सीधे मुख्य सामग्री पर जाएं

७१) सूरह नूह

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हामीले नूह (अलैहिस्सलाम) लाई उनको समुदायतिर उनीहरूलाई आह्वान गर्न र पीडादायक यातना आउनु अगाडि त्यसको डर देखाउन पठायौं किनकि उनीहरू अल्लाहको साझेदार ठहर गर्दथे ।
२. नूह (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भनेः हे मेरो समुदाय ! वास्तवमा, म तिमीहरूको लागि सचेतक हुँ । यदि तिमीहरूले अल्लाहसमक्ष पश्चाताप गरेनौं भने म तिमीहरूको लागि पर्खिरहेको यातनाको विषयमा सचेत गर्दैछु ।
३. मेरो चेतावनीको उद्देश्य तिमीहरूलाई यो भन्नु होः केवल अल्लाहको उपासना गर र उहाँरसँग कुनै पनि कुरालाई साझेदार नबनाऊ । उहाँका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नु भएका कुराहरूबाट बचेर उहाँको भय राख र मैले दिएका आदेशहरूमा मेरो अनुसरण गर ।
४. यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरूका हुकूकुल् इबाद (भक्तहरूको अधिकार) सँग सम्बन्ध नराख्ने पापहरूलाई अल्लाहले माफ गर्नुहुनेछ । अनि उहाँको ज्ञानमा रहेको तिमीहरूको सीमित समय नआउञ्जेल संसारको जीवनमा तिमीहरूको लागि थप अवसर प्रदान गर्नुहुनेछ । जबसम्म तिमीहरू यसो गरिरहनेछौ, तिमीहरू पृथ्वीमा बसोबास गर्नेछौ । अनि जब मृत्यु आउनेछ त्यो स्थगित हुनेछैन । यदि यो तिमीहरूलाई थाहा भएको भए तिमीहरू अल्लाहमाथि आस्था राख्न र आफ्नो शिर्क र पथभ्रष्टताबाट पश्चात्ताप गर्न हतार गर्ने थियौ ।
५. नूह (अलैहिस्सलाम) ले भन्नुभयोः हे मेरा पालनकर्ता ! मैले मेरो समुदायलाई रातदिन तपाईंको मात्र उपासना गर्न आह्वान गरिराखें ।
६. तर मेरो आह्वानले उनीहरूलाई झन् नमान्ने र मेरो आह्वानबाट झन् टाढा बनायो ।
७. वास्तवमा, जब म उनीहरूलाई उनीहरूका पापहरूको क्षमाको लागी केवल तपाईंको उपासना गर्न र तपाईं र तपाईंका रसूलको अनुसरण गर्न आह्वान गर्छु, उनीहरू मेरो आह्वान नसुन्नका लागि आफ्ना औंलाहरूले आफ्ना कान बन्द गर्छन् र मलाई नहेर्नका निम्ति आफ्ना लुगाले आफ्ना अनुहारहरू छोप्छन् । उनीहरू शिर्कमा नै अडिग रहे, मैले आह्वान गरेको कुरालाई अपनाउन र त्यसको लागि समर्पित हुन घमण्ड गरे ।
८. अनि, हे मेरा पालनकर्ता ! मैले उनीहरूलाई सार्वजनिक रूपमा आह्वान गरें ।
९. अनि मैले ठूलो स्वरले,गोप्य रूपमा र सानो स्वरले उनीहरूलाई आह्वान गरें । मैले उनीहरूलाई विभिन्न तरिकाले आह्वान गरें ।
१०. अनि मैले उनीहरूलाई भनेः हे मेरो समुदाय ! अल्लाहसमक्ष पश्चाताप गरी उहाँसँग क्षमा गर किनकि उहाँ आफ्ना पश्चाताप गर्ने भक्तहरूको पापहरूलाई क्षमा गर्नुहुन्छ ।
११. यदि तिमीहरूले यसो गर्यौ भने अल्लाहले तिमीहरूको आवश्यकता अनुसार तिमीहरूमाथि पानी पराउनुहुनेछ । अनि तिमीहरूले कहिले अनिकालको सामना गर्नुपर्नेछैन ।
१२. अनि तिमीहरूलाई पर्याप्त मात्रामा सम्पत्ति र सन्तान प्रदान गर्नुहुनेछ र तिमीहरूका लागि बगैंचाहरू बनाउनुहुनेछ जसका फलहरू तिमीहरूले खानेछौ । तिमीहरूको लागि नहरहरू बनाउनुहुनेछ जसबाट तिमीहरूले पिउनेछौ, खेती गर्नेछौ र आफ्ना गाईबस्तुहरूलाई पिलाउनेछौ ।
१३. हे समुदाय ! तिमीहरूलाई के भयो ? तिमीहरू अल्लाहको महिमा देखी डराउदैनौ । तिमीहरू वास्ता नगरी उहाँको अवज्ञा गरिरहेका छौ ।
१४. उहाँले तिमीहरूलाई पानीको थोपा, रगतको ढिक्को र चपाएको मासु गरी विभिन्न चरणमा सृष्टि गर्नुभयो ।
१५. अल्लाहले एकमाथि अर्को गरी सातवटा आकाशहरू कसरी बनाउनुभएको भनी तिमीहरू देख्नदैनौ ?
१६. त्यसमध्ये नजिकको आकाशमा पृथ्वीबासीहरूका लागि उहाँले प्रकाशको निम्ति चन्द्रमा बनाउनुभयो र सूर्यलाई प्रकाशमय बनाउनुभयो ।
१७. अल्लाहले तिमीहरूको पुर्खा आदमलाई माटोबाट सिर्जना गर्नुभयो । यसकारण उहाँले तिमीहरूलाई पृथ्वीबाट सिर्जना गर्नुभयो । अनि त्यसले उमारेका अन्नहरू तिमीहरू खान्छौ ।
१८. अनि मृत्युपश्चात तिमीहरूलाई त्यसमै फर्काइनेछ र तिमीहरूलाई पुनः जीवित पार्न त्यसैबाट निकालिनेछ ।
१९. अनि तिमीहरूका लागि अल्लाहले धर्तीलाई विस्तार गर्नुभएको छ र बस्न योग्य बनाउनुभएको छ ।
२०. हलाल जीविका आर्जन गर्न तिमीहरू त्यसका खुल्ला बाटोको प्रयोग गर्न सक ।
२१. नूह (अलैहिस्सलाम) ले भनेः हे मेरा पालनकर्ता ! केवल तपाईंको उपासना गर्ने मैले दिएको आदेशलाई मेरो समुदायले मानेन । तिनीहरूमध्ये तल्लो वर्ग आफ्ना अगुवाहरूको अनुसरण गर्छन् जसलाई तपाईंले धन र सन्तान दिनुभएको छ । तपाईंले उनीहरूलाई दिनुभएका कुराहरूले उनीहरूलाई थप पथभ्रष्ट बनाएको छ ।
२२. अनि अगुवाहरूले नूह (अलैहिस्सलाम) विरूद्ध तल्लो वर्गकाहरूलाई उक्साएर ठूलो षडयन्त्रको योजना बनाए ।
२३. उनीहरूले आफ्ना अनुयायीहरूलाई भनेः तिमीहरू आफ्ना भगवानहरूको उपासना गर्न नछोड र आफ्ना मूर्तीहरू वद, सुवाअ, यगूस, यऊक र नस्रको उपासना गर्न नछोड ।
२४. उनीहरूले आफ्ना मूर्तीहरूले धेरै मानिसहरूलाई पथभ्रष्ट गरेका छन् । हे मेरा पालनकर्ता ! स्वयंमाथि अत्याचार गर्नेहरूले आफ्ना कुफ्र र अवज्ञामा जिद्दी गरेर सत्यताबाट झन् पथभ्रष्ट भएका छन् ।
२५. उनीहरूले गरेका गल्तीहरूले गर्दा उनीहरूलाई संसारमा जलप्रलयमा डुबाइए । अनि मृत्युपश्चात उनीहरूलाई सीधा नर्कमा हालिनेछ ।  उनीहरूलाई डुब्न र नर्कबाट जोगाउन उनीहरूले अल्लाहबाहेक अरू कोही सहयोगी पाएनन् ।
२६. जसले पहिले नै आस्था राखिसकेका छन् उनीहरूबाहेक अरूले आस्था राख्ने छैनन् भनी अल्लाहले सूचना दिएपछि नूह (अलैहिस्सलाम) ले भनेः हे मेरा पालनकर्ता ! यस धर्तीमा एउटा पनि काफिरलाई डुल्न वा हिँड्न नछोड्नुहोस् ।
२७. हे पालनकर्ता ! यदि तपाईं उनीहरूलाई छोड्नुहुन्छ र उनीहरूलाई अवसर प्रदान गर्नुहुन्छ भने उनीहरूले तपाईंका आस्थावान भक्तहरूलाई पथभ्रष्ट गर्नेछन् । उनीहरूले केवल भ्रष्टहरूलाई जन्माउनेछन् जसले तपाईंको अनुसरण गर्नेछैनन् र कठोर काफिरहरूलाई जन्माउनेछन् जसले तपाईंको तपाईंका अनुग्रहको लागि धन्यवाद दिनेछैनन् ।
२८. हे मेरा पालनकर्ता ! मेरा पापहरूलाई, मेरा आमाबुबालाई, मेरो घरमा आउने मोमिनहरूलाई, मुस्लिम पुरूष र महिलाहरूलाई माफ गरिदिनुहोस् । अनि अविश्वास र अवज्ञाका गरेर आफैमाथि अत्याचार गर्नेहरूको विनाश र पराजयलाई बढाउनुहोस् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...