सीधे मुख्य सामग्री पर जाएं

६३- अल्-मुनाफिकून

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंको सभामा मुनाफिकहरू आउँछन् जो इस्लामको प्रदर्शन गर्छन् र कुफ्रलाई लुकाएर राख्नछन् र भन्छन्- तपाईं साँच्चै नै अल्लाहका रसूल हुनुहुन्छ भनी हामी गवाही दिन्छौं । तपाईं साँच्चै नै उहाँका रसूल हुनुहुन्छ भन्ने कुरा अल्लाहलाई थाहा छ । तर उनीहरूले भित्री मानबाट तपाईं उहाँका रसूल हुनुहुन्छ भनी दिएको गवाहीको दाबीमा मुनाफिकहरू झूठा हुन् भन्ने कुराको गवाही अल्लाह दिनुहुन्छ ।
२. आस्थालाई प्रमाणित गर्नको लागि उनीहरूले जुन कसम खएका छन् त्यसको प्रयोग उनीहरूले हत्या र कैद हुनबाट बच्नको लागि कवचको रूपमा गरेका छन् । उनीहरूले मानिसहरूमा शंका र भ्रम उत्पन्न गरी उनीहरूलाई आस्थाबाट टाढा गरे । वास्तवमा, कपट र झूठा कसमले गर्दा उनीहरू अति घृणित हुन् ।
३. उनीहरूले आस्थाको ढोंग गरेको कारणले यसो भएको हो । आस्थाले उनीहरूको हृदयमा प्रवेश गरेको छैन । अनि उनीहरूले गोप्य रूपले कुफ्र गरे । तसर्थ उनीहरूको कुफ्रले गर्दा उनीहरूको हृदयमा उहाँले सिल लगाइदिनुभयो । अब त्यसमा आस्था प्रवेश गर्नेछैन । त्यस सिलको कारणले उनीहरूको भलाइ र मार्गदर्शन कुन केमा छ भन्ने कुरा उनीहरू बुझ्न सकेका छैनन् ।
४. हे हेर्ने व्यक्ति ! तिमीले उनीहरूलाई हेर्दा उनीहरूको उपस्थिति र रूपरङ्ग तिमीलाई मन पर्छ किनकि उनीहरू सुन्दर र सम्पन्न छन् । जब उनीहरू बोल्छन् तिमी उनीहरूको कुरा सुन्छौ किनकि उनीहरू कुशल वक्ता हुन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मानौं उनीहरू तपाईंको सभामा पर्खालमा टाँसिएका काठका तख्ता हुन् । उनीहरू केही पनि बुझ्दैनन् र जान्दैनन् । उनीहरू भित्रदेखि कायर भएको हुनाले हरेक कुरालाई आफैमाथि प्रहार गरिएको हो भनी ठान्छन् । उनीहरू साँच्चिकै शत्रु हुन् । तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूबाट बचेर बस्नुहोस् । उनीहरूले तपाईंका गोप्य कुराहरू फैलाउनेछन् र तपाईंविरूद्ध षड्यन्त्र गर्नेछन् भन्ने आशंका छ । उनीहरूमाथि अल्लाहको श्राप होस् ! स्पष्ट प्रमाणहरू भएता पनि उनीहरू आस्थाबाट फर्केर कहाँ गइरहेका छन् ?!
५. जब यी मुनाफिकहरूलाई भनिन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आऊ । उहाँले तिमीहरूको पापहरूको क्षमा याचना अल्लाहसित गर्नुहुनेछ । उनीहरूले खिल्ली उडाउँदै टाउको हल्लाए । उनीहरूलाई दिइएको आदेशबाट उनीहरू विमुख भएको तपाईं देख्नुहुन्छ किनकि उनीहरू सत्यलाई स्वीकार्न घमण्ड गर्छन् र त्यसप्रति समर्पित हुँदैनन् ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले उनीहरूका पापहरूको क्षमा याचना गर्नु र नगर्नु समान रहेको छ । अल्लाहले उनीहरूका पाप क्षमा गर्नुहुनेछैन । वास्तवमा, अल्लाहको अनुसरण त्याग्नेहरू र पाप गरिराख्नेहरूलाई उहाँ कहिल्यै मार्गदर्शन प्रदान गर्नुहुन्न ।
७. उनीहरू नै भन्छन्- अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग भएका गरिबहरू र मदीना वरिपरी बस्ने गाउँलेहरूले त्यसलाई नछोडेसम्म उनीहरूमाथि खर्च नगर । आकाशहरूका र पृथ्वीका खजानाहरू केवल अल्लाहका हुन् । त्यो उहाँ आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ दिनुहुन्छ । तर जीविकाको खजाना उहाँको हातमा छ भन्ने कुरा मुनाफिकहरूलाई थाहा छैन ।
८. उनीहरूको अगुवा अब्दुल्लाह बिन उबैले भन्योः यदि हामी मदीना फर्केर गयौं भने त्यहाँबाट प्रतिष्ठितहरू अर्थात म र मेरो समुदायले अति तुच्छहरू अर्थात मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका साथीहरूलाई निकाल्नेछन् । प्रतिष्ठा त केवल अल्लाहको, रसूलको र मोमिनहरूको हो । अब्दुल्लाह बिन उबै र उसका साथीहरूको होइन । तर प्रतिष्ठा केवल अल्लाह, उहाँका रसूल र मोमिनहरूको लागि हो भन्ने कुरा मुनाफिकहरूलाई थाहा छैन ।
जब अल्लाहको बाटोबाट रोक्नको लागि मुनाफिकहरूले खर्च गर्न कन्जुसी गर्नुको उत्सुकताको उल्लेख गर्नुभयो । उहाँले मोमिनहरूलाई यसबाट रोक्नुभयो र उनीहरूलाई अल्लाहको मार्गमा खर्च गर्ने आदेश दिनुभयो । उहाँले भन्नुभयोः
९. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! तिमीहरूको धन र सन्तानहरूले तिमीहरूलाई सलाह वा अन्य अनिवार्य कार्यहरूबाट नरोकोस् । जसलाई उसको धन र सन्तानले अल्लाहले अनिवार्य गर्नुभएको सलाह वा अन्य कार्यहरूबाट रोक्यो उनीहरू साँच्चै नै घाटा बेहोर्नेहरू हुन् जसले कयामतको दिन आफ्नो र आफ्नो परिवारको घाटा बेहोर्नेछन् ।
१०. अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभएको धनबाट मृत्यु हुनु अघि नै खर्च गर । अनि उसले आफ्नो पालनकर्तालाई भन्ने छः हे मेरा पालनकर्ता ! मलाई थोरै समय प्रदान गर्नुहोस् । जसले गर्दा म आफ्नो धनबाट अल्लाहको मार्गमा केही खर्च गर्न सकौं र अल्लाहका त्यसता असल भक्तहरूमध्येको हुन सकौं जसले आफ्ना कार्यहरूलाई सुधारेका छन् ।
११. तर कुनै प्राणीको मृत्युको समय आएपछि र उसको उमेर समाप्त भएपछि अल्लाहले उसलाई समय प्रदान गर्नुहुनेछैन । तिमीहरू जे गर्छौ त्यसको ज्ञान अल्लाहलाई छ । तिमीहरूको कुनैपनि कार्य उहाँबाट लुकेको छैन र त्यसै अनुसार तिमीहरूलाई बदला दिनुहुनेछ । यदि कार्यहरू राम्रा छन् भने बदला राम्रो हुनेछ र कार्यहरू नराम्रा छन् भने बदला नराम्रो हुनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...