सीधे मुख्य सामग्री पर जाएं

७९) सूरह अन्-नाजिआत

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. अल्लाहले बल र दया बिना काफिरहरूको प्राण निकाल्ने फरिश्ताहरूको कसम खानुभयो ।
२. बिस्तारै र सहजताका साथ मोमिनहरूको प्राण निकाल्ने फरिश्ताहरूको कसम खानुभयो ।
३. अल्लाहको आदेशले आकाशबाट पृथ्वी आउने फरिश्ताहरूको कसम खानुभयो ।
४. अल्लाहको आदेशलाई पूरा गर्नको लागि प्रतिस्पर्धा गर्ने फरिश्ताहरूको कसम खानुभयो ।
५. अल्लाहको आदेशलाई लागु गर्ने फरिश्ताहरू जस्तै भक्तहरूको क्रियाकलापहरूको जिम्मेवारी पाएका फरिश्ताहरूको कसम खानुभयो । उनीहरूलाई हिसाब लिन र बदला दिनको लागि उहाँले यी सबैको कसम खाए ।
६. त्यसदिन पहिलो पटक नरसिङ्गामा फुकिने बेला धर्ती काम्नेछ ।
७. यसपछि दोस्रो पटक नरसिङ्गामा फुकिनेछ ।
८. त्यसदिन केही मानिसहरूका हृदयहरू डरले काम्नेछन् ।
९. उनीहरूको आँखामा अपमान देखिनेछ ।
१०. उनीहरूले भन्नेछन्- मरेपछि के हामी फेरी जीवित हुनेछौं त ?!
११. के हाम्रो हड्डीहरू सडि सकेपछि पनि हामी फर्कने छौं ?
१२. उनीहरूले भनेः यदि हामी फर्क्यौं भने त्यो फर्कनु घाटा हुनेछ र फर्कनेमाथि अत्याचार हुनेछ ।
१३. पुनः जीवित पार्ने काम सरल रहेको छ । नरसिङ्गामा फुक्ने जिम्मेवारी दिइएको फरिश्ताको त्यो एउटा मात्र फुँक हुनेछ ।
१४. मरेर धर्ती भित्र रहेका मानिसहरू जीवित भएर धर्तीमाथि आउनेछन् ।
१५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मूसा (अलैहिस्सलाम) र उनको पालनकर्ता र उनको शत्रु फिर्औनको साथको कथा तपाईंसमक्ष आयो ?!
१६. जब उनको पालनकर्ताले उनलाई पवित्र उपत्यका तुवामा बोलाउनुभयो ।
१७. उहाँले भन्नुभयोः फिर्औन कहाँ जाऊ किनकि उसले अत्याचारमा र घमण्डा सीमा उल्लङ्घन गरेको छ ।
१८. उनले उसलाई भनेः हे फिर्औन ! के तिमी कुफ्र र पापलाई छोडि पवित्र हुन चाहन्छौ ?
१९. तिमीलाई म तिम्रो पालनकर्तातिर मार्गदर्शन गर्नेछु जसले तिम्रो सृष्टि गर्नुभयो र तिम्रो सुरक्षा गर्नुभयो तसर्थ उहाँसँग डराऊ । तसर्थ उहाँलाई प्रसन्न पार्ने काम गर र उहाँको क्रोध बल्झने कामबाट बच ।
२०. अनि मूसा (अलैहिस्सलाम) ले उनी उनका पालनकर्ताको रसूल भएको कुराका ठूला ठूला निशानीहरू उसलाई देखाए । ती निशानीहरू हात र लौरोका निशानीहरू हुन् ।
२१. तर फिर्औनले ती निशानीहरूलाई नकार्यो र मूसा (अलैहिस्सलाम) ले भन्नुभएको कुरालाई मानेन ।
२२. अनि अल्लाहको अवज्ञा गरी र सत्यको विरोध गरी मूसा (अलैहिस्सलाम) ले ल्याएको कुरामाथि उसले आस्था राखेन ।
२३. अनि उसले मूसा (अलैहिस्सलाम) को विरोधमा आफ्नो समुदायलाई र अनुयायीहरूलाई भेला पर्यो र भन्योः
२४. म तिमीहरूको उच्च पालनकर्ता हुँ । मबाहेक तिमीहरूमाथि अरूको अनुसरण छैन ।
२५. तसर्थ अल्लाहले उसलाई समात्नुभयो, समुद्रमा डुबाएर उसलाई यस संसारमा सजाय दिनुभयो र आखिरतमा कठोर यातनामा पारी उसलाई यातना दिनुहुनेछ ।
२६. वास्तवमा संसारमा र आखिरतमा उसको यातना अल्लाहको डर राख्नेको लागि उपदेश हो । अनि ऊ नै उपदेशहरूबाट फाइदा लिन्छ ।
२७. हे झूठाहरू ! पुनः जीवित पार्नको निम्ति तिमीहरूको सृष्टि अल्लाहलाई कठीन रहेको छ वा आकाशको ? त्यो उहाँले नै बनाएका हुन् ।
२८. उहाँले त्यसको माथिल्लो भागलाई उच्च पार्नुभयो र त्यसलाई पूर्ण रूप दिनुभयो । त्यसमा कुनै प्रकारको चिरा र अवगुण छैन ।
२९. सूर्यास्त भएपछि त्यसको रातलाई अन्ध्यारो हुन्छ र सूर्योदयपछि प्रकाशमय हुन्छ ।
३०. उहाँले आकाशको सृष्टिपछि पृथ्वीलाई विस्तार गर्नुभयो र यसमा सबै लाभदायक चीजहरू राख्नुभयो ।
३१. उहाँले यसबाट बगिरहने पानीको स्रोत बनाउनुभयो र यसमा बोटबिरूवा उमार्नुभयो जसलाई जनावरहरू चर्ने योग्य बनाउनुभयो ।
३२. पहाडहरूलाई धर्तीमा स्थिर बनाउनुभयो ।
३३. हे मानिसहरू ! यो तिमीहरूको लागि र तिमीहरूका जनावरहरूको लागि फाइदाजनक रहेको छ । जसले यी सम्पूर्ण कुराहरूको सृष्टि गर्नुभयो यसलाई पुनः सृष्टि गर्नु उहाँ असक्षम हुनुहुन्न ।
३४. जब दोस्रो पटक नरसिङ्गामा फुकिनेछ त्यसबाट सबै डराउनेछन् र कयामत आउनेछ ।
३५. कयामतको दिन मानिसले आफूले गरेका राम्रा र खराब कर्महरूलाई सम्झनेछ ।
३६. अनि नर्कलाई ल्याइनेछ र प्रत्येक देख्नसक्नेलाई त्यो प्रकट गरिनेछ ।
 ३७. जसले पथभ्रष्टतामा सीमा उल्लङ्घन गर्यो ।
३८. नष्ट हुने संसारको जीवनलाई सधैं रहने आखिरतको जीवनमाथि प्राथमिकता दियो ।
३९. तसर्थ ऊ आफ्नो निवास नर्कतिर जानेछ ।
४०. अनि जो आफ्नो पालनकर्तासमक्ष उपस्थित हुन डराउँछ र अल्लाहले अवैध गरेका कुराहरू गर्नबाट बच्छ भने ऊ आफ्नो निवास स्वर्गतिर जानेछ ।
४१. अनि जो आफ्नो पालनकर्तासमक्ष उपस्थित हुन डराउँछ र अल्लाहले अवैध गरेका कुराहरू गर्नबाट बच्छ भने ऊ आफ्नो निवास स्वर्गतिर जानेछ ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठाहरू तपाईंसित पुनः जीवित पारिने विषयमा सोध्छन्- कयामत कहिले आउनेछ ?
४३. उनीहरूलाई यस विषयमा सूचित गर्नको लागि तपाईंलाई यसको ज्ञान छैन । यो तपाईंको कर्तव्य होइन । वास्तवमा तपाइँको कर्तव्य यसको लागि तयार हुनु हो ।
४४. यसको ज्ञान तपाईंको पालनकर्तासँग मात्र छ ।
४५. तपाईं त कयामतसँग डराउनेलाई सचेत गर्ने मात्र हुनुहुन्छ किनकि यसले नै तपाईंले सचेत गर्नुभएकोबाट लाभ लिनेछ ।
४६. जब यिनीहरूले आफ्नै आँखाले कयामतलाई देख्नेछन्, उनीहरूले संसारमा रात वा दिनको केही प्रहर मात्र बिताएका थिए भन्ने उनीहरूलाई लाग्नेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...