शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. कुरआनलाई अल्लाहले अवतरित गर्नुभयो । उहाँ प्रभुत्वशाली हुनुहुन्छ कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । उहाँबाहेक अन्य कसैले यसलाई अवतरण गरेको छैन ।२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि यो कुरआन अवतरण गरेकाछौं जो सत्यमा आधारित छ । यसमा रहेका सबै सूचना र आदेशहरू सत्य हुन् । मात्र एक अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ ।३. जानिराख ! अल्लाहकै लागि शिर्कबाट पवित्र धर्म हो । अल्लाहलाई छोडेर देवी देवता र सीमा उल्लङ्घनकारीहरूलाई मित्र बनाएर पूजा गर्ने मानिसहरूले तर्क दिन्छन्− हामीहरू यस कारणले यिनीहरूको पूजा गर्छौं कि यिनीहरूले हामीहरूलाई अल्लाहसँग नजिक पारुन्, हाम्रा आवश्यक्ताहरूलाई उहाँसमक्ष राखुन् र उहाँसमक्ष हाम्रो सिफारिश गरुन् । एक अल्लाहको भक्तिको बारेमा यिनीहरू जुन विभेद गर्छन् त्यसको बारेमा अल्लाहले यी बहुदेववादीहरू र निष्कपट मोमिनहरूबीच अवश्य नै महाप्रलयको दिन निर्णय गर्नुहुनेछ । अल्लाह झूठो ठहर गर्ने, शिर्क गर्ने र उहाँका वरदानहरूप्रति कृतघ्न गर्नेहरूलाई सीधा मार्ग देखाउनुहुन्न ।४. यदि अल्लाहले कसैलाई आफ्नो पुत्र ग्रहण गर्न चाहेमा आफ्ना प्राणीहरूमध्ये कसैलाई पनि पुत्र ग्रहण गर्न सक्नु हुन्थ्यो । तर बहुदेववादीहरूले भनेको यस्तो कुराबाट अल्लाह पवित्र हुनुहुन्छ । अल्लाह आफ्नो अस्तित्व, गुण र कार्यहरूमा एकमात्र हुनुहुन्छ, यी कुराहरूमा कसैको साझेदारी छैन । उहाँ सबै सृष्टिहरूमाथि प्रभुत्वशाली हुनुहुन्छ ।५. अल्लाहले नै आकाशहरू र पृथ्वीलाई अति विवेकका साथ सृष्टि गर्नुभयो । उहाँले यी वस्तुहरूलाई बिना उद्देश्य सृष्टि गर्नु भएन, जस्तो कि अत्याचारीहरू भन्छन् । उहाँ रातिलाई दिनमा र दिनलाई रातिमा प्रवेश गराउनुहुन्छ, एउटा आएपछि अर्को समाप्त हुन्छ । उहाँले सूर्य र चन्द्रमालाई आफ्नो अधीनमा राख्नुभयो । यी दुवै आफ्नो निश्चित र अन्तिम समयसम्म गतिशील रहनेछन् । जानिराख अल्लाह प्रभुत्वशाली हुनुहुन्छ जसले आफ्ना शत्रुहरूबाट बदला लिनुहुनेछ । उहाँमाथि कोही पनि विजयी हुन सक्दैन । आफ्ना पापहरूबाट तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ ।६. हे मानव ! अल्लाहले तिमीहरूको सृष्टि एकजना व्यक्ति आदम (अलैहिस्सलाम) बाट गर्नुभयो । आदम (अलैहिस्सलाम) लाई सृष्टि गरेपछि उनकी श्रीमति हव्वा (अलैहस्सलाम) लाई सृष्टि गर्नुभयो । उहाँले नै तिमीहरूका लागि ऊँट, गाई, भेडी, बाख्रीका आठ वटा जोडी सृष्टि गर्नुभयो । प्रत्येकका भाले र पोथी बनाउनुभयो । अल्लाहले तिमीहरूको सृष्टि विभिन्न चरणहरूमा र आमाहरूका गर्भहरूमा तीन वटा अन्धकारहरूमा गर्नुभयो, एउटा पेट, दोस्रो गर्भ र तेस्रो झिल्लीका अन्धकारहरू । यी सबैको सृष्टि मात्र तिमीहरूको सृष्टिकर्ता अल्लाहले गर्नुभयो, उहाँ सम्राट हुनुहुन्छ, उहाँबाहेक कोही पनि भक्ति-योग्य छैन । अनि तिमीहरू किन अल्लाहको भक्ति त्यागेर यस्ता वस्तुहरूको भक्ति गर्छौ जसले केही पनि सृष्टि गरेको छैन बरु सृष्टि गरिएका छन् ?! ७. हे मानव ! यदि तिमीहरू आफ्ना पालाकर्ताको इन्कार गर्छौ भने अल्लाहलाई तिमीहरूको ईमानको आवश्यक्ता छैन । तिमीहरूको कुफ्रले उहाँलाई कुनै हानि पुर्याउँदैन । तिमीहरूको कुफ्रले तिमीहरूलाई नै हानि पुर्याउनेछ । भक्तहरूले अल्लाहको इन्कार गरुन भन्ने कुरा उहाँले मन पराउनुहुन्न, उहाँ तिनीहरूलाई कुफ्र गर्ने आदेश दिनुहुन्न, किनभने उहाँ अश्लील र नराम्रो कर्म गर्ने आदेश दिनुहुन्न । यदि तिमीहरू अल्लाहका वरदानहरूप्रति आभार प्रकट गर्छौ र उहाँमाथि ईमान ल्याउँछौ भने उहाँले तिमीहरूको आभारबाट खुशी हुनुहुन्छ र त्यसको प्रतिदान दिनुहुन्छ । कुनै पनि व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्ने छैन । बरु प्रत्येक व्यक्तिले आफूले गरेको कार्यको आफैं जिम्मेबार हुन्छ । फेरि तिमीहरू सबै महाप्रलयको दिन अल्लाहतर्फ नै फर्काइनेछौ, अनि तिमीहरूले संसारमा गरेका कार्यहरूबारे उहाँले सूचित गर्नुहुनेछ र तिमीहरूले गरेका कार्यहरूको बदला दिनुहुनेछ । उहाँ भक्तहरूका हृदयहरूमा रहेका कुराहरूलाई जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन । ८. जब काफिरलाई कुनै रोग लाग्छ वा धन-सम्पत्ति गुम्छ वा डुब्ने डर हुन्छ तब मात्र अल्लाहलाई पुकार्छ र त्यसको निवारणको लागि प्रार्थना गर्छ । जब अल्लाह त्यसको निवारण गरेर कृपा गर्नुहुन्छ तब अल्लाहलाई पुकार्न छोड्छ । अल्लाहलाई छोडेर अरूलाई पुकार्न थाल्छ ताकि मानिसहरूलाई उहाँसम्म पुग्ने मार्गबाट फेर्न सकुन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्ता मानिसहरूलाई भन्नुहोस्− तिमीहरू थोरै दिनको लागि बाँचुनजेल सम्म कुफ्र गर । तिमीहरू महाप्रलयको दिन नर्कमा जानेछौ । जसरी एक मित्र अर्को मित्रसँग टासिन्छ त्यसरी नै तिमी नर्कसँग टासिनेछौ ।९. के आफ्नो राति ढोगेर र उभेर बिताउने, आखिरतको यातनाबाट डराउने र अल्लाहको कृपाको आशा राख्ने अल्लाहको आज्ञाकारी व्यक्ति राम्रो छ वा काफिर राम्रो छ जो कठिनाईमा अल्लाहलाई पुकार्छ, सुखमा अल्लाहको इन्कार गर्छ र अल्लाहका लागि साझेदारहरू बनाउँछ ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के अल्लाहलाई जान्ने र उहाँले अनिवार्य गर्नुभएको कार्य गर्ने मानिसहरू राम्रा छन् वा नजान्ने मानिसहरू राम्रा छन् ?! दुवै किसिमका जमातबीच रहेको फरकलाई बुद्धिमानहरू जान्दछन् । १०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूलाई भनिदिनुहोस्− अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । जुन मानिसहरूले संसारमा सत्कर्म गर्नेछन् उनीहरू लोकमा पनि सहयोग, स्वास्थ्य, धन-सम्पत्ति पाएर राम्रो जीवन पाउनेछन् र परलोकमा पनि स्वर्ग पाएर राम्रो जीवन पाउनेछन् । अल्लाहको धर्ती धेरै फराकिलो छ त्यसमा हिज्रत (बसाइँ-सराई) गर, यहाँ सम्म कि तिमीहरू राम्रो स्थान पाउन सक जहाँ तिमीहरूलाई अल्लाहको भक्तिबाट कोही पनि रोक्न नसकोस् । धैर्यवानहरूलाई महाप्रलयको दिन अनगन्ति र विभिन्न प्रकारका प्रतिदान दिइनेछ । ११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मलाई अल्लाहले के आदेश दिनुभएको छ भने म उहाँकै लागि भक्तिलाई विशिष्ट पारुँ, उहाँबाहेक अन्य कसैको भक्ति नगरुँ । १२. मलाई यो आदेश पनि मिलेको छ कि यस समुदायबाट सर्वप्रथम म नै उहाँसमक्ष समर्पित होउँ र आज्ञापालन गरुँ ।१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि म अल्लाहको अवज्ञा गर्छु भने मलाई महाप्रलयको दिन उहाँको यातनाबाट डर लाग्छ ।१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! म भक्तिलाई उहाँकै लागि विशिष्ट पार्छु । उहाँको भक्तिमा कसैलाई साझेदार बनाउँदिन ।१५. हे बहुदेववादीहरू हो ! तिमीहरू जुन मूर्तीको पूजा गर्न चाहन्छौ गर । (यो आदेश धमकीको लागि दिइएको छ ।) हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− वास्तविक घाटा खानेहरू ती मानिसहरू हुन् जसले आफूलाई र आफ्ना परिवारलाई घाटामा पारे । तिनीहरू छिन्न भिन्न हुनेछन्, एक अर्कासँग भेँटने छैनन् । स्वर्गमा प्रवेश गर्दा पनि एकलै हुनेछन् र नर्कमा प्रवेश गर्दा पनि एक्लै हुनेछन् । जानिराख यो वास्तविक घाटा हो जसमा कुनै सन्देह छैन ।१६. तिनीहरूको माथि र मुनि दुवैतिरबाट धुवाँ, आगो र तातो हुनेछ । यस यातनाबाट अल्लाह आफ्ना भक्तहरूलाई डराउनुहुन्छ । हे मेरा भक्तहरू हो ! मेरा आदेशहरूको पालना गरेर र मैले मनाहि गरेका कुराहरूबाट जोगिएर मसित डराऊ । अल्लाहले अपराधीहरूको वर्णनपछि सत्कर्मी भक्तहरूको वर्णन गर्दै भन्नुभयो−१७. अल्लाहबाहेक अन्य सबै देवी देवता तथा भगवानहरूको पूजाबाट जोगिएर र तौबा गरेर अल्लाहतर्फ फर्कने मानिसहरूका लागि मृत्यु हुँदा, चिहानमा र महाप्रलयको दिन स्वर्गको शुभसूचना छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मेरा भक्तहरूलाई यस कुराको शुभसूचना दिनुहोस् ।१८. जुन मानिसहरू कुरालाई सुन्छन्, राम्रो नराम्रोबीच फरक छुट्याउँछन् र फाइदाजनक राम्रो कुराको पालना गर्छन् उनीहरू नै मार्गदर्शनमा छन् र उनीहरू नै बुद्धिमान हुन् ।१९. जुन मानिसहरूमाथि तिनीहरूको लगातार कुफ्र र पथभ्रष्टताको कारणले यातनाको निर्णय लागु भयो, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जुन सुकै उपाय गरेमा तिनीहरूलाई मार्दर्शन मिल्ने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईं यस्ता खाले मानिसहरूलाई नर्कबाट मुक्ति दिन सकनुहुन्छ र ?!२०. तर जुन मानिसहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराए उनीहरूका लागि धेरै तल्ला भएका स्वर्गका उच्च महलहरू हुनेछन्, जसको तल नहरहरू बगि रहेका हुनेछन् । अल्लाहको तर्फबाट यसको वाचा छ र उहाँ कहिले वचन भङ्ग गर्नुहुन्न ।२१. तिमीहरूले देखेर जानेको कुरा हो कि निस्सन्देह अल्लाहले आकाशबाट पानी बर्साउनुभयो, अनि त्यसलाई मूलहरू र खोला नालामा हाल्नुभयो फेरि त्यस पानीबाट नाना प्रकारका बाली नाली उमार्नुभयो । फेरि त्यो सुक्यो र सुकेपछि हरियो रङ्गबाट पहेलो भयो । सुकेपछि त्यसलाई टुक्रा टुक्रा पारियो । जीवित हृदय राख्नेहरूका लागि त्यसमा उपदेश छ ।२२. के यस्तो व्यक्ति जसको हृदयलाई अल्लाहले इस्लामको लागि खोल्नुभएको छ र ऊ मार्गदर्शन र अल्लाहको तर्फबाट प्रकाशमा छ त्यस व्यक्ति जस्तो हुन सक्छ जसको हृदय अल्लाहको स्मरणप्रति कठोर भएको छ ?! यी दुई प्रकारका मानिसहरू कहिल्यै एकसमान हुन सक्दैनन् । मार्गदर्शन पाएका मानिसहरूका लागि मोक्ष छ भने अल्लाहको स्मरणबाट खाली मानिसहरूका लागि घाटा छ, किनभने यस्ता मानिसहरू स्पष्ट पथभ्रष्टतामा छन् । २३. अल्लाहले आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उत्तम वाणी कुरआन अवतरण गर्नुभयो । यसका श्लोकहरू सत्यता र सुन्दरतामा मिल्दा जुल्दा छन् । त्यसमा विरोधाभाष छैन । यस किताबमा विभिन्न किसिमका कथा, आदेश, वाचा, धमकी, सत्यवादी र असत्यवादीहरूका गुणहरू इत्यादि छन् । यसमा रहेका धमकी सुनेर अल्लाहसित डराउनेहरूका आङ जिरिङ्ग हुन थाल्छ । त्यसमा रहेका आशा र शुभसूचनाहरू सुनेपछि तिनीहरूका छाला र हृदय नम्र हुन पुग्छन् । कुरआनको यो प्रभाव अल्लाहको तर्फबाट मार्गदर्शन हो । उहाँ जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ र मार्गदर्शन गर्नुहुन्न उसलाई कोही पनि मार्गदर्शन गर्न सक्दैन । २४. के लोकमा अल्लाहको तर्फबाट मार्गदर्शन पाएका र परलोकमा स्वर्गमा जाने मानिसहरू र मरुन्जेल कुफ्रमा लिप्त रहने र परलोकमा दुवै हात खुट्टा बाँधेर अनुहारको बल नर्कमा फ्याँकिने मानिसहरू एकसमान हुन सक्छन् ?! कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूको निन्दा गर्दै भनिनेछ− चाख नर्कको यातनाको स्वाद । यो हो तिमीहरूको सजाय । २५. यी बहुदेववादीहरूअघि धेरै समुदायहरूले पनि झूठा ठहर गरे । तिनीहरूमाथि यति अकस्मात अल्लाहको प्रकोप आयो कि तिनीहरूले महसूस गरेनन् र तौबा गर्ने अवसर पाएनन् ।२६. त्यस प्रकोपबाट अल्लाहले लोकमा अपमान र बेइज्जतिको स्वाद चखाउनुभयो । तिनीहरूले जानेका भए त्यसभन्दा भयावह परलोकको यातना तिनीहरूको पर्खाइमा छ ।२७. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुरआनमा हामीले भलाइ तथा दुष्टता, सत्य तथा असत्य र ईमान तथा कुफ्र इत्यादिका धेरै उदाहरणहरू वर्णन गरेकाछौं । आशा छ तिनीहरूले उपदेश ग्रहण गरुन्, सत्य अनुसार कर्म गरुन् र असत्यलाई त्यागुन् ।२८. हामीले कुरआनलाई अरबी भाषामा अवतरण गर्यौं, यसमा कुनै कुटिलता र शङ्का छैन । यस आशाका साथ कि तिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराउन् । २९. अल्लाह एकजना बहुदेववादी भक्तको उपमा यस्तो व्यक्तिसँग दिनुहुन्छ जो परस्पर विरोधी मालिकहरूको साझा नौकर होस् । उसले मालिकहरूमध्ये केहीलाई खुशी पार्छ भने अन्य केहीलाई रुष्ट पार्छ । अनि ऊ सधैं हैरान र सङ्कटमा हुन्छ । अल्लाह एकेश्वरवादी भक्तको उपमा यस्तो व्यक्तिसँग दिनुहुन्छ जो मात्र एकजना मालिकको अधिनमा हुन्छ जसको चाहनाको बारेमा उसलाई थाहा हुन्छ । अनि ऊ निश्चिन्त जीवन बिताउँछ । यी दुई किसिमका भक्तहरू एकसमान हुन सक्दैनन् । सबै प्रशंसाहरू मात्र अल्लाहका लागि हुन् । बरु अधिकांश मानिसहरू जान्दैनन् । त्यसैले अन्यलाई अल्लाहको साझेदार बनाउँछन् ।३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! एक दिन तपाईंको पनि निधन हुनेछ र यिनीहरू पनि मर्नेछन् ।३१. त्यसपछि हे मानव ! तिमीहरू महाप्रलयको दिन अल्लाहनजिक विवादित बनाइएको कुरामा परस्पर झगडा गर्नेछौ । अनि सत्यवादी र असत्यवादीबीच फरक स्पष्ट हुनेछ ।३२. यस्तो व्यक्ति सबैभन्दा ठूलो अत्याचारी हो जो अल्लाहको लागि साझेदार वा श्रीमति वा सन्तान ठहर गर्छ । यो अलाहको लागि उचित छैन । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको वही (प्रकाशना) लाई झूठा ठहर गर्ने व्यक्ति पनि सबै भन्दा ठूलो अत्याचारी हो । अल्लाह र वहीलाई इन्कार गर्नेहरूको बास स्थान नर्क होइन र ?! अवश्य नै तिनीहरूको बासस्थान नर्क हो ।अल्लाहले झूठा र झूठो ठहर गर्नेहरूको वर्णनपछि सत्यवादी र सत्यको पुष्टि गर्नेहरूको वर्णन गर्दै भन्नुभयो–३३. यस्ता सन्देष्टाहरू र अन्य मानिसहरू नै वास्तविकरूपमा ईशभय राख्नेहरू हुन् जो सत्य बोल्छन, सत्कर्म गर्छन्, ईमान ल्याउँछन्, ईमानको मर्म अनुसार कार्य गर्छन्, अल्लाहको आदेशको पालना गर्छन् र मनाहि गरिएको कार्यलाई त्याग्छन् । ३४. उनीहरूले अल्लाहनजिक सधैंको लागि मन पराएका सबै मोज मस्तीका वस्तुहरू पाउनेछन् । यो अल्लाहसँग र उहाँका भक्तहरूसँग राम्रो व्यवहारको बदला हो । ३५. ताकि उनीहरूले संसारमा गरेका पापहरूलाई उनीहरूले तौबा गरेको कारणले अल्लाहले माफ गरुन् र उनीहरूले गरेका सत्कर्मको बदला देउन् ।३६. के अल्लाह आफ्नो भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को लागि उहाँको धार्मिक, सांसारिक र सुरक्षा दिने मामिलामा पर्याप्त हुनुहुन्न ?! निस्सन्देह अल्लाह उहाँको लागि पर्याप्त हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मूर्तीहरूले तपाईंलाई कष्ट पुर्याउनेछन् भन्ने कुरनबाट काफिरहरू आफ्नो अज्ञानताले गर्दा तपाईंलाई डराउँछन् । मार्गदर्शन प्रदान नगरेर जसलाई अल्लाह अपमान गर्न चाहनुहुन्छ उसलाई कोही पनि मार्दर्शन गर्न सक्दैन ।३७. अल्लाह जसलाई मार्गदर्शन दिन चाहनुहुन्छ उसलाई कोही पनि पथभ्रष्ट पार्न सक्दैन । के अल्लाह यस्तो प्रभुत्वशाली र बदला लिनेवाला हुनुहुन्न, जसमाथि कोही पनि विजयी हुन नसकोस् ?! उहाँ अवश्य नै प्रभुत्वशाली र बदला लिनेवाला हुनुहुन्छ ।३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ – आकाशहरू र पृथ्वीलाई कसले सृष्टि गर्नुभयो ? तिनीहरूले अवश्य भन्नेछन्– अल्लाहले सृष्टि गर्नुभयो । तिनीहरूका भगवानहरूको विवशतालाई स्पष्ट पार्दै सोध्नुहोस्– तिमीहरूले पुज्दै गरेका मूर्तीहरूको बारेमा बताऊ । यदि अल्लाहले मलाई कुनै कष्ट दिएमा के तिमीहरूका मूर्तीहरूले त्यसलाई निवारण गर्न सक्छ ?! यदि अल्लाहले ममथि कुनै कृपा गर्न चाहनुभएमा के तिमीहरूका मूर्तीहरूले त्यसलाई रोक्न सक्छ ?! तिनीहरूलाई भनिदिनुहोस्– मेरो लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । म आफ्ना सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छु । भरोसा गर्नेहरूले मात्र उहाँमाथि भरोसा गर्नुपर्छ ।३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मेरा समुदाय ! तिमीहरूले मन पराएको दुष्कार्य शिर्क गर, म अल्लाहको आदेशको पालना गर्दै एक अल्लाहको भक्तिको आह्वान र मात्र उहाँ कै भक्ति गरिराख्नेछु, तिमीहरूले प्रत्येक समूहको परिणाम चाँडै नै जान्नेछौ ।४०. कसमाथि लोकमा अपमानित गर्ने प्रकोप आउनेछ र परलोकमा सधैं रहने यातना हुनेछ भन्ने कुरा पनि तिमीहरूले चाँडै नै जान्नेछौ । ४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि सत्यका साथ कुरआन अवतरण गरेकाछौं, ताकि तपाईंले मानिसहरूलाई सावधान गराउनुहोस् । जसले यसबाट मार्गदर्शन प्राप्त गर्छ त्यसको लाभ उसैलाई प्राप्त हुन्छ । अल्लाहलाई त्यसको आवश्यक्ता छैन । जो पथभ्रष्ट हुन्छ त्यसको हानि उसैलाई पुग्छ, अल्लाहलाई त्यसको हानि पुग्ने छैन । तपाई तिनीहरूमाथि अधिकारी हुनुहुन्न कि तिनीहरूलाई मार्गदर्शन ग्रहण गर्न विवश पार्नुहोस् । तपाईंको जिम्मेबारी सन्देश पुर्याउनु मात्र हो ।४२. आत्माहरूको अन्तिम समय आएपछि अल्लाहले नै त्यसलाई नियन्त्रणमा लिनुहुन्छ र समात्नुहुन्छ । उहाँले ती आत्माहरूलाई पनि निन्द्रमा आफ्नो नियन्त्रणमा लिनुहुन्छ जसको अन्तिम समय आएको हुँदैन, अनि त्यसलाई एउटा निश्चित समयको लागि फिर्ता दिनुहुन्छ जसको ज्ञान उहाँलाई मात्र छ । आत्माहरू नियन्त्रणमा लिने, छोड्ने, मृत्यु दिने र जीवन दिने कार्यहरूमा बुद्धिमानहरूका लागि यस कुराको प्रमाण छ कि जुन अल्लाह यी सबै गर्ने शक्ति राख्नुहुन्छ उहाँ मानिसहरूलाई हिसाब र बदलाको लागि पुनः जीवित पार्ने शक्ति पनि राख्नुहुन्छ ।४३. बहुदेववादीहरूले अल्लाहलाई छोडेर मूर्तीहरूलाई सिफारिशकर्ता ग्रहण गरे यस आशाका साथ कि तिनीहरूले फाइदा पुर्याउनेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्– के तिमीहरू मूर्तीहरूलाई सिफारिशकर्ता ग्रहण गर्छौ जब कि तिनीहरू न तिमीरूका लागि केही गर्ने शक्ति राख्छन् न स्वयमका लागि, तिनीहरूमा सोच विचार गर्ने क्षमता पनि छैन, यिनीहरू निर्जीव भएकोले लाटा, बहिरा र अन्धा हुन्, न कुनै फाइदा पुर्याउन सक्छन् न हानि नै ?! ४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस् । सिफारिशको अधिकार मात्र अल्लाहलाई छ । उहाँको अनुमति बिना कोही पनि कसैको लागि सिफारिश गर्न सक्दैन । आकाशहरू र पृथ्वीको सत्ता शासन मात्र उहाँकै हातमा छ । महाप्रलयको दिन हिसाब र बदलाको लागि तिमीहरूलाई अल्लाहतर्फ नै फर्काएर लगिनेछ । उहाँले तिमीहरूलाई तिमीहरूका कर्महरूको बदला दिनुहुनेछ । ४५. मात्र अल्लाहको स्मरण हुँदा आखिरतमाथि ईमान नराख्ने बहुदेववादीहरू घृणा गर्छन् । तर जब तिनीहरूसमक्ष पूजा गर्ने मूर्तीहरूको वर्णन गरिन्छ तब तिनीहरू खुशी हुन्छन् ।४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीको सृष्टिकर्ता, हाजिर र परोक्षका ज्ञाता अल्लाह ! तपाईंबाट कुनै पनि वस्तु लुकेको छैन । सांसारिक मामिलामा भक्तहरूबीच रहेको मतभेदबारे महाप्रलयको दिन तपाईंले नै निर्णय गर्नुहुनेछ । अनि सत्यवादी तथा असत्यवादीबीच र सौभाग्यशाली र अभागिबीच फरक स्पष्ट हुनेछ ।४७. यदि शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूसँग पृथ्वी बराबर जनशक्ति र धनसम्पत्ति भए पनि बरु त्यसको दुई गुणा भए पनि र ती सबैलाई तिनीहरूले कडा यातनाबाट जोगिनको लागि अर्थदण्ड स्वरूप दिए पनि स्वीकार्य हुँदैन र तिनीहरू यातनाबाट बच्न सक्दैनन् । बरु तिनीहरूका लागि तिनीहरूले नसोचेका विभिन्न प्रकारका यातनाहरू प्रकट हुनेछन् । ४८. तिनीहरूले गरेको शिर्क र अवज्ञाको दुष्परिणाम प्रकट भयो । तिनीहरूलाई त्यस यातनाले घेर्यो जसबाट लोकमा डराउँदा त्यसको ठट्टा गर्ने गर्थे । ४९. काफिरलाई रोग वा गरिबी जस्तो कुनै सङ्कट हुँदा त्यसको निवारणको लागि ऊ अल्लाहलाई पुकार्छ । जब अल्लाह त्यसको निवारण गर्नुहुन्छ तब भन्न थाल्छ– यो अल्लाहले मेरो ज्ञानको कारणले दिनुभएको छ, म यसको हकदार छु । वास्तवमा अल्लाहले त्यो परीक्षा र डोरी खुकुलो पार्नको लागि दिनुभयो । तर अधिकांश काफिरहरू यो कुरा जान्दैनन् र अल्लाहको यस वरदानको बारेमा धोकामा परेका छन् ।५०. यो कुरा यिनीहरूअघि रहेका काफिरहरूले पनि भनेका थिए तर तिनीहरूले आर्जन गरेका धनसम्पत्ति र पदले तिनीहरूलाई कुनै फाइदा पुर्याएनन् ।५१. तिनीहरूलाई तिनीहरूले गरेको शिर्क र अवज्ञाको सजाय दिइयो । हालका बहुदेववादी र अवज्ञाकारीहरूलाई पनि त्यस्तै सजाय दिइनेछ । यिनीहरू त्यसबाट न बच्न सक्नेछन् र न अल्लाहमाथि विजयी हुन सकनेछन् ।५२. यी बहुदेववादीहरूले जे भने पनि के तिनीहरूलाई थाहा छैन– अल्लाह जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ, उनीहरूको परीक्षाको लागि कि अल्लाहप्रति आभार प्रकट गर्छन् कि कृतघ्न गर्छन् ?! अल्लाह जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ, यस कुराको परीक्षाको लागि कि तिनीहरू धैर्य गर्छन् वा भाग्यप्रति रिसाउँछन् ?! जीविका फराकिलो पार्ने र सञ्कुचित पार्ने कार्यमा यस कुराको प्रमाण छ कि अल्लाह मोमिनहरूका लागि कार्य सञ्चालन गर्नुहुन्छ, किनभने उनीहरू नै अल्लाहका प्रमाणहरूबाट फाइदा उठाउँछन् । जब कि काफिरहरू यी प्रमाणहरूबाट विमुख हुन्छन् । ५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! शिर्क र अवज्ञा गरेर सीमा उल्लङ्घन् गर्ने भक्तहरूलाई भनिदिनुहोस्– तिमीहरू अल्लाहको कृपा र क्षमादानबाट निराश नहोऊ । यदि तिमीहरू तौबा गर्छौ भने उहाँले तिमीहरूका सबै पापहरू माफ गर्नुहुनेछ । निस्सन्देह उहाँ क्षमाशील र कृपावान हुनुहुन्छ । ५४. तिमीहरू महाप्रलयअघि तौबा गरेर र सत्कर्म गरेर अल्लाहको निकटता प्राप्त गर र उहाँसमक्ष आत्मसमर्पण गर । महाप्रलय आएपछि तिमीहरूले आफ्ना मूर्ती र नातेदारहरूमध्ये यस यातनाबाट जोगाउने कुनै सहयोगी पाउने छैनौ ।५५. तिमीहरू यस उत्कृष्ट कुरआनको अनुसरण गर जसलाई अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गर्नुभयो । अकस्मात अल्लाहको प्रकोप आउनुअघि नै तिमीहरू अल्लाहका आदेशहरूको पालना गर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्याग । यो प्रकोप यति अकस्मात आउनेछ कि तिमीहरू न महसुस गर्न सक्छौ र न तौबा गर्ने तयारी गर्न सक्छौ ।५६. यी कार्यहरू गर्न यस कारणले भनिएको छ कि कुनै पनि व्यक्तिले महाप्रलयको दिन अति चिन्ताले यो नभनोस् कि हामीले लोकमा कुफ्र तथा अवज्ञा गरेर र मोमिनहरूको ठट्टा गरेर अल्लाहको हकमा कमि नगरेको भए बेस हुन्थ्यो । जबकि तिनीहरू लोकमा मोमिनहरूको ठट्टा गर्थे । ५७. वा त्यो व्यक्तिले भाग्यको बहाना नबनाओस् कि यदि भाग्यमा लेखेको भए हामी अवश्य नै ईशभय राख्नेहरूमध्ये हुने थियौं, अल्लाहका आदेशहरूको पालना गर्ने थियौं र उहाँले मनाहि गर्नुभएको कार्यलाई त्याग्ने थियौं ।५८. वा त्यो व्यक्तिले यातना देखेपछि कामना गर्दै यो नभनोस्– यदि मलाई लोकतर्फ फर्काइएको भए मैले तौबा गरेर सत्कर्म गर्ने थिएँ ।५९. तिमीले गरेको मार्गदर्शनको कामना पूरा हुने छैन । किनभने तिमीसमक्ष मेरा निशानीहरू आएका थिए, तर तिमीले झूठो ठहर गरेको थियौ, घमण्ड गरेका थियौ र अल्लाह, उहाँका निशानी र रसूलहरूको इन्कार गरेका थियौ । ६०. तपाईंले महाप्रलयको दिन यस्ता झूठा ठहर गर्नेहरूका अनुहार काला देख्नुहुनेछ जसले अल्लाहको लागि सन्तान इत्यादि ठहर गरेर शिर्क गरे । तिनीहरू अभागि हुन् भन्ने निशानी स्वरूप तिनीहरूका अनुहार काला हुनेछ । घमण्डीहरूको बास स्थान नर्क होइन र ?! निस्सन्देह तिनीहरूको बास स्थान नर्क हुनेछ ।६१. यस्ता ईशभय राख्नेहरू यातनाबाट सुरक्षित रहनेछन् जो अल्लाहका आदेशहरूको पालना गर्छन्, उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्छन् । उनीहरूलाई सफलताको स्थान स्वर्गमा प्रवेश गराइनेछ । त्यहाँ तिनीहरूलाई यातनाले छोने छैन । उनीहरूले गुमाएका सांसारिक वरदानप्रति चिन्तित हुने छैनन् ।६२. अल्लाह प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही सृष्टिकर्ता छैन । उहाँ प्रत्येक वस्तुलाई सुरक्षित राख्नुहुन्छ । उहाँ आफ्नो आदेश जसरी चाहनुहुन्छ चलाउनुहुन्छ ।६३. आकाशहरू र पृथ्वीका खजानाका साँचाहरू उहाँ कै हातमा छ । उहाँ जसलाई चाहनुहुन्छ प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ वञ्चित राख्नुहुन्छ । अल्लाहका निशानीहरूलाई झूठा ठहर गर्नेहरू नै घाटा ठहर गर्नेहरू हुन् । किनभने तिनीहरू लोकमा ईमानबाट वञ्चित भए र परलोकमा सधैंको लागि नर्कमा गए ।६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई मूर्तीहरूको पूजातर्फ आमन्त्रित गर्ने बहुदेववादीहरू लाई भन्नुहोस्– हे अज्ञानीहरू हो ! के तिमीहरू मलाई अल्लाहबाहेक अरूको पूजाको आदेश दिँदैछौ ?! अल्लाहबाहेक कोही पनि भक्तियोग्य छैन । म अल्लाहबाहेक कसैको भक्ति गर्दिन । ६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंमाथि वही (प्रकाशाना) गर्नुभयो र तपाईंभन्दा अघिका रसूलहरूमाथि पनि वही गर्नुभयो । यदि अल्लाहबाहेक अन्य कसैको भक्ति गर्छौ भने उहाँले तपाईंका कर्महरूको प्रतिदानलाई बर्बाद पार्नुहुन्छ । आफ्नो धर्मलाई बर्बाद पारेर लोकमा र यातनाको भागीदार बनेर परलोकमा घाटा खानेहरूकध्ये नबन । ६६. बरु मात्र अल्लाहको भक्ति गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ । अल्लाहले तिमीमाथि गरेको वरदानको लागि उहाँप्रति आभार प्रकट गर ।६७. बहुदेववादीहरूले कमजोर सृष्टिहरूलाई अल्लाहसँग साझेदार ठहर गरेर र पृथ्वीमा रहेका उहाँका सामर्थ्यका निशानीहरूबाट अचेत रहेर अल्लाहको त्यस्तो कदर गरेनन् जस्तो गर्नु पर्नेथियो । महाप्रलयको दिन पृथ्वी आफूभित्र रहेको पहाड, रूख, नदी, नाला र समुद्रसमेत अल्लाहको मुठ्ठीमा हुनेछ र सातौं आकाशहरू अल्लाहको दाहिने हातमा बेरिएको बही खाता जस्तो हुनेछ । बहुदेववादीसहरूले भनेको कुराबाट अल्लाह पवित्र हुनुहुन्छ । ६८. त्यस दिन फरिश्ता इस्राफील (अलैहिस्सलाम) ले शङ्खमा फुक्नेछन्, जसले गर्दा आकाशहरू र पृथ्वीमा रहेका सबै प्राणीहरू मर्नेछन्, सिवाय त्यसको जसलाई अल्लाहले सुरक्षित राख्नुहुनेछ । फेरि फरिश्ताले दोस्रो पटक शङ्खमा फुक्नेछन् जसले गर्दा सबै मृतहरू जीवित भएर उभ्नेछन् । अल्लाहले गर्नुभएको कार्यलाई तिनीहरूले देख्नेछन् । ६९. जब भक्तहरूबीच निर्णयको लागि अल्लाह प्रकट हुनुहुन्छ तब पृथ्वी प्रकाशमय हुनेछ । मानिसहरूबीच तिनीहरूका कर्मपत्रहरू फैलाइनेछन् । सबै सन्देष्टाहरू र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का समुदायलाई हाजिर गरिनेछ । सन्देष्टाहरूले आफ्ना समुदायविरुद्ध गवाही दिनेछन् । अल्लाहले तिनीहरूबीच निसाफका साथ निर्णय गर्नुहुनेछ । न त तिनीहरूको पापमा थपिनेछ न पुण्मा कमि गरिनेछ ।७०. दुष्कर्म र पुण्य कर्म गर्ने सबैलाई तिनीहरूका कर्महरूको पूरा पूरा बदला दिइनेछ । तिनीहरूले गर्ने दुष्कर्म र सत्कर्म सबैलाई अल्लाह जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन् । उहाँले चाँडै नै त्यस दिन तिनीहरूलाई तिनीहरूका कार्यको बदला दिनुहुनेछ । ७१. फरिश्ताहरूले काफिरहरूलाई अपमानित समूहमा पारेर नर्कतर्फ हाँक्नेछन् । जब तिनीहरू नर्कनजिक आउनेछन् तब फरिश्ताहरूले नर्कका ढोकाहरू खोल्नुहुनेछन् । फरिश्ताहरूले तिनीहरूको स्वागत निन्दा गर्दै गर्नेछन् र भन्नेछन्– के तिमीहरूसम्म तिमीहरूमध्येबाट रसूलहरू आएका थिएनन्, जो तिमीहरूसमक्ष अल्लाहका श्लोकहरू पढथे, महाप्रलयको यातनाबाट डराउँथे ?! काफिरहरूले स्वीकार गर्दै भन्नेछन्– हो, उनीहरू आएका थिए तर हामीहरूमाथि अल्लाहको तर्फबाट काफिरहरूमाथि लागु हुने यातनाको निर्णय लागु भयो । ७२. तिनीहरूलाई अपमानित गर्दै भनिनेछ– तिमीहरू सधैं नर्कमा बस्ने गरी त्यसमा पस । कति नराम्रो हुनेछ घमण्डीहरूको बासस्थान ।७३. फरिश्ताहरूले मोमिनहरूलाई नम्रताका साथ सम्मानपूर्वक समूहमा पारेर स्वर्गतर्फ लगिनेछन् । यी ती मोमिनहरू हुनेछन् जसले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय अपनाएका हुनेछन् । जब उनीहरू स्वर्गनजिक आउनेछन् तब त्यसका ढोकाहरू खोलिनेछन् । त्यहाँ तैनात फरिश्ताहरूले भन्नेछन्– तिमीहरूमाथि हरेक किसिमका कष्ट र मन नपराउने कुराबाट शान्ति र सुरक्षा छ । तपाहरूका हृदय र कर्म पवित्र रहुन्, सधैं बस्ने गरी स्वर्गमा प्रवेश गर्नुहोस् । ७४. मोमिनहरू स्वर्गमा प्रवेश गरेपछि भन्नेछन्– सबै प्रशंसाहरू अल्लाहको लागि, जसले हामीहरूलाई स्वर्गमा प्रवेश गराउने वाचा पूरा गर्नुभयो । यो वाचा उहाँले रसूलहरूको माध्यमबाट गर्नुभएको थियो । उहाँले हामीहरूलाई स्वर्गका भूमिको वारिस बनाउनुभयो । हामीहरू जहाँ चाहेमा बसोबास गर्न सक्छौं । अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि कर्म गर्नेहरूको बदला कति राम्रो छ ।७५. त्यस गवाही दिइएको दिनमा फरिश्ताहरूले अल्लाहको सिंहासनलाई घेरेका हुनेछन् । फरिश्ताहरूले अल्लाहको पवित्रताको गुणगान गरिरहेका हुनेछन्, ती अनुचित कुराहरूबाट जो काफिरहरूले अल्लाहको बारेमा भनेका थिए । सबै प्राणीहरूबीच निसाफका साथ अल्लाहले निर्णय गर्नुहुनेछ । जसमाथि चाहनुहुन्छ कृपा गर्नुहनेछ र जसलाई चाहनुहुन्छ यातना दिनुहुन्छ । भनिनेछ– सबै प्रशंसाहरू अल्लाहका लागि हुन् जो सबै सृष्टिहरूका सृष्टिकर्ता हुनुहुन्छ । उहाँले मोमिन भक्तहरूका लागि कृपाको निर्णय र काफिरहरूका लागि यातनाको निर्णय गर्नुभएको छ ।
१. कुरआनलाई अल्लाहले अवतरित गर्नुभयो । उहाँ प्रभुत्वशाली हुनुहुन्छ कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । उहाँबाहेक अन्य कसैले यसलाई अवतरण गरेको छैन ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि यो कुरआन अवतरण गरेकाछौं जो सत्यमा आधारित छ । यसमा रहेका सबै सूचना र आदेशहरू सत्य हुन् । मात्र एक अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ ।
३. जानिराख ! अल्लाहकै लागि शिर्कबाट पवित्र धर्म हो । अल्लाहलाई छोडेर देवी देवता र सीमा उल्लङ्घनकारीहरूलाई मित्र बनाएर पूजा गर्ने मानिसहरूले तर्क दिन्छन्− हामीहरू यस कारणले यिनीहरूको पूजा गर्छौं कि यिनीहरूले हामीहरूलाई अल्लाहसँग नजिक पारुन्, हाम्रा आवश्यक्ताहरूलाई उहाँसमक्ष राखुन् र उहाँसमक्ष हाम्रो सिफारिश गरुन् । एक अल्लाहको भक्तिको बारेमा यिनीहरू जुन विभेद गर्छन् त्यसको बारेमा अल्लाहले यी बहुदेववादीहरू र निष्कपट मोमिनहरूबीच अवश्य नै महाप्रलयको दिन निर्णय गर्नुहुनेछ । अल्लाह झूठो ठहर गर्ने, शिर्क गर्ने र उहाँका वरदानहरूप्रति कृतघ्न गर्नेहरूलाई सीधा मार्ग देखाउनुहुन्न ।
४. यदि अल्लाहले कसैलाई आफ्नो पुत्र ग्रहण गर्न चाहेमा आफ्ना प्राणीहरूमध्ये कसैलाई पनि पुत्र ग्रहण गर्न सक्नु हुन्थ्यो । तर बहुदेववादीहरूले भनेको यस्तो कुराबाट अल्लाह पवित्र हुनुहुन्छ । अल्लाह आफ्नो अस्तित्व, गुण र कार्यहरूमा एकमात्र हुनुहुन्छ, यी कुराहरूमा कसैको साझेदारी छैन । उहाँ सबै सृष्टिहरूमाथि प्रभुत्वशाली हुनुहुन्छ ।
५. अल्लाहले नै आकाशहरू र पृथ्वीलाई अति विवेकका साथ सृष्टि गर्नुभयो । उहाँले यी वस्तुहरूलाई बिना उद्देश्य सृष्टि गर्नु भएन, जस्तो कि अत्याचारीहरू भन्छन् । उहाँ रातिलाई दिनमा र दिनलाई रातिमा प्रवेश गराउनुहुन्छ, एउटा आएपछि अर्को समाप्त हुन्छ । उहाँले सूर्य र चन्द्रमालाई आफ्नो अधीनमा राख्नुभयो । यी दुवै आफ्नो निश्चित र अन्तिम समयसम्म गतिशील रहनेछन् । जानिराख अल्लाह प्रभुत्वशाली हुनुहुन्छ जसले आफ्ना शत्रुहरूबाट बदला लिनुहुनेछ । उहाँमाथि कोही पनि विजयी हुन सक्दैन । आफ्ना पापहरूबाट तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ ।
६. हे मानव ! अल्लाहले तिमीहरूको सृष्टि एकजना व्यक्ति आदम (अलैहिस्सलाम) बाट गर्नुभयो । आदम (अलैहिस्सलाम) लाई सृष्टि गरेपछि उनकी श्रीमति हव्वा (अलैहस्सलाम) लाई सृष्टि गर्नुभयो । उहाँले नै तिमीहरूका लागि ऊँट, गाई, भेडी, बाख्रीका आठ वटा जोडी सृष्टि गर्नुभयो । प्रत्येकका भाले र पोथी बनाउनुभयो । अल्लाहले तिमीहरूको सृष्टि विभिन्न चरणहरूमा र आमाहरूका गर्भहरूमा तीन वटा अन्धकारहरूमा गर्नुभयो, एउटा पेट, दोस्रो गर्भ र तेस्रो झिल्लीका अन्धकारहरू । यी सबैको सृष्टि मात्र तिमीहरूको सृष्टिकर्ता अल्लाहले गर्नुभयो, उहाँ सम्राट हुनुहुन्छ, उहाँबाहेक कोही पनि भक्ति-योग्य छैन । अनि तिमीहरू किन अल्लाहको भक्ति त्यागेर यस्ता वस्तुहरूको भक्ति गर्छौ जसले केही पनि सृष्टि गरेको छैन बरु सृष्टि गरिएका छन् ?!
७. हे मानव ! यदि तिमीहरू आफ्ना पालाकर्ताको इन्कार गर्छौ भने अल्लाहलाई तिमीहरूको ईमानको आवश्यक्ता छैन । तिमीहरूको कुफ्रले उहाँलाई कुनै हानि पुर्याउँदैन । तिमीहरूको कुफ्रले तिमीहरूलाई नै हानि पुर्याउनेछ । भक्तहरूले अल्लाहको इन्कार गरुन भन्ने कुरा उहाँले मन पराउनुहुन्न, उहाँ तिनीहरूलाई कुफ्र गर्ने आदेश दिनुहुन्न, किनभने उहाँ अश्लील र नराम्रो कर्म गर्ने आदेश दिनुहुन्न । यदि तिमीहरू अल्लाहका वरदानहरूप्रति आभार प्रकट गर्छौ र उहाँमाथि ईमान ल्याउँछौ भने उहाँले तिमीहरूको आभारबाट खुशी हुनुहुन्छ र त्यसको प्रतिदान दिनुहुन्छ । कुनै पनि व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्ने छैन । बरु प्रत्येक व्यक्तिले आफूले गरेको कार्यको आफैं जिम्मेबार हुन्छ । फेरि तिमीहरू सबै महाप्रलयको दिन अल्लाहतर्फ नै फर्काइनेछौ, अनि तिमीहरूले संसारमा गरेका कार्यहरूबारे उहाँले सूचित गर्नुहुनेछ र तिमीहरूले गरेका कार्यहरूको बदला दिनुहुनेछ । उहाँ भक्तहरूका हृदयहरूमा रहेका कुराहरूलाई जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन ।
८. जब काफिरलाई कुनै रोग लाग्छ वा धन-सम्पत्ति गुम्छ वा डुब्ने डर हुन्छ तब मात्र अल्लाहलाई पुकार्छ र त्यसको निवारणको लागि प्रार्थना गर्छ । जब अल्लाह त्यसको निवारण गरेर कृपा गर्नुहुन्छ तब अल्लाहलाई पुकार्न छोड्छ । अल्लाहलाई छोडेर अरूलाई पुकार्न थाल्छ ताकि मानिसहरूलाई उहाँसम्म पुग्ने मार्गबाट फेर्न सकुन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्ता मानिसहरूलाई भन्नुहोस्− तिमीहरू थोरै दिनको लागि बाँचुनजेल सम्म कुफ्र गर । तिमीहरू महाप्रलयको दिन नर्कमा जानेछौ । जसरी एक मित्र अर्को मित्रसँग टासिन्छ त्यसरी नै तिमी नर्कसँग टासिनेछौ ।
९. के आफ्नो राति ढोगेर र उभेर बिताउने, आखिरतको यातनाबाट डराउने र अल्लाहको कृपाको आशा राख्ने अल्लाहको आज्ञाकारी व्यक्ति राम्रो छ वा काफिर राम्रो छ जो कठिनाईमा अल्लाहलाई पुकार्छ, सुखमा अल्लाहको इन्कार गर्छ र अल्लाहका लागि साझेदारहरू बनाउँछ ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के अल्लाहलाई जान्ने र उहाँले अनिवार्य गर्नुभएको कार्य गर्ने मानिसहरू राम्रा छन् वा नजान्ने मानिसहरू राम्रा छन् ?! दुवै किसिमका जमातबीच रहेको फरकलाई बुद्धिमानहरू जान्दछन् ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूलाई भनिदिनुहोस्− अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । जुन मानिसहरूले संसारमा सत्कर्म गर्नेछन् उनीहरू लोकमा पनि सहयोग, स्वास्थ्य, धन-सम्पत्ति पाएर राम्रो जीवन पाउनेछन् र परलोकमा पनि स्वर्ग पाएर राम्रो जीवन पाउनेछन् । अल्लाहको धर्ती धेरै फराकिलो छ त्यसमा हिज्रत (बसाइँ-सराई) गर, यहाँ सम्म कि तिमीहरू राम्रो स्थान पाउन सक जहाँ तिमीहरूलाई अल्लाहको भक्तिबाट कोही पनि रोक्न नसकोस् । धैर्यवानहरूलाई महाप्रलयको दिन अनगन्ति र विभिन्न प्रकारका प्रतिदान दिइनेछ ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मलाई अल्लाहले के आदेश दिनुभएको छ भने म उहाँकै लागि भक्तिलाई विशिष्ट पारुँ, उहाँबाहेक अन्य कसैको भक्ति नगरुँ ।
१२. मलाई यो आदेश पनि मिलेको छ कि यस समुदायबाट सर्वप्रथम म नै उहाँसमक्ष समर्पित होउँ र आज्ञापालन गरुँ ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि म अल्लाहको अवज्ञा गर्छु भने मलाई महाप्रलयको दिन उहाँको यातनाबाट डर लाग्छ ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! म भक्तिलाई उहाँकै लागि विशिष्ट पार्छु । उहाँको भक्तिमा कसैलाई साझेदार बनाउँदिन ।
१५. हे बहुदेववादीहरू हो ! तिमीहरू जुन मूर्तीको पूजा गर्न चाहन्छौ गर । (यो आदेश धमकीको लागि दिइएको छ ।) हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− वास्तविक घाटा खानेहरू ती मानिसहरू हुन् जसले आफूलाई र आफ्ना परिवारलाई घाटामा पारे । तिनीहरू छिन्न भिन्न हुनेछन्, एक अर्कासँग भेँटने छैनन् । स्वर्गमा प्रवेश गर्दा पनि एकलै हुनेछन् र नर्कमा प्रवेश गर्दा पनि एक्लै हुनेछन् । जानिराख यो वास्तविक घाटा हो जसमा कुनै सन्देह छैन ।
१६. तिनीहरूको माथि र मुनि दुवैतिरबाट धुवाँ, आगो र तातो हुनेछ । यस यातनाबाट अल्लाह आफ्ना भक्तहरूलाई डराउनुहुन्छ । हे मेरा भक्तहरू हो ! मेरा आदेशहरूको पालना गरेर र मैले मनाहि गरेका कुराहरूबाट जोगिएर मसित डराऊ ।
अल्लाहले अपराधीहरूको वर्णनपछि सत्कर्मी भक्तहरूको वर्णन गर्दै भन्नुभयो−
१७. अल्लाहबाहेक अन्य सबै देवी देवता तथा भगवानहरूको पूजाबाट जोगिएर र तौबा गरेर अल्लाहतर्फ फर्कने मानिसहरूका लागि मृत्यु हुँदा, चिहानमा र महाप्रलयको दिन स्वर्गको शुभसूचना छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मेरा भक्तहरूलाई यस कुराको शुभसूचना दिनुहोस् ।
१८. जुन मानिसहरू कुरालाई सुन्छन्, राम्रो नराम्रोबीच फरक छुट्याउँछन् र फाइदाजनक राम्रो कुराको पालना गर्छन् उनीहरू नै मार्गदर्शनमा छन् र उनीहरू नै बुद्धिमान हुन् ।
१९. जुन मानिसहरूमाथि तिनीहरूको लगातार कुफ्र र पथभ्रष्टताको कारणले यातनाको निर्णय लागु भयो, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जुन सुकै उपाय गरेमा तिनीहरूलाई मार्दर्शन मिल्ने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईं यस्ता खाले मानिसहरूलाई नर्कबाट मुक्ति दिन सकनुहुन्छ र ?!
२०. तर जुन मानिसहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराए उनीहरूका लागि धेरै तल्ला भएका स्वर्गका उच्च महलहरू हुनेछन्, जसको तल नहरहरू बगि रहेका हुनेछन् । अल्लाहको तर्फबाट यसको वाचा छ र उहाँ कहिले वचन भङ्ग गर्नुहुन्न ।
२१. तिमीहरूले देखेर जानेको कुरा हो कि निस्सन्देह अल्लाहले आकाशबाट पानी बर्साउनुभयो, अनि त्यसलाई मूलहरू र खोला नालामा हाल्नुभयो फेरि त्यस पानीबाट नाना प्रकारका बाली नाली उमार्नुभयो । फेरि त्यो सुक्यो र सुकेपछि हरियो रङ्गबाट पहेलो भयो । सुकेपछि त्यसलाई टुक्रा टुक्रा पारियो । जीवित हृदय राख्नेहरूका लागि त्यसमा उपदेश छ ।
२२. के यस्तो व्यक्ति जसको हृदयलाई अल्लाहले इस्लामको लागि खोल्नुभएको छ र ऊ मार्गदर्शन र अल्लाहको तर्फबाट प्रकाशमा छ त्यस व्यक्ति जस्तो हुन सक्छ जसको हृदय अल्लाहको स्मरणप्रति कठोर भएको छ ?! यी दुई प्रकारका मानिसहरू कहिल्यै एकसमान हुन सक्दैनन् । मार्गदर्शन पाएका मानिसहरूका लागि मोक्ष छ भने अल्लाहको स्मरणबाट खाली मानिसहरूका लागि घाटा छ, किनभने यस्ता मानिसहरू स्पष्ट पथभ्रष्टतामा छन् ।
२३. अल्लाहले आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उत्तम वाणी कुरआन अवतरण गर्नुभयो । यसका श्लोकहरू सत्यता र सुन्दरतामा मिल्दा जुल्दा छन् । त्यसमा विरोधाभाष छैन । यस किताबमा विभिन्न किसिमका कथा, आदेश, वाचा, धमकी, सत्यवादी र असत्यवादीहरूका गुणहरू इत्यादि छन् । यसमा रहेका धमकी सुनेर अल्लाहसित डराउनेहरूका आङ जिरिङ्ग हुन थाल्छ । त्यसमा रहेका आशा र शुभसूचनाहरू सुनेपछि तिनीहरूका छाला र हृदय नम्र हुन पुग्छन् । कुरआनको यो प्रभाव अल्लाहको तर्फबाट मार्गदर्शन हो । उहाँ जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ र मार्गदर्शन गर्नुहुन्न उसलाई कोही पनि मार्गदर्शन गर्न सक्दैन ।
२४. के लोकमा अल्लाहको तर्फबाट मार्गदर्शन पाएका र परलोकमा स्वर्गमा जाने मानिसहरू र मरुन्जेल कुफ्रमा लिप्त रहने र परलोकमा दुवै हात खुट्टा बाँधेर अनुहारको बल नर्कमा फ्याँकिने मानिसहरू एकसमान हुन सक्छन् ?! कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूको निन्दा गर्दै भनिनेछ− चाख नर्कको यातनाको स्वाद । यो हो तिमीहरूको सजाय ।
२५. यी बहुदेववादीहरूअघि धेरै समुदायहरूले पनि झूठा ठहर गरे । तिनीहरूमाथि यति अकस्मात अल्लाहको प्रकोप आयो कि तिनीहरूले महसूस गरेनन् र तौबा गर्ने अवसर पाएनन् ।
२६. त्यस प्रकोपबाट अल्लाहले लोकमा अपमान र बेइज्जतिको स्वाद चखाउनुभयो । तिनीहरूले जानेका भए त्यसभन्दा भयावह परलोकको यातना तिनीहरूको पर्खाइमा छ ।
२७. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुरआनमा हामीले भलाइ तथा दुष्टता, सत्य तथा असत्य र ईमान तथा कुफ्र इत्यादिका धेरै उदाहरणहरू वर्णन गरेकाछौं । आशा छ तिनीहरूले उपदेश ग्रहण गरुन्, सत्य अनुसार कर्म गरुन् र असत्यलाई त्यागुन् ।
२८. हामीले कुरआनलाई अरबी भाषामा अवतरण गर्यौं, यसमा कुनै कुटिलता र शङ्का छैन । यस आशाका साथ कि तिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराउन् ।
२९. अल्लाह एकजना बहुदेववादी भक्तको उपमा यस्तो व्यक्तिसँग दिनुहुन्छ जो परस्पर विरोधी मालिकहरूको साझा नौकर होस् । उसले मालिकहरूमध्ये केहीलाई खुशी पार्छ भने अन्य केहीलाई रुष्ट पार्छ । अनि ऊ सधैं हैरान र सङ्कटमा हुन्छ । अल्लाह एकेश्वरवादी भक्तको उपमा यस्तो व्यक्तिसँग दिनुहुन्छ जो मात्र एकजना मालिकको अधिनमा हुन्छ जसको चाहनाको बारेमा उसलाई थाहा हुन्छ । अनि ऊ निश्चिन्त जीवन बिताउँछ । यी दुई किसिमका भक्तहरू एकसमान हुन सक्दैनन् । सबै प्रशंसाहरू मात्र अल्लाहका लागि हुन् । बरु अधिकांश मानिसहरू जान्दैनन् । त्यसैले अन्यलाई अल्लाहको साझेदार बनाउँछन् ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! एक दिन तपाईंको पनि निधन हुनेछ र यिनीहरू पनि मर्नेछन् ।
३१. त्यसपछि हे मानव ! तिमीहरू महाप्रलयको दिन अल्लाहनजिक विवादित बनाइएको कुरामा परस्पर झगडा गर्नेछौ । अनि सत्यवादी र असत्यवादीबीच फरक स्पष्ट हुनेछ ।
३२. यस्तो व्यक्ति सबैभन्दा ठूलो अत्याचारी हो जो अल्लाहको लागि साझेदार वा श्रीमति वा सन्तान ठहर गर्छ । यो अलाहको लागि उचित छैन । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको वही (प्रकाशना) लाई झूठा ठहर गर्ने व्यक्ति पनि सबै भन्दा ठूलो अत्याचारी हो । अल्लाह र वहीलाई इन्कार गर्नेहरूको बास स्थान नर्क होइन र ?! अवश्य नै तिनीहरूको बासस्थान नर्क हो ।
अल्लाहले झूठा र झूठो ठहर गर्नेहरूको वर्णनपछि सत्यवादी र सत्यको पुष्टि गर्नेहरूको वर्णन गर्दै भन्नुभयो–
३३. यस्ता सन्देष्टाहरू र अन्य मानिसहरू नै वास्तविकरूपमा ईशभय राख्नेहरू हुन् जो सत्य बोल्छन, सत्कर्म गर्छन्, ईमान ल्याउँछन्, ईमानको मर्म अनुसार कार्य गर्छन्, अल्लाहको आदेशको पालना गर्छन् र मनाहि गरिएको कार्यलाई त्याग्छन् ।
३४. उनीहरूले अल्लाहनजिक सधैंको लागि मन पराएका सबै मोज मस्तीका वस्तुहरू पाउनेछन् । यो अल्लाहसँग र उहाँका भक्तहरूसँग राम्रो व्यवहारको बदला हो ।
३५. ताकि उनीहरूले संसारमा गरेका पापहरूलाई उनीहरूले तौबा गरेको कारणले अल्लाहले माफ गरुन् र उनीहरूले गरेका सत्कर्मको बदला देउन् ।
३६. के अल्लाह आफ्नो भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को लागि उहाँको धार्मिक, सांसारिक र सुरक्षा दिने मामिलामा पर्याप्त हुनुहुन्न ?! निस्सन्देह अल्लाह उहाँको लागि पर्याप्त हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मूर्तीहरूले तपाईंलाई कष्ट पुर्याउनेछन् भन्ने कुरनबाट काफिरहरू आफ्नो अज्ञानताले गर्दा तपाईंलाई डराउँछन् । मार्गदर्शन प्रदान नगरेर जसलाई अल्लाह अपमान गर्न चाहनुहुन्छ उसलाई कोही पनि मार्दर्शन गर्न सक्दैन ।
३७. अल्लाह जसलाई मार्गदर्शन दिन चाहनुहुन्छ उसलाई कोही पनि पथभ्रष्ट पार्न सक्दैन । के अल्लाह यस्तो प्रभुत्वशाली र बदला लिनेवाला हुनुहुन्न, जसमाथि कोही पनि विजयी हुन नसकोस् ?! उहाँ अवश्य नै प्रभुत्वशाली र बदला लिनेवाला हुनुहुन्छ ।
३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ – आकाशहरू र पृथ्वीलाई कसले सृष्टि गर्नुभयो ? तिनीहरूले अवश्य भन्नेछन्– अल्लाहले सृष्टि गर्नुभयो । तिनीहरूका भगवानहरूको विवशतालाई स्पष्ट पार्दै सोध्नुहोस्– तिमीहरूले पुज्दै गरेका मूर्तीहरूको बारेमा बताऊ । यदि अल्लाहले मलाई कुनै कष्ट दिएमा के तिमीहरूका मूर्तीहरूले त्यसलाई निवारण गर्न सक्छ ?! यदि अल्लाहले ममथि कुनै कृपा गर्न चाहनुभएमा के तिमीहरूका मूर्तीहरूले त्यसलाई रोक्न सक्छ ?! तिनीहरूलाई भनिदिनुहोस्– मेरो लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । म आफ्ना सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छु । भरोसा गर्नेहरूले मात्र उहाँमाथि भरोसा गर्नुपर्छ ।
३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मेरा समुदाय ! तिमीहरूले मन पराएको दुष्कार्य शिर्क गर, म अल्लाहको आदेशको पालना गर्दै एक अल्लाहको भक्तिको आह्वान र मात्र उहाँ कै भक्ति गरिराख्नेछु, तिमीहरूले प्रत्येक समूहको परिणाम चाँडै नै जान्नेछौ ।
४०. कसमाथि लोकमा अपमानित गर्ने प्रकोप आउनेछ र परलोकमा सधैं रहने यातना हुनेछ भन्ने कुरा पनि तिमीहरूले चाँडै नै जान्नेछौ ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंमाथि सत्यका साथ कुरआन अवतरण गरेकाछौं, ताकि तपाईंले मानिसहरूलाई सावधान गराउनुहोस् । जसले यसबाट मार्गदर्शन प्राप्त गर्छ त्यसको लाभ उसैलाई प्राप्त हुन्छ । अल्लाहलाई त्यसको आवश्यक्ता छैन । जो पथभ्रष्ट हुन्छ त्यसको हानि उसैलाई पुग्छ, अल्लाहलाई त्यसको हानि पुग्ने छैन । तपाई तिनीहरूमाथि अधिकारी हुनुहुन्न कि तिनीहरूलाई मार्गदर्शन ग्रहण गर्न विवश पार्नुहोस् । तपाईंको जिम्मेबारी सन्देश पुर्याउनु मात्र हो ।
४२. आत्माहरूको अन्तिम समय आएपछि अल्लाहले नै त्यसलाई नियन्त्रणमा लिनुहुन्छ र समात्नुहुन्छ । उहाँले ती आत्माहरूलाई पनि निन्द्रमा आफ्नो नियन्त्रणमा लिनुहुन्छ जसको अन्तिम समय आएको हुँदैन, अनि त्यसलाई एउटा निश्चित समयको लागि फिर्ता दिनुहुन्छ जसको ज्ञान उहाँलाई मात्र छ । आत्माहरू नियन्त्रणमा लिने, छोड्ने, मृत्यु दिने र जीवन दिने कार्यहरूमा बुद्धिमानहरूका लागि यस कुराको प्रमाण छ कि जुन अल्लाह यी सबै गर्ने शक्ति राख्नुहुन्छ उहाँ मानिसहरूलाई हिसाब र बदलाको लागि पुनः जीवित पार्ने शक्ति पनि राख्नुहुन्छ ।
४३. बहुदेववादीहरूले अल्लाहलाई छोडेर मूर्तीहरूलाई सिफारिशकर्ता ग्रहण गरे यस आशाका साथ कि तिनीहरूले फाइदा पुर्याउनेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्– के तिमीहरू मूर्तीहरूलाई सिफारिशकर्ता ग्रहण गर्छौ जब कि तिनीहरू न तिमीरूका लागि केही गर्ने शक्ति राख्छन् न स्वयमका लागि, तिनीहरूमा सोच विचार गर्ने क्षमता पनि छैन, यिनीहरू निर्जीव भएकोले लाटा, बहिरा र अन्धा हुन्, न कुनै फाइदा पुर्याउन सक्छन् न हानि नै ?!
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस् । सिफारिशको अधिकार मात्र अल्लाहलाई छ । उहाँको अनुमति बिना कोही पनि कसैको लागि सिफारिश गर्न सक्दैन । आकाशहरू र पृथ्वीको सत्ता शासन मात्र उहाँकै हातमा छ । महाप्रलयको दिन हिसाब र बदलाको लागि तिमीहरूलाई अल्लाहतर्फ नै फर्काएर लगिनेछ । उहाँले तिमीहरूलाई तिमीहरूका कर्महरूको बदला दिनुहुनेछ ।
४५. मात्र अल्लाहको स्मरण हुँदा आखिरतमाथि ईमान नराख्ने बहुदेववादीहरू घृणा गर्छन् । तर जब तिनीहरूसमक्ष पूजा गर्ने मूर्तीहरूको वर्णन गरिन्छ तब तिनीहरू खुशी हुन्छन् ।
४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीको सृष्टिकर्ता, हाजिर र परोक्षका ज्ञाता अल्लाह ! तपाईंबाट कुनै पनि वस्तु लुकेको छैन । सांसारिक मामिलामा भक्तहरूबीच रहेको मतभेदबारे महाप्रलयको दिन तपाईंले नै निर्णय गर्नुहुनेछ । अनि सत्यवादी तथा असत्यवादीबीच र सौभाग्यशाली र अभागिबीच फरक स्पष्ट हुनेछ ।
४७. यदि शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूसँग पृथ्वी बराबर जनशक्ति र धनसम्पत्ति भए पनि बरु त्यसको दुई गुणा भए पनि र ती सबैलाई तिनीहरूले कडा यातनाबाट जोगिनको लागि अर्थदण्ड स्वरूप दिए पनि स्वीकार्य हुँदैन र तिनीहरू यातनाबाट बच्न सक्दैनन् । बरु तिनीहरूका लागि तिनीहरूले नसोचेका विभिन्न प्रकारका यातनाहरू प्रकट हुनेछन् ।
४८. तिनीहरूले गरेको शिर्क र अवज्ञाको दुष्परिणाम प्रकट भयो । तिनीहरूलाई त्यस यातनाले घेर्यो जसबाट लोकमा डराउँदा त्यसको ठट्टा गर्ने गर्थे ।
४९. काफिरलाई रोग वा गरिबी जस्तो कुनै सङ्कट हुँदा त्यसको निवारणको लागि ऊ अल्लाहलाई पुकार्छ । जब अल्लाह त्यसको निवारण गर्नुहुन्छ तब भन्न थाल्छ– यो अल्लाहले मेरो ज्ञानको कारणले दिनुभएको छ, म यसको हकदार छु । वास्तवमा अल्लाहले त्यो परीक्षा र डोरी खुकुलो पार्नको लागि दिनुभयो । तर अधिकांश काफिरहरू यो कुरा जान्दैनन् र अल्लाहको यस वरदानको बारेमा धोकामा परेका छन् ।
५०. यो कुरा यिनीहरूअघि रहेका काफिरहरूले पनि भनेका थिए तर तिनीहरूले आर्जन गरेका धनसम्पत्ति र पदले तिनीहरूलाई कुनै फाइदा पुर्याएनन् ।
५१. तिनीहरूलाई तिनीहरूले गरेको शिर्क र अवज्ञाको सजाय दिइयो । हालका बहुदेववादी र अवज्ञाकारीहरूलाई पनि त्यस्तै सजाय दिइनेछ । यिनीहरू त्यसबाट न बच्न सक्नेछन् र न अल्लाहमाथि विजयी हुन सकनेछन् ।
५२. यी बहुदेववादीहरूले जे भने पनि के तिनीहरूलाई थाहा छैन– अल्लाह जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ, उनीहरूको परीक्षाको लागि कि अल्लाहप्रति आभार प्रकट गर्छन् कि कृतघ्न गर्छन् ?! अल्लाह जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ, यस कुराको परीक्षाको लागि कि तिनीहरू धैर्य गर्छन् वा भाग्यप्रति रिसाउँछन् ?! जीविका फराकिलो पार्ने र सञ्कुचित पार्ने कार्यमा यस कुराको प्रमाण छ कि अल्लाह मोमिनहरूका लागि कार्य सञ्चालन गर्नुहुन्छ, किनभने उनीहरू नै अल्लाहका प्रमाणहरूबाट फाइदा उठाउँछन् । जब कि काफिरहरू यी प्रमाणहरूबाट विमुख हुन्छन् ।
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! शिर्क र अवज्ञा गरेर सीमा उल्लङ्घन् गर्ने भक्तहरूलाई भनिदिनुहोस्– तिमीहरू अल्लाहको कृपा र क्षमादानबाट निराश नहोऊ । यदि तिमीहरू तौबा गर्छौ भने उहाँले तिमीहरूका सबै पापहरू माफ गर्नुहुनेछ । निस्सन्देह उहाँ क्षमाशील र कृपावान हुनुहुन्छ ।
५४. तिमीहरू महाप्रलयअघि तौबा गरेर र सत्कर्म गरेर अल्लाहको निकटता प्राप्त गर र उहाँसमक्ष आत्मसमर्पण गर । महाप्रलय आएपछि तिमीहरूले आफ्ना मूर्ती र नातेदारहरूमध्ये यस यातनाबाट जोगाउने कुनै सहयोगी पाउने छैनौ ।
५५. तिमीहरू यस उत्कृष्ट कुरआनको अनुसरण गर जसलाई अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गर्नुभयो । अकस्मात अल्लाहको प्रकोप आउनुअघि नै तिमीहरू अल्लाहका आदेशहरूको पालना गर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्याग । यो प्रकोप यति अकस्मात आउनेछ कि तिमीहरू न महसुस गर्न सक्छौ र न तौबा गर्ने तयारी गर्न सक्छौ ।
५६. यी कार्यहरू गर्न यस कारणले भनिएको छ कि कुनै पनि व्यक्तिले महाप्रलयको दिन अति चिन्ताले यो नभनोस् कि हामीले लोकमा कुफ्र तथा अवज्ञा गरेर र मोमिनहरूको ठट्टा गरेर अल्लाहको हकमा कमि नगरेको भए बेस हुन्थ्यो । जबकि तिनीहरू लोकमा मोमिनहरूको ठट्टा गर्थे ।
५७. वा त्यो व्यक्तिले भाग्यको बहाना नबनाओस् कि यदि भाग्यमा लेखेको भए हामी अवश्य नै ईशभय राख्नेहरूमध्ये हुने थियौं, अल्लाहका आदेशहरूको पालना गर्ने थियौं र उहाँले मनाहि गर्नुभएको कार्यलाई त्याग्ने थियौं ।
५८. वा त्यो व्यक्तिले यातना देखेपछि कामना गर्दै यो नभनोस्– यदि मलाई लोकतर्फ फर्काइएको भए मैले तौबा गरेर सत्कर्म गर्ने थिएँ ।
५९. तिमीले गरेको मार्गदर्शनको कामना पूरा हुने छैन । किनभने तिमीसमक्ष मेरा निशानीहरू आएका थिए, तर तिमीले झूठो ठहर गरेको थियौ, घमण्ड गरेका थियौ र अल्लाह, उहाँका निशानी र रसूलहरूको इन्कार गरेका थियौ ।
६०. तपाईंले महाप्रलयको दिन यस्ता झूठा ठहर गर्नेहरूका अनुहार काला देख्नुहुनेछ जसले अल्लाहको लागि सन्तान इत्यादि ठहर गरेर शिर्क गरे । तिनीहरू अभागि हुन् भन्ने निशानी स्वरूप तिनीहरूका अनुहार काला हुनेछ । घमण्डीहरूको बास स्थान नर्क होइन र ?! निस्सन्देह तिनीहरूको बास स्थान नर्क हुनेछ ।
६१. यस्ता ईशभय राख्नेहरू यातनाबाट सुरक्षित रहनेछन् जो अल्लाहका आदेशहरूको पालना गर्छन्, उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्छन् । उनीहरूलाई सफलताको स्थान स्वर्गमा प्रवेश गराइनेछ । त्यहाँ तिनीहरूलाई यातनाले छोने छैन । उनीहरूले गुमाएका सांसारिक वरदानप्रति चिन्तित हुने छैनन् ।
६२. अल्लाह प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही सृष्टिकर्ता छैन । उहाँ प्रत्येक वस्तुलाई सुरक्षित राख्नुहुन्छ । उहाँ आफ्नो आदेश जसरी चाहनुहुन्छ चलाउनुहुन्छ ।
६३. आकाशहरू र पृथ्वीका खजानाका साँचाहरू उहाँ कै हातमा छ । उहाँ जसलाई चाहनुहुन्छ प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ वञ्चित राख्नुहुन्छ । अल्लाहका निशानीहरूलाई झूठा ठहर गर्नेहरू नै घाटा ठहर गर्नेहरू हुन् । किनभने तिनीहरू लोकमा ईमानबाट वञ्चित भए र परलोकमा सधैंको लागि नर्कमा गए ।
६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई मूर्तीहरूको पूजातर्फ आमन्त्रित गर्ने बहुदेववादीहरू लाई भन्नुहोस्– हे अज्ञानीहरू हो ! के तिमीहरू मलाई अल्लाहबाहेक अरूको पूजाको आदेश दिँदैछौ ?! अल्लाहबाहेक कोही पनि भक्तियोग्य छैन । म अल्लाहबाहेक कसैको भक्ति गर्दिन ।
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंमाथि वही (प्रकाशाना) गर्नुभयो र तपाईंभन्दा अघिका रसूलहरूमाथि पनि वही गर्नुभयो । यदि अल्लाहबाहेक अन्य कसैको भक्ति गर्छौ भने उहाँले तपाईंका कर्महरूको प्रतिदानलाई बर्बाद पार्नुहुन्छ । आफ्नो धर्मलाई बर्बाद पारेर लोकमा र यातनाको भागीदार बनेर परलोकमा घाटा खानेहरूकध्ये नबन ।
६६. बरु मात्र अल्लाहको भक्ति गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ । अल्लाहले तिमीमाथि गरेको वरदानको लागि उहाँप्रति आभार प्रकट गर ।
६७. बहुदेववादीहरूले कमजोर सृष्टिहरूलाई अल्लाहसँग साझेदार ठहर गरेर र पृथ्वीमा रहेका उहाँका सामर्थ्यका निशानीहरूबाट अचेत रहेर अल्लाहको त्यस्तो कदर गरेनन् जस्तो गर्नु पर्नेथियो । महाप्रलयको दिन पृथ्वी आफूभित्र रहेको पहाड, रूख, नदी, नाला र समुद्रसमेत अल्लाहको मुठ्ठीमा हुनेछ र सातौं आकाशहरू अल्लाहको दाहिने हातमा बेरिएको बही खाता जस्तो हुनेछ । बहुदेववादीसहरूले भनेको कुराबाट अल्लाह पवित्र हुनुहुन्छ ।
६८. त्यस दिन फरिश्ता इस्राफील (अलैहिस्सलाम) ले शङ्खमा फुक्नेछन्, जसले गर्दा आकाशहरू र पृथ्वीमा रहेका सबै प्राणीहरू मर्नेछन्, सिवाय त्यसको जसलाई अल्लाहले सुरक्षित राख्नुहुनेछ । फेरि फरिश्ताले दोस्रो पटक शङ्खमा फुक्नेछन् जसले गर्दा सबै मृतहरू जीवित भएर उभ्नेछन् । अल्लाहले गर्नुभएको कार्यलाई तिनीहरूले देख्नेछन् ।
६९. जब भक्तहरूबीच निर्णयको लागि अल्लाह प्रकट हुनुहुन्छ तब पृथ्वी प्रकाशमय हुनेछ । मानिसहरूबीच तिनीहरूका कर्मपत्रहरू फैलाइनेछन् । सबै सन्देष्टाहरू र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का समुदायलाई हाजिर गरिनेछ । सन्देष्टाहरूले आफ्ना समुदायविरुद्ध गवाही दिनेछन् । अल्लाहले तिनीहरूबीच निसाफका साथ निर्णय गर्नुहुनेछ । न त तिनीहरूको पापमा थपिनेछ न पुण्मा कमि गरिनेछ ।
७०. दुष्कर्म र पुण्य कर्म गर्ने सबैलाई तिनीहरूका कर्महरूको पूरा पूरा बदला दिइनेछ । तिनीहरूले गर्ने दुष्कर्म र सत्कर्म सबैलाई अल्लाह जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन् । उहाँले चाँडै नै त्यस दिन तिनीहरूलाई तिनीहरूका कार्यको बदला दिनुहुनेछ ।
७१. फरिश्ताहरूले काफिरहरूलाई अपमानित समूहमा पारेर नर्कतर्फ हाँक्नेछन् । जब तिनीहरू नर्कनजिक आउनेछन् तब फरिश्ताहरूले नर्कका ढोकाहरू खोल्नुहुनेछन् । फरिश्ताहरूले तिनीहरूको स्वागत निन्दा गर्दै गर्नेछन् र भन्नेछन्– के तिमीहरूसम्म तिमीहरूमध्येबाट रसूलहरू आएका थिएनन्, जो तिमीहरूसमक्ष अल्लाहका श्लोकहरू पढथे, महाप्रलयको यातनाबाट डराउँथे ?! काफिरहरूले स्वीकार गर्दै भन्नेछन्– हो, उनीहरू आएका थिए तर हामीहरूमाथि अल्लाहको तर्फबाट काफिरहरूमाथि लागु हुने यातनाको निर्णय लागु भयो ।
७२. तिनीहरूलाई अपमानित गर्दै भनिनेछ– तिमीहरू सधैं नर्कमा बस्ने गरी त्यसमा पस । कति नराम्रो हुनेछ घमण्डीहरूको बासस्थान ।
७३. फरिश्ताहरूले मोमिनहरूलाई नम्रताका साथ सम्मानपूर्वक समूहमा पारेर स्वर्गतर्फ लगिनेछन् । यी ती मोमिनहरू हुनेछन् जसले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय अपनाएका हुनेछन् । जब उनीहरू स्वर्गनजिक आउनेछन् तब त्यसका ढोकाहरू खोलिनेछन् । त्यहाँ तैनात फरिश्ताहरूले भन्नेछन्– तिमीहरूमाथि हरेक किसिमका कष्ट र मन नपराउने कुराबाट शान्ति र सुरक्षा छ । तपाहरूका हृदय र कर्म पवित्र रहुन्, सधैं बस्ने गरी स्वर्गमा प्रवेश गर्नुहोस् ।
७४. मोमिनहरू स्वर्गमा प्रवेश गरेपछि भन्नेछन्– सबै प्रशंसाहरू अल्लाहको लागि, जसले हामीहरूलाई स्वर्गमा प्रवेश गराउने वाचा पूरा गर्नुभयो । यो वाचा उहाँले रसूलहरूको माध्यमबाट गर्नुभएको थियो । उहाँले हामीहरूलाई स्वर्गका भूमिको वारिस बनाउनुभयो । हामीहरू जहाँ चाहेमा बसोबास गर्न सक्छौं । अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि कर्म गर्नेहरूको बदला कति राम्रो छ ।
७५. त्यस गवाही दिइएको दिनमा फरिश्ताहरूले अल्लाहको सिंहासनलाई घेरेका हुनेछन् । फरिश्ताहरूले अल्लाहको पवित्रताको गुणगान गरिरहेका हुनेछन्, ती अनुचित कुराहरूबाट जो काफिरहरूले अल्लाहको बारेमा भनेका थिए । सबै प्राणीहरूबीच निसाफका साथ अल्लाहले निर्णय गर्नुहुनेछ । जसमाथि चाहनुहुन्छ कृपा गर्नुहनेछ र जसलाई चाहनुहुन्छ यातना दिनुहुन्छ । भनिनेछ– सबै प्रशंसाहरू अल्लाहका लागि हुन् जो सबै सृष्टिहरूका सृष्टिकर्ता हुनुहुन्छ । उहाँले मोमिन भक्तहरूका लागि कृपाको निर्णय र काफिरहरूका लागि यातनाको निर्णय गर्नुभएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें