९. फरिश्ताहरूको कुरा सुन्नका निम्ति हामी यसअघि आकाशका विभिन्न ठाउँहरूमा बस्ने गर्थ्यौं र त्यो सूचना हामी धर्तीमा पुरोहितहरूलाई दिने गर्थ्यौं । तर अहिले अवस्था बदलिएको छ । अब जो कोही हामीबाट सुन्न खोज्छ उसले आगोको ज्वालालाई आफ्नो ताकमा तयार पाउँछ । यदि ऊ नजिक हुन्छ भने त्यसले हिर्काएर उसलाई जलाइन्छ ।
१०. वास्तवमा, यस कडा सुरक्षाको कारण हामीहरूलाई थाहा छैन । के धर्तीबासीहरूसँग नराम्रो हुनेछ वा अल्लाहले उनीहरूको लागि भलाईको मामिला गर्ने सोँच्नुभएको छ । हामीले आकाशको सूचना पाउन छोडेका छौं ।
११. हाम्रो जिनको समुदायमा कोही ईशभय राख्ने र असल छन् भने कोही काफिर र पापी । हामीमा विभिन्न समूहहरू र हाम्रा फरक चाहनाहरू छन् ।
१२. यदि अल्लाह हाम्रो विषयमा केही सोँच्नुहुन्छ भने हामी उहाँलाई छल्न सक्दैनौं र हामी भागेर उहाँलाई विवश पार्न सक्दैनौं भन्ने कुरा हामीलाई थाहा छ ।
१३. जब हामीले सिधा बाटो देखाउने कुर्आनको वाचन सुन्यौं तब हामीले त्यसमाथि आस्था राख्यौं । यदि कोही आफ्ना पालनकर्तामाथि आस्था राख्छ भने ऊ आफ्ना सत्कर्महरूमा हुने कमीको डरबाट मुक्त हुन्छ र उसका पहिलेका पापहरूमा थप पापहरू थपिनेछैनन् ।
१४. वास्तवमा, हामीमध्ये कोही मुस्लिम र अल्लाहका आज्ञा पालन गर्नेहरू छन् भने कोही वास्तविक उद्देश्य र सिधा बाटोबाट हटेका छन् । तसर्थ जसले अल्लाहको आज्ञापालन गर्छ र सत्कर्म गर्छ उनिहरूले नै मार्गदर्शन र सिधा बाटो रोजे ।
१५. अनि वास्तविक उद्देश्य र सिधा बाटोबाट हटेकाहरू नर्कको इन्धन हुन् जो उनीहरू जस्तै मानिसहरूका साथमा जलाइनेछन् ।
१६. जसरी अल्लाहले उहाँलाई जिन्नहरूले कुर्आन सुनेको कुरालाई वही मार्फत भन्नुभयो त्यसरी नै इस्लामको बाटोमा जिन र मनुष्य अडिग रहे र त्यस अनुसार कर्म गरे भने अल्लाहले उनीहरूलाई पर्याप्त पानी पिलाउनुहुनेछ र विभिन्न अनुग्रहहरू प्रदान गर्नुहुनेछ भन्ने कुरा पनि वही गर्नुभयो ।
१७. उनीहरू यस अनुग्रहको लागि धन्यवाद दिन्छन् वा त्यसलाई नकार्छन् भनी उनीहरूको परिक्षा लिनका निम्ति हामी यो उनीहरूलाई दिनेछौं । अनि जो कुर्आन र त्यसमा उल्लेख उपदेशबाट विमुख हुनेछ उसको पालनकर्ताले उसलाई उसले सहन नसक्ने कठोर यातना दिनुहुनेछ ।
१८. मस्जिदहरू अल्लाहका हुन् अरूका होइनन् । तसर्थ त्यहाँ अल्लाहका साथ अरू कसैलाई नपुकार । नत्र तिमीहरूले यहूदीहरू र ईसाईहरूले गिर्जाघरहरूमा र सभाघरहरूमा गरे सरह गर्न पुग्नेछौ ।
१९. अनि जब अल्लाहको भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! नख्ला नामक उपत्यकामा उपासनाका निम्ति उभिनुभयो, कुर्आनको पाठ सुनेपछि जिनहरू उहाँका वरिपरि ठूलो भिडमा भेला भए ।
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी मुश्रिकहरूलाई भन्नुहोस्- म आफ्ना पलनकर्ताको मात्र उपासना गर्छु । म उपासना गर्नमा उहाँको साझेदार ठहर गर्दिन चाहे जो कोही होस् ।
२१. उनीहरूलाई भन्नुहोस्- अल्लाहले तिमीहरूका लागि लेखिदिनुभएको सजायलाई म रोक्न सक्दिन । अनि तिमीहरूको लागि उहाँले नलेख्नुभएको फाइदा म तिमीहरूलाई पुर्याउन सक्दिन ।
२२. उनीहरूलाई भन्नुहोस्- यदि मैले अल्लाहको अवज्ञा गरें भने मलाई उहाँबाट बचाउने कोही छैन । अनि उहाँबाहेक अरू कसैको शरण छैन ।
२३. बरू अल्लाहले पुर्याउन आदेश दिनुभएको कुरा र उहाँले मलाई जिम्मा दिएर पठाउनुभएको सन्देशलाई मात्र तिमीहरूसमक्ष पुर्याउन सक्छु । जसले अल्लाह र उहाँको रसूलको अवज्ञा गर्नेछ उसको भाग्यमा सदाका लागि नर्कमा जाने लेखिएको छ । ऊ त्यहाँबाट कहिले पनि निस्कन सक्ने छैन ।
२४. काफिरहरूले संसारमा उनीहरूलाई वाचा गरिएको यातनालाई नदेखुञ्जेल आफ्नो कुफ्रमा अडिग रहनेछन् । कसका सहयोगीहरू र समर्थकहरू कमजोर छन् भन्ने कुरा उनीहरूले त्यसबेला थाहा पाउनेछन् ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनः जीवित पारिने वास्तविकतालाई नकार्ने मुश्रिकहरूलाई भन्नुहोस्- तिमीहरूलाई चेतावनी दिइएको यातना नजिक छ वा त्यसको लागि लामो समय बाँकी छ भन्ने कुरा मलाई थाहा छैन, अल्लाहलाई मात्र थाहा छ ।
२६. उहाँलाई सम्पूर्ण गैब (अदृश्य) को ज्ञान छ, उहाँबाट कुनै कुरा पनि लुकेको छैन । उहाँ आफ्नो गैबको ज्ञानलाई कसैमाथि प्रकट गर्नुहुन्न बरू त्यो उहाँको ज्ञानमा मात्र रहन्छ ।
२७. तर, उहाँ आफ्ना जुन रसूललाई चाहनुहुन्छ, जे चाहनुहुन्छ त्यो प्रकट गर्नुहुन्छ । उहाँ रसूलको अगाडि र पछाडिबाट सुरक्षाको लागि फरिश्ताहरू पठाउनुहुन्छ जो त्यसलाई रसूलबाहेक अरू कसैको सामु प्रकट हुन दिदैनन् ।
२८. आशा छ, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भन्दा अघिका रसूलहरूले आफ्ना पालनकर्ताको सन्देश पुर्याए भन्ने कुरा थाहा पाउनुहुनेछ जसलाई पुर्याउने आदेश उहाँले दिनुभएको छ जसको हेरविचार उहाँले गर्नुभएको छ । उहाँलाई फरिश्ताहरू र रसूलहरूको ज्ञानबाट अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले हरेक कुराको गणना सुरक्षित राख्नुभएको छ । कुनैपनि कुरा उहाँको गणनाबाट छुटेको छैन ।

टिप्पणियाँ
एक टिप्पणी भेजें