सीधे मुख्य सामग्री पर जाएं

७८) सूरह अन्-नबा

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 



१. यी मुश्रिकहरूलाई अल्लाहले आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पठाएपछि यिनीहरू कुन विषयमा सोध्दैछन् ?!
२. उनीहरू आपसमा एउटा ठूलो सूचनाको विषयमा सोध्दैछन् । त्यो उनीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन हो जसमा पुनः जीवित पार्ने विषयमा जानकारी समावेश गरिएको छ ।
३. यो कुर्आन जसको गुण जस्तै जादू, कविता, भविष्यवाणी र पूर्वजहरूको कथा भनेर वर्णन गर्ने विषयमा यिनीहरू विरोध गर्छन् ।
४. उनीहरूले सोँचे जस्तो कदापि होइन । कुर्आनलाई झूठो ठहर गर्ने दुष्प्रयास गर्नेहरूले चाँडै नै आफ्नो झूठको परिणाम थाहा पाउनेछन् ।
५. यो पक्कै पनि हुनेछ ।
६. के हामीले उनीहरूको लागि धर्तीलाई सम्म बनाएर त्यसलाई बस्ने योग्य बनाएका छैनौं ?
७. हामीले यसलाई हल्लिनबाट जोगाउनको लागि पर्वतहरूलाई किला सरह राखेका छौं ।
८. हे मानिसहरू ! हामीले तिमीहरूलाई पुरूष र महिला गरी छुट्टा छुट्टै लिङ्गमा सृष्टि गरेका छौं ।
९. हामीले तिमीहरूका लागि निद्रालाई कामबाट विश्राम लिने साधन बनाएका छौं ।
१०. हामीले रातलाई त्यसको अन्धकारले तिमीहरूका लागि लुगा जस्तै छोप्ने बनाएका छौं जसरी तिमीहरू लुगाले आफ्ना गुप्ताङ्गहरू छोप्ने गर्छौ ।
११. हामीले दिनलाई परिश्रम गर्ने र जीविका खोज्ने समय बनायौं ।
१२. अनि हामीले तिमीहरूमाथि सातवटा बलिया आकाशहरू बनाएका छौं ।
१३. हामीले सूर्यलाई धेरै चम्किलो र उज्ज्वल दीप बनायौं ।
१४. पानीले भरेको बादलबाट हामीले धेरै पानी परायौं ।
१५. त्यसद्वारा अन्न र वनस्पति उमार्नका लागि ।
१६. जसद्वारा हामी बगैंचाहरू बनाउँछौं जुन अतिव्यापी हाँगाहरू भएका रूखहरूले भरिएका हुन्छन् । (जब अल्लाहले आफ्नो क्षमताको प्रमाण स्वरूप यी कृपाहरूको उल्लेख गर्नुभयो तब लगत्तै उहाँले पुनः जीवित पार्ने र कयामतको उल्लेख गर्नुभयो किनकि जुन शक्ति यी कृपाहरूको सृष्टि गर्ने क्षमता राख्नुहुन्छ उहाँ मृतकलाई जीवित पार्ने र हिसाब लिने सामर्थ्य पनि राख्नुहुन्छ । उहाँले भन्नुभयोः)
१७. वास्तवमा जुन दिन सृष्टिहरूबीच न्याय गरिनेछ त्यो एक निश्चित अवधिसँग बाँधिएको छ जुन परिवर्तन हुनेछैन ।
१८. जुन दिन फरिश्ताले दोस्रो पटक बिगुल फुक्नेछ त्यस दिन, हे मानिसहरू, तिमीहरू समूह समूहमा आउनेछौ ।
१९. अनि आकाशलाई खोलिनेछ र खुलेका ढोकाहरू सरह त्यसमा खाली ठाउँ बन्नेछ ।
२०. अनि पहाडहरू दृष्टिभ्रम सरह छरिएको धुलो हुनेछन् ।
२१. वास्तवमा नर्क सतर्क र पर्खाइमा बसेको छ ।
२२. यो अत्याचारीहरूका लागि फर्कने ठाउँ हो ।
२३. जसमा तिनीहरू अनन्त कालका लागि रहनेछन् ।
२४. त्यहाँ नर्कको आगोलाई चिसो बनाउनका लागि तिनीहरूले चिसो हावा र आनन्दित हुनको लागि पेय पाउने छैनन् ।
२५. तिनीहरूले पिउनको लागि तातो पानी र नर्कबासीहरूको पीप पाउनेछन् ।
२६. तिनीहरूको कुफ्र र पथभ्रष्टताको पूर्ण बदलाको रूपमा ।
२७. अल्लाहले आखिरतमा लिनुहुने हिसाबको विषयमा उनीहरू संसारमा डराउदैन थिए किनकि उनीहरू पुनः जीवित हुने कुरामा आस्था राख्दैनन् । यदि आस्था राखेका भए त्यसबाट डराउने थिए, अल्लाहमाथि आस्था राख्ने थिए र सत्कर्न गर्ने थिए ।
२८. अनि हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित आयतहरूलाई झूठो छहर गरे ।
२९. हामीले उनीहरूको कर्महरू गन्ती गरेर सुरक्षित राखेका छौं । त्यो सबै उनीहरूको कर्म पुस्तिकामा लेखिएको छ ।
३०. हे अत्याचारीहरू ! सदा रहने यातनाको स्वाद चाख । तिमीहरूको यातनामा हामी बृद्धि गर्नेछौं ।
३१. वास्तवमा आफ्ना पालनकर्ताको आदेशको अनुसरण गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको डर राख्नेहरू सफलताको ठाउँ हुनेछ जहाँ उनीहरूले चाहेका कुराहरू पाउनेछन् र त्यो ठाउँ स्वर्ग हो ।
३२. बगैचाहरू र अंगुरहरू ।
३३. समान उमेरकी युवतीहरू ।
३४. मदिराले भरेका प्याला ।
३५. उनीहरूले स्वर्गमा नराम्रा कुराहरू र झूठ सुन्ने छैनन् । अनि आपसमा झूठो बोल्ने छैनन् ।
३६. अल्लाहले प्रदान गरेका हरेक कुराहरू उहाँको उपकार हो उहाँको तर्फबाट पर्याप्त उदारता हो ।
३७. आकाशहरू, पृथ्वी र ती दुई बीचमा रहेका कुराहरूका पालनकर्ता, संसार र आखिरतमा दया गर्ने । अनि पृथ्वी वा आकाशमा रहेकाहरू उहाँको आदेश बिना प्रश्न गर्न सक्दैनन् ।
३८. त्यस दिन जिब्रील र अन्य फरिश्ताहरू लाममा उभिनेछन् । उनीहरूले कसैको लागि पनि दयावानको अनुमति बिना सिफारिस गर्ने छैनन् । उनीहरूले एकेश्वरबादका कुरा जस्ता कुराहरू गर्नेछन् ।
३९. जुन दिनको विषयमा तिमीहरूलाई भनियो त्यसको आगमणमा कुनै शंका छैन । त्यस दिन जो अल्लाहको यातनाबाट जोगिन चाहन्छ उसले आफ्नो पालनकर्तालाई खुशी पार्ने सत्कर्म गरेर त्यसलाई सुनिश्चित गरोस् ।
४०. हे मानिसहरू ! वास्तवमा हामीले तिमीहरूलाई आउनै लागेको एउटा कठोर यातनाको चेतावनी दियौं । त्यस दिन मान्छेले संसारमा गरेको कर्मलाई देख्नेछ । अनि यातनाबाट बच्ने आशाले काफिरले भन्नेछः कयामतको दिन जनावरहरूलाई माटो होऊ भनी आदेश दिइएको बेला बरू म पनि माटो भएको भए हुन्थ्यो ।

    टिप्पणियाँ

    इस ब्लॉग से लोकप्रिय पोस्ट

    ७५) सूरह अल्-कियामह

    शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

    ७३) सूरह अल्-मुज्ज़म्मिल

    शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

    ८५) सूरह अल्-बुरूज

    शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...