शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । २. यो कुरआन अल्लाहले अवतरण गर्नुभयो जो अति करुणामय र कृपावान हुनुहुन्छ ।३. यो यस्तो किताब हो जसका श्लोकहरू पूर्णरूपमा स्पष्ट पारिएका छन् । यो किताब अरबी भाषामा ज्ञानी मानिसहरूका लागि तयार पारिएको छ । किनभने उनीहरू नै यसका अर्थहरू र यसमा रहेको सत्यतर्फ गरिएको मार्गदर्शनबाट फाइदा उठाउन सक्छन् ।४. यसमा मोमिनहरूलाई उनीहरूकै लागि तयार पारिएको राम्रो बदलाको शुभसूचना दिइएको छ । काफिरहरूलाई पीडादायी यातनाबाट डराइएको छ, किनभने तिनीहरूमध्ये अधिकांश मानिसहरू यसबाट विमुख भए । तिनीहरू यसमा रहेका मार्गदर्शनलाई स्वीकार गर्ने गरी सुनिरहेका छैनन् ।५. तिनीहरूले भने– हाम्रा हृदयहरू पर्दामा बेरिएका छन्, त्यसैले तिमीले दिएको आह्वान बुझि रहेका छैनौं, हाम्रो कानमा बुजो छ, जसले गर्दा सुनिरहेका छैनौं, हामीहरू र तिमीबीच पर्दा भएकोले तिम्रो कुनै कुरा हामीसमक्ष पुगिरहेको छैन । तिमी आफ्नो तरिका अनुसार कार्य गर हामीहरू आफ्नो तरिका अनुसार कार्य गर्दैछौं । हामीहरू कदापि तिम्रो अनुसरण गर्दैनौं ।६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी शत्रुहरूलाई भनिदिनुहोस्– म तिमीहरू जस्तै मानव हौं, अल्लाहले मतर्फ प्रकाशना गर्नुभयो कि अल्लाह मात्र भक्तियोग्य हुनुहुन्छ, अनि उहाँसम्म पुग्ने मार्ग अवलम्बन गर र उहाँसँग आफ्ना पापको माफि माग । अल्लाहलाई छोडेर अरूको भक्ति गर्ने वा अल्लाहको भक्तिमा साझेदार ठहर गर्ने बहुदेववादीहरूको सर्वनाशको लागि प्रार्थना गर ।७. जो आफ्नो धन सम्पत्तिको जकात चुक्ता गर्दैनन् बरु आखिरत र त्यसमा रहेको सधैं रहने वरदान र कडा यातनाको इन्कार गर्छन् ।८. निस्सन्देह सत्कर्मी मोमिनहरूका लागि कहिल्यै समाप्त नहुने र सदा सर्वदा रहने बदला स्वर्ग हो ।९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूको निन्दा गर्दै भन्नुहोस्– तिमीहरू अल्लाहको इन्कार किन गर्दैछौ जसले तिमीहरूका लागि दुई दिन अइतवार र सोमवारको दिन पृथ्वीको सृष्टि गर्नुभयो ?! के तिमीहरू अल्लाहको लागि समकक्षी बनाउँछौ र तिनीहरूको भक्ति गर्छौ ?! अल्लाह नै सबै सृष्टिहरूका पालनकर्ता हुनुहुन्छ ।१०. अल्लाहले नै पृथ्वीमाथि अडिग रहने पहाडहरू बनाउनुभयो, जसले पृथ्वीको सन्तुलन कायम राखेको छ र त्यसलाई हल्लिनबाट बचाएको छ । उहाँले पृथ्वीलाई बरकत वाला बनाउनुभयो र त्यसका बासीहरूलाई भलाइ प्रदान गर्नुभयो । चार दिनमा मानिसहरू र जनावरहरूको जीविका निर्धारण गर्नुभयो । यी चार दिनमा अइतवार सोमवारसहित थप मङगलवार र बुधवार शामेल छन् । प्रश्न गर्नेहरूका लागि यही जवाफ ठीक हो । ११. फेरि अल्लाहले आकाशको सृष्टिको नीयत गर्नुभयो, जो धुवाँ थियो । अल्लाहले आकाश र पृथ्वीलाई भन्नुभयो– चाहेर होस् वा नचाहेर होस्, तिमीहरू मेरो आदेशको पालना गर । तिमीहरूको लागि अरू कुनै उपाय छैन । दुवैले भने– हामीहरूले चाहेर आज्ञापालन गर्यौं । हे हाम्रा पालनकर्ता ! तपाईंको चाहना अनुसार नै हाम्रो चाहना छ ।१२. अल्लाहले आकाशको सृष्टि २ दिन बिहिवार र शुक्रवारको दिन पूरा गर्नुभयो । यसरी आकाशहरू र पृथ्वीको सृष्टि छ दिनमा पूरा भयो । अल्लाहले प्रत्येक आकाशको भाग्य, भक्ति र आज्ञापालन त्यसतर्फ वही गर्नुभयो । हामीले सांसारिक आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं र शैतानले लुकि छिपि केही सुन्न नपाओस् भनेर ताराहरूद्वारा सुरक्षित पार्यौं । उपर्युक्त सबै कुराहरू अल्लाहले भाग्यमा लेख्नुभयो,जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सृष्टिहरूका सबै कुराहरू जान्नुहुन्छ । १३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याउनबाट यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुहोस– मैले तिमीहरूलाई त्यस्तो प्रकोपबाट डराइसकेकोछु जस्तो प्रकोप हूद (अलैहिस्सलाम) को समुदाय आद र सालेह (अलैहिस्सलाम) को समुदाय समूदमाथि आएको थियो जब तिनीहरूले झूठो ठहर गरेका थिए ।१४. तिनीहरूसमक्ष एक पछि अर्को रसूल एउटै सन्देश लिएर आए, उनीहरू सबैले आदेश दिए– मात्र एक अल्लाहको भक्ति गर । तिनीहरूमध्ये काफिरहरूले भने– यदि अल्लाहले रसूल पठाउनु नै थियो भने उहाँले फरिश्ताहरूमध्ये पठाउनु पर्ने थियो । तिमी हामीहरू जस्तै मानव हौ, त्यसैले तिमीले ल्याएको सन्देशको इन्कार गर्छौं । १५. हूद (अलैहिस्सलाम) को समुदाय आदले कुफ्रको साथ साथै धर्तीमा बिना अधिकार घमण्ड गर्यो र आफ्ना वरिपरि रहेका मानिसहरूमाथि अत्याचार पनि गर्यो । आफ्नो शक्तिबारे धोका खाँदै भन्यो– हामीभन्दा शक्तिशाली कोही पनि छैन । अल्लाहले यिनीहरूलाई जवाफ दिनुभयो– के यिनीहरूले जानेनन् र देखेनन् कि अल्लाहले नै तिनीहरूको सृष्टि गर्नुभयो र तिनीहरू जुन शक्तिमाथि घमण्ड गर्दैछन् त्यो शक्ति प्रदान गर्नुभयो, यसरी अल्लाह तिनीहरूभन्दा बढी शक्तिशाली हुनुहुन्छ ?! हूद (अलैहिस्सलाम) ले ल्याएका चमत्कारहरूको तिनीहरूले इन्कार गरे । १६. हामीले तिनीहरूमाथि डर लाग्दो आवाज भएको हावा हुरीको प्रकोप अशुभ दिनहरूमा पठायौं । ताकि हामीले लोकमा तिनीहरूलाई अपमानजनक प्रकोपको स्वाद चखाऔं । परलोकमा तिनीहरूका लागि यसभन्दा बढी अपमान जनक यातना छ, जसको तिनीहरू प्रतीक्षा गर्दैछन् । यस यातनाबाट निकाल्ने कुनै सहयोगी तिनीहरूले पाउने छैनन् ।१७. सालेह (अलैहिस्सलाम) को समुदाय समूदलाई हामीले सत्यलाई स्पष्ट पार्ने मार्गदर्शन दियौं, तर तिनीहरू सत्यलाई अस्वीकार गरेर पथभ्रष्ट भए । अनि अपमानजनक प्रकोपको ठूलो स्वरले तिनीहरूलाई सर्वनाश पार्यो । किनभने तिनीहरू कुफ्र र अवज्ञा गर्दै थिए ।१८. हामीले ती मानिसहरूलाई तिनीहरूको समुदायमाथि आएको प्रकोपबाट जोगायौं, जो अल्लाह र उहाँका रसूलहरू (अलैहिमुस्सलाम) माथि ईमान राख्दथे र अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बचेर ईशभय राखेका थिए ।१९. त्यस दिन अल्लाहले आफ्ना शत्रुहरूलाई नर्कतर्फ जम्मा गर्नुहुनेछ । तिनीहरूले नर्कका फरिश्तालाई शुरु देखि अन्तसम्म पुकार्नेछन्, तिनीहरू नर्कबाट भाग्ने स्थितीमा हुने छैनन् ।२०. जब तिनीहरू हाँकिएर नर्कसम्म ल्याइनेछन् तब संसारमा गरेका कार्यबाट इन्कार गर्नेछन्, तर तिनीहरूले लोकमा गरेका कुफ्र र अवज्ञाको बारेमा तिनीहरूका कान, आँखाहरू र छालाहरूले तिनीहरूविरुद्ध गवाही दिनेछन् ।२१. काफिरहरूले आफ्ना छालालाई भन्नेछन्– हामीले लोकमा गरेका कार्यहरूविरुद्ध तिमीहरू किन गवाही दिँदैछौ ?! छालाहरूले जवाफ दिनेछन्– प्रत्येक वस्तुलाई बोल्ने शक्ति दिने अल्लाहले नै हामीलाई बोल्ने शक्ति प्रदान गर्नुभयो । उहाँले नै पहिलो पटक लोकमा तिमीहरूलाई सृष्टि गर्नुभयो र दोस्रो पटक उहाँतर्फ नै परलोकमा हिसाब र बदलाको लागि फर्काइनेछौ । २२. तिमीहरू मृत्युपछि हुने हिसाब, सजाय र बदलामा ईमान नराखेको कारण लोकमा अवज्ञा गर्दा त्यसलाई लुकाउने गर्थ्यो, ताकि तिमीहरूविरुद्ध तिमीहरूका कान, आँखा र छालाहरूले गवाही नदेउन् । साथै तिमीहरू के ठानेका थियौ भने तिमीहरूले गर्ने कार्यहरूलाई अल्लाह देखि राख्नुभएको छैन, बरु उहाँबाट लुकेकाछन्, यसरी तिमीहरू धोकामा थियौ ।२३. अल्लाहको बारेमा तिमीहरूले राखेको यही गलत धारणाले तिमीहरूलाई बर्बाद पार्यो, अनि तिमीहरू लोक र परलोक दुवैमा घाटा खानेहरूमध्ये बन्यो ।२४. ती मानिसहरू जसको विरुद्धमा तिनीहरूका कान, आँखा र छालाले गवाही दिनेछन् यदि तिनीहरूले सहन गर्छन् भने तिनीहरूको बासस्थान र शरणस्थल नर्क हुनेछ । यदि तिनीहरूले यातना हटाउने र अल्लाहको खुशी प्राप्त गर्ने माग गर्छन् भने तिनीहरूलाई त्यो प्राप्त हुने छैन र तिनीहरू कहिल्यै स्वर्गमा जाने छैनन् ।२५. हामीले यी काफिरहरूका लागि शैतानहरूमध्ये साथीहरू बनाएकाछौं, जो सधैं तिनीहरूसँग रहने गर्छन् । तिनीहरूले संसारमा गरेका दुष्कर्महरूलाई शैतानहरूले सुन्दर बनाएर देखाउँछन् । तिनीहरूपछाडि रहेका परलोकलाई पनि शैतानहरूले सुन्दर बनाएर देखाउँछन् । अनि शैतानहरू तिनीहरूलाई आखिरतबाट र त्यसको लागि कर्म गर्नबाट बिर्साइदिन्छन् । अनि तिनीहरूमाथि प्रकोप अनिवार्य भयो जसरी तिनीहरूअघि मानव र जिन्नको समूहमाथि यो प्रकोप अनिवार्य भएको थियो । तिनीहरू महाप्रलयको दिन नर्कमा गएर आफू पनि घाटामा परे र आफ्ना परिवारलाई पनि घाटामा पारे ।२६. जब यी काफिरहरू यी प्रमाणहरूको उत्तर प्रमाणबाट दिन सकेनन् तब परस्पर एक अर्कालाई उपदेश दिँदै भन्न थाले– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले पढने यस कुरआनलाई नसुन । यसमा रहेको कुराको अनुसरण नगर । जतिखेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) कुरआन पढनुहुन्छ त्यतिखेर होहल्ला गर । आशा छ यसरी तिमीहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) माथि विजयी हुनेछौ । यसरी उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको पाठ र यसतर्फ आह्वान छोड्नुहुनेछ र हामीलाई राहत मिल्नेछ । २७. हामीले अवश्य नै महाप्रलयको दिन काफिरहरूलाई कडा यातनाको स्वाद चखाउनेछौं । तिनीहरूले गरेको कुफ्र र अवज्ञाभन्दा पनि नराम्रो बदला हामीले सजाय स्वरूप दिनेछौं ।२८. उक्त सजाय अल्लाहका शत्रुहरूको सजाय हो, जसले कुफ्र गरे र रसूलहरूलाई झूठो ठहर गरे । तिनीहरू सधैंको लागि नर्कमा रहनेछन् । किनभने तिनीहरूले अल्लाहका श्लोकहरूको इन्कार गेरका थिए र स्पष्ट तथा प्रमाणित भए पनि त्यसमा ईमान ल्याएका थिएनन् ।२९. काफिरहरूले भन्नेछन्– हे हाम्रा पालनकर्ता ! हामीहरूलाई पथभ्रष्ट पार्ने जिन्न र मानवलाई देखाउनुहोस्, जसले हामीहरूलाई पथभ्रष्ट पारेका थिए, इब्लीसलाई देखाउनुहोस् जसले कुफ्र र त्यसतर्फ आह्वानको प्रमपरा शुरु गर्यो र आदम (अलैहिस्सलाम) को त्यस सन्तानलाई देखाउनुहोस् जसले रगत बगाउने प्रमपरा शुरु गर्यो, हामीले नर्कमा आफ्नो खुट्टामुनि कुल्चनेछौं ताकि नर्कको सबैभन्दा तल्लो स्तरमा पुगुन्, जहाँ सबै भन्दा कडा यातना दिइनेछ ।अल्लाहले आफ्ना शत्रुहरूको सजायको वर्णनपछि आफ्ना मित्रहरूको बदलाको वर्णन गर्दै भन्नुभयो– ३०. निस्सन्देह जुन मानिसहरूले भने– हाम्रा पालनकर्ता अल्लाह हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन, अडिग भएर उहाँका आदेशहरूको पालना गरे र उहाँले मनाहि गर्नुभएको कार्यलाई छोडे, उनीहरूमाथि फरिश्ताहरू यो भन्दै अवतरण हुन्छन्– मृत्यु र त्यसपछिको कुराबाट नडराउ, संसारमा छोडेको कुराप्रति चिन्ता नगर । संसारमा ल्याएको ईमान र गरेको सत्कर्मले गर्दा तिमीहरूसित वाचा गरिएको स्वर्गको शुभसूचना छ । ३१. हामी लोकमा तिमीहरूका मित्र हौं र तिमीहरूको मद्दत गर्नेछौं । हामी परलोकमा पनि तिमीहरूका मित्र हौं र हाम्रो मित्रता सधैंको लागि हो । स्वर्गमा तिमीहरूले मन पराउने, इच्छा गर्ने र माग गर्ने सबै वस्तुहरू हुनेछन् ।३२. क्षमाशील पालनकर्ताको तर्फबाट तिमीहरूको पाहुनासत्कारको लागि तयारी जीविका हुनेछन् । निस्सन्देह अल्लाह तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।३३. त्यो व्यक्तिभन्दा रामो कसैको भनाइ हुन सक्दैन जो एक अल्लाहको भक्ति र इस्लामी कानुनको पालनातर्फ मानिसहरूलाई आह्वान गर्छन्, अल्लाहलाई खुशी पार्न सत्कर्म गर्छन् र भन्छन् हामी आज्ञाकारी मुस्लिम हौं । यी कार्यहरू गर्ने व्यक्तिको कुरा नै सर्वोत्तम कुरा हो ।३४. अल्लाहलाई प्रसन्न पार्ने सत्कर्म तथा आज्ञापालन र उहाँलाई रोष दिलाउने पाप र अवज्ञा एकसमान हुन सक्दैनन् । नराम्रो व्यवहार गर्ने मानिसहरूको दुष्कार्यको जवाफमा राम्रो व्यवहार गर । यस प्रकारको राम्रो व्यवहारले शत्रुहरूलाई निकटतम मित्र बनाइ दिनेछ । ३५. यस्तो सदव्यवहार गर्ने अवसर यस्ता धैर्यवान र भाग्यशालीहरूलाई मात्र प्राप्त हुन्छ जो दुःख र कष्टमा धैर्य गर्छन् । यस्तो सदव्यवहारमा धेरै भलाइ र फाइदा छन् ।३६. जहिले पनि शैतानले दुष्कर्म गर्न प्रेरित गरेमा अल्लाहलाई राम्ररी समात र उहाँको शरण खोज । उहाँ तिम्रो कुरा सुन्नुहुन्छ र तिम्रो अवस्थालाई जान्नुहुन्छ ।३७. अल्लाह महान र एकमात्र हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्ने निशानीहरूमध्ये हुन्– रात र दिनको पालै पालो आउनु, सूर्य र चन्द्रमा । हे मानव हो ! तिमीहरू न सूर्य पूजा गर न चन्द्रमा पूजा गर, बरु मात्र त्यस अल्लाहको भक्ति गर जसले यी सबैलाई सृष्टि गर्नुभयो, यदि तिमीहरू अल्लाहको वास्तविक भक्त हौ भने ।३८. यदि तिनीहरू घमण्ड गर्छन, विमुख हुन्छन् र वास्तविक सृष्टिकर्ता अल्लाहको भक्ति गर्दैनन् भने अल्लाहनजिक रहेका फरिश्ताहरू दिन रात एकसाथ अल्लाहको पवित्रताको गुणगान र प्रशंसा गर्दैछन् । उनीहरू कहिल्ये दिक्क मान्दैनन् । ३९. अल्लाह महान तथा एकमात्र हुनुहुन्छ र उहाँ पुनर्जन्मको सामर्थ्य राख्नुहुन्छ भन्ने कुरा प्रमाणित गर्ने निशानीहरूमध्ये हुन्– तपाईं आफ्ना आँखाले सुख्खा भूमि देख्नुहुन्छ, वर्षा भएपछि त्यसमा बालीनाली लहलहाउन थाल्छ । जुन अल्लाह यी बालीनालीलाई जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ, उहाँ मानवलाई हिसाब र बदलाको लागि पुनर्जन्म गर्नुहुन्छ । उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । मृत भूमिलाई जीवित पार्न र मृत मानिसहरूलाई जीवित पारेर उनीहरूका चिहानबाट निकाल्नबाट कसैले रोक्न सक्दैन । ४०. हामी यस्ता मानिसहरूको अवस्थासित अवगत छौं जो हाम्रा श्लोकहरूको इन्कार गरेर,त्यसलाई झूठो ठहर गरेर र त्यसमा फेर बदल गरेर त्यसलाई बङ्ग्याउन चाहन्छन् । के महाप्रलयको दिन नर्कमा जानेहरू उत्तम छन् वा यातनाबाट सुरक्षित रहनेहरू उत्तम छन् ? हे मानव हो ! हामीले तिमीहरूसमक्ष भलाइ र निकृष्टता स्पष्ट पारिसकेकाछौं, अब तिमीहरूको इच्छा, भलाइको कार्य गर वा दुष्कर्म गर । तिमीहरू यी कार्यहरूमध्ये जे गरे पनि अल्लाह त्यसलाई देखिराख्नुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट लुकेको छैन ।४१. अल्लाहको तर्फबाट आएको कुरआनलाई इन्कार गर्नेहरूलाई महाप्रलयको दिन यातना दिइनेछ । निस्सन्देह यो प्रतिष्ठत र सुरक्षित किताब हो । कुनै फेरबदल गर्नेले त्यसमा फेरबदल गर्न सक्दैन । ४२. त्यसमा कमि गर्ने वा थपने वा फेरबदल गर्ने कुनै पनि असत्य न त अगाडिबाट आउन सक्छ, न पछाडिबाट । यसलाई त्यस अल्लाहले अवतरण गर्नुभयो जो सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा विवेकशील र हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।किताबलाई झूठो ठहर गर्नेहरूको वर्णन गरेपछि अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई धैर्य र आस्वाशन दिलाउन विगतका रसूलहरू र उनीहरूले सामना गरेका झूठो ठहर गरिने, ठट्टा गरिने र झूठो कुरा रचना गरिनेबारे बताउनु भयो । अल्लाहले भन्नुभयो– ४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी तपाईंलाई झूठो ठहर गरिदैछ, त्यसरी नै तपाईंभन्दाअघिका रसूलहरू झूठो ठहर गरिए । अतः धैर्य धारण गर्नुहोस्, निस्सन्देह तौबा गर्ने भक्तहरूलाई अल्लाह माफ गर्नुहुन्छ र आफ्नो पापमा जिद्दी गर्ने र तौबा नगर्नेहरूलाई सजाय दिनुहुन्छ ।४४. यदि हामीले कुरआनलाई अरबी भाषामा अवतरण नगरेर अन्य कुनै भाषामा अवतरण गरेको भए, यी काफिरहरूमध्ये कसैले भन्ने थियो– यो कुरआन किन स्पष्ट पारिएन ताकि हामी बुझ्ने थियौं । के यो कुरआन गैरअरबी भाषामा छ जब कि यसलाई ल्याउने अरबी हुन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भन्नुहोस्– मोमिनहरूलाई यो कुरआन पथभ्रष्टताबाट निकालेर सीधा मार्ग देखाउँछ र उनीहरूका हृदयमा रहेका अज्ञानताको रोगको निवारण गर्छ । काफिरहरूको कानमा बुचो छ र तिनीहरू अन्धा छन् त्यसैले तिनीहरू यस कुरआनलाई बुझ्दैनन् । यस्ता मानिसहरू ती मानिसहरूमध्ये हुन् जसलाई टाढाबाट पुकारिन्छ अनि तिनीहरू डाक्ने व्यक्तिको पुकार कसरी सुन्न सक्छन् !४५. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं, तर तिनीहरूले त्यसमा मतभेद गरे । तिनीहरूमध्ये केही त्यसमा ईमान ल्याए र केही कुफ्र गरे । यदि अल्लाहको तर्फबाट भक्तहरूबीच महाप्रलयको दिन निर्णय गर्ने कुराको वाचा नभएको भए अल्लाहले सत्यवादीहरूलाई सम्मानित गर्नुहुन्थ्यो र असत्यवादीहरूलाई अपमानित गर्नुहुन्थ्यो । निस्सन्देह काफिरहरू कुरआनको बारेमा हैरान पार्ने शङ्कामा छन् । ४६. जसले पनि सत्कर्म गर्छ, त्यसको लाभ उसैलाई प्राप्त हुन्छ । अल्लाहलाई कसैको सत्कर्मले फाइदा पुर्याउँदैन । जसले पनि दुष्कर्म गर्छ, त्यसको हानि उसैले बेहोर्नुपर्छ । सृष्टिहरूमध्ये कसैको अवज्ञाले उहाँलाई कुनै हानि पुर्याउन सक्दैन । अल्लाहले चाँडै नै सबैलाई तिनीहरूको कर्मको बदला दिनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता भक्तहरूमाथि अत्याचार गर्नुहुन्न, न तिनीहरूको पुण्यकर्ममा कमि गर्नुहुन्छ र न तिनीहरूको पापमा थप्नुहुन्छ ।४७. महाप्रलयको ज्ञान अल्लाहतर्फ नै फर्काइन्छ । महाप्रलय कहिले आउनेछ भन्ने कुराको ज्ञान मात्र अल्लाहलाई छ । उहाँबाहेक अरू कसैलाई यसको ज्ञान छैन । गाभाहरूबाट निस्कने फलको ज्ञान पनि मात्र अल्लाहलाई छ । स्त्रीले गर्भ धारण गरेको, शिशुलाई जन्म दिएको र त्यसमा केही कमि भएको ज्ञान पनि मात्र अल्लाहलाई छ । महाप्रलयको दिन मूर्तीहरूको पूजा गर्नेहरूलाई अल्लाहले सोध्नुहुनेछ– कहाँ छन् तिमीहरूले मेरो भक्तिमा साझेदार ठहर गरेका मूर्तीहरू ? तिनीहरूले जवाफ दिनेछन्– अब तपाईंसँग कोही साझेदार छ भन्ने कुराको गवाही कसैले पनि दिन सक्दैन ।४८. तिनीहरूले पुकार्ने गरेका सबै मूर्तिहरू हराएर जानेछन् । तिनीहरू अल्लाहको यातनाबाट भागेर जान सक्दैनन् भन्ने कुराको तिनीहरूलाई विश्वास हुनेछ ।४९. मानव स्वास्थ्य, धनसम्पत्ति, सन्तान इत्यादि जस्ता वरदानहरू माग्न थकित हुँदैनन् । उसलाई गरिबी, रोग इत्यादि लागेमा ऊ अल्लाहको कृपाबाट धेरै निराश हुन्छ ।५०. मानवलाई सङ्कट र रोगपछि जब हामी स्वास्थ्य, सम्पन्नता र आरामको स्वाद चखाउँछौं तब ऊ भन्छ– यो मेरो लागि हो, किनभने म यसको हकदार छु । मेरो विचारमा महाप्रलय आउने छैन । मानौं यदि महाप्रलय आउँछ भने म अल्लाहनजिक सम्पन्नता र धनसम्त्ति पाउनेछु । म हकदार भएको ले जसरी उहाँले लोकमा वरदान दिनुभयो मलाई परलोकमा पनि दिनुहुनेछ । अल्लाहले अवश्य नै काफिरहरूलाई तिनीहरूले गरेको कुफ्र र अवज्ञाको बारेमा सूचित गर्नुहुनेछ र अवश्य नै कडा यातना दिनुहुनेछ ।५१. जब अल्लाह मानवलाई स्वास्थ्य र आरामको स्वाद चखाउनुहुन्छ तब ऊ उहाँको स्मरण र आज्ञापालन गर्न छोड्छ र घमण्ड गर्दै विमुख हुन्छ । उसलाई गरिबी, रोग इत्यादि लागेमा अल्लाहसित लामो प्रार्थना गर्न थाल्छ र आफूलाई पुगेको सङ्कटको निवारणको लागि माग गर्न थाल्छ । अल्लाहले उसमाथि कृपा गरेमा उहाँप्रति आभार प्रकट गर्दैन र उहाँले कुनै सङ्कटमा हालेपछि धैर्य गर्दैन । ५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भनि दिनुहोस्– तिमीहरू मलाई बताऊ, यदि यो कुरआन अल्लाहको तर्फबाट छ र तिमीहरूले यसको इन्कार गर्छौ तथा यसलाई झूठो ठहर गर्छौ भने तिमीहरूको के कस्तो अवस्था हुनेछ ?! स्पष्ट, प्रमाणित र शक्तिशाली सत्यसित शत्रुता राख्नेहरूभन्दा ठूलो पथभ्रष्ट अरू को हुन सक्छ ?! ५३. कुरैशका काफिरहरूलाई अल्लाहले चाँडै नै जगतमा सर्वत्र फैलिएका निशानीहरू देखाउनुहुनेछ जो निशानी उहाँ मुस्लिमहरूलाई देखाउनु हुन्छ । मक्कालाई मुस्लिमहरूका लागि विजय गराएर उहाँले तिनीहरूभित्र रहेका निशानीहरू पनि देखाउनुहुनेछ । यहाँसम्म कि तिनीहरूसमक्ष यो कुरा स्पष्ट हुन्छ कि कुरआन सत्य हो, यसमा कुनै शङ्का छैन । के बहुदेववादीहरूका लागि यो पर्याप्त छैन कि अल्लाह स्वयम कुरआनको सत्यताको बारेमा गवाही दिनुहुन्छ ?! अल्लाहको गवाहीभन्दा ठूलो गवाही कसको हुन सक्छ र ?! यदि तिनीहरू सत्यको खोजीमा छन् भने तिनीहरूका लागि अल्लाहको गवाही पर्याप्त हुनुपर्छ । ५४. जानिराख बहुदेववादीहरू महाप्रलयको दिन अल्लाहसित भेंटको बारेमा शङ्कामा छन्, किनभने तिनीहरू पुनर्जन्मको इन्कार गर्छन् । महाप्रलयको दिनमाथि तिनीहरूको ईमान छैन । त्यसैले सत्कर्म गरेर त्यसको तयारी गरिरहेका छैनन् । जानिराख, अल्लाहको ज्ञान र शक्ति सबै वस्तुहरूमाथि छाएको छ ।
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. यो कुरआन अल्लाहले अवतरण गर्नुभयो जो अति करुणामय र कृपावान हुनुहुन्छ ।
३. यो यस्तो किताब हो जसका श्लोकहरू पूर्णरूपमा स्पष्ट पारिएका छन् । यो किताब अरबी भाषामा ज्ञानी मानिसहरूका लागि तयार पारिएको छ । किनभने उनीहरू नै यसका अर्थहरू र यसमा रहेको सत्यतर्फ गरिएको मार्गदर्शनबाट फाइदा उठाउन सक्छन् ।
४. यसमा मोमिनहरूलाई उनीहरूकै लागि तयार पारिएको राम्रो बदलाको शुभसूचना दिइएको छ । काफिरहरूलाई पीडादायी यातनाबाट डराइएको छ, किनभने तिनीहरूमध्ये अधिकांश मानिसहरू यसबाट विमुख भए । तिनीहरू यसमा रहेका मार्गदर्शनलाई स्वीकार गर्ने गरी सुनिरहेका छैनन् ।
५. तिनीहरूले भने– हाम्रा हृदयहरू पर्दामा बेरिएका छन्, त्यसैले तिमीले दिएको आह्वान बुझि रहेका छैनौं, हाम्रो कानमा बुजो छ, जसले गर्दा सुनिरहेका छैनौं, हामीहरू र तिमीबीच पर्दा भएकोले तिम्रो कुनै कुरा हामीसमक्ष पुगिरहेको छैन । तिमी आफ्नो तरिका अनुसार कार्य गर हामीहरू आफ्नो तरिका अनुसार कार्य गर्दैछौं । हामीहरू कदापि तिम्रो अनुसरण गर्दैनौं ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी शत्रुहरूलाई भनिदिनुहोस्– म तिमीहरू जस्तै मानव हौं, अल्लाहले मतर्फ प्रकाशना गर्नुभयो कि अल्लाह मात्र भक्तियोग्य हुनुहुन्छ, अनि उहाँसम्म पुग्ने मार्ग अवलम्बन गर र उहाँसँग आफ्ना पापको माफि माग । अल्लाहलाई छोडेर अरूको भक्ति गर्ने वा अल्लाहको भक्तिमा साझेदार ठहर गर्ने बहुदेववादीहरूको सर्वनाशको लागि प्रार्थना गर ।
७. जो आफ्नो धन सम्पत्तिको जकात चुक्ता गर्दैनन् बरु आखिरत र त्यसमा रहेको सधैं रहने वरदान र कडा यातनाको इन्कार गर्छन् ।
८. निस्सन्देह सत्कर्मी मोमिनहरूका लागि कहिल्यै समाप्त नहुने र सदा सर्वदा रहने बदला स्वर्ग हो ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूको निन्दा गर्दै भन्नुहोस्– तिमीहरू अल्लाहको इन्कार किन गर्दैछौ जसले तिमीहरूका लागि दुई दिन अइतवार र सोमवारको दिन पृथ्वीको सृष्टि गर्नुभयो ?! के तिमीहरू अल्लाहको लागि समकक्षी बनाउँछौ र तिनीहरूको भक्ति गर्छौ ?! अल्लाह नै सबै सृष्टिहरूका पालनकर्ता हुनुहुन्छ ।
१०. अल्लाहले नै पृथ्वीमाथि अडिग रहने पहाडहरू बनाउनुभयो, जसले पृथ्वीको सन्तुलन कायम राखेको छ र त्यसलाई हल्लिनबाट बचाएको छ । उहाँले पृथ्वीलाई बरकत वाला बनाउनुभयो र त्यसका बासीहरूलाई भलाइ प्रदान गर्नुभयो । चार दिनमा मानिसहरू र जनावरहरूको जीविका निर्धारण गर्नुभयो । यी चार दिनमा अइतवार सोमवारसहित थप मङगलवार र बुधवार शामेल छन् । प्रश्न गर्नेहरूका लागि यही जवाफ ठीक हो ।
११. फेरि अल्लाहले आकाशको सृष्टिको नीयत गर्नुभयो, जो धुवाँ थियो । अल्लाहले आकाश र पृथ्वीलाई भन्नुभयो– चाहेर होस् वा नचाहेर होस्, तिमीहरू मेरो आदेशको पालना गर । तिमीहरूको लागि अरू कुनै उपाय छैन । दुवैले भने– हामीहरूले चाहेर आज्ञापालन गर्यौं । हे हाम्रा पालनकर्ता ! तपाईंको चाहना अनुसार नै हाम्रो चाहना छ ।
१२. अल्लाहले आकाशको सृष्टि २ दिन बिहिवार र शुक्रवारको दिन पूरा गर्नुभयो । यसरी आकाशहरू र पृथ्वीको सृष्टि छ दिनमा पूरा भयो । अल्लाहले प्रत्येक आकाशको भाग्य, भक्ति र आज्ञापालन त्यसतर्फ वही गर्नुभयो । हामीले सांसारिक आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं र शैतानले लुकि छिपि केही सुन्न नपाओस् भनेर ताराहरूद्वारा सुरक्षित पार्यौं । उपर्युक्त सबै कुराहरू अल्लाहले भाग्यमा लेख्नुभयो,जो प्रभुत्वशाली हुनुहुन्छ, जसमाथि कोही विजयी हुन सक्दैन । उहाँ सृष्टिहरूका सबै कुराहरू जान्नुहुन्छ ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले ल्याउनुभएको सन्देशमाथि ईमान ल्याउनबाट यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुहोस– मैले तिमीहरूलाई त्यस्तो प्रकोपबाट डराइसकेकोछु जस्तो प्रकोप हूद (अलैहिस्सलाम) को समुदाय आद र सालेह (अलैहिस्सलाम) को समुदाय समूदमाथि आएको थियो जब तिनीहरूले झूठो ठहर गरेका थिए ।
१४. तिनीहरूसमक्ष एक पछि अर्को रसूल एउटै सन्देश लिएर आए, उनीहरू सबैले आदेश दिए– मात्र एक अल्लाहको भक्ति गर । तिनीहरूमध्ये काफिरहरूले भने– यदि अल्लाहले रसूल पठाउनु नै थियो भने उहाँले फरिश्ताहरूमध्ये पठाउनु पर्ने थियो । तिमी हामीहरू जस्तै मानव हौ, त्यसैले तिमीले ल्याएको सन्देशको इन्कार गर्छौं ।
१५. हूद (अलैहिस्सलाम) को समुदाय आदले कुफ्रको साथ साथै धर्तीमा बिना अधिकार घमण्ड गर्यो र आफ्ना वरिपरि रहेका मानिसहरूमाथि अत्याचार पनि गर्यो । आफ्नो शक्तिबारे धोका खाँदै भन्यो– हामीभन्दा शक्तिशाली कोही पनि छैन । अल्लाहले यिनीहरूलाई जवाफ दिनुभयो– के यिनीहरूले जानेनन् र देखेनन् कि अल्लाहले नै तिनीहरूको सृष्टि गर्नुभयो र तिनीहरू जुन शक्तिमाथि घमण्ड गर्दैछन् त्यो शक्ति प्रदान गर्नुभयो, यसरी अल्लाह तिनीहरूभन्दा बढी शक्तिशाली हुनुहुन्छ ?! हूद (अलैहिस्सलाम) ले ल्याएका चमत्कारहरूको तिनीहरूले इन्कार गरे ।
१६. हामीले तिनीहरूमाथि डर लाग्दो आवाज भएको हावा हुरीको प्रकोप अशुभ दिनहरूमा पठायौं । ताकि हामीले लोकमा तिनीहरूलाई अपमानजनक प्रकोपको स्वाद चखाऔं । परलोकमा तिनीहरूका लागि यसभन्दा बढी अपमान जनक यातना छ, जसको तिनीहरू प्रतीक्षा गर्दैछन् । यस यातनाबाट निकाल्ने कुनै सहयोगी तिनीहरूले पाउने छैनन् ।
१७. सालेह (अलैहिस्सलाम) को समुदाय समूदलाई हामीले सत्यलाई स्पष्ट पार्ने मार्गदर्शन दियौं, तर तिनीहरू सत्यलाई अस्वीकार गरेर पथभ्रष्ट भए । अनि अपमानजनक प्रकोपको ठूलो स्वरले तिनीहरूलाई सर्वनाश पार्यो । किनभने तिनीहरू कुफ्र र अवज्ञा गर्दै थिए ।
१८. हामीले ती मानिसहरूलाई तिनीहरूको समुदायमाथि आएको प्रकोपबाट जोगायौं, जो अल्लाह र उहाँका रसूलहरू (अलैहिमुस्सलाम) माथि ईमान राख्दथे र अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बचेर ईशभय राखेका थिए ।
१९. त्यस दिन अल्लाहले आफ्ना शत्रुहरूलाई नर्कतर्फ जम्मा गर्नुहुनेछ । तिनीहरूले नर्कका फरिश्तालाई शुरु देखि अन्तसम्म पुकार्नेछन्, तिनीहरू नर्कबाट भाग्ने स्थितीमा हुने छैनन् ।
२०. जब तिनीहरू हाँकिएर नर्कसम्म ल्याइनेछन् तब संसारमा गरेका कार्यबाट इन्कार गर्नेछन्, तर तिनीहरूले लोकमा गरेका कुफ्र र अवज्ञाको बारेमा तिनीहरूका कान, आँखाहरू र छालाहरूले तिनीहरूविरुद्ध गवाही दिनेछन् ।
२१. काफिरहरूले आफ्ना छालालाई भन्नेछन्– हामीले लोकमा गरेका कार्यहरूविरुद्ध तिमीहरू किन गवाही दिँदैछौ ?! छालाहरूले जवाफ दिनेछन्– प्रत्येक वस्तुलाई बोल्ने शक्ति दिने अल्लाहले नै हामीलाई बोल्ने शक्ति प्रदान गर्नुभयो । उहाँले नै पहिलो पटक लोकमा तिमीहरूलाई सृष्टि गर्नुभयो र दोस्रो पटक उहाँतर्फ नै परलोकमा हिसाब र बदलाको लागि फर्काइनेछौ ।
२२. तिमीहरू मृत्युपछि हुने हिसाब, सजाय र बदलामा ईमान नराखेको कारण लोकमा अवज्ञा गर्दा त्यसलाई लुकाउने गर्थ्यो, ताकि तिमीहरूविरुद्ध तिमीहरूका कान, आँखा र छालाहरूले गवाही नदेउन् । साथै तिमीहरू के ठानेका थियौ भने तिमीहरूले गर्ने कार्यहरूलाई अल्लाह देखि राख्नुभएको छैन, बरु उहाँबाट लुकेकाछन्, यसरी तिमीहरू धोकामा थियौ ।
२३. अल्लाहको बारेमा तिमीहरूले राखेको यही गलत धारणाले तिमीहरूलाई बर्बाद पार्यो, अनि तिमीहरू लोक र परलोक दुवैमा घाटा खानेहरूमध्ये बन्यो ।
२४. ती मानिसहरू जसको विरुद्धमा तिनीहरूका कान, आँखा र छालाले गवाही दिनेछन् यदि तिनीहरूले सहन गर्छन् भने तिनीहरूको बासस्थान र शरणस्थल नर्क हुनेछ । यदि तिनीहरूले यातना हटाउने र अल्लाहको खुशी प्राप्त गर्ने माग गर्छन् भने तिनीहरूलाई त्यो प्राप्त हुने छैन र तिनीहरू कहिल्यै स्वर्गमा जाने छैनन् ।
२५. हामीले यी काफिरहरूका लागि शैतानहरूमध्ये साथीहरू बनाएकाछौं, जो सधैं तिनीहरूसँग रहने गर्छन् । तिनीहरूले संसारमा गरेका दुष्कर्महरूलाई शैतानहरूले सुन्दर बनाएर देखाउँछन् । तिनीहरूपछाडि रहेका परलोकलाई पनि शैतानहरूले सुन्दर बनाएर देखाउँछन् । अनि शैतानहरू तिनीहरूलाई आखिरतबाट र त्यसको लागि कर्म गर्नबाट बिर्साइदिन्छन् । अनि तिनीहरूमाथि प्रकोप अनिवार्य भयो जसरी तिनीहरूअघि मानव र जिन्नको समूहमाथि यो प्रकोप अनिवार्य भएको थियो । तिनीहरू महाप्रलयको दिन नर्कमा गएर आफू पनि घाटामा परे र आफ्ना परिवारलाई पनि घाटामा पारे ।
२६. जब यी काफिरहरू यी प्रमाणहरूको उत्तर प्रमाणबाट दिन सकेनन् तब परस्पर एक अर्कालाई उपदेश दिँदै भन्न थाले– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले पढने यस कुरआनलाई नसुन । यसमा रहेको कुराको अनुसरण नगर । जतिखेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) कुरआन पढनुहुन्छ त्यतिखेर होहल्ला गर । आशा छ यसरी तिमीहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) माथि विजयी हुनेछौ । यसरी उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको पाठ र यसतर्फ आह्वान छोड्नुहुनेछ र हामीलाई राहत मिल्नेछ ।
२७. हामीले अवश्य नै महाप्रलयको दिन काफिरहरूलाई कडा यातनाको स्वाद चखाउनेछौं । तिनीहरूले गरेको कुफ्र र अवज्ञाभन्दा पनि नराम्रो बदला हामीले सजाय स्वरूप दिनेछौं ।
२८. उक्त सजाय अल्लाहका शत्रुहरूको सजाय हो, जसले कुफ्र गरे र रसूलहरूलाई झूठो ठहर गरे । तिनीहरू सधैंको लागि नर्कमा रहनेछन् । किनभने तिनीहरूले अल्लाहका श्लोकहरूको इन्कार गेरका थिए र स्पष्ट तथा प्रमाणित भए पनि त्यसमा ईमान ल्याएका थिएनन् ।
२९. काफिरहरूले भन्नेछन्– हे हाम्रा पालनकर्ता ! हामीहरूलाई पथभ्रष्ट पार्ने जिन्न र मानवलाई देखाउनुहोस्, जसले हामीहरूलाई पथभ्रष्ट पारेका थिए, इब्लीसलाई देखाउनुहोस् जसले कुफ्र र त्यसतर्फ आह्वानको प्रमपरा शुरु गर्यो र आदम (अलैहिस्सलाम) को त्यस सन्तानलाई देखाउनुहोस् जसले रगत बगाउने प्रमपरा शुरु गर्यो, हामीले नर्कमा आफ्नो खुट्टामुनि कुल्चनेछौं ताकि नर्कको सबैभन्दा तल्लो स्तरमा पुगुन्, जहाँ सबै भन्दा कडा यातना दिइनेछ ।
अल्लाहले आफ्ना शत्रुहरूको सजायको वर्णनपछि आफ्ना मित्रहरूको बदलाको वर्णन गर्दै भन्नुभयो–
३०. निस्सन्देह जुन मानिसहरूले भने– हाम्रा पालनकर्ता अल्लाह हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन, अडिग भएर उहाँका आदेशहरूको पालना गरे र उहाँले मनाहि गर्नुभएको कार्यलाई छोडे, उनीहरूमाथि फरिश्ताहरू यो भन्दै अवतरण हुन्छन्– मृत्यु र त्यसपछिको कुराबाट नडराउ, संसारमा छोडेको कुराप्रति चिन्ता नगर । संसारमा ल्याएको ईमान र गरेको सत्कर्मले गर्दा तिमीहरूसित वाचा गरिएको स्वर्गको शुभसूचना छ ।
३१. हामी लोकमा तिमीहरूका मित्र हौं र तिमीहरूको मद्दत गर्नेछौं । हामी परलोकमा पनि तिमीहरूका मित्र हौं र हाम्रो मित्रता सधैंको लागि हो । स्वर्गमा तिमीहरूले मन पराउने, इच्छा गर्ने र माग गर्ने सबै वस्तुहरू हुनेछन् ।
३२. क्षमाशील पालनकर्ताको तर्फबाट तिमीहरूको पाहुनासत्कारको लागि तयारी जीविका हुनेछन् । निस्सन्देह अल्लाह तौबा गर्ने भक्तहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
३३. त्यो व्यक्तिभन्दा रामो कसैको भनाइ हुन सक्दैन जो एक अल्लाहको भक्ति र इस्लामी कानुनको पालनातर्फ मानिसहरूलाई आह्वान गर्छन्, अल्लाहलाई खुशी पार्न सत्कर्म गर्छन् र भन्छन् हामी आज्ञाकारी मुस्लिम हौं । यी कार्यहरू गर्ने व्यक्तिको कुरा नै सर्वोत्तम कुरा हो ।
३४. अल्लाहलाई प्रसन्न पार्ने सत्कर्म तथा आज्ञापालन र उहाँलाई रोष दिलाउने पाप र अवज्ञा एकसमान हुन सक्दैनन् । नराम्रो व्यवहार गर्ने मानिसहरूको दुष्कार्यको जवाफमा राम्रो व्यवहार गर । यस प्रकारको राम्रो व्यवहारले शत्रुहरूलाई निकटतम मित्र बनाइ दिनेछ ।
३५. यस्तो सदव्यवहार गर्ने अवसर यस्ता धैर्यवान र भाग्यशालीहरूलाई मात्र प्राप्त हुन्छ जो दुःख र कष्टमा धैर्य गर्छन् । यस्तो सदव्यवहारमा धेरै भलाइ र फाइदा छन् ।
३६. जहिले पनि शैतानले दुष्कर्म गर्न प्रेरित गरेमा अल्लाहलाई राम्ररी समात र उहाँको शरण खोज । उहाँ तिम्रो कुरा सुन्नुहुन्छ र तिम्रो अवस्थालाई जान्नुहुन्छ ।
३७. अल्लाह महान र एकमात्र हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्ने निशानीहरूमध्ये हुन्– रात र दिनको पालै पालो आउनु, सूर्य र चन्द्रमा । हे मानव हो ! तिमीहरू न सूर्य पूजा गर न चन्द्रमा पूजा गर, बरु मात्र त्यस अल्लाहको भक्ति गर जसले यी सबैलाई सृष्टि गर्नुभयो, यदि तिमीहरू अल्लाहको वास्तविक भक्त हौ भने ।
३८. यदि तिनीहरू घमण्ड गर्छन, विमुख हुन्छन् र वास्तविक सृष्टिकर्ता अल्लाहको भक्ति गर्दैनन् भने अल्लाहनजिक रहेका फरिश्ताहरू दिन रात एकसाथ अल्लाहको पवित्रताको गुणगान र प्रशंसा गर्दैछन् । उनीहरू कहिल्ये दिक्क मान्दैनन् ।
३९. अल्लाह महान तथा एकमात्र हुनुहुन्छ र उहाँ पुनर्जन्मको सामर्थ्य राख्नुहुन्छ भन्ने कुरा प्रमाणित गर्ने निशानीहरूमध्ये हुन्– तपाईं आफ्ना आँखाले सुख्खा भूमि देख्नुहुन्छ, वर्षा भएपछि त्यसमा बालीनाली लहलहाउन थाल्छ । जुन अल्लाह यी बालीनालीलाई जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ, उहाँ मानवलाई हिसाब र बदलाको लागि पुनर्जन्म गर्नुहुन्छ । उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । मृत भूमिलाई जीवित पार्न र मृत मानिसहरूलाई जीवित पारेर उनीहरूका चिहानबाट निकाल्नबाट कसैले रोक्न सक्दैन ।
४०. हामी यस्ता मानिसहरूको अवस्थासित अवगत छौं जो हाम्रा श्लोकहरूको इन्कार गरेर,त्यसलाई झूठो ठहर गरेर र त्यसमा फेर बदल गरेर त्यसलाई बङ्ग्याउन चाहन्छन् । के महाप्रलयको दिन नर्कमा जानेहरू उत्तम छन् वा यातनाबाट सुरक्षित रहनेहरू उत्तम छन् ? हे मानव हो ! हामीले तिमीहरूसमक्ष भलाइ र निकृष्टता स्पष्ट पारिसकेकाछौं, अब तिमीहरूको इच्छा, भलाइको कार्य गर वा दुष्कर्म गर । तिमीहरू यी कार्यहरूमध्ये जे गरे पनि अल्लाह त्यसलाई देखिराख्नुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट लुकेको छैन ।
४१. अल्लाहको तर्फबाट आएको कुरआनलाई इन्कार गर्नेहरूलाई महाप्रलयको दिन यातना दिइनेछ । निस्सन्देह यो प्रतिष्ठत र सुरक्षित किताब हो । कुनै फेरबदल गर्नेले त्यसमा फेरबदल गर्न सक्दैन ।
४२. त्यसमा कमि गर्ने वा थपने वा फेरबदल गर्ने कुनै पनि असत्य न त अगाडिबाट आउन सक्छ, न पछाडिबाट । यसलाई त्यस अल्लाहले अवतरण गर्नुभयो जो सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा विवेकशील र हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
किताबलाई झूठो ठहर गर्नेहरूको वर्णन गरेपछि अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई धैर्य र आस्वाशन दिलाउन विगतका रसूलहरू र उनीहरूले सामना गरेका झूठो ठहर गरिने, ठट्टा गरिने र झूठो कुरा रचना गरिनेबारे बताउनु भयो । अल्लाहले भन्नुभयो–
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी तपाईंलाई झूठो ठहर गरिदैछ, त्यसरी नै तपाईंभन्दाअघिका रसूलहरू झूठो ठहर गरिए । अतः धैर्य धारण गर्नुहोस्, निस्सन्देह तौबा गर्ने भक्तहरूलाई अल्लाह माफ गर्नुहुन्छ र आफ्नो पापमा जिद्दी गर्ने र तौबा नगर्नेहरूलाई सजाय दिनुहुन्छ ।
४४. यदि हामीले कुरआनलाई अरबी भाषामा अवतरण नगरेर अन्य कुनै भाषामा अवतरण गरेको भए, यी काफिरहरूमध्ये कसैले भन्ने थियो– यो कुरआन किन स्पष्ट पारिएन ताकि हामी बुझ्ने थियौं । के यो कुरआन गैरअरबी भाषामा छ जब कि यसलाई ल्याउने अरबी हुन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भन्नुहोस्– मोमिनहरूलाई यो कुरआन पथभ्रष्टताबाट निकालेर सीधा मार्ग देखाउँछ र उनीहरूका हृदयमा रहेका अज्ञानताको रोगको निवारण गर्छ । काफिरहरूको कानमा बुचो छ र तिनीहरू अन्धा छन् त्यसैले तिनीहरू यस कुरआनलाई बुझ्दैनन् । यस्ता मानिसहरू ती मानिसहरूमध्ये हुन् जसलाई टाढाबाट पुकारिन्छ अनि तिनीहरू डाक्ने व्यक्तिको पुकार कसरी सुन्न सक्छन् !
४५. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं, तर तिनीहरूले त्यसमा मतभेद गरे । तिनीहरूमध्ये केही त्यसमा ईमान ल्याए र केही कुफ्र गरे । यदि अल्लाहको तर्फबाट भक्तहरूबीच महाप्रलयको दिन निर्णय गर्ने कुराको वाचा नभएको भए अल्लाहले सत्यवादीहरूलाई सम्मानित गर्नुहुन्थ्यो र असत्यवादीहरूलाई अपमानित गर्नुहुन्थ्यो । निस्सन्देह काफिरहरू कुरआनको बारेमा हैरान पार्ने शङ्कामा छन् ।
४६. जसले पनि सत्कर्म गर्छ, त्यसको लाभ उसैलाई प्राप्त हुन्छ । अल्लाहलाई कसैको सत्कर्मले फाइदा पुर्याउँदैन । जसले पनि दुष्कर्म गर्छ, त्यसको हानि उसैले बेहोर्नुपर्छ । सृष्टिहरूमध्ये कसैको अवज्ञाले उहाँलाई कुनै हानि पुर्याउन सक्दैन । अल्लाहले चाँडै नै सबैलाई तिनीहरूको कर्मको बदला दिनुहुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता भक्तहरूमाथि अत्याचार गर्नुहुन्न, न तिनीहरूको पुण्यकर्ममा कमि गर्नुहुन्छ र न तिनीहरूको पापमा थप्नुहुन्छ ।
४७. महाप्रलयको ज्ञान अल्लाहतर्फ नै फर्काइन्छ । महाप्रलय कहिले आउनेछ भन्ने कुराको ज्ञान मात्र अल्लाहलाई छ । उहाँबाहेक अरू कसैलाई यसको ज्ञान छैन । गाभाहरूबाट निस्कने फलको ज्ञान पनि मात्र अल्लाहलाई छ । स्त्रीले गर्भ धारण गरेको, शिशुलाई जन्म दिएको र त्यसमा केही कमि भएको ज्ञान पनि मात्र अल्लाहलाई छ । महाप्रलयको दिन मूर्तीहरूको पूजा गर्नेहरूलाई अल्लाहले सोध्नुहुनेछ– कहाँ छन् तिमीहरूले मेरो भक्तिमा साझेदार ठहर गरेका मूर्तीहरू ? तिनीहरूले जवाफ दिनेछन्– अब तपाईंसँग कोही साझेदार छ भन्ने कुराको गवाही कसैले पनि दिन सक्दैन ।
४८. तिनीहरूले पुकार्ने गरेका सबै मूर्तिहरू हराएर जानेछन् । तिनीहरू अल्लाहको यातनाबाट भागेर जान सक्दैनन् भन्ने कुराको तिनीहरूलाई विश्वास हुनेछ ।
४९. मानव स्वास्थ्य, धनसम्पत्ति, सन्तान इत्यादि जस्ता वरदानहरू माग्न थकित हुँदैनन् । उसलाई गरिबी, रोग इत्यादि लागेमा ऊ अल्लाहको कृपाबाट धेरै निराश हुन्छ ।
५०. मानवलाई सङ्कट र रोगपछि जब हामी स्वास्थ्य, सम्पन्नता र आरामको स्वाद चखाउँछौं तब ऊ भन्छ– यो मेरो लागि हो, किनभने म यसको हकदार छु । मेरो विचारमा महाप्रलय आउने छैन । मानौं यदि महाप्रलय आउँछ भने म अल्लाहनजिक सम्पन्नता र धनसम्त्ति पाउनेछु । म हकदार भएको ले जसरी उहाँले लोकमा वरदान दिनुभयो मलाई परलोकमा पनि दिनुहुनेछ । अल्लाहले अवश्य नै काफिरहरूलाई तिनीहरूले गरेको कुफ्र र अवज्ञाको बारेमा सूचित गर्नुहुनेछ र अवश्य नै कडा यातना दिनुहुनेछ ।
५१. जब अल्लाह मानवलाई स्वास्थ्य र आरामको स्वाद चखाउनुहुन्छ तब ऊ उहाँको स्मरण र आज्ञापालन गर्न छोड्छ र घमण्ड गर्दै विमुख हुन्छ । उसलाई गरिबी, रोग इत्यादि लागेमा अल्लाहसित लामो प्रार्थना गर्न थाल्छ र आफूलाई पुगेको सङ्कटको निवारणको लागि माग गर्न थाल्छ । अल्लाहले उसमाथि कृपा गरेमा उहाँप्रति आभार प्रकट गर्दैन र उहाँले कुनै सङ्कटमा हालेपछि धैर्य गर्दैन ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भनि दिनुहोस्– तिमीहरू मलाई बताऊ, यदि यो कुरआन अल्लाहको तर्फबाट छ र तिमीहरूले यसको इन्कार गर्छौ तथा यसलाई झूठो ठहर गर्छौ भने तिमीहरूको के कस्तो अवस्था हुनेछ ?! स्पष्ट, प्रमाणित र शक्तिशाली सत्यसित शत्रुता राख्नेहरूभन्दा ठूलो पथभ्रष्ट अरू को हुन सक्छ ?!
५३. कुरैशका काफिरहरूलाई अल्लाहले चाँडै नै जगतमा सर्वत्र फैलिएका निशानीहरू देखाउनुहुनेछ जो निशानी उहाँ मुस्लिमहरूलाई देखाउनु हुन्छ । मक्कालाई मुस्लिमहरूका लागि विजय गराएर उहाँले तिनीहरूभित्र रहेका निशानीहरू पनि देखाउनुहुनेछ । यहाँसम्म कि तिनीहरूसमक्ष यो कुरा स्पष्ट हुन्छ कि कुरआन सत्य हो, यसमा कुनै शङ्का छैन । के बहुदेववादीहरूका लागि यो पर्याप्त छैन कि अल्लाह स्वयम कुरआनको सत्यताको बारेमा गवाही दिनुहुन्छ ?! अल्लाहको गवाहीभन्दा ठूलो गवाही कसको हुन सक्छ र ?! यदि तिनीहरू सत्यको खोजीमा छन् भने तिनीहरूका लागि अल्लाहको गवाही पर्याप्त हुनुपर्छ ।
५४. जानिराख बहुदेववादीहरू महाप्रलयको दिन अल्लाहसित भेंटको बारेमा शङ्कामा छन्, किनभने तिनीहरू पुनर्जन्मको इन्कार गर्छन् । महाप्रलयको दिनमाथि तिनीहरूको ईमान छैन । त्यसैले सत्कर्म गरेर त्यसको तयारी गरिरहेका छैनन् । जानिराख, अल्लाहको ज्ञान र शक्ति सबै वस्तुहरूमाथि छाएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें