सीधे मुख्य सामग्री पर जाएं

६७) सूरह अल्-मुल्क

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. अल्लाहको भलाई महान र अपार रहेको छ । उहाँको हातमा मात्र साम्राज्य रहेको छ । उहाँ हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि विवश पार्न सक्दैन ।
२. हे मानिसहरू हो ! तिमीहरूमध्ये कसले राम्रो काम गर्छ भनी तिमीहरूको परिक्षा लिनको लागि उहाँले मृत्यु र जीवनको सृष्टि गर्नुभयो । उहाँ यस्ता शक्तिशाली हुनुहुन्छ जसलाई कसैले हराउन सक्दैन र उहाँ आफ्ना पश्चाताप गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ ।
३. उहाँले सातवटा आकाशहरू तहतह गरी बनाउनुभयो तर एकले अर्कोलाई छुँदैन । हे दर्शक ! तिमीले अल्लाहको सृष्टिमा कुनै प्रकारको अव्यवस्थता र बेकाइदा देख्नेछैनौ । राम्ररी हेर त, के तिमीले कतै चर्केको वा प्वाल देख्यौ ?! तिमीले केवल व्यवस्थित र परिपूर्ण सृष्टि देख्नेछौ ।
४. बारम्बार हेर, तिम्रा कमजोर आँखाहरूले आकाशको सृष्टिमा कुनै प्रकारको त्रुटि वा असन्तुलनको अवलोकन गर्न असमर्थन भई तिमीतिर फर्कनेछन् ।
५. हामीले धर्तीको नजिकको आकाशलाई चम्किला ताराहरूले सजायौं । हामीले यी ताराहरूलाई उल्का बनाएका छौं जुन गोप्य रूपमा कुरा सुन्ने शैतानहरूलाई धपाउने र जलाउने साधन हुन् । तर आखिरतमा उनीहरूको लागि हामीले दन्कदो आगो तयार पारेका छौं ।
६. अनि कयामतको दिन आफ्नो पालनकर्तालाई नकार्नेहरूलाई नर्कको दन्कदो आगोको यातना दिइनेछ । त्यो अति नराम्रो फर्कने ठाउँ हो ।
७. जब उनीहरूलाई नर्कमा फ्यालिनेछ उनीहरूले अति डरलाग्दा स्वर सुन्नेछन् । त्यो ठूलो कराइ उम्ले झैं नर्क उम्लेको हुनेछ ।
८. त्यसमा प्रवेश गर्नेहरूलाई देखेर क्रोधले त्यो आफूलाई अलग पार्ने तर्खरमा हुनेछ । जब त्यसमा काफिरहरूलाई हालिन्छ त्यहाँ खटाएका फरिश्ताहरूले उनीहरूलाई निन्दा गर्दै सोध्नेछन्- के संसारमा तिमीहरूलाई अल्लाहको यातनाबाट डराउन कुनै रसूल आएनन् र ?!
९. काफिरहरूले भन्नेछन्- हामीसमक्ष अल्लाहको यातनाबाट डराउन रसूल आए तर हामीले नकार्यौं । अनि उनलाई भन्यौः अल्लाहले वही अवतरण गर्नुभएकै छैन । हे रसूल ! तपाईं सत्यताबाट धेरै टाढा हुनुहुन्छ ।
१०. काफिरहरूले फेरी भन्नेछन् – यदि हामीले सुन्नको लागि सुनेका भए हामीलाई फाईदा हुनेथ्यो वा सत्य र असत्य बीचको फरकलाई बुझेको भए हामी नर्कमा पर्ने थिएनौं । बरू हामी रसूलहरूमाथि आस्था राख्ने, उनीहरूले ल्याएका सन्देशलाई मान्ने र स्वर्ग जानेहरूमध्येका हुनेथ्यौं ।
११. उनीहरूले आफ्ना कुफ्र र झूठो ठहर गरेको कुरालाई मान्नेछन् अनि नर्कको हकदार हुनेछन् । तसर्थ नर्कबासीहरूमाथि धिक्कार छ !
जब अल्लाहले काफिरहरूको अवगुण र उनीहरूको बदलाको विषयमा उल्लेख गर्नुभयो उहाँले लगत्तै मोमिनहरूको गुण र उनीहरूले पाउने बदलाको विषयमा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
१२. वास्तवमा, एकान्तमा अल्लाहको डर राख्नेहरूको लागि उनीहरूको पापको क्षमा रहेको छ र स्वर्गको रूपमा महान प्रतिदान रहेको छ ।
१३. हे मानिसहरू हो ! चाहे तिमीहरू आफ्ना कुरालाई लुकाऊ वा जाहेर गर अल्लाहलाई त्यसको ज्ञान हुन्छ । उहाँलाई भक्तहरूका हृदयमा रहेका कुराहरूको पनि ज्ञान हुन्छ । उहाँबाट कुनै पनि कुरा लुक्न सक्दैन ।
१४. जसले सम्पूर्ण सृष्टिलाई अस्तित्व दिनुभयो के उहाँलाई गोप्य कुरा र त्योभन्दा पनि धेरै लुकेका कुराहरूको ज्ञान न होला त ?! उहाँ भक्तहरूका लागि कोमल हुनुहुन्छ र उनीहरूको क्रियाकलापहरूबाटअवगत हुनुहुन्छ किनकि उहाँबाट केही पनि लुकेको छैन ।
१५. उहाँले नै तिमीहरूको लागि धर्तीलाई बस्नयोग्य बनाउनुभयो । सारा पृथ्वी घुम र उहाँले त्यसमा खानको निम्ति राख्नुभएका कुराहरू खाऊ । उहाँतर्फ नै तिमीहरूलाई हिसाबकिताब गर्न र बदला दिनको लागि लगिनेछ ।
१६. यो धर्ती बस्नयोग्य हुँदा हुँदै पनि जसरी आकाशमा हुनुभएका अल्लाहले कारूनलाई धर्तीमा धंसाइदिनुभयो के उहाँले यस स्थिर धर्तीलाई हल्लाएर तिमीहरूलाई यसमा धंसाउनुहुन्न भनी तिमीहरू निर्धक्क छौ ?!
१७. वा आकाशमा हुनुभएका अल्लाहले लूत (अलैहिस्सलाम) को समुदायमाथि ढुङ्गा खसाए झैं तिमीहरूमाथि आकाशबाट ढुङ्गा खसाल्नुहुन्न भनी निर्धक्क छौ ? जब तिमीहरू मेरो यातनाको स्वाद चाख्छौ तिमीहरूले मेरो चेतावनीलाई थाहा पाउनेछौ । तर हाम्रो यातना देखिसकेपछि तिमीहरूलाई त्यसको कुनै फाईदा हुनेछैन ।
१८. यी मुश्रिकहरूभन्दा पहिलेका मानिसहरूले झूठो ठहर गरिसकेका छन् । अनि उनीहरूले कुफ्र र झूठमा अडिग भएको कारणले उनीहरूमाथि अल्लाहको यातना अवतरित भयो । कस्तो रह्यो त उनीहरूमाथि हाम्रो तिरस्कार ? त्यो निकै कठोर तिरस्कार थियो ।
१९. के यी नकार्नेहरू उनीहरूमाथि हवामा चराहरूलाई उड्नेबेला एक पटक पखेटा हावामा फैलाउँने र अर्को पटक पखेटा बन्द गर्ने गरेको देख्दैनन् ?! अल्लाह बाहेक अरू कोही पनि उनीहरूलाई धर्तीमा खस्नबाट रोक्दैन । उहाँ हरेक कुरालाई देखिरहनुभएको छ र उहाँबाट केही पनि लुकेको छैन ।
२०. हे काफिरहरू हो ! अल्लाहले तिमीहरूलाई यातना दिने फैसला गरेपछि तिमीहरूलाई उहाँको यातनाबाट बचाउन सेना हुनेछैन । काफिरहरू शैतानको धोकामा पर्नु बाहेक अरू केही गर्दैनन् अनि शैतानको धोकाले उनीहरू भ्रमित हुन्छन् ।
२१. यदि अल्लाह आफ्नो जीविका तिमीहरूलाई दिन चाहनुभएन भने कसैले पनि त्यसलाई तिमीहरूलाई दिन सक्नेछैन ।
२२. के आफ्नो अनुहारको भरमा घमण्डका साथ हिँड्ने मुश्रिक व्यक्तिले मार्गदर्शन प्राप्त गरेको छ वा सीधा मार्गमा सीधा हिँड्ने मोमिनले ?!
२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी नकार्ने मुश्रिकहरूलाई भन्नुहोस्- तिमीहरूको सृष्टि गर्ने अल्लाह हुनुहुन्छ । उहाँले तिमीहरूलाई सुन्नका लागि कान, हेर्नको लागि आँखा र सोँच्नको लागि हृदय बनाउनुभयो । उहाँले तिमीहरूलाई प्रदान गर्नुभएको कृपाको लागि तिमीहरू उहँलाई नै धन्यवाद दिँदैनौ ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी नकार्ने मुश्रिकहरूलाई भन्नुहोस्- अल्लाहले नै तिमीहरूलाई धर्तीमा फैलाउनुभयो, ती मूर्तीहरूले होइन जसले केही पनि सृष्टि गरेका छैनन् । उहाँसमक्ष नै तिमीहरू कयामतको दिन हिसाबकिताब गर्न र बदला लिन भेला हुनेछौ, तिमीहरूको मूर्तीसमक्ष होइन । तसर्थ उहाँको भय राख र उहाँको मात्र उपासना गर ।
२५. पुनः जीवित हुने सम्भावनालाई नकार्नेहरू भन्छन्- हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तिमीहरू सच्चा हौ भने भन त तिमीले र तिम्रा साथीहरूले कयामत आउने छ भनी भय देखाएको त्यो वाचा कहिले पुरा हुनेछ ?
२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- वास्तवमा, कयामतको ज्ञान र त्यो कहिले आउने भन्ने विषयमा अल्लाहलाई मात्र थाहा छ । म त तिमीहरूलाई त्यसको विषयमा स्पष्ट रूपमा सचेत गर्ने मात्र हुँ ।
२७. जब वाचा पुरा हुनेछ र कयामतको दिन यातना उनीहरूको नजिक पुगेको उनीहरूले देख्नेछन्, अल्लाहलाई नकार्नेहरूको अनुहार बिग्रिनेछ र कालो हुनेछ । अनि उनीहरूलाई भनिनेछः तिमीहरूले संसारमा यसलाई नै मागेका र यसको लागि नै हतार गरेकाथ्यौ ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी नकार्ने मुश्रिकहरूलाई निन्दा गर्दै भन्नुहोस्- यदि अल्लाहले मलाई र मेरा मोमिन साथीहरूलाई मारिदिनुभयो वा हामीमाथि दया गर्नुभयो र हामीलाई थप समय दिनुभयो भने भन, कसले काफिरहरूलाई अल्लाहको पीडादायी यातनाबाट बचाउनेछ ? कसैले पनि उहाँबाट उनीहरूलाई बचाउन सक्नेछैन ।
२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी मुश्रिकहरूलाई भन्नुहोस्- उहाँ दयावान हुनुहुन्छ जसले तिमीहरूलाई आफ्नो मात्रै उपासनाको आह्वान गर्नुभएको छ । हामी उहाँमाथि नै आस्था राख्छौं र उहाँमाथि नै हाम्रा मामिलाहरूमा निर्भर छौं । निश्चय नै, को स्पष्ट पथभ्रष्टमा छ र को सत्मार्गमा छ भनी तिमीहरूले थाहा पाउनेछौ ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी मुश्रिकहरूलाई भन्नुहोस्- मलाई भन, यदि तिमीहरूले पिउने पानी सुक्यो र तिमीहरू त्यससम्म पुग्न सकेनौ भने कसले तिमीहरूलाई प्रशस्त पानीको स्रोत दिन सक्छ ? अल्लाहबाहेक अरू कसैले सक्दैन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...