सीधे मुख्य सामग्री पर जाएं

४५- सूरह अल्-­जासियह (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१.  हा 0 मीम 0 ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. अल्लाहले कुरआनको अवतरण गर्नुभयो । उहाँ प्रभुत्वशाली हुनुहुन्छ कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।
३. अल्लाह प्रभुत्वशाली हुनुहुन्छ र एक मात्र हुनुहुन्छ भन्ने कुराका प्रमाणहरू मोमिनहरूका लागि आकाशहरू र पृथ्वीमा छन् । किनभने उनीहरू नै निशानीहरूबाट उपदेश ग्रहण गर्ने गर्छन् ।
४. हे मानव ! विर्य, रगतको डल्लो, मासुको चोक्टोबाट तिमीहरूको सृष्टि र धर्तीमा हिँड्ने पराणीहरूमा पनि विश्वास गर्ने मानिसहरूका लागि यस कुराको प्रमाण छ कि अल्लाह एक मात्र हुनुहुन्छ र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ ।  
५. निस्सन्देह पालो पालो रात तथा दिनको आवत जावतमा, अल्लाहले आकाशबाट मृत भूमिलाई जीवित पार्ने वर्षामा, तिमीहरूको फाइदाको लागि कहिले एक दिशा र कहिले अर्को दिशाबाट बग्ने हावामा बुद्धिमानहरूका लागि यस कुराका प्रमाणहरू छन् कि अल्लाह एक मात्र हुनुहुन्छ, उहाँ पुनर्जन्म र सबै कार्यको सामर्थ्य राख्नुहुन्छ ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी यी निशानी र प्रमाणहरू तपाईंलाई सत्यका साथ सुनाउँछौं । यदि तिनीहरू अल्लाहका वाणी र प्रमाणहरूमा ईमान ल्याउने छैनन् भने यसपछि तिनीहरू कुन वाणी र प्रमाणहरूमा ईमान ल्याउनेछन् त ?!
७. हरेक झूठा र पापीका लागि अल्लाहको तर्फबाट यातना र सर्वनाश छ ।
८. यो काफिर अल्लाहका श्लोकहरू सुन्छ, र पनि निरन्तर कुफ्र र पाप नै गर्छ, सत्यको अनुसरणबाट घमण्ड गर्छ, मानौं ऊसमक्ष आयतहरूको पाठ गरिएकै छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उसलाई आखिरतमा कष्ट पुर्याउने यातनाबाट सूचित गरिदिनुहोस् जो उसको लागि पर्खि रहेको छ ।
९. यस्ता मानिसहरू कुरआनको केही कुरा सुनेपछि त्यसको ठट्टा गर्छन्, यस्ता मानिसहरूका लागि महाप्रलयको दिन अपमानजनक यातना छ ।
१०. आखिरतमा नर्कको यातना तिनीहरूका लागि पर्खि रहेको छ । अल्लाहको मुकाबिलामा न त तिनीहरूलाई तिनीहरूले आर्जन गरेका धन­सम्पत्ति फाइदा पुर्याउन सक्छ न ती मूर्तीहरूले त्यस यातनाबाट बचाउन सक्छन् जसको पूजा तिनीहरू गर्ने गर्छन् । महाप्रलयको दिन तिनीहरूका लागि ठूलो यातना हुनेछ ।
११. हामीले आफ्नो रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरेको यो किताबले सत्य मार्ग बताउँछ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित श्लोकहरूको इन्कार गर्नेहरूका लागि कष्टकर यातना छ ।
१२. हे मानव ! अल्लाहले नै समुद्रलाई तिमीहरूको नियन्त्रणमा दिनुभयो, ताकि उहाँको आदेशले त्यसमा पानी जहाज चलुन्, ताकि तिमीहरू त्यसमा हलाल जीविका खोज र अल्लाहका वरदानको लागि उहाँप्रति आभार प्रकट गर । 
१३. अल्लाहले नै आकाशमा रहेका सूर्य, चन्द्रमा तथा ताराहरूलाई र पृथ्वीमा रहेका नदी, रूख, पहाड इत्यादिलाई तिमीहरूको सेवामा खटाउनुभयो । यी सबै अल्लाहका वरदान र उपकार हुन् । यी सबैलाई तिमीहरूको सेवामा खटाउने कार्यमा चिन्तन मनन गर्ने मानिसहरूका लागि यस कुराको प्रमाण छ कि अल्लाह प्रभुत्वशाली र एक मात्र हुनुहुन्छ । यस्ता मानिसहरू अल्लाहका निशानीहरूमा सोच विचार गर्छन् र त्यसबाट उपदेश ग्रहण गर्छन् ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमनहरूलाई भनिदिनुहोस्– अल्लाहका वरदानहरूको परवाह नगर्ने काफिरहरूको तर्फबाट पुग्ने कष्टलाई  उनीहरूले नजरअन्दाज गरुन् । निस्सन्देह अल्लाहले धैर्य गर्ने मोमिनहरूलाई पनि उनीहरूले संसारमा गरेका सत्कर्महरूको प्रतिदान दिनुहुनेछ र अत्याचारी काफिरहरूलाई पनि तिनीहरूले कुकर्मको सजाय दिनुहुनेछ ।
१५. जसले पनि सत्कर्म गर्छ उसको सत्कर्मको प्रतिदान उसैले पाउनेछ । अल्लाहलाई त्यसको आवश्यक्ता छैन । जसले दुष्कर्म गर्नेछ त्यसको सजाय उसैले पाउनेछ । त्यसको हानि अल्लाहलाई पुग्ने छैन । फेरि तिमीहरू सबै आखिरतमा फर्केर मात्र हामीतर्फ आउनेछौ । अनि हामीले तिमीहरू सबैलाई तिमीहरूले गरेका कर्मको बदला दिनेछौं ।  
१६. हामीले बनीइस्राईललाई तौरात, मानिसहरूबीच निर्णय गर्ने शक्ति, अधिकांश सन्देष्टाहरू उनीहरूमध्ये इब्राहीम (अलैहिस्सलाम) को सन्तानबाट बनायौं । उनीहरूलाई पवित्र जीविका प्रदान गर्यौं र उनीहरूलाई उनीहरूका युगका मानिसहरूमाथि प्रधानता प्रदान गर्यौं । 
१७.  हामीले उनीहरूलाई सत्य असत्यबीच फरक गर्ने प्रमाणहरू प्रदान गर्यौं । हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनपछि प्रमाणहरू स्पष्ट भएपछि तिनीहरूले मतभेद गरे । तिनीहरूले यो मतभेद मात्र पद र सम्मान जोगाउनको लागि एक अर्कामाथि गरेको अत्याचारले गर्दा गरे ।  हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूले परस्पर लोकमा गरेको विभेदको निर्णय तपाईंका पालनकर्ताले महाप्रलयको दिन तिनीहरूबीच गर्नुहुनेछ । अनि को सत्यवादी र को असत्यवादी हो भन्ने कुरा उहाँले स्पष्ट पार्नुहुनेछ । 
१८.  फेरि हामीले तपाईंलाई त्यस शरीअत, कानुन र तरिकामा कायम गर्यौं जसको आदेश हामीले तपाईंअघिका रसूलहरूलाई दिएका थियौं । ताकि तपाईंले ईमान र सत्कर्मको आह्वान गर्नुहोस् । तसर्थ तपाईं यसै शरीअतको अनुसरण गर्नुहोस् । सत्यको ज्ञान नराख्नेहरूको कुइच्छाको अनुसरण नगर्नुहोस् । तिनीहरूको कुइच्छा सत्यबाट पथभ्रष्ट पार्छ । 
१९. यदि तपाईंले सत्यको ज्ञान नराख्नेहरूको कुइच्छाको अनुसरण गर्नुहुन्छ भने यसले तपाईंलाई अल्लाहको यातनाबाट अलि पनि जोगाउन सक्दैन । सबै समुदाय र गुटका अत्याचारीहरू मोमिनहरूविरुद्ध एक अर्काका सहयोगी हुन् । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बचेर उहाँको भय राख्नेहरूका सहयोगी अल्लाह हुनुहुन्छ ।
२०. हाम्रो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुरआन विवेकपूर्ण हो जसबाट मानिसहरू सत्य असत्यबीच फरक देख्छन् । यसले सत्यसम्म मार्गदर्शन गर्छ । जो यसमाथि विश्वास राख्छन् उनीहरूका लागि कृपा हो, किनभने उनीहरू नै यसबाट अल्लाहलाई खुशी पार्ने सीधा मार्ग पाउँछन् । अनि अल्लाहले उनीहरूलाई स्वर्गमा प्रवेश गराउनुहुन्छ र नर्कबाट जोगाउनुहुन्छ । 
२१. के आफ्ना अङ्गहरूबाट कुफ्र र अवज्ञा गर्नेहरूले यो ठानेका छन् कि हामीले तिनीहरूलाई त्यस्तै बदला दिनेछौं जस्तो बदला हामीले अल्लाहमाथि ईमान ल्याउने र सत्कर्म गर्नेहरूलाई दिनेछौं, अनि तिनीहरू लोक र परलोक दुवैमा एकसमान हुनेछन् ?! तिनीहरूले कति नराम्रो कुरा ठानेका छन् । 
२२. अल्लाहले आकाशहरू र पृथ्वीको सृष्टि एउटा उद्देश्यको लागि गर्नु भएकोछ, बिना उद्देश्य गर्नुभएको छैन् । ताकि अल्लाहले प्रत्येक व्यक्तिलाई तिनीहरूले गरेको राम्रो तथा नराम्रो कार्यको बदला देऊन् । अल्लाहले उनीहरूका पुण्य कर्ममा कमि गरेर वा दुष्कर्ममा थपेर अत्ययाचार गर्नुहुने छैन ।
२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्ता मानिसहरूमा विचार गर्नुहोस् जसले आफ्नो इच्छाको अनुसरण गरे यहाँसम्म कि त्यसलाई ईश्वर बनाइहाले । यस्ता मानिसहरू इच्छा विपरीत केही गर्दैनन् । अल्लाहले आफ्नो ज्ञानको आधारमा यस्ता मानिसहरूलाई पथभ्रष्ट पार्नुभयो । किनभने तिनीहरू यसैको हकदार थिए । अल्लाहले तिनीहरूको कानमा मोहर लगाउनुभयो, अनि तिनीहरू त्यसबाट फाइदा उठाउनेगरि सुन्दैनन् । उहाँले तिनीहरूको आँखामा माथि पर्दा हाल्नुभयो, जसले गर्दा तिनीहरूलाई सत्य देखा पर्दैन । अल्लाहले नै तिनीहरूलाई पथभ्रष्ट गरेपछि कसले तिनीहरूलाई सत्य अपनाउने अवसर दिन सक्छ त ? के तिमीहरू इच्छाको अनुसरणका हानिलाई र शरीअतको अनुसरणको फाइदालाई मनन गर्दैनौ ?!
२४. पुनर्जन्मको इन्कार गर्ने काफिरहरूले भने– हामीहरूको जीवन मात्र सांसारिक जीवन हो । यसपछि कुनै जीवन हुने छैन । एउटा पीढी मरेपछि फेरि जीवित हुँदैन । बरु अर्को पीढी आउनेछ । रात र दिनको आवत जावतले हामीहरूलाई मार्छ । तिनीहरू कुनै ज्ञानको आधारमा पुनर्जन्मको इन्कार गरिरहेका छैनन्, बरु अनुमानको भरमा मात्र कुरा गर्दैछन् र अनुमानले सत्यको बारेमा कुनै फाइदा पुर्याउन सक्दैन ।
२५. पुनर्जन्मको इन्कार गर्ने बहुदेववादीहरूसमक्ष जब हाम्रा स्पष्ट श्लोकहरूको पाठ गरिन्छ तब तिनीहरूसमक्ष कुनै प्रमाण हुँदैन । तिनीहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र सहाबा (रजियल्लाहु अन्हुम) लाई मात्र यही भन्छन्– यदि तिमीहरू पुनर्जन्म हुनेछ भन्ने दावीमा सच्चा छौ भने हाम्रा मरेका पूर्वजहरूलाई जीवित पार । 
२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्– अल्लाह नै तिमीहरूलाई सृष्टि गरेर जीवन दिनुहुन्छ, उहाँ नै मृत्यु दिनुहुन्छ र उहाँले नै महाप्रलयको दिन फेरि जीवित पारेर हिसाब र बदलाको लागि जम्मा गर्नुहुनेछ । त्यस दिनको आगमनमा कुनै शङ्का छैन । तर अधिकांश मानिसहरू यस कुरालाई जान्दैनन् त्यसैले सत्कर्म गरेर त्यसको लागि तयारी गर्दैनन् ।  
२७. आकाशहरू र पृथ्वीमा मात्र अल्लाहको सत्ता­शासन चल्दैछ । यी दुवैमा उहाँ मात्र भक्ति­योग्य हुनुहुन्छ । जुन दिन महाप्रलय कायम हुन्छ त्यस दिन अल्लाहले सबै मृतहरूलाई हिसाब र बदलाको लागि जीवित पार्नुहुनेछ । अल्लाहबाहेकका भक्ति गर्नेहरू, सत्यलाई असत्य ठहर गर्ने र असत्यलाई ठहर गर्नेहरू सत्यवादीहरू घाटा खानेछन् ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले त्यस दिन हरेक समुदायलाई घुँडा टेकेर बसेर आफ्नो परीणामको प्रतीक्षा गरिरहेको पाउनुहुनेछ । प्रत्येक समुदायलाई उसको कर्म­पत्र लिनको लागि बोलाइनेछ । जसलाई कर्मको लेखा जोखा राख्ने फरिश्ताहरूले तयार पारेका हुनेछन् । हे मानव ! आज तिमीहरूलाई तिमीहरूले लोकमा गरेको राम्रो तथा नराम्रो कर्मको बदला दिइनेछ ।
२९. यो हामीले प्रदान गरेको कर्म­पत्र हो– हाम्रा फरिश्ताहरू तिमीहरूका कर्महरू लेख्ने गर्थे – यसले सत्यको गवाही दिन्छ । यसलाई पढ । हामी फरिश्ताहरूलाई संसारमा तिमीहरूका कर्महरू लेख्ने आदेश दिने गर्थ्यौं ।
३०. सत्कर्मी मोमिनहरूलाई अल्लाहले आफ्नो कृपाले स्वर्गमा प्रवेश गराउनुहुनेछ । अल्लाहले दिनुभएको बदला स्पष्ट सफलता हो, जो जस्तो अरू कुनै सफलता हुन सक्दैन ।
३१. अल्लाहको इन्कार गर्नेहरूलाई निन्दा गदै भनिनेछ– के तिमीहरूसमक्ष हाम्रा श्लोकहरूको पाठ गरिदैन थियो, अनि तिमीहरूले ईमान ल्याउनबाट घमण्ड गर्यो । तिमीहरू अप।धि थियौ । कुफ्र र पापको खेती गर्थ्यो ।
३२. जब तिमीहरूलाई भनिन्छ– तिमीहरूलाई पुनर्जन्म गरेर बदला दिने अल्लाहको वाचा सत्य हो, यसमा कुनै सन्देह छैन, महाप्रलय सत्य हो यसमा कुनै सन्देह छैन, यसको लागि तयारी गर तब तिमीहरू भन्छौ– महाप्रलय भनेको के हो हामीहरूलाई थाहा छैन, हाम्रो विचारमा यसको आगमन हुँदैन, हामी यसमा विश्वास गर्दैनौं ।
३३. अनि उनीहरूले संसारमा गरेका कुफ्र र अवज्ञाका कारणले उनीहरूसमक्ष नराम्रो परिणाम जाहेर हुन गयो । उनीहरूमाथि त्यो यातना अवतरित भयो जसको विषयमा उनीहरूलाई डर देखाउँदा उनीहरू ठट्टा गर्ने गर्थे ।
३४. अल्लाहले उनीहरूलाई भन्नुभयोः आज हामी तिमीहरूलाई नर्कमा त्यसरी नै छोड्नेछौं जसरी तिमीहरूले आजको दिनको भेटलाई बिर्सेका थियौ । तिमीहरूले यसदिनको तयारीको लागि आस्था राखी राम्रो कर्म गरेनौ । तिमीहरूको बासस्थान नर्क हो र तिमीहरूलाई अल्लाहको यातनाबाट जोगाउनको लागि कोही सहयोगी छैन ।
३५. तिमीहरूले अल्लाहका आयतहरूलाई ठट्टाको साधन बनाएको कारणले र सांसारीक जीवनको मोजमस्ती र इच्छाहरूले तिमीहरूलाई धोकामा राखेको कारणले तिमीहरूले यो यातना भोग्यौ । आज अल्लाहका आयतहरूलाई ठट्टाको साधन बनाउने यी काफिरहरू नर्कबाट निस्कने छैनन् । उनीहरू त्यसमा सदाका लागि रहनेछन् । उनीहरू सत्कर्म गर्नको लागि संसारको जीवनमा फर्कने छैनन् र उनीहरूको पालनकर्ता उनीहरूबाट प्रसन्न हुनुहुनेछैन ।
३६. सम्पूर्ण प्रशंसा केवल अल्लाहको लागि मात्र रहेका छन् । उहाँ आकाशहरू र पृथ्वीका मालिक हुनुहुन्छ र सम्पूर्ण सृष्टिहरूका पालनकर्ता हुनुहुन्छ ।
३७. आकाशहरू र पृथ्वीमा सबै प्रकारका महानता र महिमा उहाँकै लागि रहेको छ । उहाँ शक्तिशाली हुनुहुन्छ जसलाई कसैले पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टिमा, भाग्य लेख्नमा, व्यवस्थापनमा र कानुनमा तत्वदर्शी हुनुहुन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...