सीधे मुख्य सामग्री पर जाएं

६६- सूरह अत्-तह्रीम

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंका लागि वैध राख्नुभएको कुरा अर्थात तपाईंकी पत्नीहरूले ईर्ष्या गरेको कारणले उनीहरूलाई प्रसन्न पार्नका निम्ति किन तपाईंले आफ्नी दासी मर्यमसँग रमाइलो गर्न किन आवैध गर्नुभयो ? अल्लाह त तपाईंको लागि क्षमाशील र दयावान हुनुहुन्छ ।
२. तिमीहरूले कसमभन्दा राम्रो विकल्प पाएको वा कसम पूरा गर्न नसक्ने अवस्थामा अल्लाहले तिमीहरूलाई प्रायश्चित गरी कसम भङ्ग गर्न वैध गर्नुभएको छ । अल्लाह तिमीहरूका सहयोगी हुनुहुन्छ । उहाँलाई तिमीहरूको अवस्थाको र तिमीहरूलाई फाइदा दिने कुराको विषयमा थाहा छ । अनि उहाँ आफ्नो कानुन र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
३. याद गर, जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नी दासी मर्यमको नजिक नजाने कुरा विशेष गरी हफ्सालाई बताउनुभयो । जब हफ्साले आइशालाई त्यस कुराको जानकारी गराइन् तब अल्लाहले आफ्नो नबीलाई त्यो खबर फैलिएको विषयमा सूचित गर्नुभयो ।  उहाँले हफ्शालाई गाली गर्नुभयो अनि उनले भनेका कुराहरूमध्येबाट केही कुरा उहाँले भन्नुभयो र बाकीँ भन्नुभएन । अनि उनले सोधेः तपाईंलाई कसले भन्यो ? उहाँले भन्नुभयोः सबै कुराको ज्ञाता र हरेक गोप्य सूचना दिनेले मलाई भन्यो ।
४. तिमी दुबैजनाले पश्चाताप गर्नु अनिवार्य रहेको छ किनकि तिमीहरूको हृदय त्यस कुराको प्रेममा फस्यो जसलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मन पराउनुहुन्न अर्थात उहाँकी दासीबाट टाढा बस्नु र उसलाई आफूमाथि अवैध गर्नु । यदि तिमीहरूले उहाँविरूद्ध यो काम गरी राख्यौ भने जानी राख अल्लाह उहाँको संरक्षक र सहयोगी हुनुहुन्छ । त्यसरी नै जिब्रील र सत्कर्मी मोमिनहरू उहाँका संरक्षक र सहयोगी हुन् । अनि अल्लाहको सहयोगपश्चात उहाँलाई चोट पुर्याउनेहरूविरूद्ध फरिश्ताहरू संरक्षक र सहयोगी हुन् ।
५. यदि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले तिमीहरूलाई तलाक दिनुभयो भने आशा छ, उहाँका पालनकर्ताले उहाँलाई तिमीहरूको बदलामा तिमीहरूभन्दा बढी राम्री पत्नीहरू प्रदान गर्नुहुनेछ जो उहाँका आदेश मान्ने, उहाँमाथि र उहाँका रसूलमाथि आस्था राख्ने, अल्लाहका आज्ञाकारी, आफ्ना पापहरूको लागि पश्चाताप गर्ने, आफ्ना पालनकर्ताको उपासना गर्ने, सौमको पालना गर्ने, विवाहिता र उहाँबाहेक अरूसँग विवाह नभएकी स्त्रीहरू हुनेछिन् । तर उहाँले उनीहरूलाई तलाक दिनुभएन ।
६. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! आफूलाई आफ्ना परिवारका सदस्यहरूलाई त्यस महान आगोबाट बचाऊ जसलाई मानिहरू र ढुङ्गाहरूद्वारा बालिनेछ । त्यस आगोमाथि त्यहाँ प्रवेश गर्नेहरूका लागि कठोर र प्रबल फरिश्ताहरू नियुक्त छन् । उनीहरू अल्लाहले दिनुभएको आदेशको अवज्ञा गर्दैनन् । उहाँले दिनुभएको आदेशको पालना उनीहरू सुस्ती र आनाकानी नगरी गर्छन् ।
७. अनि कयामतको दिन काफिरहरूलाई भनिनेछः हे कुफ्र गर्नेहरू हो ! तिमीहरूले गरेको कुफ्र र पापको लागि आज बहाना नबनाऊ । तिमीहरूको बहाना मान्य हुनेछैन । तिमीहरूले संसारमा अल्लाहलाई नकार्ने र उहाँका रसूलहरूलाई झूठो ठहर गर्ने गरेको कार्यको तिमीहरूलाई आज बदला दिइनेछ ।
८. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! अल्लाहसमक्ष आफ्ना पापहरूको साँचो पश्चाताप गर । आशा छ, तिमीहरूका पालनकर्ताले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ र तिमीहरूलाई कयामतको दिन स्वर्गमा प्रवेश गराउनुहुनेछ जसका महलहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यस दिन अल्लाहले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई र उहाँसँग भएका मोमिनहरूलाई नर्कमा हाली अपमानित गर्नुहुनेछैन । त्यस बाटोमा उनीहरूको अगाडि र दायाँतर्फ उनीहरूको प्रकाश जानेछ । उनीहरूले भन्नेछन्- हे हाम्रा पालनकर्ता ! हाम्रो प्रकाशलाई हाम्रोलागि पूर्ण गरिदिनुहोस् जसले गर्दा हामी स्वर्गमा प्रवेश गर्नसकौं । हामी मुनाफिकहरूसरह नहोऔं जसले बाटोमा आफ्नो प्रकाशलाई निभाउँनेछन् । हाम्रोलागि हाम्रा पापहरूलाई क्षमा गर्नुहोस् किनकि तपाईं सम्पूर्ण कुराहरूको सामर्थ्य राख्नुहुन्छ । हाम्रा प्रकाशलाई पूर्ण रूप दिन र हाम्रा पापहरूलाई क्षमा गर्न तपाईं असक्षम हुनुहुन्न ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! काफिरहरूसँग तरवारको साथ र मुनाफिकहरूसँग मौखिक रूपमा र सजाय दिएर युद्ध गर । अनि उनीहरूले तिमीहरूको डर नराखेसम्म उनीहरूसँग कडा व्यवहार गर । कयामतको दिन उनीहरूले नर्कमा बसोबास अपनाउनेछन् । उनीहरूको बासस्थान अति नराम्रो बासस्थान हो जहाँ उनीहरू फर्केर जानेछन् ।
१०. अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेहरूका लागि, मोमिनहरूसँगको सम्बन्धले उनीहरूलाई कुनै फाइदा पुर्याउने छैन भन्ने कुरालाई स्पष्ट पार्दै, अल्लाहका नबीहरूमध्येका दुईजना नबीहरू अर्थात नूह र लूत (अलैहिमस्सलाम) की पत्नीहरूको उदाहरण अल्लाहले प्रस्तुत गर्नुभयो । ती दुबै हाम्रा दुईजना असल भक्तहरूकी पत्नी थिइन् । तर दुबैजनाले अल्लाहको मार्गबाट रोकेर र आफ्ना पतिका समुदायका काफिरहरूको सहयोग गरी दुबैलाई धोका दिइन् । यी दुई असल भक्तहरूकी पत्नी भएर पनि उनीहरूलाई कुनै फाइदा प्राप्त भएन । यी दुबैलाई भनियोः नर्कमा प्रवेश हुने सम्पूर्ण काफिर र मुनाफिकहरूको साथमा तिमीहरू पनि त्यहाँ जाऊ ।
११. अल्लाहमाथि र उहाँका रसूलहरूमाथि आस्था राख्नेहरू हरेक अवस्थामा सीधा मार्गमा अडिग रहने हो भने उनीहरूलाई काफिरहरूसँगको सम्बन्धले कुनै हानी गर्नेछैन र उनीहरूमाथि त्यसको कुनै प्रभाव पर्नेछैन भन्ने कुरालाई प्रष्ट पार्नका लागि अल्लाहले उनीहरूलाई फिर्औनकी पत्नीको उदाहरण प्रस्तुत गर्नुभयो । उनले भनेः हे मेरा पालनकर्ता ! स्वर्गमा मेरो लागि एउटा घर बनाउनुहोस् र मलाई फिर्औनको क्रुरता, शक्ति र उसका नराम्रा कर्महरूबाट मलाई सुरक्षित राख्नुहोस् । अनि उसको तानाशाही र अत्याचारमा उसको अनुसरण गरी आफूमाथि अत्याचार गर्नेहरूबाट सुरक्षित राख्नुहोस् ।
१२. अल्लाहमाथि र उहाँका रसूलहरूमाथि आस्था राख्नेहरूलाई अल्लाहले इम्रानकी छोरी मर्यमको उदाहरण प्रस्तुत गर्नुभयो । उनले व्यभिचार गर्नबाट आफ्नो गुप्ताङ्गलाई सुरक्षित राखिन् । अनि अल्लाहले जिब्रीललाई त्यसमा आत्मा फुक्ने आदेश दिनुभयो । अल्लाहले लेख्नुभएको भाग्यले बुवा बिना ईसा बिन मर्यम (अलैहिस्सलाम) को गर्भ रहयो । उनले अल्लाहका शरीअतहरू र उहाँका रसूलहरूमाथि अवतरित किताबहरूको पुष्टि गरिन् र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँका आज्ञाकारीहरूमध्येकी भइन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...