शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] ।
२. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् ।
३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् ।
४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् ।
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् ।
६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ ।
७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् ।
८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् ।
९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही वास्तविक उपास्य छैन । तसर्थ उहाँलाई संरक्षक बनाउनुहोस् र आफ्ना सम्पूर्ण मामिलाहरूमा उहाँमाथि नै निर्भर हुनुहोस् ।
१०. अनि झूठो ठहर गर्नेहरूको हँसाइ र निन्दा सहनुहोस् र कुनै हानी नपुर्याई उनीहरूबाट टाढा रहनुहोस् ।
११. यी झूठो ठहर गर्नेहरूको बारेमा चिन्ता नगर्नुहोस् जसले जीवनको सुख खोज्छन् । बरू उनीहरूलाई मेरो जिम्मामा छोड्नुहोस् । उनीहरूको अवधि पूरा हुनको लागि केहि समय पर्खनुहोस् ।
१२. अनि आखिरतको लागि हामीसँग भारी सिक्री र दन्कँदो आगो छ ।
१३. अनि त्यसतो खाना छ जुन अति तीतो भएको कारणले निल्न सकिनेछैन र पीडादायी यातना पनि जुन माथि उल्लेख गरिएकोमा थप गरेर दिइनेछ ।
१४. यो यातना झूठो ठहर गर्नेहरूले त्यस दिन पाउनेछन् जुन दिन धर्ती र पर्वतहरू हल्लिनेछन् । पर्वतहरू त्यसदिनको भयावह अवस्थाले गर्दा छरिएको बालुवा हुनेछन् ।
१५. वास्तवमा, हामीले तिमीहरूतर्फ कयामतको दिन तिमीहरूको कर्महरूको गवाही दिने एउटा रसूल पठाएका छौं जसरी हामीले फिर्औनतर्फ मूसा (अलैहिस्सलाम) लाई रसूल बनाएर पठाएका थियौं ।
१६. तर फिर्औनको पालनकर्ताले ऊतर्फ पठाउनुभएको रसूलको अवज्ञा गर्यो । तसर्थ हामीले उसलाई यस संसारमा डुबाएर कठोर यातना दियौं र आखिरतमा उसको लागि नर्कको यातना रहेको छ । तिमीहरू आफ्नो रसूलको अवज्ञा नगर नत्र तिमीहरूले पनि उसले भोगेको यातना भोग्नुपर्ने हुन्छ ।
१७. अल्लाहलाई नकारेर र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गरेर लामो र कठीन दिन तिमीहरू कसरी स्वयंलाई बचाउन सक्छौ ?! त्यसदिनको भयावह अवस्था र लम्बाइको कारणले सानो बच्चाको कपाल पनि फुल्नेछ ।
१८. त्यसको भयावह अवस्थाले गर्दा आकाश फुट्नेछ र अल्लाहको वाचा पूरा भएरै छाड्नेछ ।
१९. वास्तवमा, कयामतको दिनको भयावह अवस्था र कठिनाइको वर्णन बोकेको यो उपदेश र चेतावनी हो । यसबाट केवल मोमिनहरू मात्र फाइदा लिन सक्छन् । जो उसको पालनकर्तासम्म पुर्याउने बाटो रोज्न चाहन्छ भने उसले रोजोस् ।
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं कहिले रातको दुई तिहाइभन्दा कम सलाह पढ्नुहुन्छ, कहिले आधा रात, कहिले एक तिहाइ उपासना गर्नुहुन्छ र मोमिनहरूको एउटा समूह तपाईंसँग उपासना गर्छ भन्ने कुरा तपाईंको पालनकर्तालाई थाहा छ । अल्लाह नै रात र दिनलाई निर्धारण गर्नुहुन्छ र त्यसका पहरहरूको हिसाब राख्नुहुन्छ । तिमीहरू त्यसका पहरहरूको हिसाब राख्न असक्षम छौ भन्ने कुरा अल्लाह राम्ररी जान्नुहुन्छ । अनि त्यसका अधिकतम समय तिमीहरूले त्यसको खोजबिन गरी उपासना गर्न कठिन हुन्छ । त्यसकारण उहाँले तिमीहरूलाई क्षमा गर्नुभएको छ । तसर्थ जति तिमीहरूलाई सजिलो हुन्छ त्यस समयमा सलाह पढ । हे मोमिनहरू हो ! अल्लाहलाई थाहा छ, तिमीहरूमध्ये केही बिरामी हुनेछन्, केही अल्लाहले दिएका जीविका आर्जन गर्नका निम्ति यात्रामा हुनेछन् र केही अल्लाहको प्रसन्नता प्राप्त गर्न र उहाँको वाणीलाई उच्च पार्नका निम्ति काफिरहरूसँग युद्ध गर्नेछन् । त्यसकारण यिनीहरू रातभर उपासना गर्न सक्षम हुनेछैनन् । तसर्थ यिनीहरूलाई जति सहज हुन्छ रातको त्यति भाग सलाह पढुन् । राम्रो तरिकाले अनिवार्य सलाहहरू पढ, आफ्नो सम्पत्तिबाट जकात चुक्ता गर र आफ्नो सम्पत्तिबाट आल्लाहको मार्गमा खर्च गर । तिमीहरूले जे भलाइको काम गरेपनि त्यसको उत्तम र महान बदला पाउनेछौ । तसर्थ अल्लाहसँग क्षमा याचना गर किनकि अल्लाह आफ्ना क्षमा माग्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
jazakAllah khayr
जवाब देंहटाएंو إياك
जवाब देंहटाएं