शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।२. यो कुरआन अल्लाहले अवतरण गर्नुभयो जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सर्वज्ञ हुनुहुन्छ, उहाँ आफ्ना भक्तहरूका हीत र आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का हीतलाई जान्नुहुन्छ । ३. अल्लाह पापीहरूका पापहरूलाई माफ गर्नेवाला, तौबा गर्नेहरूका तौबा स्वीकारकर्ता, तौबा नगर्नेहरूलाई सजाय दिनेवाला र परोपकारीहुनुहुन्छ । उहाँबाहेक कोही वास्तविक पूज्य छैन । महाप्रलयको दिन सबै भक्तहरूले फर्केर मात्र उहाँतर्फ नै जानुपर्छ । अनि अल्लाहले तिनीहरूलाई उचित बदला दिनुहुनेछ । ४. काफिरहरू नै अल्लाहका श्लोकहरूबारे वादविवाद गर्छन् । काफिरहरू यस्ता श्लोकहरूबारे वादविवाद गर्छन् जसले यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह मात्र भक्ति योग्य हुनुहुन्छ र रसूलहरू सत्य हुन् । तपाईं तिनीहरूबारे चिन्ता नलिनुहोस् । तिनीहरूका धन सम्पत्तिले तपाईंलाई धोकामा नपारुन् । तिनीहरूलाई समात्नको लागि छुट दिइँदैछ । ५. यिनीहरूअघि नूह (अलैहिस्सलाम) को समुदाय, त्यसपछि आद, समूद, लूत (अलैहिस्सलाम) को समुदाय, मदयन बासीहरू र फिरऔनले पनि झूठा ठहर गरे । सबै समुदायहरूले आफ्ना रसूललाई समात्ने र हत्या गर्ने प्रयास गरे । सत्यलाई समाप्त पार्नको लागि तिनीहरूले असत्यबाट झगडा गरे । अनि मैले ती सबै समुदायहरूलाई समातें । अनि विचार गर्नुहोस्, मैले तिनीहरूलाई कस्तो सजाय दिएं । अति कडा सजाय दिइयो । ६. जसरी अल्लाहले यी झूठा ठहर गर्ने समुदायहरूलाई सर्वनाश गर्ने आदेश दिनुभयो, त्यसरी नै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको यो निर्णय लागु भयो– निस्सन्देह काफिरहरू नर्कबासी हुन् । ७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताका सिंहासन उठाएर राखेका र त्यसको वरिपरि रहेका फरिश्ताहरू अल्लाहका पवित्रताको गुणगान गर्दैछन्, उहाँमाथि आस्था राख्छन्, मोमिनहरूका लागि क्षमाको प्रार्थना गर्छन्– हे हाम्रा पालनकर्ता ! तपाईंको ज्ञान र कृपा हरेक वस्तुमाथि छाएको छ, आफ्ना पापहरूबाट तौबा गर्ने र तपाईंको धर्मको पालना गर्नेहरूलाई माफ गर्नुहोस् र उनीहरूलाई नर्कको आगोबाट सुरक्षित राख्नुहोस् ।८. फरिश्ताहरू भन्छन्– हे हाम्रा पालनकर्ता ! आफ्नो वाचा अनुसार मोमिनहरूलाई सधैं रहने स्वर्गमा प्रवेश गराउनुहोस् । उनीहरूसँग उनीहरूका सत्कर्मी पुर्खा, श्रीमति, सन्तानहरूलाई पनि स्वर्गमा प्रवेश गराउनुहोस् । तपाईं प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि तपाईंमाथि विजयी हुन सक्दैन । तपाईं भाग्य निर्धारण र कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ ।९. उनीहरूलाई उनीहरूका दुष्कर्मका दुष्परिणामबाट जोगाउनुहोस्, त्यसको सजाय नदिनुहोस् । महाप्रलयको दिन तपाईंले जसलाई उनीहरूका दुष्कर्महरूका दुष्परिणामबाट जोगाउनुहुन्छ उनीहरूमाथि कृपा गर्नुहुन्छ । यही महान सफलता हो, यो जस्तो अरू कुनै सफलता हुन सक्दैन ।१०. काफिरहरू महाप्रलयको दिन आफ्नै निन्दा गर्नेछन्, तिनीहरूलाई नर्कमा पसिरहेको बेला पुकारेर भनिनेछ– तिमीहरूमाथि अल्लाहको रोष बढी छ त्यस रोषभन्दा जो आफूमाथि गर्ने गर्थ्यौ । तिमीहरूलाई ईमानतर्फ बोलाइँदा कुफ्र गर्थ्यो र अल्लाहको साथमा अरूलाई साझेदार बनाउने गर्थ्यो ।११. काफिरहरू आफ्नो पापलाई स्वीकार गर्नेछन् जबकि स्वीकार र तौबाले कुनै फाइदा दिने छैन । तिनीहरूले भन्नेछन्– तपाईंले हामीलाई दुई पटक मृत्यु दिनुभयो । एउटा जब हामी अस्तित्वमा आएका थिएनौं, दोस्रो हामीहरूलाई अस्तित्वमा ल्याएपछि मृत्यु दिनुभयो । तपाईंले हामीलाई दुई पटक जीवन दिनुभयो । एउटा हामीलाई अस्तित्वमा ल्याएर र दोस्रो मृत्युपछि पुनर्जन्म । हामीले आफ्ना पापहरू स्वीकार गर्यौं । के यस यातनाबाट निस्केर संसारमा फर्केर जाने कुनै उपाय छ, ताकि हामी तपाईंलाई प्रसन्न पार्न आफ्ना कर्मलाई ठीक पारौं ?!१२. यो यातना तिमीहरूलाई यस कारणले दिइंदैछ कि जब तिमीहरूलाई मात्र एक अल्लाहको भक्ति र शिर्क त्याग्ने आह्वान गरिन्थ्यो तब तिमीहरू इन्कार गर्थ्यो र शिर्क गर्थ्यो । अल्लाहसँग साझेदार ठहर गरिंदा तिमीहरू सन्तुष्ट हुने गर्थ्यो । मात्र अल्लाहको आदेश चल्छ, उहाँ आफ्नो अस्तित्व र प्रभुत्वमा उच्चतम हुनुहुन्छ, उहाँ महान्तम हुनुहुन्छ, सबै वस्तुहरू उहाँभन्दा नीच छन् ।१३. अल्लाहले नै तिमीहरूलाई जगतमा र तिमीहरूभित्र आफ्ना निशानीहरू देखाउनुहुन्छ, जो यस कुराको प्रमाण हो कि उहाँ शक्तिशाली र एक मात्र हुनुहुन्छ । उहाँ आकाशबाट वर्षाको पानी बर्साउनुहुन्छ ताकि यो तिमीहरूको जीविका बाली नाली इत्यादि उम्रने माध्यम बनोस् । निष्कप्ट भएर अल्लाहतर्फ फर्कने व्यक्ति मात्र अल्लाहका निशानीहरूबाट उपदेश ग्रहण गर्छ ।१४. हे मोमिनहरू हो ! आज्ञापालन र प्रार्थनालाई अल्लाहको लागि निष्कपट पारेर प्रार्थना गर । अल्लाहसँग कसैलाई साझेदार ठहर नगर, यद्यपि काफिरहरूले मन नपराउन् ।१५. प्रार्थना र आज्ञापालनको योग्य मात्र अल्लाह हुनुहुन्छ । उहाँ उच्चतम दर्जामा हुनुहुन्छ । सबै सृष्टिहरूबाट पृथक र महान सिंहासनका मालिक हुनुहुन्छ । आफ्ना भक्तहरूमध्ये जसमाथि चाहनुहुन्छ वही (प्रकाशना) अवतरण गर्नुहुन्छ, ताकि उनीहरू स्वयम् पनि जीवित रहुन् र अरूलाई पनि जीवित पारुन् र महाप्रलयको दिनबाट सावधान पारुन् जहाँ अघिल्ला र पछिल्ला सबैको भेट हुनेछ ।१६. महाप्रलयको दिन तिनीहरू एउटा उच्च स्थानमा जम्मा हुनेछन् र स्पष्ट देखिनेछन् । तिनीहरूका शरीर, कर्म र बदला केही पनि अल्लाहबाट लुकेको हुने छैन । अल्लाहले सोध्नुहुनेछ– सत्ता शासन कसको लागि हो ?! एक मात्र जवाफ हुनेछ– मात्र अल्लाहको लागि, जो आफ्नो अस्तित्व, गुण र कर्ममा एक मात्र हुनुहुन्छ । उहाँ प्रभुत्वशाली र सबै वस्तुमाथि हावी हुनुहुन्छ र सबै वस्तुहरू उहाँको अधिनमा छ । १७. त्यस दिन प्रत्येक व्यक्तिलाई उसको कर्मको बदला दिइनेछ, राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो बदला, कसैमाथि अत्याचार हुने छैन । किनभने अल्लाहले निसाफका साथ निर्णय गर्नुहुनेछ । अल्लाह भक्तहरूको बारेमा पूर्ण ज्ञान राखेकोले तुरुन्तै निर्णय गर्नुहुनेछ ।१८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई महाप्रलयबाट सावधान गराउनुहोस्, महाप्रलय अति नजिक छ जो अवश्य आउनेछ । किनभने सबै आउने कार्य नजिक हुन्छ । त्यस दिन अति त्रासले गर्दा हृदय कण्ठसम्म पुग्नेछ । त्यस दिन सबै चुप्पी साधेका हुनेछन्, करुणामय अल्लाहले जसलाई अनुनति दिनुहुनेछ उसले मात्र कुरा गर्नेछ । शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूका लागि कुनै मित्र, निकटतम र सिफारिशकर्ता हुने छैन ।१९. आँखाले गर्ने छल र हृदयहरूले लुकाएको कुराहरू अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । २०. अल्लाहले निसाफका साथ निर्णय गर्नुहुनेछ । कसैका पुण्यमा कमि गरेर र पापमा थपेर उसमाथि अत्याचार गरिने छैन । बहुदेववादीहरूका भगवानहरूले कुनै निर्णय गर्ने शक्ति राख्ने छैनन् । अल्लाह भक्तहरूका कुराहरू सुन्नुहुनेछ, उनीहरूका नीयत र कर्महरूलाई देख्नुहुन्छ । अल्लाहले उनीहरूलाई चाँडै नै बदला दिनुहुनेछ ।२१. के बहुदेववादीहरूले धर्तीमा घुम फिर गरेनन् र विगतका झूठा ठहर गरेका समुदायहरूका परिणाममा चिन्तन मनन गरेनन् ?! तिनीहरूको परिणाम अति नराम्रो भयो । ती समुदायहरू यिनीहरूभन्दा शक्तिशाली थिए र यिनीहरूभन्दा बढी भवनहरू बनाउने गर्थे । अल्लाहले तिनीहरूलाई तिनीहरूको पापको कारणले सर्वनाश पार्नुभयो । अल्लाहको प्रकोपबाट तिनीहरूलाई कसैले जोगाउन सकेन ।२२. तिनीहरूमाथि यस कारणले प्रकोप आयो कि तिनीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणहरू लिएर आए तर तिनीहरूले अल्लाहको इन्कार गरे र उहाँका रसूलहरूलाई झूठा ठहर गरे । तिनीहरू शक्तिशाली भए पनि अल्लाहले तिनीहरूलाई समात्नुभयो र सर्वनाश पार्नु भयो । अल्लाह शक्तिशाली हुनुहुन्छ र काफिरहरूलाई कडा सजाय दिनुहुनेछ ।जब मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो समुदायको तर्फबाट विरोधको समना भयो तब अल्लाहले मूसा (अलैहिस्सलाम) र फिरऔनको सत्य कथा सुनाउनुभयो । यसको उद्देश्य उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई यो शुभसूचना दिनु हो कि अल्लाहको सहयोग प्राप्त हुनेछ । अल्लाहले भन्नुभयोः २३. हामीले मूसा (अलेहिस्सलाम) लाई स्पष्ट निशानीहरू दिएर पठायौं । २४. उनलाई हामीले फिरऔन, उसको मन्त्री हामान र कारूनतर्फ पठायौं । तिनीहरूले भने– मूसा (अलैहिस्सलाम) जादूगर हो र आफू रसूल हुने दावीमा झूठा हो ।२५. जब मूसा (अलैहिस्सलाम) तिनीहरूसमक्ष चमत्कार लिएर आए तब फिरऔनले भन्यो– उसमाथि ईमान ल्याउने पुरुषहरूलाई हत्या गर र तिनीहरूलाई अपमानित गर्नको लागि महिलाहरूलाई जीवित छोड । तर मोमिनहरूको संख्या कम गर्नको लागि काफिरहरूले गरेको षडयन्त्र विफल भयो । २६. फिरऔनले भन्यो – मलाई मूसा (अलैहिस्सलाम) लाई हत्या गर्न देऊ, उसले बचावको लागि आफ्नो पालनकर्तालाई पुकारेर हेरोस्, मलाई यसको कुनै पर्वाह छैन । उसले तिमीहरूको धर्मलाई परिवर्तन गर्नेछ र हत्या हिंसा गरेर आतङ्कवाद फैलाउनेछ भन्ने मलाई आशङका छ । २७. मूसा (अलैहिस्सलाम) ले उसको धमकी सुनेर भने– म प्रत्येक घमण्डीबाट अल्लाहको शरण चाहन्छु । यस्तो घमण्डीबाट जो सत्य धर्म र महाप्रलयको दिन र त्यस दिन हुने हिसाब र बदलामाथि ईमान राख्दैन ।२८. आफ्नो ईमान लुकाएको एकजना मोमिनले फिरऔनको योजनाप्रति विरोध प्रकट गर्दै भने– के तिमीले एक जना व्यक्तिलाई मात्र यस कारणले हत्या गर्नेछौ कि उनले मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ भन्दछन् । जब कि उनी अल्लाहको तर्फबाट पठाइएको रसूल हुने दावी गर्दछन् र आफ्नो दावीलाई सत्य सिद्ध गर्ने प्रमाणहरू पनि लिएर आएका छन् । यदि उनी झूठा हुन् भने उनको झूठको हानि उनैलाई पुग्नेछ । यदि उनी सत्य हुन् भने उनले सावधान गरेको प्रकोप तत्कालै तिमीमाथि आउनेछ । अल्लाह यस्तो व्यक्तिलाई सत्य अपनाउने अवसर दिनुहुन्न जो सीमा उल्लङ्घन् गर्छ र अल्लाह तथा उहाँका रसूलहरूविरुद्ध झूठो कुरा रच्छ । २९. हे मेरा समुदाय ! आज तिमीहरू इजिप्टमा सत्तामा छौ । यदि मूसा (अलैहिस्सलाम) को हत्याको कारणले अल्लाहको प्रकोप आउँछ भने त्यस अवस्थामा कसले हाम्रो सहयोग गर्न सक्छ ?! फिरऔनले भन्यो– यहाँ मेरो आदेश चल्छ, म आतङ्कवाद समाप्त पार्नको लागि मूसा (अलैहिस्सलाम) लाई हत्या गर्ने निर्णय गरिसकेको छु । म तिमीहरूलाई ठीक काम गर्ने निर्देशन दिँदैछु ।३०. मोमिन व्यक्तिले आफ्नो समुदायलाई उपदेश दिँदै भने– यदि तिमी अत्याचार गर्दै मूसा (अलैहिस्सलाम) को हत्या गर्छौ भने मलाई के आशङ्का छ भने तिमीमाथि त्यस्तै प्रकोप आउनेछ जस्तो विगतमा रसूलहरूका विरोधी समूहहरूमाथि आएको थियो र अल्लाहले तिनीहरूलाई सर्वनाश गर्नु भएको थियो ।३१. नूह (अलैहिस्सलाम) को समुदाय, आद, समूद र तिनीहरूपछि आएका समुदायहरूले पनि झूठा ठहर गरे अनि अल्लाहले तिनीहरू सबैलाई तिनीहरूको कुफ्रको कारणले सर्वनाश पार्नुभयो । अल्लाह भक्तहरूमाथि अत्यचार गर्न चाहनुहुन्न तर तिनीहरूले गरेको कुफ्रको पूरा पूरा बदला दिनुहुनेछ ।३२. हे मेरा समुदाय ! म तिमीहरूको बारेमा महाप्रलयसित डराउँछु, त्यस दिन मानिसहरू एक अर्कालाई नातेदारी र पदले गर्दा यो आशा लिएर पुकार्नेछन् कि यसो गर्दा यस्तो कडा समयमा तिनीहरूलाई केही फाइदा हुनेछ ।३३. तिनीहरू त्यस दिन नर्कको डरले भाग्नेछन् तर अल्लाहको यातनाबाट जोगाउने कोही पनि हुने छैन । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ र ईमान ल्याउने अवसर दिनुहुन्न उसलाई कोही पनि मार्गदर्शन दिन सक्दैन । किनभने मार्गदर्शन दिनु अल्लाहको हातमा छ ।३४. मूसा (अलैहिस्सलाम) अघि यूसुफ (अलैहिस्सलाम) तिमीहरूसमक्ष यस कुराको स्पष्ट निशानीहरू लिएर आएका थिए कि अल्लाह मात्र भक्तियोग्य हुनुहुन्छ । तर तिमीहरू निरन्तर शङ्कामा रहयौ । जब उनको निधन भयो तब तिमीहरूको शङ्का झन बढ्यो । तिमीहरूले भनेका थियौ– यूसुफ (अलैहिस्सलाम) पछि कुनै रसूल आउने छैन । सीमा उल्लङ्घनकारी र एकेश्वरवादमा शङ्का गर्नेहरूलाई अल्लाहले तिमीहरू जस्तै मार्गदर्शन गर्नुहुन्न ।३५. अल्लाहका श्लोकहरूलाई असत्य ठहर गर्नको लागि बिना प्रमाण वाद विवाद गर्नेहरूलाई अल्लाह र मोमिनहरू मन पराउँदैनन् । जसरी अल्लाहले यस्ता वाद विवाद गर्नेहरूका हृदयहरूमाथि मोहर लगाउनुभयो त्यसरी नै प्रत्येक घमण्डीको हृदयमाथि मोहर लगाउनुहुनेछ । घमण्डीले सत्य र भलाइको मार्ग पाउने छैन ।३६. फिरऔनले आफ्नो मन्त्री हामानलाई भन्यो– मेरो लागि उच्च भवन बनाऊ, ताकि म बाटो पाउन सकुँ ।३७. आशा छ म आकाशहरूको मार्ग पाएर मूसा (अलैहिस्सलाम) को ईश्वरसम्म पुग्न सकुँ, जसलाई ऊ वस्तविक ईश्वर ठान्दछ । मेरो विचारमा मूसा (अलैहिस्सलाम) आफ्नो दावीमा झूठो छ । यसरी उसले हामानसित जे माग गर्यो त्यस नराम्रो कर्मलाई सुन्दर बनाइयो, यसरी उसलाई सत्मार्गबाट पथभ्रष्टतातर्फ फेरियो । फिरऔनले असत्यलाई विजयी पार्न र मूसा (अलैहिस्सलाम) ले ल्याएको सत्यलाई असत्य ठहर गर्नको लागि गरेको चलखेल विफल भयो । अन्ततः ऊ आफ्नो प्रयासमा विफल भयो र सधैंको लागि अभागी भयो । ३८. फिरऔनको परिवारबाट ईमान ल्याउने व्यक्तिले उपदेश दिँदै भने– हे मेरा समुदाय ! तिमीहरू मेरो अनुसरण गर, म तिमीहरूलाई सीधा मार्ग देखाउनेछु ।३९. हे मेरा समुदाय ! यो सांसारिक जीवन क्षणिक मोज मस्ती मात्र हो । यहाँको क्षणिक सामग्रीबाट धोका नखाऊ । निस्सन्देह परलोकको घर र त्यसमा रहेका सधैं रहने वरदान नै सधैं रहने स्थान हो । अल्लाहको आज्ञापालन गरेर त्यसको लागि कार्य गर । परलोकलाई छोडेर मात्र लोकको लागि कार्य नगर ।४०. दुष्कर्मीले उसले गरेको दुष्कर्मको सजाय मात्र पाउनेछ, त्यसभन्दा बढी सजाय पाउने छैन । जब कि मात्र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि पुण्य कर्म गरेका मोमिन पुरुष र महिलाहरूले महाप्रलयको दिन स्वर्ग पाउनेछन् । अल्लाहले उनीहरूलाई अनगन्ती फलहरू र सधैं रहने वरदानहरू प्रदान गर्नुहुनेछ । ४१. हे मेरा समुदाय ! आखिर किन यस्तो हुँदैछ कि म त तिमीहरूलाई ईमान ल्याएर लोक र परलोकको मोक्षतर्फ आह्वान गर्दैछु तर तिमीहरू मलाई कुफ्र र अवज्ञातर्फ आह्वान गरेर नर्कतर्फ बोलाउँदैछौ ?! ४२. तिमीहरू मलाई आफ्नो असत्यतर्फ बोलाउँदैछौ कि म अल्लाहको इन्कार गरुँ र उहाँसँग अन्य अज्ञात भगवानहरूको पूजा गरुँ, जब कि म तिमीहरूलाई एक अल्लाहको भक्तितर्फ बोलाउँदैछु, जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ आफ्ना भक्तहरूलाई धेरै माफ गर्नुहुन्छ । ४३. तिमीहरू जसमाथि ईमान ल्याउन र जसको आज्ञापालन गर्न आह्वान गर्दैछौ, तिनीहरू न त लोकमा पुकारिने हकदार छन् न परलोकमा । तिनीहरू पुकारको जवाफ पनि दिँदैनन् । हामीहरू सबैले फर्केर मात्र एक अल्लाहतर्फ नै जानुछ । कुफ्र र अवज्ञामा लिप्त हुनेहरू नर्कबासी हुन्, जसमा तिनीहरू अनिवार्यरूपमा जानेछन् ।४४. उनको समुदायले उनको उपदेशलाई मान्न इन्कार गर्दा उनले थप भने– मैले गरेको उपदेश तिमीहरूले चाँडै नै याद गर्नेछौ र यसलाई अस्वीकार गरेकोमा पछुताउनेछौ । म आफ्नो मामिला मात्र एक अल्लाहलाई हस्तान्त्रण गर्छु । अल्लाहबाट भक्तहरूका कर्महरू लुकेका छैनन् ।४५. उनको समुदायले उनलाई हत्या गर्न खोज्दा अल्लाहले उनलाई जोगाउनुभयो । अल्लाहले फिरऔन र उसका सैनिकहरूलाई समुद्रमा डुबाएर लोकमा यातना दिनुभयो ।४६. मृत्युपछि तिनीहरूको चिहानमा दिनको पहिलो र अन्तिम भागमा तिनीहरूलाई आगोसमक्ष पेश गरिनेछ । महाप्रलयको दिन भनिनेछ– फिरऔनका अनुयायीहरूलाई तिनीहरूको कुफ्र र सीधा मार्गबाट रोक्नको कारणले कडा यातनामा हाल । ४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब नर्कबासीहरूमध्ये अनुयायीहरू र अगुवाहरू परस्पर वाद विवाद गर्नेछन् । कमजोर पारिएका अनुयायीहरूले घमण्डी अगुवाहरूलाई भन्नेछन्– हामीहरू लोकमा तिमीहरूका अनुयायी थियौं, के यहाँ तिमीहरूले हाम्रो अंशको यातना सहन गरेर हामीलाई त्यसबाट बचाउन सक्छौ ?! ४८. घमण्डी अगुवाहरूले भन्नेछन्– हामी सबै यहाँ नर्कमा एकसमान छौं, यहाँ कसैले एक अर्काको यातनाको अंश सहन गर्न सक्दैन । अल्लाहले भक्तहरूबीच निर्णय गरिसक्नु भएको छ र जो जति यातनाको हकदार थियो त्यो दिसक्नुभएको छ ।४९. अनुयायी र अगुवा दुवै नर्कबाट निस्केर सांसारिक जीवनमा आउनबाट निराश भएपछि नर्कको व्यवस्थापनमा रहेका फरिश्ताहरूलाई भन्नेछन्– आफ्नो पालनकर्तालाई एक दिनको लागि भए पनि यस सधैंको यातनालाई कम गर्न भन्नुहोस् ।५०. नर्कका रेख देख गर्ने फरिश्ताहरूले काफिरहरूलाई जवाफ दिनेछन्– के तिमीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणका साथ आएका थिएनन् ?! तिनीहरूले भन्नेछन्– उनीहरू स्पष्ट प्रमाणका साथ अवश्य आएका थिए । फरिश्ताहरूले भन्नेछन्– तिमीहरू आफैं अल्लाहलाई पुकार, हामीहरू काफिरहरूको लागि सिफारिश गर्दैनौं । काफिरहरूको पुकार खेर जानेछ, कुफ्रको कारणले स्वीकार गरिने छैन ।फिरऔन र उसका अनुयायीहरू, लोक र परलोकमा तिनीहरूको परिणामको वर्णन गरेपछि रसूलहरू र मोमिनहरू र उनीहरूलाई लोक र परलोकमा मिल्ने वरदानहरूको वर्णन गर्दै अल्लाहले भन्नुभयो–५१. हामीले अवश्य नै रसूलहरू र मोमिनहरूको मद्दत लोकमा उनीहरूलाई विजय प्रदान गरेर गर्नेछौं, परलोकमा उनीहरूलाई स्वर्गमा प्रवेश गराएर गर्नेछौं र शत्रुहरूलाई नर्कमा हालेर गर्नेछौं । सन्देष्टाहरू, फरिश्ताहरू र मोमिनहरूले तिनीहरूसमक्ष अल्लाहको सन्देश पुर्याएर तिनीहरूविरुद्ध गवाही दिएपछि यसो गर्नेछौं ।५२. त्यस दिन कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूलाई तिनीहरूको बहानाले कुनै फाइदा पुर्याउने छैन । तिनीहरूलाई अल्लाहको कृपाबाट टाढा राखिनेछ । तिनीहरूले पीडादायी यातना पाइएकोले परलोकमा नराम्रो बासस्थान पाउनेछन् ।५३. हामीले मूसा (अलैहिस्सलाम) लाई त्यो ज्ञान प्रदान गर्यौं जसबाट बनी इस्राईल सत्य मार्ग पाउने गर्थे । हामीले तौरातलाई बनी इस्राईलका एक पीढी देखि अर्को पीढीसम्म पुग्ने किताब बनायौं ।५४. हामीले यस किताबलाई सीधा मार्ग देखाउने र सदबुद्धि राख्नेहरूका लागि उपदेश बनायौं ।५५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले तपाईंलाई जसरी झूठो ठहर गर्दैछन् र कष्ट पुर्याउँदैछन् त्यसमा धैर्य गर्नुहोस् । तपाईंको मद्दत गर्ने अल्लाहको वाचा सत्य हो, यसमा कुनै सन्देह छैन । दिनको पहिलो र अन्तिम भागमा आफ्नो पापको माफि माग्नुहोस् र अल्लाहको पवित्रताको गुणगान गर्नुहोस् । ५६. जुन मानिसहरू घमण्डले गर्दा अल्लाहका श्लोकहरूलाई असत्य ठहर गर्नको लागि बिनाप्रमाण वाद विवाद गर्छन् तिनीहरू आफू ठूलो बन्ने उद्देश्य प्राप्त गर्न सक्दैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहलाई दृढतापूर्वक समाति राख्नुहोस् । निस्सन्देह उहाँ आफ्ना भक्तहरूका कुरा सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई देख्नुहुन्छ, उहाँबाट केही पनि छुट्दैन । चाँडै नै उहाँले यसको बदला दिनुहुनेछ ।५७. निस्सन्देह विशाल आकाशहरू र पृथ्वीको सृष्टि मानवको सृष्टिभन्दा कठिन कार्य हो । जुन अल्लाह यी विशाल आकाशहरू र पृथ्वी सृष्टि गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मानवलाई मृत्युपछि चिहानबाट पुनः जीवित पार्ने सामर्थ्य पनि राख्नुहुन्छ, ताकि तिनीहरूको हिसाब लिएर बदला देउन् । तर अधिकांश मानिसहरू जान्दैनन् र पाठ लिँदैनन् । आकाश र पृथ्वीको सृष्टि पुनर्जन्मलाई प्रमाणित गर्छ, तर तिनीहरू यस प्रमाणलाई मान्दैनन् । ५८. अन्धो र देख्ने व्यक्ति एक समान हुन सक्दैनन् । सत्कर्मी मोमिनहरू र पापी काफिरहरू एकसमान हुन सक्दैनन् । तिमीहरूमध्ये कमै मानिसहरू उपदेश ग्रहण गर्छन् । तिमीहरूले पाठ लिएको भए दुवै समूहबीच फरक देख्ने थियौ र अल्लाहको प्रसन्नता प्राप्त गर्न सत्कर्मी मोमिनहरूमा सामेल हुने प्रयास गर्ने थियौ । ५९. निस्सन्देह महाप्रलयको दिन अवश्य आउनेछ जसमा अल्लाहले मृतहरूलाई हिसाब र बदलाको लागि जीवित पार्नुहुनेछ । यसको आगमनमा कुनै शङ्का छैन, तर अधिकांश मानिसहरू त्यसको आगमनमा ईमान राख्दैनन् र त्यसको लागि तयारी गर्दैनन् ।६०. अल्लाह भन्नुहुन्छ– हे मानव ! मात्र मेरो भक्ति गर र मसँग माग, म तिमीहरूको प्रार्थना स्वीकार गर्नेछु, तिमीहरूलाई माफ गर्नेछु र तिमीहरूमाथि कृपा गर्नेछु । जसले पनि मेरो भक्ति गर्ने मामिलामा घमण्ड गर्नेछन् महाप्रलयको दिन अपमानित भएर नर्कमा पस्नेछन् । ६१. अल्लाहले नै रातिलाई अन्धकार बनाउनुभयो ताकि तिमीहरू त्यसमा आराम गर र दिनलाई प्रकाशमय बनाउनुभयो ताकि त्यसमा कार्य गर । अल्लाह मानिसहरूमाथि अति कृपावान हुनुहुन्छ त्यसैले उनीहरूलाई वाह्य र गोप्य दुवै किसिमका वरदानहरू प्रदान गर्नुभयो तर अधिकांश मानिसहरू उहाँप्रति आभार प्रकट गर्दैनन् ।६२. तिमीहरूलाई धेरै वरदान प्रदान गर्ने अल्लाह प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही सृष्टिकर्ता होइन । उहाँ नै वास्तविक पूज्य हुनुहुन्छ । अनि तिमीहरू किन उहाँको भक्ति नगरेर अरूको भक्ति गर्छौ जो न त लाभ पुर्याउन सक्छ न हानि नै ।६३. जसरी यिनीहरू एक अल्लाहमाथि ईमान र उहाँको भक्तिबाट फेरिए त्यसरी नै यी निशानीहरूलाई झूठा ठहर गर्नेहरू पनि हरेक युग र स्थानमा एक अल्लाहमाथि ईमानबाट वञ्चित रहन्छन् र सत्य मार्ग पाउँदैनन् ।६४. हे मानव ! अल्लाहले नै तिमीहरूको बसोबासको लागि पृथ्वी बनाउनुभयो र तिमीहरूमाथि ठोस नखस्ने गरी आकाश बनाउनुभयो । उहाँले नै आमाको गर्भमा तिमीहरूको सुन्दर रूपरेखा बनाउनुभयो । उहाँले नै तिमीहरूलाई हलाल र पवित्र जीविका प्रदान गर्नुभयो । यी वरदानहरू प्रदान गर्ने अल्लाह नै तिमीहरूको वास्तविक पालनकर्ता हुनुहुन्छ । सबै सृष्टिहरूका पालनकर्ता बर्कत वाला हुनुहुन्छ । उहाँबाहेक तिनीहरूका कोही पालनकर्ता छैन । ६५. अल्लाह जीवन्त हुनुहुन्छ, उहाँलाई कहिल्यै मृत्यु आउँदैन । उहाँबाहेक कोही वास्तविक पूज्य होइन । उहाँकै प्रसन्नता खोज्दै मात्र उहाँको भक्ति गर र उहाँसित माग । उहाँसँग सृष्टिहरूमध्ये कसैलाई साझेदार नबनाऊ । सबै सृष्टिहरूका पालनकर्ता अल्लाहकै लागि सबै प्रशंसाहरू हुन् । ६६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– अल्लाहले मलाई यस कुराबाट मनाहि गर्नुभएको छ कि म तिमीहरूले पूजा गर्ने मूर्तीहरूको पूजा गरुँ जो न फाइदा पुर्याउन सक्छन् न हानि नै । यसको पूजा गलत हो भन्ने प्रमाणहरू पनि मसमक्ष आइ सकेका छन् । म मात्र अल्लाहको आज्ञापालन गरुँ भन्ने आदेश मलाई मिलेको छ । किनभने उहाँ सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ, उहाँबाहेक कोही पालनकर्ता होइन । ६७. अल्लाहले नै तिमीहरूका पूर्वज आदम (अलैहिस्सलाम) लाई माटोबाट सृष्टि गर्नुभयो । फेरि तिमीहरूको सृष्टिको क्रम विर्यबाट चलाउनुभयो । उहाँ विर्यबाट रगतको डल्लो बनाउनुहुन्छ, फेरि तिमीहरूलाई आमाको गर्भबाट सानो शिशुको रूपमा निकाल्नुहुन्छ । फेरि तिमीहरूका शरिरलाई बलियो पार्नुहुन्छ अनि ठूलो बनाएर बुढेस कालमा पुर्याउनुहुन्छ । तिमीहरूमध्ये कोही त्यसअघि नै मर्छ, कोही एउटा निश्चित अवधि पूरा गरेपछि मर्छ, जसको ज्ञान मात्र अल्लाहलाई छ । त्यस निश्चित अवधिभन्दा न कम हुन्छ न बढी । आशा छ तिमीहरू यी प्रमाणहरूबाट पाठ लिएर अल्लाहको शक्ति र एक हुने कुरालाई स्वीकार गर्नेछौ ।६८. अल्लाहकै हातमा जीवन र मृत्यु छ । जब उहाँ कुनै कार्यको निर्णय गर्नुहुन्छ तब भन्नुहुन्छ– भइ हाल, अनि त्यो हुन पुग्छ ।६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले श्लोकहरूबारे वादविवाद गर्नेहरूको मामिलामा विचार गर्नुहुन्छ भने तिनीहरूको अवस्थामा आश्चर्य गर्नुहुन्छ, किनभने सत्य स्पष्ट भए पनि तिनीहरू त्यसबाट विमुख हुन्छन् ।७०. कुरआन र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सत्य सन्देशलाई झूठो ठहर गर्नेहरूले यसको परिणामलाई चाँडै नै जान्नेछन् र आफ्नो नराम्रो समाप्ति देख्नेछन् ।७१. तिनीहरूले आफ्नो परिणाम त्यतिखेर देख्नेछन् जब तिनीहरूका घाँटीमा डोरी र पाउमा जन्जीर बाँधेर तिनीहरूलाई घिसारिएर यातनातर्फ लगिनेछ ।७२. तिनीहरूलाई तातो पानीमा हालिनेछ फेरि तिनीहरूलाई नर्कमा हालिनेछ ।७३. फेरि तिनीहरूलाई निन्दा गरिँदै भनिनेछ– कहाँ छन् तिमीहरूका भगवानहरू जसलाई तिमीहरू अल्लाहको भक्तिमा साझेदार बनाएका थियौ ?! ७४. कहाँ छन् तिमीहरूले ठानेका अल्लाहबाहेकका मूर्तीहरू, जो न त फाइदा दिन सक्छन् न हानि नै पुर्याउन सक्छन् ?! काफिरहरूले जवाफ दिनेछन्– तिनीहरू हामीहरूबाट हराए । हामी तिनीहरूलाई देखिरहेका छैनौं । बरु हामीहरू संसारमा ती वस्तुहरूको भक्ति गरिरहेका थियौं जो भक्तियोग्य थिएनन् । अल्लाहले जसरी यिनीहरूलाई पथभ्रष्ट पार्नुभयो त्यसरी नै हरेक युग र हरेक स्थानमा काफिरहरूलाई पथभ्रष्ट पार्नुहुन्छ । ७५. तिनीहरूलाई भनिनेछ– यो हो त्यो यातना । तिमीहरू शिर्कमा खुशी रहने गर्थ्यो त्यसैले यो यातना भोग्दैछौ । ७६. सधैं नर्कमा बस्ने गरी त्यसमा पस । घमण्डीहरूको बास स्थान कति नराम्रो छ ।जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँको समुदायबाट कष्ट पुग्यो तब अल्लाहले धैर्य गर्ने उपदेश दिनुभयो र मद्दत गर्ने वाचा गर्दै भन्नुभयो–७७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायको तर्फबाट आएको कष्ट र झूठो ठहर गरिएकोमा धैर्य गर्नुहोस् । अल्लाहको तर्फबाट मद्दत गरिने वाचा सत्य हो, यसमा कुनै सन्देह छैन । तिनीहरूलाई दिइने यातनामध्ये हामीले केही तपाईंको जीवनमै देखाउनेछौं, जस्तो कि बद्रको दिन देखायौं वा त्यसअघि नै तपाईंलाई मृत्यु दिनेछौं । महाप्रलयको दिन तिनीहरू मात्र हामीतर्फ फर्के आउनेछन् । अनि हामीले चाँडै नै तिनीहरूलाई तिनीहरूका कर्महरूको बदला दिनेछौं र सधैंको लागि नर्कमा हाल्नेछौं । ७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंअघि धेरै सन्देष्टारूलाई उनीहरूका समुदायतर्फ पठायौं, तर तिनीहरूका समुदायहरूले उनीहरूलाई झूठा ठहर गरे र कष्ट पुर्याए । ती रसूलहरूले तिनीहरूको झूठो ठहर गरेकोमा र कष्ट पुर्याएकोमा धैर्य धारण गरे । ती सन्देष्टाहरूमध्ये कसैको सत्य कथा तपाईंलाई सुनाएकाछौं र कसैको सुनाएका छैनौं । अल्लाहको चाहनाबिना चमत्कार लिएर आउनु कुनै पनि रसूलको लागि ठीक छैन । काफिरहरूले ती रसूलहरूलाई चमत्कारहरू लिएर आउने सलाह दिए, जो अत्याचारपूर्ण सलाह थियो । विजयबारे वा रसूलहरू र उनीहरूका समुदायहरूबीच निर्णयबारे जब अल्लाहको आदेश आयो तब अल्लाहले निसाफका साथ निर्णय गर्नुभयो । काफिरहरूलाई सर्वनाश पार्नुभयो र रसूलहरूलाई जोगाउनुभयो । काफिरहरूले कुफ्र गरेर आफूलाई बर्बादीमा हालेकोले तिनीहरू नै घाटामा परे ।७९. अल्लाहले नै तिमीहरूका लागि ऊँट, गाई र भेड सृष्टि गर्नुभयो, ताकि तीमध्ये कसैमाथि सवारी गर र कसैको मासु खाऊ ।८०. तिमीहरूका लागि यी प्राणीहरूमा धेरै फाइदा छन् । यी फाइदाहरू हरेक युगमा बढदै जान्छन् । यी फाइदाहरूमध्ये यो पनि हो कि तिमीहरू आफ्नो मनोकांक्षा पूरा गर्छौ र जल र थलमा आफ्ना सरसामानको ढुवानी गर्छौ । ८१. अल्लाह तिमीहरूलाई आफ्ना निशानीहरू देखाउनुहुन्छ । यी निशानीहरू यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह सामर्थ्यवान र एक मात्र हुनुहुन्छ । अनि तिमीहरू अल्लाहका कुन कुन निशानीहरूलाई चिनि सकेपछि इन्कार गर्छौ ?! ८२. के यी झूठा ठहर गर्नेहरूले धर्तीमा घुम फिर गरेनन् र यस कुरामा विचार गरेनन् कि विगतमा झूठा ठहर गर्नेहरूको के परिणाम भयो ताकि त्यसबाट पाठ लेउन् ?! विगतका समुदायहरू यिनीहरूभन्दा बढी धनि, शक्तिशाली र धर्तीमा बढी प्रभाव छोडन् वाला थिए । तर जब अल्लाहको प्रकोप आयो तब तिनीहरूलाई यी शक्तिले कुनै फाइदा पुर्याएन । ८३. जब तिनीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणका साथ आए तब तिनीहरूले उनीहरूलाई झूठो ठहर गरे र आफ्नै बेठीक ज्ञानलाई ठीक सम्झेर खुशी रहे । अनि तिनीहरूमाथि अल्लाहको त्यो प्रकोप आयो जसको तिनीहरू ठट्टा गर्ने गर्थे र जसबाट रसूलहरूले तिनीहरूलाई डराएका थिए ।८४. हाम्रो प्रकोप देखेपछि तिनीहरूले स्वीकार गरे जब कि त्यस स्वीकारले तिनीहरूलाई फाइदा पुर्याएन । तिनीहरूले भने– हामीले मात्र एक अल्लाहमाथि ईमान ल्यायौं र पुज्दै गरेका साझेदार र मूर्तीहरूलाई त्याग्यौं ।८५. हाम्रो प्रकोपलाई आँखाले देखेपछि ल्याएको ईमानले फाइदा दिँदैन । यो अल्लाहको कानुन हो जो विगतका भक्तहरूमा लागु भइसकेको छ । जब तिनीहरूले प्रकोपलाई आफ्नो आँखाले अवतरित हुँदै देखे र ईमान ल्याए तब त्यस ईमानले तिनीहरूलाई कुनै फाइदा पुर्याएन । अल्लाहको इन्कार गरेर र प्रकोप देख्नुअघि ईमान नल्याएर काफिरहरूले आफूलाई बर्बादीमा हाले र प्रकोपमा परेर घाटा खाए ।
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. यो कुरआन अल्लाहले अवतरण गर्नुभयो जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सर्वज्ञ हुनुहुन्छ, उहाँ आफ्ना भक्तहरूका हीत र आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का हीतलाई जान्नुहुन्छ ।
३. अल्लाह पापीहरूका पापहरूलाई माफ गर्नेवाला, तौबा गर्नेहरूका तौबा स्वीकारकर्ता, तौबा नगर्नेहरूलाई सजाय दिनेवाला र परोपकारीहुनुहुन्छ । उहाँबाहेक कोही वास्तविक पूज्य छैन । महाप्रलयको दिन सबै भक्तहरूले फर्केर मात्र उहाँतर्फ नै जानुपर्छ । अनि अल्लाहले तिनीहरूलाई उचित बदला दिनुहुनेछ ।
४. काफिरहरू नै अल्लाहका श्लोकहरूबारे वादविवाद गर्छन् । काफिरहरू यस्ता श्लोकहरूबारे वादविवाद गर्छन् जसले यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह मात्र भक्ति योग्य हुनुहुन्छ र रसूलहरू सत्य हुन् । तपाईं तिनीहरूबारे चिन्ता नलिनुहोस् । तिनीहरूका धन सम्पत्तिले तपाईंलाई धोकामा नपारुन् । तिनीहरूलाई समात्नको लागि छुट दिइँदैछ ।
५. यिनीहरूअघि नूह (अलैहिस्सलाम) को समुदाय, त्यसपछि आद, समूद, लूत (अलैहिस्सलाम) को समुदाय, मदयन बासीहरू र फिरऔनले पनि झूठा ठहर गरे । सबै समुदायहरूले आफ्ना रसूललाई समात्ने र हत्या गर्ने प्रयास गरे । सत्यलाई समाप्त पार्नको लागि तिनीहरूले असत्यबाट झगडा गरे । अनि मैले ती सबै समुदायहरूलाई समातें । अनि विचार गर्नुहोस्, मैले तिनीहरूलाई कस्तो सजाय दिएं । अति कडा सजाय दिइयो ।
६. जसरी अल्लाहले यी झूठा ठहर गर्ने समुदायहरूलाई सर्वनाश गर्ने आदेश दिनुभयो, त्यसरी नै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको यो निर्णय लागु भयो– निस्सन्देह काफिरहरू नर्कबासी हुन् ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताका सिंहासन उठाएर राखेका र त्यसको वरिपरि रहेका फरिश्ताहरू अल्लाहका पवित्रताको गुणगान गर्दैछन्, उहाँमाथि आस्था राख्छन्, मोमिनहरूका लागि क्षमाको प्रार्थना गर्छन्– हे हाम्रा पालनकर्ता ! तपाईंको ज्ञान र कृपा हरेक वस्तुमाथि छाएको छ, आफ्ना पापहरूबाट तौबा गर्ने र तपाईंको धर्मको पालना गर्नेहरूलाई माफ गर्नुहोस् र उनीहरूलाई नर्कको आगोबाट सुरक्षित राख्नुहोस् ।
८. फरिश्ताहरू भन्छन्– हे हाम्रा पालनकर्ता ! आफ्नो वाचा अनुसार मोमिनहरूलाई सधैं रहने स्वर्गमा प्रवेश गराउनुहोस् । उनीहरूसँग उनीहरूका सत्कर्मी पुर्खा, श्रीमति, सन्तानहरूलाई पनि स्वर्गमा प्रवेश गराउनुहोस् । तपाईं प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि तपाईंमाथि विजयी हुन सक्दैन । तपाईं भाग्य निर्धारण र कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ ।
९. उनीहरूलाई उनीहरूका दुष्कर्मका दुष्परिणामबाट जोगाउनुहोस्, त्यसको सजाय नदिनुहोस् । महाप्रलयको दिन तपाईंले जसलाई उनीहरूका दुष्कर्महरूका दुष्परिणामबाट जोगाउनुहुन्छ उनीहरूमाथि कृपा गर्नुहुन्छ । यही महान सफलता हो, यो जस्तो अरू कुनै सफलता हुन सक्दैन ।
१०. काफिरहरू महाप्रलयको दिन आफ्नै निन्दा गर्नेछन्, तिनीहरूलाई नर्कमा पसिरहेको बेला पुकारेर भनिनेछ– तिमीहरूमाथि अल्लाहको रोष बढी छ त्यस रोषभन्दा जो आफूमाथि गर्ने गर्थ्यौ । तिमीहरूलाई ईमानतर्फ बोलाइँदा कुफ्र गर्थ्यो र अल्लाहको साथमा अरूलाई साझेदार बनाउने गर्थ्यो ।
११. काफिरहरू आफ्नो पापलाई स्वीकार गर्नेछन् जबकि स्वीकार र तौबाले कुनै फाइदा दिने छैन । तिनीहरूले भन्नेछन्– तपाईंले हामीलाई दुई पटक मृत्यु दिनुभयो । एउटा जब हामी अस्तित्वमा आएका थिएनौं, दोस्रो हामीहरूलाई अस्तित्वमा ल्याएपछि मृत्यु दिनुभयो । तपाईंले हामीलाई दुई पटक जीवन दिनुभयो । एउटा हामीलाई अस्तित्वमा ल्याएर र दोस्रो मृत्युपछि पुनर्जन्म । हामीले आफ्ना पापहरू स्वीकार गर्यौं । के यस यातनाबाट निस्केर संसारमा फर्केर जाने कुनै उपाय छ, ताकि हामी तपाईंलाई प्रसन्न पार्न आफ्ना कर्मलाई ठीक पारौं ?!
१२. यो यातना तिमीहरूलाई यस कारणले दिइंदैछ कि जब तिमीहरूलाई मात्र एक अल्लाहको भक्ति र शिर्क त्याग्ने आह्वान गरिन्थ्यो तब तिमीहरू इन्कार गर्थ्यो र शिर्क गर्थ्यो । अल्लाहसँग साझेदार ठहर गरिंदा तिमीहरू सन्तुष्ट हुने गर्थ्यो । मात्र अल्लाहको आदेश चल्छ, उहाँ आफ्नो अस्तित्व र प्रभुत्वमा उच्चतम हुनुहुन्छ, उहाँ महान्तम हुनुहुन्छ, सबै वस्तुहरू उहाँभन्दा नीच छन् ।
१३. अल्लाहले नै तिमीहरूलाई जगतमा र तिमीहरूभित्र आफ्ना निशानीहरू देखाउनुहुन्छ, जो यस कुराको प्रमाण हो कि उहाँ शक्तिशाली र एक मात्र हुनुहुन्छ । उहाँ आकाशबाट वर्षाको पानी बर्साउनुहुन्छ ताकि यो तिमीहरूको जीविका बाली नाली इत्यादि उम्रने माध्यम बनोस् । निष्कप्ट भएर अल्लाहतर्फ फर्कने व्यक्ति मात्र अल्लाहका निशानीहरूबाट उपदेश ग्रहण गर्छ ।
१४. हे मोमिनहरू हो ! आज्ञापालन र प्रार्थनालाई अल्लाहको लागि निष्कपट पारेर प्रार्थना गर । अल्लाहसँग कसैलाई साझेदार ठहर नगर, यद्यपि काफिरहरूले मन नपराउन् ।
१५. प्रार्थना र आज्ञापालनको योग्य मात्र अल्लाह हुनुहुन्छ । उहाँ उच्चतम दर्जामा हुनुहुन्छ । सबै सृष्टिहरूबाट पृथक र महान सिंहासनका मालिक हुनुहुन्छ । आफ्ना भक्तहरूमध्ये जसमाथि चाहनुहुन्छ वही (प्रकाशना) अवतरण गर्नुहुन्छ, ताकि उनीहरू स्वयम् पनि जीवित रहुन् र अरूलाई पनि जीवित पारुन् र महाप्रलयको दिनबाट सावधान पारुन् जहाँ अघिल्ला र पछिल्ला सबैको भेट हुनेछ ।
१६. महाप्रलयको दिन तिनीहरू एउटा उच्च स्थानमा जम्मा हुनेछन् र स्पष्ट देखिनेछन् । तिनीहरूका शरीर, कर्म र बदला केही पनि अल्लाहबाट लुकेको हुने छैन । अल्लाहले सोध्नुहुनेछ– सत्ता शासन कसको लागि हो ?! एक मात्र जवाफ हुनेछ– मात्र अल्लाहको लागि, जो आफ्नो अस्तित्व, गुण र कर्ममा एक मात्र हुनुहुन्छ । उहाँ प्रभुत्वशाली र सबै वस्तुमाथि हावी हुनुहुन्छ र सबै वस्तुहरू उहाँको अधिनमा छ ।
१७. त्यस दिन प्रत्येक व्यक्तिलाई उसको कर्मको बदला दिइनेछ, राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो बदला, कसैमाथि अत्याचार हुने छैन । किनभने अल्लाहले निसाफका साथ निर्णय गर्नुहुनेछ । अल्लाह भक्तहरूको बारेमा पूर्ण ज्ञान राखेकोले तुरुन्तै निर्णय गर्नुहुनेछ ।
१८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई महाप्रलयबाट सावधान गराउनुहोस्, महाप्रलय अति नजिक छ जो अवश्य आउनेछ । किनभने सबै आउने कार्य नजिक हुन्छ । त्यस दिन अति त्रासले गर्दा हृदय कण्ठसम्म पुग्नेछ । त्यस दिन सबै चुप्पी साधेका हुनेछन्, करुणामय अल्लाहले जसलाई अनुनति दिनुहुनेछ उसले मात्र कुरा गर्नेछ । शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूका लागि कुनै मित्र, निकटतम र सिफारिशकर्ता हुने छैन ।
१९. आँखाले गर्ने छल र हृदयहरूले लुकाएको कुराहरू अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
२०. अल्लाहले निसाफका साथ निर्णय गर्नुहुनेछ । कसैका पुण्यमा कमि गरेर र पापमा थपेर उसमाथि अत्याचार गरिने छैन । बहुदेववादीहरूका भगवानहरूले कुनै निर्णय गर्ने शक्ति राख्ने छैनन् । अल्लाह भक्तहरूका कुराहरू सुन्नुहुनेछ, उनीहरूका नीयत र कर्महरूलाई देख्नुहुन्छ । अल्लाहले उनीहरूलाई चाँडै नै बदला दिनुहुनेछ ।
२१. के बहुदेववादीहरूले धर्तीमा घुम फिर गरेनन् र विगतका झूठा ठहर गरेका समुदायहरूका परिणाममा चिन्तन मनन गरेनन् ?! तिनीहरूको परिणाम अति नराम्रो भयो । ती समुदायहरू यिनीहरूभन्दा शक्तिशाली थिए र यिनीहरूभन्दा बढी भवनहरू बनाउने गर्थे । अल्लाहले तिनीहरूलाई तिनीहरूको पापको कारणले सर्वनाश पार्नुभयो । अल्लाहको प्रकोपबाट तिनीहरूलाई कसैले जोगाउन सकेन ।
२२. तिनीहरूमाथि यस कारणले प्रकोप आयो कि तिनीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणहरू लिएर आए तर तिनीहरूले अल्लाहको इन्कार गरे र उहाँका रसूलहरूलाई झूठा ठहर गरे । तिनीहरू शक्तिशाली भए पनि अल्लाहले तिनीहरूलाई समात्नुभयो र सर्वनाश पार्नु भयो । अल्लाह शक्तिशाली हुनुहुन्छ र काफिरहरूलाई कडा सजाय दिनुहुनेछ ।
जब मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो समुदायको तर्फबाट विरोधको समना भयो तब अल्लाहले मूसा (अलैहिस्सलाम) र फिरऔनको सत्य कथा सुनाउनुभयो । यसको उद्देश्य उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई यो शुभसूचना दिनु हो कि अल्लाहको सहयोग प्राप्त हुनेछ । अल्लाहले भन्नुभयोः
२३. हामीले मूसा (अलेहिस्सलाम) लाई स्पष्ट निशानीहरू दिएर पठायौं ।
२४. उनलाई हामीले फिरऔन, उसको मन्त्री हामान र कारूनतर्फ पठायौं । तिनीहरूले भने– मूसा (अलैहिस्सलाम) जादूगर हो र आफू रसूल हुने दावीमा झूठा हो ।
२५. जब मूसा (अलैहिस्सलाम) तिनीहरूसमक्ष चमत्कार लिएर आए तब फिरऔनले भन्यो– उसमाथि ईमान ल्याउने पुरुषहरूलाई हत्या गर र तिनीहरूलाई अपमानित गर्नको लागि महिलाहरूलाई जीवित छोड । तर मोमिनहरूको संख्या कम गर्नको लागि काफिरहरूले गरेको षडयन्त्र विफल भयो ।
२६. फिरऔनले भन्यो – मलाई मूसा (अलैहिस्सलाम) लाई हत्या गर्न देऊ, उसले बचावको लागि आफ्नो पालनकर्तालाई पुकारेर हेरोस्, मलाई यसको कुनै पर्वाह छैन । उसले तिमीहरूको धर्मलाई परिवर्तन गर्नेछ र हत्या हिंसा गरेर आतङ्कवाद फैलाउनेछ भन्ने मलाई आशङका छ ।
२७. मूसा (अलैहिस्सलाम) ले उसको धमकी सुनेर भने– म प्रत्येक घमण्डीबाट अल्लाहको शरण चाहन्छु । यस्तो घमण्डीबाट जो सत्य धर्म र महाप्रलयको दिन र त्यस दिन हुने हिसाब र बदलामाथि ईमान राख्दैन ।
२८. आफ्नो ईमान लुकाएको एकजना मोमिनले फिरऔनको योजनाप्रति विरोध प्रकट गर्दै भने– के तिमीले एक जना व्यक्तिलाई मात्र यस कारणले हत्या गर्नेछौ कि उनले मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ भन्दछन् । जब कि उनी अल्लाहको तर्फबाट पठाइएको रसूल हुने दावी गर्दछन् र आफ्नो दावीलाई सत्य सिद्ध गर्ने प्रमाणहरू पनि लिएर आएका छन् । यदि उनी झूठा हुन् भने उनको झूठको हानि उनैलाई पुग्नेछ । यदि उनी सत्य हुन् भने उनले सावधान गरेको प्रकोप तत्कालै तिमीमाथि आउनेछ । अल्लाह यस्तो व्यक्तिलाई सत्य अपनाउने अवसर दिनुहुन्न जो सीमा उल्लङ्घन् गर्छ र अल्लाह तथा उहाँका रसूलहरूविरुद्ध झूठो कुरा रच्छ ।
२९. हे मेरा समुदाय ! आज तिमीहरू इजिप्टमा सत्तामा छौ । यदि मूसा (अलैहिस्सलाम) को हत्याको कारणले अल्लाहको प्रकोप आउँछ भने त्यस अवस्थामा कसले हाम्रो सहयोग गर्न सक्छ ?! फिरऔनले भन्यो– यहाँ मेरो आदेश चल्छ, म आतङ्कवाद समाप्त पार्नको लागि मूसा (अलैहिस्सलाम) लाई हत्या गर्ने निर्णय गरिसकेको छु । म तिमीहरूलाई ठीक काम गर्ने निर्देशन दिँदैछु ।
३०. मोमिन व्यक्तिले आफ्नो समुदायलाई उपदेश दिँदै भने– यदि तिमी अत्याचार गर्दै मूसा (अलैहिस्सलाम) को हत्या गर्छौ भने मलाई के आशङ्का छ भने तिमीमाथि त्यस्तै प्रकोप आउनेछ जस्तो विगतमा रसूलहरूका विरोधी समूहहरूमाथि आएको थियो र अल्लाहले तिनीहरूलाई सर्वनाश गर्नु भएको थियो ।
३१. नूह (अलैहिस्सलाम) को समुदाय, आद, समूद र तिनीहरूपछि आएका समुदायहरूले पनि झूठा ठहर गरे अनि अल्लाहले तिनीहरू सबैलाई तिनीहरूको कुफ्रको कारणले सर्वनाश पार्नुभयो । अल्लाह भक्तहरूमाथि अत्यचार गर्न चाहनुहुन्न तर तिनीहरूले गरेको कुफ्रको पूरा पूरा बदला दिनुहुनेछ ।
३२. हे मेरा समुदाय ! म तिमीहरूको बारेमा महाप्रलयसित डराउँछु, त्यस दिन मानिसहरू एक अर्कालाई नातेदारी र पदले गर्दा यो आशा लिएर पुकार्नेछन् कि यसो गर्दा यस्तो कडा समयमा तिनीहरूलाई केही फाइदा हुनेछ ।
३३. तिनीहरू त्यस दिन नर्कको डरले भाग्नेछन् तर अल्लाहको यातनाबाट जोगाउने कोही पनि हुने छैन । जसलाई अल्लाह अपमानित गर्न चाहनुहुन्छ र ईमान ल्याउने अवसर दिनुहुन्न उसलाई कोही पनि मार्गदर्शन दिन सक्दैन । किनभने मार्गदर्शन दिनु अल्लाहको हातमा छ ।
३४. मूसा (अलैहिस्सलाम) अघि यूसुफ (अलैहिस्सलाम) तिमीहरूसमक्ष यस कुराको स्पष्ट निशानीहरू लिएर आएका थिए कि अल्लाह मात्र भक्तियोग्य हुनुहुन्छ । तर तिमीहरू निरन्तर शङ्कामा रहयौ । जब उनको निधन भयो तब तिमीहरूको शङ्का झन बढ्यो । तिमीहरूले भनेका थियौ– यूसुफ (अलैहिस्सलाम) पछि कुनै रसूल आउने छैन । सीमा उल्लङ्घनकारी र एकेश्वरवादमा शङ्का गर्नेहरूलाई अल्लाहले तिमीहरू जस्तै मार्गदर्शन गर्नुहुन्न ।
३५. अल्लाहका श्लोकहरूलाई असत्य ठहर गर्नको लागि बिना प्रमाण वाद विवाद गर्नेहरूलाई अल्लाह र मोमिनहरू मन पराउँदैनन् । जसरी अल्लाहले यस्ता वाद विवाद गर्नेहरूका हृदयहरूमाथि मोहर लगाउनुभयो त्यसरी नै प्रत्येक घमण्डीको हृदयमाथि मोहर लगाउनुहुनेछ । घमण्डीले सत्य र भलाइको मार्ग पाउने छैन ।
३६. फिरऔनले आफ्नो मन्त्री हामानलाई भन्यो– मेरो लागि उच्च भवन बनाऊ, ताकि म बाटो पाउन सकुँ ।
३७. आशा छ म आकाशहरूको मार्ग पाएर मूसा (अलैहिस्सलाम) को ईश्वरसम्म पुग्न सकुँ, जसलाई ऊ वस्तविक ईश्वर ठान्दछ । मेरो विचारमा मूसा (अलैहिस्सलाम) आफ्नो दावीमा झूठो छ । यसरी उसले हामानसित जे माग गर्यो त्यस नराम्रो कर्मलाई सुन्दर बनाइयो, यसरी उसलाई सत्मार्गबाट पथभ्रष्टतातर्फ फेरियो । फिरऔनले असत्यलाई विजयी पार्न र मूसा (अलैहिस्सलाम) ले ल्याएको सत्यलाई असत्य ठहर गर्नको लागि गरेको चलखेल विफल भयो । अन्ततः ऊ आफ्नो प्रयासमा विफल भयो र सधैंको लागि अभागी भयो ।
३८. फिरऔनको परिवारबाट ईमान ल्याउने व्यक्तिले उपदेश दिँदै भने– हे मेरा समुदाय ! तिमीहरू मेरो अनुसरण गर, म तिमीहरूलाई सीधा मार्ग देखाउनेछु ।
३९. हे मेरा समुदाय ! यो सांसारिक जीवन क्षणिक मोज मस्ती मात्र हो । यहाँको क्षणिक सामग्रीबाट धोका नखाऊ । निस्सन्देह परलोकको घर र त्यसमा रहेका सधैं रहने वरदान नै सधैं रहने स्थान हो । अल्लाहको आज्ञापालन गरेर त्यसको लागि कार्य गर । परलोकलाई छोडेर मात्र लोकको लागि कार्य नगर ।
४०. दुष्कर्मीले उसले गरेको दुष्कर्मको सजाय मात्र पाउनेछ, त्यसभन्दा बढी सजाय पाउने छैन । जब कि मात्र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि पुण्य कर्म गरेका मोमिन पुरुष र महिलाहरूले महाप्रलयको दिन स्वर्ग पाउनेछन् । अल्लाहले उनीहरूलाई अनगन्ती फलहरू र सधैं रहने वरदानहरू प्रदान गर्नुहुनेछ ।
४१. हे मेरा समुदाय ! आखिर किन यस्तो हुँदैछ कि म त तिमीहरूलाई ईमान ल्याएर लोक र परलोकको मोक्षतर्फ आह्वान गर्दैछु तर तिमीहरू मलाई कुफ्र र अवज्ञातर्फ आह्वान गरेर नर्कतर्फ बोलाउँदैछौ ?!
४२. तिमीहरू मलाई आफ्नो असत्यतर्फ बोलाउँदैछौ कि म अल्लाहको इन्कार गरुँ र उहाँसँग अन्य अज्ञात भगवानहरूको पूजा गरुँ, जब कि म तिमीहरूलाई एक अल्लाहको भक्तितर्फ बोलाउँदैछु, जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ आफ्ना भक्तहरूलाई धेरै माफ गर्नुहुन्छ ।
४३. तिमीहरू जसमाथि ईमान ल्याउन र जसको आज्ञापालन गर्न आह्वान गर्दैछौ, तिनीहरू न त लोकमा पुकारिने हकदार छन् न परलोकमा । तिनीहरू पुकारको जवाफ पनि दिँदैनन् । हामीहरू सबैले फर्केर मात्र एक अल्लाहतर्फ नै जानुछ । कुफ्र र अवज्ञामा लिप्त हुनेहरू नर्कबासी हुन्, जसमा तिनीहरू अनिवार्यरूपमा जानेछन् ।
४४. उनको समुदायले उनको उपदेशलाई मान्न इन्कार गर्दा उनले थप भने– मैले गरेको उपदेश तिमीहरूले चाँडै नै याद गर्नेछौ र यसलाई अस्वीकार गरेकोमा पछुताउनेछौ । म आफ्नो मामिला मात्र एक अल्लाहलाई हस्तान्त्रण गर्छु । अल्लाहबाट भक्तहरूका कर्महरू लुकेका छैनन् ।
४५. उनको समुदायले उनलाई हत्या गर्न खोज्दा अल्लाहले उनलाई जोगाउनुभयो । अल्लाहले फिरऔन र उसका सैनिकहरूलाई समुद्रमा डुबाएर लोकमा यातना दिनुभयो ।
४६. मृत्युपछि तिनीहरूको चिहानमा दिनको पहिलो र अन्तिम भागमा तिनीहरूलाई आगोसमक्ष पेश गरिनेछ । महाप्रलयको दिन भनिनेछ– फिरऔनका अनुयायीहरूलाई तिनीहरूको कुफ्र र सीधा मार्गबाट रोक्नको कारणले कडा यातनामा हाल ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब नर्कबासीहरूमध्ये अनुयायीहरू र अगुवाहरू परस्पर वाद विवाद गर्नेछन् । कमजोर पारिएका अनुयायीहरूले घमण्डी अगुवाहरूलाई भन्नेछन्– हामीहरू लोकमा तिमीहरूका अनुयायी थियौं, के यहाँ तिमीहरूले हाम्रो अंशको यातना सहन गरेर हामीलाई त्यसबाट बचाउन सक्छौ ?!
४८. घमण्डी अगुवाहरूले भन्नेछन्– हामी सबै यहाँ नर्कमा एकसमान छौं, यहाँ कसैले एक अर्काको यातनाको अंश सहन गर्न सक्दैन । अल्लाहले भक्तहरूबीच निर्णय गरिसक्नु भएको छ र जो जति यातनाको हकदार थियो त्यो दिसक्नुभएको छ ।
४९. अनुयायी र अगुवा दुवै नर्कबाट निस्केर सांसारिक जीवनमा आउनबाट निराश भएपछि नर्कको व्यवस्थापनमा रहेका फरिश्ताहरूलाई भन्नेछन्– आफ्नो पालनकर्तालाई एक दिनको लागि भए पनि यस सधैंको यातनालाई कम गर्न भन्नुहोस् ।
५०. नर्कका रेख देख गर्ने फरिश्ताहरूले काफिरहरूलाई जवाफ दिनेछन्– के तिमीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणका साथ आएका थिएनन् ?! तिनीहरूले भन्नेछन्– उनीहरू स्पष्ट प्रमाणका साथ अवश्य आएका थिए । फरिश्ताहरूले भन्नेछन्– तिमीहरू आफैं अल्लाहलाई पुकार, हामीहरू काफिरहरूको लागि सिफारिश गर्दैनौं । काफिरहरूको पुकार खेर जानेछ, कुफ्रको कारणले स्वीकार गरिने छैन ।
फिरऔन र उसका अनुयायीहरू, लोक र परलोकमा तिनीहरूको परिणामको वर्णन गरेपछि रसूलहरू र मोमिनहरू र उनीहरूलाई लोक र परलोकमा मिल्ने वरदानहरूको वर्णन गर्दै अल्लाहले भन्नुभयो–
५१. हामीले अवश्य नै रसूलहरू र मोमिनहरूको मद्दत लोकमा उनीहरूलाई विजय प्रदान गरेर गर्नेछौं, परलोकमा उनीहरूलाई स्वर्गमा प्रवेश गराएर गर्नेछौं र शत्रुहरूलाई नर्कमा हालेर गर्नेछौं । सन्देष्टाहरू, फरिश्ताहरू र मोमिनहरूले तिनीहरूसमक्ष अल्लाहको सन्देश पुर्याएर तिनीहरूविरुद्ध गवाही दिएपछि यसो गर्नेछौं ।
५२. त्यस दिन कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूलाई तिनीहरूको बहानाले कुनै फाइदा पुर्याउने छैन । तिनीहरूलाई अल्लाहको कृपाबाट टाढा राखिनेछ । तिनीहरूले पीडादायी यातना पाइएकोले परलोकमा नराम्रो बासस्थान पाउनेछन् ।
५३. हामीले मूसा (अलैहिस्सलाम) लाई त्यो ज्ञान प्रदान गर्यौं जसबाट बनी इस्राईल सत्य मार्ग पाउने गर्थे । हामीले तौरातलाई बनी इस्राईलका एक पीढी देखि अर्को पीढीसम्म पुग्ने किताब बनायौं ।
५४. हामीले यस किताबलाई सीधा मार्ग देखाउने र सदबुद्धि राख्नेहरूका लागि उपदेश बनायौं ।
५५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले तपाईंलाई जसरी झूठो ठहर गर्दैछन् र कष्ट पुर्याउँदैछन् त्यसमा धैर्य गर्नुहोस् । तपाईंको मद्दत गर्ने अल्लाहको वाचा सत्य हो, यसमा कुनै सन्देह छैन । दिनको पहिलो र अन्तिम भागमा आफ्नो पापको माफि माग्नुहोस् र अल्लाहको पवित्रताको गुणगान गर्नुहोस् ।
५६. जुन मानिसहरू घमण्डले गर्दा अल्लाहका श्लोकहरूलाई असत्य ठहर गर्नको लागि बिनाप्रमाण वाद विवाद गर्छन् तिनीहरू आफू ठूलो बन्ने उद्देश्य प्राप्त गर्न सक्दैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहलाई दृढतापूर्वक समाति राख्नुहोस् । निस्सन्देह उहाँ आफ्ना भक्तहरूका कुरा सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई देख्नुहुन्छ, उहाँबाट केही पनि छुट्दैन । चाँडै नै उहाँले यसको बदला दिनुहुनेछ ।
५७. निस्सन्देह विशाल आकाशहरू र पृथ्वीको सृष्टि मानवको सृष्टिभन्दा कठिन कार्य हो । जुन अल्लाह यी विशाल आकाशहरू र पृथ्वी सृष्टि गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मानवलाई मृत्युपछि चिहानबाट पुनः जीवित पार्ने सामर्थ्य पनि राख्नुहुन्छ, ताकि तिनीहरूको हिसाब लिएर बदला देउन् । तर अधिकांश मानिसहरू जान्दैनन् र पाठ लिँदैनन् । आकाश र पृथ्वीको सृष्टि पुनर्जन्मलाई प्रमाणित गर्छ, तर तिनीहरू यस प्रमाणलाई मान्दैनन् ।
५८. अन्धो र देख्ने व्यक्ति एक समान हुन सक्दैनन् । सत्कर्मी मोमिनहरू र पापी काफिरहरू एकसमान हुन सक्दैनन् । तिमीहरूमध्ये कमै मानिसहरू उपदेश ग्रहण गर्छन् । तिमीहरूले पाठ लिएको भए दुवै समूहबीच फरक देख्ने थियौ र अल्लाहको प्रसन्नता प्राप्त गर्न सत्कर्मी मोमिनहरूमा सामेल हुने प्रयास गर्ने थियौ ।
५९. निस्सन्देह महाप्रलयको दिन अवश्य आउनेछ जसमा अल्लाहले मृतहरूलाई हिसाब र बदलाको लागि जीवित पार्नुहुनेछ । यसको आगमनमा कुनै शङ्का छैन, तर अधिकांश मानिसहरू त्यसको आगमनमा ईमान राख्दैनन् र त्यसको लागि तयारी गर्दैनन् ।
६०. अल्लाह भन्नुहुन्छ– हे मानव ! मात्र मेरो भक्ति गर र मसँग माग, म तिमीहरूको प्रार्थना स्वीकार गर्नेछु, तिमीहरूलाई माफ गर्नेछु र तिमीहरूमाथि कृपा गर्नेछु । जसले पनि मेरो भक्ति गर्ने मामिलामा घमण्ड गर्नेछन् महाप्रलयको दिन अपमानित भएर नर्कमा पस्नेछन् ।
६१. अल्लाहले नै रातिलाई अन्धकार बनाउनुभयो ताकि तिमीहरू त्यसमा आराम गर र दिनलाई प्रकाशमय बनाउनुभयो ताकि त्यसमा कार्य गर । अल्लाह मानिसहरूमाथि अति कृपावान हुनुहुन्छ त्यसैले उनीहरूलाई वाह्य र गोप्य दुवै किसिमका वरदानहरू प्रदान गर्नुभयो तर अधिकांश मानिसहरू उहाँप्रति आभार प्रकट गर्दैनन् ।
६२. तिमीहरूलाई धेरै वरदान प्रदान गर्ने अल्लाह प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही सृष्टिकर्ता होइन । उहाँ नै वास्तविक पूज्य हुनुहुन्छ । अनि तिमीहरू किन उहाँको भक्ति नगरेर अरूको भक्ति गर्छौ जो न त लाभ पुर्याउन सक्छ न हानि नै ।
६३. जसरी यिनीहरू एक अल्लाहमाथि ईमान र उहाँको भक्तिबाट फेरिए त्यसरी नै यी निशानीहरूलाई झूठा ठहर गर्नेहरू पनि हरेक युग र स्थानमा एक अल्लाहमाथि ईमानबाट वञ्चित रहन्छन् र सत्य मार्ग पाउँदैनन् ।
६४. हे मानव ! अल्लाहले नै तिमीहरूको बसोबासको लागि पृथ्वी बनाउनुभयो र तिमीहरूमाथि ठोस नखस्ने गरी आकाश बनाउनुभयो । उहाँले नै आमाको गर्भमा तिमीहरूको सुन्दर रूपरेखा बनाउनुभयो । उहाँले नै तिमीहरूलाई हलाल र पवित्र जीविका प्रदान गर्नुभयो । यी वरदानहरू प्रदान गर्ने अल्लाह नै तिमीहरूको वास्तविक पालनकर्ता हुनुहुन्छ । सबै सृष्टिहरूका पालनकर्ता बर्कत वाला हुनुहुन्छ । उहाँबाहेक तिनीहरूका कोही पालनकर्ता छैन ।
६५. अल्लाह जीवन्त हुनुहुन्छ, उहाँलाई कहिल्यै मृत्यु आउँदैन । उहाँबाहेक कोही वास्तविक पूज्य होइन । उहाँकै प्रसन्नता खोज्दै मात्र उहाँको भक्ति गर र उहाँसित माग । उहाँसँग सृष्टिहरूमध्ये कसैलाई साझेदार नबनाऊ । सबै सृष्टिहरूका पालनकर्ता अल्लाहकै लागि सबै प्रशंसाहरू हुन् ।
६६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– अल्लाहले मलाई यस कुराबाट मनाहि गर्नुभएको छ कि म तिमीहरूले पूजा गर्ने मूर्तीहरूको पूजा गरुँ जो न फाइदा पुर्याउन सक्छन् न हानि नै । यसको पूजा गलत हो भन्ने प्रमाणहरू पनि मसमक्ष आइ सकेका छन् । म मात्र अल्लाहको आज्ञापालन गरुँ भन्ने आदेश मलाई मिलेको छ । किनभने उहाँ सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ, उहाँबाहेक कोही पालनकर्ता होइन ।
६७. अल्लाहले नै तिमीहरूका पूर्वज आदम (अलैहिस्सलाम) लाई माटोबाट सृष्टि गर्नुभयो । फेरि तिमीहरूको सृष्टिको क्रम विर्यबाट चलाउनुभयो । उहाँ विर्यबाट रगतको डल्लो बनाउनुहुन्छ, फेरि तिमीहरूलाई आमाको गर्भबाट सानो शिशुको रूपमा निकाल्नुहुन्छ । फेरि तिमीहरूका शरिरलाई बलियो पार्नुहुन्छ अनि ठूलो बनाएर बुढेस कालमा पुर्याउनुहुन्छ । तिमीहरूमध्ये कोही त्यसअघि नै मर्छ, कोही एउटा निश्चित अवधि पूरा गरेपछि मर्छ, जसको ज्ञान मात्र अल्लाहलाई छ । त्यस निश्चित अवधिभन्दा न कम हुन्छ न बढी । आशा छ तिमीहरू यी प्रमाणहरूबाट पाठ लिएर अल्लाहको शक्ति र एक हुने कुरालाई स्वीकार गर्नेछौ ।
६८. अल्लाहकै हातमा जीवन र मृत्यु छ । जब उहाँ कुनै कार्यको निर्णय गर्नुहुन्छ तब भन्नुहुन्छ– भइ हाल, अनि त्यो हुन पुग्छ ।
६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले श्लोकहरूबारे वादविवाद गर्नेहरूको मामिलामा विचार गर्नुहुन्छ भने तिनीहरूको अवस्थामा आश्चर्य गर्नुहुन्छ, किनभने सत्य स्पष्ट भए पनि तिनीहरू त्यसबाट विमुख हुन्छन् ।
७०. कुरआन र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सत्य सन्देशलाई झूठो ठहर गर्नेहरूले यसको परिणामलाई चाँडै नै जान्नेछन् र आफ्नो नराम्रो समाप्ति देख्नेछन् ।
७१. तिनीहरूले आफ्नो परिणाम त्यतिखेर देख्नेछन् जब तिनीहरूका घाँटीमा डोरी र पाउमा जन्जीर बाँधेर तिनीहरूलाई घिसारिएर यातनातर्फ लगिनेछ ।
७२. तिनीहरूलाई तातो पानीमा हालिनेछ फेरि तिनीहरूलाई नर्कमा हालिनेछ ।
७३. फेरि तिनीहरूलाई निन्दा गरिँदै भनिनेछ– कहाँ छन् तिमीहरूका भगवानहरू जसलाई तिमीहरू अल्लाहको भक्तिमा साझेदार बनाएका थियौ ?!
७४. कहाँ छन् तिमीहरूले ठानेका अल्लाहबाहेकका मूर्तीहरू, जो न त फाइदा दिन सक्छन् न हानि नै पुर्याउन सक्छन् ?! काफिरहरूले जवाफ दिनेछन्– तिनीहरू हामीहरूबाट हराए । हामी तिनीहरूलाई देखिरहेका छैनौं । बरु हामीहरू संसारमा ती वस्तुहरूको भक्ति गरिरहेका थियौं जो भक्तियोग्य थिएनन् । अल्लाहले जसरी यिनीहरूलाई पथभ्रष्ट पार्नुभयो त्यसरी नै हरेक युग र हरेक स्थानमा काफिरहरूलाई पथभ्रष्ट पार्नुहुन्छ ।
७५. तिनीहरूलाई भनिनेछ– यो हो त्यो यातना । तिमीहरू शिर्कमा खुशी रहने गर्थ्यो त्यसैले यो यातना भोग्दैछौ ।
७६. सधैं नर्कमा बस्ने गरी त्यसमा पस । घमण्डीहरूको बास स्थान कति नराम्रो छ ।
जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँको समुदायबाट कष्ट पुग्यो तब अल्लाहले धैर्य गर्ने उपदेश दिनुभयो र मद्दत गर्ने वाचा गर्दै भन्नुभयो–
७७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायको तर्फबाट आएको कष्ट र झूठो ठहर गरिएकोमा धैर्य गर्नुहोस् । अल्लाहको तर्फबाट मद्दत गरिने वाचा सत्य हो, यसमा कुनै सन्देह छैन । तिनीहरूलाई दिइने यातनामध्ये हामीले केही तपाईंको जीवनमै देखाउनेछौं, जस्तो कि बद्रको दिन देखायौं वा त्यसअघि नै तपाईंलाई मृत्यु दिनेछौं । महाप्रलयको दिन तिनीहरू मात्र हामीतर्फ फर्के आउनेछन् । अनि हामीले चाँडै नै तिनीहरूलाई तिनीहरूका कर्महरूको बदला दिनेछौं र सधैंको लागि नर्कमा हाल्नेछौं ।
७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंअघि धेरै सन्देष्टारूलाई उनीहरूका समुदायतर्फ पठायौं, तर तिनीहरूका समुदायहरूले उनीहरूलाई झूठा ठहर गरे र कष्ट पुर्याए । ती रसूलहरूले तिनीहरूको झूठो ठहर गरेकोमा र कष्ट पुर्याएकोमा धैर्य धारण गरे । ती सन्देष्टाहरूमध्ये कसैको सत्य कथा तपाईंलाई सुनाएकाछौं र कसैको सुनाएका छैनौं । अल्लाहको चाहनाबिना चमत्कार लिएर आउनु कुनै पनि रसूलको लागि ठीक छैन । काफिरहरूले ती रसूलहरूलाई चमत्कारहरू लिएर आउने सलाह दिए, जो अत्याचारपूर्ण सलाह थियो । विजयबारे वा रसूलहरू र उनीहरूका समुदायहरूबीच निर्णयबारे जब अल्लाहको आदेश आयो तब अल्लाहले निसाफका साथ निर्णय गर्नुभयो । काफिरहरूलाई सर्वनाश पार्नुभयो र रसूलहरूलाई जोगाउनुभयो । काफिरहरूले कुफ्र गरेर आफूलाई बर्बादीमा हालेकोले तिनीहरू नै घाटामा परे ।
७९. अल्लाहले नै तिमीहरूका लागि ऊँट, गाई र भेड सृष्टि गर्नुभयो, ताकि तीमध्ये कसैमाथि सवारी गर र कसैको मासु खाऊ ।
८०. तिमीहरूका लागि यी प्राणीहरूमा धेरै फाइदा छन् । यी फाइदाहरू हरेक युगमा बढदै जान्छन् । यी फाइदाहरूमध्ये यो पनि हो कि तिमीहरू आफ्नो मनोकांक्षा पूरा गर्छौ र जल र थलमा आफ्ना सरसामानको ढुवानी गर्छौ ।
८१. अल्लाह तिमीहरूलाई आफ्ना निशानीहरू देखाउनुहुन्छ । यी निशानीहरू यस कुरालाई प्रमाणित गर्छन् कि अल्लाह सामर्थ्यवान र एक मात्र हुनुहुन्छ । अनि तिमीहरू अल्लाहका कुन कुन निशानीहरूलाई चिनि सकेपछि इन्कार गर्छौ ?!
८२. के यी झूठा ठहर गर्नेहरूले धर्तीमा घुम फिर गरेनन् र यस कुरामा विचार गरेनन् कि विगतमा झूठा ठहर गर्नेहरूको के परिणाम भयो ताकि त्यसबाट पाठ लेउन् ?! विगतका समुदायहरू यिनीहरूभन्दा बढी धनि, शक्तिशाली र धर्तीमा बढी प्रभाव छोडन् वाला थिए । तर जब अल्लाहको प्रकोप आयो तब तिनीहरूलाई यी शक्तिले कुनै फाइदा पुर्याएन ।
८३. जब तिनीहरूसमक्ष रसूलहरू स्पष्ट प्रमाणका साथ आए तब तिनीहरूले उनीहरूलाई झूठो ठहर गरे र आफ्नै बेठीक ज्ञानलाई ठीक सम्झेर खुशी रहे । अनि तिनीहरूमाथि अल्लाहको त्यो प्रकोप आयो जसको तिनीहरू ठट्टा गर्ने गर्थे र जसबाट रसूलहरूले तिनीहरूलाई डराएका थिए ।
८४. हाम्रो प्रकोप देखेपछि तिनीहरूले स्वीकार गरे जब कि त्यस स्वीकारले तिनीहरूलाई फाइदा पुर्याएन । तिनीहरूले भने– हामीले मात्र एक अल्लाहमाथि ईमान ल्यायौं र पुज्दै गरेका साझेदार र मूर्तीहरूलाई त्याग्यौं ।
८५. हाम्रो प्रकोपलाई आँखाले देखेपछि ल्याएको ईमानले फाइदा दिँदैन । यो अल्लाहको कानुन हो जो विगतका भक्तहरूमा लागु भइसकेको छ । जब तिनीहरूले प्रकोपलाई आफ्नो आँखाले अवतरित हुँदै देखे र ईमान ल्याए तब त्यस ईमानले तिनीहरूलाई कुनै फाइदा पुर्याएन । अल्लाहको इन्कार गरेर र प्रकोप देख्नुअघि ईमान नल्याएर काफिरहरूले आफूलाई बर्बादीमा हाले र प्रकोपमा परेर घाटा खाए ।
टिप्पणियाँ
एक टिप्पणी भेजें