शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले निधार खुम्चाउनुभयो र फर्किनुभयो ।
२. अब्दुल्लाह बिन उम्मे मक्तूम मार्गदर्शन प्राप्त गर्न आएको कारणले उहाँले यसो गर्नुभयो र उनी अन्धो थिए । उनी आएको बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मुश्रिकहरूका अगुवाहरूले मार्गदर्शन प्राप्त गर्छन् भन्ने आशाले उनीहरूसित व्यस्थ हुनुहुन्थ्यो ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा यस अन्धो मान्छेले आफ्ना पापहरूबाट मुक्ति पाउथ्यो कि ?!
४. वा उसले तपाईंका उपदेशहरू सुनेर त्यसलाई स्विकार्ने थियो अनि त्यसबाट फाइदा लिने थियो ।
५. तर जसले तपाईंले ल्याउनुभएको आस्थालाई आफ्नो सम्पत्तिको कारणले अपनाउदैन ।
६. तपाईं त्यसमाथि ध्यान दिनुहुन्छ र त्यसप्रति उदार हुनुहुन्छ ।
७. यदि उसले अल्लाहको अगाडि पश्चाताप गरेर आफ्नै पापहरू धोएन भने तपाईंको घाटा हुनेछैन ।
८. तर जो तपाईंसमक्ष उत्तमको खोजीमा आउँछ ।
९. ऊ आफ्नो पालनकर्तासँग डराउँछ ।
१०. तपाईं उसलाई बेवास्ता गर्नुहुन्छ र मुश्रिकहरूको अगुवाहरूसँग व्यस्थ हुनुहुन्छ ।
११. यो वास्तविकता होइन । वास्तवमा, यो केवल उपदेश र चेतावनी हो जो यसलाई स्वीकार गर्न चाहन्छ ।
१२. जो अल्लाहलाई याद गर्न चाहन्छ, ऊ अल्लाहलाई याद गर्दछ र यस कुर्आनमा भएका कुराहरूबाट पाठ सिक्छ ।
१३. यो कुर्आन फरिश्ताहरूसँग रहेका प्रतिष्ठित पानाहरूमा छ ।
१४. उच्च ठाउँमा राखिएको छ र पवित्र छ जो अशुद्धता र अपवित्रताबाट मुक्त छ ।
१५. यो फरिश्ताहरूमध्येका रसूलहरूसँग छ ।
१६. उनीहरू आफ्ना पालनकर्ताको नजरमा सम्मानीत छन्, धेरै असल कार्यहरू गर्छन् र अति आज्ञाकारी छन् ।
१७. काफिर व्यक्तिको सर्वनाश होस् । ऊ अल्लाहप्रति कति कृतघ्न रहेको छ !
१८. अल्लाहले उसलाई कुन वस्तुले सृष्टि गर्नुभयो, परिणाम स्वरूप ऊ धर्तीमा घमण्ड गर्न र उहाँप्रति कृतघ्न बन्न पुग्यो ।
१९. उसको सृष्टि थोरै विर्यले गर्नुभयो, त्यसको चरण निर्धारण गर्नुभयो र क्रमशः उसको सृष्टि गर्नुभयो ।
२०. यी चरणहरूपश्चात उसलाई आफ्नो आमाको पेटबाट निस्कन सहज बनाउनुभयो ।
२१. संसारमा निर्धारित उसको जीवन चक्र समाप्त भएपछि उसलाई मृत्यु दिनुहुन्छ । अनि पुनः जीवित हुन्जेल रहनको लागि उसलाई एउटा चिहान दिनुहुन्छ ।
२२. अनि जब चाहनुहुन्छ हिसाब लिन र बदला दिन उसलाई पुनः जीवित तुल्याउनुहुन्छ ।
२३. यस काफिरले आफ्ना पालनकर्ताको आदेश पूरा गरेको भन्ने उसको सोँच वास्तविकतासँग मेल खाँदैन । अल्लाहले उसलाई दिनुभएको आदेशलाई उसले पुरा गरेको छैन ।
२४. अल्लाहलाई नमान्ने मनुष्यले आफूले खाने खानातिर हेरेर त्यो कसरी प्राप्त भएको भनी सोँच्नुपर्दछ ।
२५. यसको मूल आकाशबाट दृढ रूपले पर्ने प्रशस्त पानी हो ।
२६. त्यसपछि हामीले बोटबिरुवाहरू उम्रनको लागि धर्तीलाई चिर्यौं ।
२७. हामीले त्यसमा गहुँ, मकै आदि रोप्यौं ।
२८. हामीले ताजा अंगुरहरू उमार्यौं र पशुहरूलाई खुवाउन घाँस उमार्यौं ।
२९. अनि हामीले त्यहाँ जैतूनका रूखहरू र खजूरका बोटहरू उमार्यौं ।
३०. अनि हामीले त्यहाँ रूखले भरिएको घना बगैंचा लगायौं ।
३१. अनि हामीले त्यहाँ फलहरू उमार्यौं र तिमीहरूको चौपायाहरूले चर्नको लागि पनि उमार्यौं ।
३२. तिमीहरू र तिमीहरूका चौपायाहरूका फाइदाका लागि ।
३३. जुन दिन ठूलो कर्कश ध्वनि आउनेछ जसले कानलाई बहिरो बनाउनेछ र त्यो दोस्रो फूँक हुनेछ ।
३४. त्यसदिन मनुष्य आफ्ना दाजुभाइबाट भाग्नेछ ।
३५. आफ्ना आमा र बुबाबाट पनि भाग्नेछ ।
३६. आफ्नी पत्नी र आफ्ना छोराहरूबाट पनि भाग्नेछ ।
३७. उनीहरूमध्ये प्रत्येकलाई त्यसदिनको भयानक पीडाले अरूलाई बिर्साएको हुनेछ ।
३८. प्रसन्न मानिसहरुको अनुहार त्यसदिन उज्यालो हुनेछ ।
३९. अल्लाहले उनीहरूका लागि तयार पारेर राखेका दयाको कारणले उनीहरू मुस्काउँदै र रमाइलो गर्दै हुनेछन् ।
४०. अनि त्यसदिन दुष्टहरूको अनुहार धुलोले ढाकिएको हुनेछ ।
४१. अन्धकारले उनीहरूलाई ढाक्नेछ ।
४२. यस्ता अवगुणहरू उनीहरूका हुन् जसले कुफ्र र अधर्मलाई एकत्रित गरेका छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें