सीधे मुख्य सामग्री पर जाएं

६२- सूरह अल्-जुमुअह्

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट



१. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको गुणगान गर्छन र असुहाउँदो कमिकमजोरीबाट उहाँको पवित्रताको वर्णन गर्छन् । उहाँ राज्यका एक्लो राजा हुनुहुन्छ । उहाँ हरेक प्रकारका कमिकमजोरीबाट पवित्र हुनुहुन्छ । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टिमा, कानुनमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
२. उहाँले नै पढ्न र लेख्न नजान्नेहरू अरबीहरूमा उनीहरूमध्येबाट नै रसूल पठाउनुभयो । जो उनीहरूलाई आफूमाथि अवतरित आयतहरूको पाठ गरेर सुनाउनुहुन्छ । उहाँ उनीहरूलाई कुफ्र र नराम्रो आचरणबाट पवित्र पार्नुहुन्छ । उनीहरूलाई कुर्आन र सुन्नतको ज्ञान दिनुहुन्छ किनकि उहाँ रसूल भएर आउनुअघि उनीहरू प्रष्ट सत्यताबाट पथभ्रष्ट थिए । उनीहरू मूर्तिहरूको पूजा गर्दथे, रगत बगाउँथे र आफन्तसँग सम्बन्ध तोड्थे ।
३. यस रसूललाई उहाँले अरू अरबीहरू र उनीहरूबाहेक अरूहरूको लागि पनि रसूल बनाएर पठाउनुभएको छ जो अहिले आएका छैनन् । उनीहरू पछि आउनेछन् । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टिमा, कानुनमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
४. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई अरबीहरू र अरूहरूको लागि पठाइनु अल्लाहको वरदान हो जुन उहाँ जसलाई चाहनुहुन्छ प्रदान गर्नुहुन्छ । अल्लाह महान कृपाका मालिक हुनुहुन्छ र उहाँको महान कृपा भनेको यस समुदायको रसूललाई सम्पूर्ण मानवजातिको लागि पठाउनु हो ।
जब अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाएर र कुर्आन अवतरण गरेर गर्नुभएको कृपाको उल्लेख गर्नुभयो तब उहाँले मूसा (अलैहिस्सलाम) का केही अनुयायीहरूले तौरातको अनुसरण गर्नबाट विमुख भएको कुरा पनि उल्लेख गर्नुभयो । उनीहरूको अनुसरण नगर्नका लागि उहाँले यस समुदायको निम्ति चेतावनीको रूपमा यसलाई उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
५. यहूदी समुदाय त्यो समुदाय हो जसलाई तौरातको अनुसरणको जिम्मेवारी दिइएको थियो तर उनीहरूले त्यसको अनुसरण गरेनन् । यिनीहरूको उदाहरण त्यस गधा सरह हो जसले ठूला किताबहरूको भार बोकेको हुन्छ तर उसले के बोकेको छ भन्ने कुराको ज्ञान उसलाई हुँदैनः के यी किताबहरू हुन् र ? अल्लाहका आयतहरूलाई झूठो ठहर गर्नेहरूको उदाहरण निकै घृणित रहेको छ । अल्लाह सत्यतासम्म पुग्न सक्ने क्षमता अत्याचारी मानिसहरूलाई प्रदान गर्नुहुन्न ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), भन्नुहोस्- हे विकृति पश्चात पनि यहूदी नै रहेकाहरू हो ! यदि अल्लाहले मानिसहरूलाई छाडी तिमीहरूलाई प्रियपात्र बनाउनुभएको छ भन्ने तिमीहरूलाई लाग्छ भने मृत्युको कल्पना गर । तसर्थ अल्लाहले तिमीहरूलाई जुन प्रतिष्ठाको लागि चुन्नुभएको छ त्यो दिनको लागि उहाँले हतार गर्नुहुनेछ । यदि तिमीहरूको सोँच अनुसार तिमीहरू अल्लाहको प्रियपात्र भएको दावीमा सच्चा छौ भने यसो गर ।
७. उनीहरूले कहिल्यै मृत्युको चाहना राख्नेछैनन् । बरू उनीहरूले गरेका कुफ्र, पाप, अत्याचार, तौरातमा विकृति र परिवर्तनका कारण उनीहरू संसारमा सदा रहने चाहना राख्नेछन् । अल्लाहलाई अत्याचारीहरूको ज्ञान छ । उनीहरूको कुनैपनि क्रियाकलाप उहाँबाट लुकेको छैन र उनीहरूलाई त्यसै अनुसार बदला दिइनेछ ।
८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी यहूदीहरूलाई भन्नुहोस्- वास्तवमा, तिमीहरू जुन मृत्युदेखि भाग्छौ त्यसको सामना ढीलो वा चाँडो तिमीहरूले गर्नुपर्ने नै छ । अनि कयामतको दिन अदृश्य र दृश्यका ज्ञाता अल्लाहतिर तिमीहरू फर्केर जानेछौ । त्यसबाट उहाँबाट कुनैपनि कुरा लुकेको छैन । अनि तिमीहरूले संसारमा गर्ने गरेका क्रियाकलापहरूको विषयमा तिमीहरूलाई भन्नुहुनेछ र त्यसै अनुसार तिमीहरूलाई बदला दिनुहुनेछ ।
९. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशहरूको अनुसरण गर्नेहरू हो ! शुक्रबारको दिन जब इमाम खुत्बाको लागि मिम्बरमा चढ्छ र मुअज्जिन सलाहको लागि अजान दिन्छ तब तिमीहरू खुत्बा सुन्न र सलाह पढ्न मस्जिद जाऊ र व्यापार गर्न छोड नत्र यसले तिमीहरूलाई अल्लाहको अनुसरणबाट रोक्नेछ । हे मोमिनहरू हो ! जुमाको सलाहको अजानपश्चात तिमीहरूलाई मस्जिद जान र व्यापार छोड्न दिइएको आदेश तिमीहरूको लागि उत्तम रहेको छ, यदि तिमीहरूलाई यो थाहा छ भने । तसर्थ अल्लाहले तिमीहरूलाई दिनुभएका आदेशको पालना गर ।
१०. जब तिमीहरू जुमाको सलाह पढिसक्छौ तब धर्तीमा हलाल जीविकाको खोजी र आफ्ना आवश्यकता पूर्तिका लागि फैल । हलाल जीविका र हलाल नाफाको क्रममा अल्लाहको कृपा माग र जीविकाको खोजिको समयमा धेरै भन्दा धेरै अल्लाहको स्मरण गर । अनि तिमीहरूले जीविकाको खोजिमा लाग्ने कामले तिमीहरूलाई अल्लाहको स्मरण नबिर्साओस् । आशा छ, तिमीहरूले मन पराउने कुरा पाउने छौ र डर राख्ने कुराहरूबाट बच्न सक्नेछौ ।
११. जब केही मुस्लिमहरू कुनै व्यापार वा मनोरन्जनको सामाग्री देख्छन् उनीहरू छरिएर त्यतातिर जान्छन् र हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), तपाईंलाई मिम्बरमा उभिएको अवस्थामा छोड्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- त्यो व्यापार र मनोरन्जन जसतिर तिमीहरू जान्छौ त्यसभन्दा उत्तम सत्कर्मको प्रतिदान रहेको छ जुन अल्लाहसँग छ । अल्लाह सर्वोत्तम जीविका प्रदानकर्ता हुनुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...