सीधे मुख्य सामग्री पर जाएं

७७) सूरह अल्-मुर्सलात

शूरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. अल्लाहले घोडाको घाँटीको कपाल सरह एक पछि अर्को गरी चल्ने हवाको कसम खानुभयो ।
२. उहाँले हिंसात्मक ढंगले चल्ने हवाको कसम खानुभयो ।
३. वर्षालाई फैलाउने हवाको कसम खानुभयो ।
४. सत्य र असत्य बीच फरक गर्ने कुरालाई लिएर ओर्लने फरिश्ताहरूको कसम खानुभयो ।
५. वही लिएर ओर्लने फरिश्ताहरूको कसम खानुभयो ।
६. उनीहरू मानिसहरूको लागि अल्लाहको तर्फबाट तर्क र अल्लाहको यातनाको चेतावनी स्वरूप वही लिएर ओर्लन्छन ।
७. वास्तवमा, पुनः जीवित पार्ने, हिसाबकिताब हुने र बदला दिइने विषयमा दिइएको चेतावनी अनिवार्य रूपमा पूरा हुनेछ ।
८. जब ताराहरूको चमक फिक्का हुनेछ र प्रकाश हराउनेछ ।
९. जब फरिश्ताहरूको अवतरणको कारणले आकाश  चर्किनेछ ।
१०. जब पहाडहरू आफ्नो ठाँउबाट उखेलिनेछन् र नष्ट पारी धूलो बनाइनेछन् ।
११. जब तोकिएको समयमा रसूलहरू भेला हुनेछन् ।
१२. महान दिनको लागि उनीरूलाई आफ्ना अनुयायीहरू विरूद्ध गवाही दिन स्थगित गरिएको छ ।
१३. भक्तहरूको बीच फैसला हुने दिनको लागि जुन दिन सत्य एवं असत्य र खुशी एवं दुखी बीच फरक छुट्टाइनेछ ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई फैसला हुने दिनको विषयमा कसले सूचित गर्यो ?!
१५. अल्लाहको तर्फबाट सन्देश लिएर आएका रसूलहरूलाई झूठो ठहर गर्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार रहेको छ ।
१६. के हामीले पहिलेका समुदायहरूलाई उनीहरूले अल्लाहलाई नकारेको र रसूलहरूलाई झूठो ठहर गरेको कारणले नष्ट पारेनौ र ?
१७. फेरी पछिका झूठाहरूले पनि उनीहरू कै अनुसरण गरे । उनीहरूलाई जस्तै हामी यिनीहरूलाई पनि नष्ट पार्नेछौं ।
१८. जसरी हामीले ती समुदायहरूलाई नष्ट पारेका छौं त्यसरी नै मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्नेहरूलाई पनि नष्ट पार्नेछौं ।
१९. पापीहरूलाई दण्ड दिने अल्लाहको चेतावनीलाई झूठो ठहर गर्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार रहेको छ ।
२०. हे मानव ! के हामीले तिमीहरूलाई एउटा तुच्छ थोरै पानी अर्थात वीर्यले सृष्टि गरेको होइन र ?!
२१. अनि त्यस तुच्छ पानीलाई हामीले एउटा सुरक्षित ठाउँमा राख्यौं जुन महिलाको गर्भ हो ।
२२. एउटा निर्धारित अवधिसम्म राख्यौं जुन गर्भावस्थाको अवधि हो ।
२३. अनि हामीले नवजात शिशुको विशेषता, उसको भाग्य, रंग र यस्तै अन्य कुराहरूलाई निर्धारित गर्यौं । हामी कति राम्ररी यी सबैलाई निर्धारण गर्छौं ।
२४. त्यसदिन अल्लाहको शक्तिलाई नकार्नेहरूको लागि विनाश, यातना र हार रहेको छ ।
२५. के हामीले धर्तीलाई सबै मानिसहरू अट्ने बनाएनौं र ?
२६. यसमा र यसका भवनहरूमा उनीहरूका जीवित बसोबास गर्छन् भने उनीहरूका मृतकहरूलाई यसमा गाडिन्छ ।
२७. हामीले यसमा ठोस र अग्ला पहाडहरू स्थापित गरेका छौं जसले यसलाई खस्कनबाट जोगाउँदछ । हे मानिसहरू हो ! हामीले तिमीहरूलाई स्वच्छ पानी पियायौं । जो यो सृष्टि गर्न सक्छ उहाँ तिमीहरूलाई पुनः जीवित गर्नबाट असक्षम हुनुहुन्न ।
२८. अल्लाहको अनुग्रहहरूलाई नकार्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार रहेको छ ।
२९. रसूलहरूले ल्याएको सन्देशलाई नकार्नेहरूलाई भनिनेछः हे नकार्नेहरू हो ! तिमीहरूले नकार्ने गरेका यातनातिर जाऊ ।
३०. नर्कको धुवाँको छायामा हिँड जुन तीन शाखामा विभाजित छ ।
३१. त्यसमा छायाको शीतलता छैन र त्यसले आगोको ज्वाला र तातोलाई तिमीहरूसम्म पुग्नबाट रोक्दैन ।
३२. वास्तवमा, नर्कले तातो ज्वालाहरू फ्याँक्नेछ र हरेक ज्वाला महल जति ठूलो हुनेछ ।
३३. त्यसले फ्याँक्ने ज्वालाहरू मानौं कालो उँटहरू जस्तै कालो र ठूलो हुनेछ ।
३४. अल्लाहको यातनालाई नकार्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार हुनेछ ।
३५. यसदिन उनीहरू केही बोल्न सक्नेछैनन् ।
३६. उनीहरूको कुफ्र र अवज्ञाको लागि उनीहरूले आफ्ना पालनकर्तासामु क्षमा माग्न पाउनेछैनन् ।
३७. यसदिनको समाचार नकार्नेहरूका लागि त्यसदिन विनाश, यातना र हार हरेको छ ।
३८. आज सृष्टिहरूमाझ निर्णय गर्ने दिन हो । हामीले तिमीहरूलाई र पहिलेका समुदायहरूलाई एउटै ठाउँमा भेला पारेका छौं ।
३९. यदि अल्लाहको यातनाबाट बच्न सक्ने कुनै चाल तिमीहरूसित छ भने चलेर हेर ।
४०. फैसलाको दिनलाई झूठो ठहर गर्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार हुनेछ ।
४१. वास्तवमा, आफ्नो पालनकर्ताको आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बचेर उहाँको डर राख्नेहरू स्वर्गका रूखहरूको फैलिएको / विस्तारित छाया र बगिरहने स्वच्छ पानीको मूलहरूबीच हुनेछन् ।
४२. उनीहरूले खान मन पराउने फलहरूमा हुनेछन् ।
४३. उनीहरूलाई भनिनेछः पवित्र खानेकुरा खाऊ र दूषित नभएको स्वच्छ पेय पदार्थ पिऊ किनकि तिमीहरूले संसारमा सत्कर्म गरेका थियौ ।
४४. वास्तवमा, तिमीहरूलाई दिएको प्रतिदान जस्तो प्रतिदान हामी सत्कर्मीहरूलाई उनीहरूको सत्कर्मको लागि दिन्छौं ।
४५. ईशभय राख्नेहरूको लागि तयार पारेको प्रतिदानलाई झूठो ठहर गर्नेहरूको लागि त्यसदिन विनाश, यातना र हार रहेको छ ।
४६. झूठो ठहर गर्नेहरूलाई भनिनेछः यस संसारमा छोटो समयको लागि खाऊ र जीवनको मोजमस्तीको आनन्द लिऊ किनकि अल्लाहलाई नकारेकोले र उहाँका रसूलहरूलाई झूठो ठहर गरेकोले तिमीहरू अपराधी हौ ।
४७. झूठो ठहर गर्नेहरूको लागि विनाश, यातना र हार रहेको छ किनकि उनीहरूले बदला दिइने दिन उनीहरूलाई दिइने यातनालाई झूठो ठहर गरे ।
४८. जब यी झूठा ठहर गर्नेहरूलाई भनिन्छः अल्लाहको लागि सलाह पढ तर यिनीहरू उहाँको लागि सलाह पढ्दैनन् ।
४९. अल्लाहको तर्फबाट रसूलहरूले ल्याएका सन्देशलाई नकार्नेहरूलाई त्यसदिन विनाश, यातना र हार रहेको छ ।
५०. यदि यिनीहरूको पालनकर्ताको तर्फबाट अवतरित कुर्आनमाथि यिनीहरूले आस्था राखेनन् भने अब यसपछि यिनीहरू कुन कुरामाथि आस्था राख्नेछन् ?!

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...