सीधे मुख्य सामग्री पर जाएं

६५- सूरह अत्-तलाक (मदनी)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 



१. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं वा तपाईंको समुदायबाट कसैले पनि आफ्नी पत्नीलाई तलाक दिन चाहन्छ भने उसको पहिलो इद्दतको लागि तलाक देऊ अर्थात उसको पतिले उसँग संभोग नगरेको पवित्रताको समयमा तलाक दिनु । अनि इद्दतको गन्ती राख । तिमीहरूले आफ्ना पत्नीहरूलाई फिर्ता लिन चाहेको खण्डमा उनीहरूलाई फिर्ता लिन सम्भव हुनेछ । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूलाई त्यागेर अल्लाहको भय राख । इद्दतको अवधि समाप्त नभएसम्म उनीहरू बसेको घरबाट उनीहरूलाई ननिकाल र स्वयं उनीहरू पनि ननिस्किउन् । तर उनीहरूले व्यभिचार जस्ता खुल्ला अश्लिल कार्य गरेको खण्डमा निकाल्नु बेग्लै कुरा हो । यी नियमहरू अल्लाहका सीमा हुन् जुन उहाँले आफ्ना भक्तहरूका लागि निर्धान गर्नुभएको हो । जसले अल्लाहका सीमाहरूको उल्लङ्घन गर्छ उसले आफूमाथि अत्याचार गर्छ किनकि उसले आफ्ना पालनकर्ताको उल्लङ्घन गरी स्वयंलाई विनाशको स्रोतसम्म पुर्यायो । हे तलाक दिने व्यक्ति ! तिमीलाई थाहा छैन, हुन सक्छ अल्लाहले त्यस तलाकपश्चात कुनै बाटो निकाल्नुहुनेछ जसको तिमीहरूलाई आशा थिएन र तिमीहरूले उनीहरूलाई फिर्ता लिनेछौ ।
२. अनि जब उनीहरू आफ्नो इद्दतको अन्तमा पुग्छन् कि त उनीहरूलाई आफ्नो चाहनाले र राम्रो तरिकाले फिर्ता लिऊ वा उनीहरूको इद्दत पूरा हुन्जेल उनीहरूलाई छोड । परिणाम स्वरूप उनीहरू आफ्ना मामिलाहरूको माल्किन हुनेछन् साथै उनीहरूका अधिकारका कुराहरू उनीहरूलाई देऊ । तिमीहरूले उनीहरूलाई फिर्ता लिने वा फर्काउने सोँच बनाएपश्चात आफ्नो मानिसहरूमध्ये दुईजना निसाफ गर्नेलाई विवाद समाधान गर्नका निम्ति साक्षी बनाऊ । हे साक्षी बसेकाहरू हो ! अल्लाहको प्रसन्नता प्राप्तिका लागि साक्षी देऊ । यी नियमहरूको उल्लेख गर्नु अल्लाहमाथि र कयामतका दिनमाथि आस्था राख्नेले उपदेश ग्रहण गर्नको निम्ति हो किनकि ऊ नै उपदेश र चेतावनीबाट फाइदा प्राप्त गर्छ । तसर्थ जो अल्लाहले दिनुभएको आदेशको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको भय राख्नेछ उसलाई प्रत्येक कष्ट र बाधाबाट बच्नको निम्ति निकास निकाल्नुहुनेछ ।
३. उहाँ आशा नगरिएको र अकल्पनीय ठाउँबाट सहयोग र जीविका प्रदान गर्नुहुन्छ । अनि जो आफ्ना मामिलाहरूमा अल्लाहमाथि निर्भर हुन्छ उसको लागि उहाँ पर्याप्त हुनुहुन्छ । वास्तवमा, अल्लाह आफ्नो फैसलालाई लागु गर्नुहुन्छ । उहाँलाई कुनै कुराको लागि बाध्य पार्न सकिँदैन र उहाँबाट कुनै कुरा उम्कन सक्दैन । अल्लाहले हरेक वस्तुको समाप्तिको लागि  समय सीमा निर्धारित गर्नुभएको छ । दुःखको समयसीमा छ र समृद्धिको पनि समयसीमा छ । मानिस यी दुईमध्ये कुनै अवस्थामा पनि सदा रहँदैन ।
४. बुढेसकालको कारणले रजस्वलाबाट मुक्त भइसकेकी तलाक पाएकी महिलाहरूको इद्दतको विषयमा यदि तिमीहरूलाई शंका छ भने जानी राख उनीहरूको इद्दत तीन महिना हो । त्यसरी नै बाल्यकालको कारणले रजस्वलाको समय नभएकीहरूको इद्दत तीन महिना हो । अनि गर्भवती महिलाहरूको तलाकको र पतिको मृत्युपश्चातको इद्दत उनीहरूले बच्चा जन्माउनु हो । जो अल्लाहको आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको डर राख्छ उसका मामिलालाई अल्लाहले सहज बनाउनुहुनेछ र उसलाई हरेक कठिन अवस्थामा राहत प्रदान गर्नुहुनेछ ।
५. हे मोमिनहरू हो ! तलाक दिने, फिर्ता लिने र इद्दतका उल्लेख गरिएका नियमहरू अल्लाहको आदेश हो जस अनुसार तिमीहरूले कार्य गर्न सक भनी उहाँले तिमीहरूका लागि अवतरण गर्नुभएको हो । जसले अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्यो अल्लाहले उसले गरेका पापहरूलाई क्षमा गर्नुहुनेछ र आखिरतमा महान प्रतिदान दिनुहुनेछ अर्थात उसले स्वर्गमा प्रवेश पाउनेछ र कहिले समाप्त नहुने अनुग्रह प्राप्त गर्नेछ ।
जब अल्लाहले तलाक र त्यो फिर्ता लिने विषयमा नियमहरूको उल्लेख गर्नुभयो तब उहाँले खुवाई र बसाईको नियम उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
६. हे पतिहरू हो ! उनीहरूलाई आफ्नो हैसियत अनुसार तिमीहरू बस्ने ठाउँमा नै राख । अल्लाहले तिमीहरूलाई अरू कार्यहरूको लागि बाध्य पार्नुभएको छैन । खुवाई र बसाई र कुराहरूको नाममा उनीहरूको जीवनलाई गाह्रो बनाउनका लागि उनीहरूलाई नसताऊ । यदि तलाक पाएकी महिलाहरू गर्भवती छन् भने उनीहरूले बच्चा नजन्माएसम्म उनीहरूमाथि खर्च गर । यदि उनीहरू तिमीहरूका सन्तानलाई स्तनपान गराउँछन् भने उनीहरूलाई स्तनपान गराए बापत पारिश्रमिक देऊ । अनि पारिश्रमिकको विषयमा आपसमा राम्रो तरिकाले सरसल्लाह गर । पारिश्रमिकको विषयमा पत्नीले चाहेको जति दिन पतिले कन्जुसी गर्छ तर उसले आफूले चाहेको पारिश्रमिक नै लिन चाहन्छे भने बुवाले आफ्नो सन्तानलाई स्तनपान गराउनका निम्ति अरूलाई राख्न सक्छ ।
७. सम्पन्न व्यक्तिले आफूले तलाक दिएको महिला र बच्चामाथि आफ्नो सामर्थ्य अनुसार खर्च गर्नुपर्दछ । अनि जसलाई सिमित जीविका प्रदान गरिएको छ उसले अल्लाहले दिनुभएकोमध्येबाट खर्च गरोस् । अल्लाह कसैलाई पनि उहाँले दिनुभएको भन्दा बढी खर्च गर्न बाध्य गर्नुहुन्न, उहाँलाई अधिक जिम्मेवारी दिनुहुन्न र उसले सहन सक्नेभन्दा बढी जिम्मेवारी पनि दिनुहुन्न । अल्लाह उसलाई चाँडै नै सिमित र कठिन अवस्थापछि सहजता र प्रशस्तता प्रदान गर्नुहुनेछ ।
जब अल्लाहले पूरै नियमहरूको उल्लेख गर्नुभयो तब उहाँले ती नियमहरूबाट विमुख नहुन चेतावनी दिनुभयो र त्यसको नराम्रो परिणामलाई प्रष्ट पार्नुभयो । अनि उहाँले भन्नुभयोः
८. कतिपय नगरहरूले आफ्ना पालनकर्ताको आदेश र उहाँका रसूलहरूको आदेशलाई अस्वीकार गरे । परिणाम स्वरूप हामीले उनीहरूका नराम्रा कार्यहरूको कडा हिसाब लियौं र उनीहरूलाई संसारमा र आखिरतमा डरलाग्दो दण्ड दियौं ।
९. तसर्थ उनीहरूले आफ्ना नराम्रा कार्यहरूको यातना भोगे । उनीहरूले संसारमा र आखिरतमा घाटा बेहोर्नु पर्ने भयो ।
१०. अल्लाहले उनीहरूका लागि कडा यातना तयार पार्नुभएको छ । हे अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँमाथि आस्था राख्ने र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्ने बुद्धिमानहरू हो ! अल्लाहको भय राख नत्र उनीहरूमाथि आएको आपत तिमीहरूमाथि आउन सक्छ । अल्लाहले तिमीहरूको लागि एउटा चेतावनी प्रकट गर्नुभएको छ जसले उहाँको आज्ञापालन नगर्दाको दुर्भाग्यपूर्ण परिणामहरू र उहाँको आज्ञापालन गर्दा राम्रा परिणामहरूको सम्झना गराउँछ ।
११. यो चेतावनी भनेको रसूल हो जो तिमीहरूसमक्ष अल्लाहका स्पष्ट पार्ने आयतहरूको पाठ गर्नुहुन्छ जसमा कुनै भ्रम छैन । आशा छ, अल्लाहमाथि आस्था राख्नेहरू, उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई पुष्टि गर्नेहरू र सत्कर्म गर्नेहरूलाई पथभ्रष्टताको अन्धकारबाट निकालेर मार्गदर्शनको प्रकाशतिर लानुहुनेछ । जो अल्लाहमाथि आस्था राख्छ र सत्कर्म गर्छ अल्लाहले उसलाई बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । जसमा उनीहरू सदाका लागि रहनेछन् । अल्लाहले उसलाई स्वर्गमा प्रवेश गराएर एउटा राम्रो प्रबन्ध मिलाउनुभएको छ जसको अनुग्रह कहिल्यै समाप्त हुनेछैन ।
१२. अल्लाहले नै सातवटा आकाशहरूको सृष्टि गर्नुभयो र सातवटा आकाशहरू जस्तै सातवटा पृथ्वीहरूको सृष्टि गर्नुभयो । उहाँका दुबै कानुनहरू, प्रकृतिको कानुन र धर्मको कानुन यी दुबैको बीचमा अवतरण हुन्छन् । आशा छ, अल्लाह हरेक कुराको सामर्थ्य राख्नुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ । उहाँलाई कसैले पनि बाध्य पार्न सक्दैन । उहाँले हरेक कुरालाई आफ्नो ज्ञानले घेर्नुभएको छ र आकाशहरू र पृथ्वीमा उहाँबाट कुनै पनि कुरा लुकेको छैन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...