सीधे मुख्य सामग्री पर जाएं

७६) सूरह अद-दहर

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. लामो समयसम्म मनुष्यको कुनै चिन्ह थिएन र ऊ उल्लेखनीय पनि थिएन ।
२. हामीले मनुष्यलाई पुरूष र महिलाको मिश्रित वीर्यबाट सृष्टि गर्यौं । हामी उसलाई जिम्मेवारी वहन गराएर उसको परिक्षा लिन्छौं । हामीले उसलाई दिएको धार्मिक जिम्मेवारी वहन गर्नका निम्ति उसलाई सुन्ने र देख्ने शक्ति प्रदान गर्यौं ।
३. हामीले उसलाई हाम्रा रसूलहरूको मुखबाट मार्गदर्शनलाई प्रष्ट पार्यौं । तसर्थ यसको सहयोगले ऊसमक्ष पथभ्रष्टता उजागर भयो । त्यसपश्चात ऊ कि त मार्गदर्शनको अनुसरण गरी एउटा मोमिन भक्त हुनेछ जो अल्लाहको प्रशंसा गर्नेछ वा ऊ पथभ्रष्ट भई एउटा काफिर भक्त हुनेछ जो अल्लाहका निशानीहरूलाई इन्कार गर्नेछ ।
जब अल्लाहले मार्गदर्शन प्राप्त गर्ने व्यक्ति र पथभ्रष्ट व्यक्तिलाई प्रष्ट पार्नुभयो तब उहाँले उनीहरूको बदला उल्लेख गर्नुभयो र भन्नुभयोः
४. अल्लाह र उहाँका रसूलहरूलाई नकार्नेहरूका लागि हामीले जञ्जीर तयार पारेका छौं जसले तिनीहरू आगोमा तानिने छन्, नेलहरू जसले उनीहरू बाँधिनेछन्, र दन्कँदो आगो तयार पारेका छौं ।
५. वास्तवमा, कयामतको दिन अल्लाहका आज्ञाकारी मोमिनहरू मदिरा / उत्तम पेय पदार्थ पिउनेछन् जसलाई कपूर मिसाई सुगन्धित बनाइएको हुनेछ ।
६. आज्ञाकारी भक्तहरूका लागि तयार पारिएको यो पेय सजीलै पुग्न सक्ने र कहिल्यै समाप्त नहुने स्रोतबाट आउँछ । जुन अल्लाहका भक्तहरूलाई पिलाइनेछ । उनीहरू जता चाहन्छन् त्यसलाई बगाउछन् र लिएर जान्छन् ।
७. त्यसबाट पानी पिउने भक्तहरूका विशेषताहरू अनुसार उनीहरू आफूमाथि अनिवार्य गरेका उपासनालाई पूरा गर्छन् । उनीहरू कयामतको दिनदेखि डराउँछन् जसको सङ्कट चारैतिर फैलिएको हुनेछ ।
८. उनीहरू आफैलाई खानाको आवश्यकता र चाहना भए तापनि त्यसलाई गरिब, टुहुरो र बन्दी जस्ता अभावग्रस्तहरूलाई खुवाउँछन् ।
९. उनीहरू केवल अल्लाहलाई प्रसन्न पार्नको लागि यिनीहरूलाई खुवाउँछन् भन्ने कुरा आफ्नै मनमा लुकाएर राख्छन् । तसर्थ उनीहरू यिनीहरूलाई खुवाए बापत कुनै प्रकारको बदला र प्रशंसाको चाहना राख्दैनन् ।
१०. हामीलाई हाम्रा पालनकर्ताको त्यसदिनको यातनाको डर लागेको छ जुन दिन कठिनाइ र निर्दयताको कारणले पापीहरूको अनुहार दुखी हुनेछ ।
११. अल्लाहले आफ्नो दयादृष्टिले त्यस महान दिनको दुष्टताबाट उनीहरूलाई बचाउनु हुनेछन् । अनि उनीहरूको सम्मानमा उनीहरूको अनुहारमा यश एवं प्रकाश र उनीहरूको मनमा प्रसन्नता प्रदान गर्नु हुनेछन् ।
१२. उनीहरूले अल्लाहको आज्ञापलन गर्न, उहाँको इक्षा / उहाँले लेख्नुभएको भाग्यलाई स्वीकार्न, उहाँको अवज्ञा गर्नबाट बच्नको निम्ति गरेका धैर्य धारणको कारण अल्लाहले उनीहरूलाई प्रतिफल स्वरूप स्वर्ग प्रदान गर्नुहुनेछ जसमा उनीहरू अनुग्रहबाट लाभान्वित हुनेछन् र लगाउनका लागि रेशम प्रदान गर्नुहुनेछ ।
१३. त्यहाँ उनीहरू सजाइएका खाट / ओछ्यानमा अडेस लगाएका हुनेछन् । उनीहरू यस स्वर्गमा कुनै सूर्य देख्नेछैनन् जसको प्रकाशले उनीहरूलाई सताओस् र धेरै चिसो पनि हुनेछैन । बरू उनीहरू ताप र चिसो बिना सधैं छायाँमा हुनेछन् ।
१४. त्यसको छायाँ उनीहरूको छेउमा हुनेछ र त्यसका फलहरू जसले चाहन्छ उसको लागि उपलब्ध हुनेछन् । उसले सजिलै र आरामसँग खानेछ । ती फलहरू पल्टिने, बस्ने र उभिने सबैको पहुँचमा हुनेछन् ।
१५. जब उनीहरू पिउने इच्छा राख्नेछन् तब उनीहरूसमक्ष सेवकहरू चाँदीका भाँडाहरू र सफा रङ्गका प्यालाहरू लिएर घुमिरहेका हुनेछन् ।
१६. त्यो शीशा जस्तो स्पष्ट रङ्गको चाँदीको भाँडामा हुनेछ । उनीहरूले चाहेको मात्रा पश्किइनेछ । त्यसमा केही थपिने वा घाटाइने छैन ।
१७. यी सम्मानित व्यक्तिहरूलाई पिउनका लागि अदुवा मिसाइएको मदिराको प्याला दिइनेछ ।
१८. उनीहरू स्वर्गमा सल्सबील नाम गरेको मूलबाट पिउनेछन् ।
१९. स्वर्गमा उनीहरूको सेवामा सदा युवा नै रहने सेवकहरू घुमिरहनेछन् । यदि तपाईंले उनीहरूलाई देख्नुभयो भने, उनीहरूको अनुहारको चमक, रङ्गको सौन्दर्य, उनीहरूको संख्या र उनीहरूको भिन्नताले तपाईंलाई तितर बितर मोतीहरूको सम्झना गराउँनेछ ।
२०. यदि तपाईंले स्वर्गमा देख्नुभयो भने, तपाईंले त्यहाँ अवर्णनीय / वर्णन गर्न नसकिने अनुग्रह र ठूलो अतुलनीय राज्य देख्नुहुनेछ ।
२१. उनीहरूले पातलो र बाक्लो रेशमको उत्कृष्ट हरियो पोशाक र चाँदीको बाला लगाउनेछन् । अनि अल्लाहले उनीहरूलाई हानि नगर्ने पेय पदार्थ प्रदान गर्नुहुनेछ ।
२२. अनि उनीहरूलाई सम्मान गरिँदै भनिनेछः वास्तवमा, तिमीहरूलाई प्रदान गरिएका यी अनुग्रहहरू तिमीहरूले गरेका सत्कर्मका बदला हुन् । अल्लाहको नजरमा तिमीहरूको सत्कर्म स्वीकार्य थिए ।
२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले नै तपाईंमाथि कुर्आनलाई क्रमसँग अवतरण गर्यौं । हामीले एकै पटकमा पूरा अवतरण गरेका छैनौं ।
२४. अल्लाहले भाग्य र शरीअतको विषयमा दिनुभएको आदेशप्रति धैर्य धारण गर्नुहोस् । अनि त्यस पापीको अनुसरण नगर्नुहोस् जो आफ्नो पापको निम्तो दिन्छ र त्यस काफिरको अनुसरण नगर्नुहोस् जो कुफ्रको निम्तो दिन्छ ।
२५. दिनको प्ररम्भमा फज्र सलाह पढेर र त्यसको अन्तिममा जुहर र अस्र सलाह पढेर आफ्नो पालनकर्तालाई स्मरण गर्नुहोस् ।
२६. रातको समयका दुईवटा सलाहहरू अर्थात मग्रिब र ईशाका सलाहहरूमा उहाँको स्मरण गर्नुहोस् र त्यसपश्चात तहज्जुद पढ्नुहोस् ।
२७. वास्तवमा, यी मुश्रिकहरू संसारको जीवनलाई मन पराउँछन् र त्यसको चाहना राख्छन् । अनि कयामतको दिनलाई पछाडि छोड्छन्, वास्तवमा त्यस दिनको दुःख र कष्टको कारण त्यो दिन धेरै कठीन रहेको छ ।
२८. हामीले उनीहरूको सृष्टि गरेका छौं र उनीहरूका अंगहरू, हड्डीहरू, आदिलाई बलियो बनाएर उनीहरूको सृष्टिलाई सुदृढ पारेका छौं । यदि हामी उनीहरूलाई नष्ट गरी उनीहरू जस्तै अरूलाई प्रतिस्थापन गर्न चाह्यौं भने हामी उनीहरूलाई नष्ट गरेर प्रतिस्थापन गर्नेछौं ।
२९. वास्तवमा, यो सूरह उपदेश र स्मरण हो । तसर्थ जो आफ्नो पालनकर्तालाई प्रसन्न पार्न चाहन्छ उसले यसलाई अपनाओस् ।
३०. अल्लाहले नचाहेसम्म तिमीहरूले उहाँलाई प्रसन्न पार्ने बाटो अपनाउन सक्नेछैनौ । निर्णय पूर्ण रूपले उहाँकै हातमा छ । अल्लाहका भक्तहरूका लागि के उपयोगी छ के छैन भन्ने कुराको ज्ञान उहाँलाई छ । उहाँसँग आफ्नो सृष्टि, भाग्य र शरीअतको विषयमा बौद्धिक ज्ञान छ / अल्लाह आफ्नो सृष्टि, भाग्य र शरीअतको विषयमा तत्वदर्शी हुनुहुन्छ ।
३१. उहाँ आफ्ना भक्तहरूमध्ये जसमाथि चाहनुहुन्छ दया गर्नुहुन्छ र उनीहरूलाई आस्था र सत्कर्ममा सहयोग गर्नुहुन्छ । अनि आफ्नो लागि कुफ्र र पाप रोजेर आफूमाथि अत्याचार गर्नेहरूको लागि उहाँले आखिरतमा पीडादायी यातना तयार पारेर राख्नुभएको छ र त्यो नर्कको यातना हो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...