शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल्-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।२. अल्लाहले कुरआनको कसम खानु भयो जसले सत्यतर्फ पुग्ने मार्गलाई स्पष्ट पार्छ ।३. हे ती मानिसहरू जसको भाषामा यो कुरआन अवतरण गरियो ! हामीले अरबी भाषामा यो कुरआन अवतरण गर्यौं ताकि तिमीहरू यसका अर्थहरूमा विचार गर्न सक, बुझ्न सक र यसलाई अन्य समुदायहरूसम्म पुर्याउन सक ।४. यो कुरआन उच्च स्थानमा रहेको लौहे महफूज (सुरक्षित बही खाता) मा छ । कुरआन विवेकले भरिपूर्ण छ र यसका श्लोकहरू आदेशहरू र मनाहि गरिएका कुराहरूमा आधारित छन् ।५. के तिमीहरूको धेरै शिर्क र अवज्ञाले गर्दा हामी कुरआनको अवतरण बन्द गरिदेऔं ? हामीले यस्तो गर्दैनौं, बरु तिमीहरूमाथि दया यही हो कि यसको अवतरण जारी रहोस् ।६. हामीले विगतका समुदायहरूमा कति धेरै सन्देष्टाहरू पठायौं । ७. विगतका समुदायहरूतर्फ जुनसुकै नबी अल्लाहको तर्फबाट आए, तिनीहरूले उनको उपहास नै गरे ।८. हामीले ती समुदायहरूका शक्तिशाली मानिसहरूको सर्वनाश गर्यौं । अनि हामी तिनीहरूभन्दा कम शक्तिशालीहरूलाई पनि सर्वनाश गर्न सक्छौं । विगतका समुदायहरूको सर्वनाशको वर्णन कुरआनमा भइसकेको छ, जस्तै आद, समूद, लूत (अलैहिस्सलाम) को समुदाय र मदयन बासी । ९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले झूठा ठहर गर्ने यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ– आकाशहरू र पृथ्वीको सृष्टि कसले गरेका छन् ? तिनीहरूले अवश्य यही जवाफ दिनेछन्, प्रभुत्वशाली र सर्वज्ञ अल्लाहले सृष्टि गर्नुभयो ।१०. अल्लाहले नै पृथ्वीलाई समतल बनाउनुभयो जसमाथि तिमीहरू खुट्टाले हिँड्छौ । यसका पहाडहरू र उपत्यकाहरूमा बाटो घाटो बनाउनुभयो, ताकि तिमीहरू मार्ग भेटाउन सक ।११. जसले आकाशबाट पानी बर्साउनुहुन्छ जो तिमीहरू, तिमीहरूका चौपायाहरू र खेतीहरूको लागि पर्याप्त हुन्छ । त्यसै पानीबाट उहाँ मृत गाउँहरू (का भूमी) लाई जीवित पार्नुहुन्छ । जसरी उहाँले यी मृत भूमिहरूका बाली नालीहरूलाई जीवित पार्नुभयो त्यसरी नै तिमीहरूको मृत्युपछि पुनर्जन्म गर्नुहुनेछ ।१२. जसले नाना थरीका वस्तुहरू सृष्टि गर्नुभयो, जस्तै रात, दिन, भाले, पोथी इत्यादि । उहाँले तिमीहरूका लागि पानी जहाज, चौपायाहरू सृष्टि गर्नुभयो जसमा तिमीहरू सवार भएर यात्रा गर्छौ । पानी जहाजबाट जलमा र चौपायाहरूमाथि थलमा ।१३. यी सबै अल्लाहले गर्नुभयो ताकि तिमीहरू त्यसमा बसेर यात्रा गर । यात्राको लागि तिनीहरूमा सवार हुँदा अल्लाहको यस वरदानलाई स्मरण गर कि उहाँ तिमीहरूका लागि यी सवारीहरू नियन्त्रणमा दिनुभयो र जिब्रोले प्रार्थना गर– पवित्र हुनुहुन्छ अल्लाह जसले यस सवारीलाई मेरो नियन्त्रणमा दिनुभयो, जसले गर्दा हामी चाहना अनुसार प्रयोग गर्छौं । उहाँले नियन्त्रणमा नदिएको भए हामी यसमाथि नियन्त्रण गर्न सक्ने थिएनौं । १४. मृत्युपछि हिसाब र बदलाको लागि हामीले फर्केर मात्र आफ्ना पालनकर्तातर्फ नै जानुछ ।१५. बहुदेववादीहरूले के ठानेका थिए भने केही प्राणीहरू अल्लाहबाट जन्म लिएका छन् । अनि तिनीहरूले भने– फरिश्ताहरू अल्लाहकी छोरीहरू हुन् । निस्सन्देह यस्तो भन्ने व्यक्ति स्पष्टरूपमा कुफ्र गर्छ ।१६. हे बहुदेववादीहरू हो ! के अल्लाहले आफ्नो लागि छोरीहरू ग्रहण गर्नुभयो र तिमीहरूलाई विशेषरूप छोराहरू दिनुभयो भन्ने कुरा गर्छौ ?! तिमीहरूले ठानेको यो कस्तो रोजाइ हो ?! १७. जब तिनीहरूमध्ये कसैलाई छोरी जन्मेको शुभसूचना दिइन्छ तब उसको अनुहार चिन्ताले कालो हुन्छ र बेस्सरी रिस उठ्छ । अनि कुन आधारमा उसले अल्लाहको लागि छोरी हुने कुरा भन्छ ? १८. के तिनीहरू अल्लाहको लागि छोरी बनाउँछन् जसको पालन पोषण गरगहनामा हुन्छ र जो वाद विवाद हुँदा स्त्री भएकोले आफ्नो कुरा स्पष्ट गर्न सक्दैन ?! १९. तिनीहरूले करुणामय अल्लाहका भक्त फरिश्ताहरूलाई छोरी भने । के तिनीहरू उनीहरूको सृष्टि हुँदा त्यहाँ उपस्थित थिए जसले गर्दा उनीहरू छोरी हुन् भन्ने कुरा थाहा पाए ?! फरिश्ताहरूले तिनीहरूको यो गवाही लेख्नेछन्, महाप्रलयको दिन तिनीहरूसँग सोध पूछ गर्नेछन् र यस झूठको लागि सजाय दिनेछन् ।२०. भाग्यको कुराबाट तर्क दिँदै भने– यदि अल्लाहले नचाहेको भए हामीले फरिश्ताहरूको पूजा गर्ने थिएनौं । अल्लाहले चाहनुभयो अर्थात उहाँले यसैलाई मन पराउनुभयो । तिनीहरूसँग कुनै ज्ञान छैन, मात्र झूठो कुरा बोल्दैछन् । २१. के हामीले यी बहुदेववादीहरूलाई कुरआनअघि कुनै किताब दिएका छौं, जसमा अल्लाहबाहेकका भक्तिलाई जायज भनिएको छ ?! अनि तिनीहरू त्यस किताबलाई समातेका छन् र त्यसबाट प्रमाण दिँदैछन् ।२२. होइन, त्यस्तो कुनै कुरा छैन । बरु तिनीहरू पूर्वजको अन्धो अनुसरणलाई प्रमाण बनाउँदै भन्छन्– हामीले आफ्ना पूर्वजहरूलाई एउटा धर्ममा पायौं, तिनीहरू मूर्ती पूजा गर्नेगर्थे । अनि हामीहरू पनि तिनीहरूकै पदचिन्हको अनुसरण गर्दै यिनीहरूको भक्ति गरिराख्नेछौं ।२३. जसरी यिनीहरूले झूठा ठहर गरे र प्रमाणस्वरूप आफ्ना पूर्वजको अनुसरण बताए त्यसरी नै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं भन्दा अघिका जुनसुकै गाउँमा हामीले रसूल पठायौं त्यस रसूलका समुदायका धनि अगुवाहरूले भने– हामीले आफ्ना पूर्वजहरूलाई एउटा धर्ममा पायौं । हामीहरू पनि तिनीहरूकै पदचिन्हको अनुसरण गर्नेछौं । यस्तो कुरा भन्ने तपाईंको समुदाय नयाँ होइन ।२४. तिनीहरूका रसूलले भने– के मैले तिमीहरूका पूर्वजका धर्मभन्दा राम्रो धर्म ल्याए पनि तिमीहरूले तिनीहरूकै अनुसरण गर्नेछौ ? तिनीहरूले जवाफ दिए– तिमी र तिमीभन्दा अघिका रसूलहरूले ल्याएको सन्देशको हामी इन्कार गर्दैछौं ।२५. तपाईंभन्दा अघिका रसूलहरूलाई झूठा ठहर गर्ने समुदायहरूसित बदला लिँदै तिनीहरूलाई हामीले सर्वनाश गर्यौं । विचार गर्नुहोस्, कस्तो पीडादायी परिणाम भयो रसूलहरूलाई झूठा ठहर गर्नेहरूको ।२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् त्यस समयलाई जब इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो बुवा र समुदायलाई भने– अल्लाहलाई छोडेर तिमीहरू जुन मूर्तीहरूको पूजा गर्छौ त्यससँग मेरो कुनै सरोकार छैन ।२७. मेरा सरोकार मात्र अल्लाहसँग छ, जसले मेरो सृष्टि गर्नुभयो । उहाँले चाँडै नै त्यस सीधा धर्मतर्फ मेरो मार्गदर्शन गर्नुहुनेछ जसमा मेरो हित छ । २८. इब्राहीम (अलैहिस्सलाम) ले आफूपछि एकेश्वरवादको वाणी (ला इलाह इल्लल्लाह अर्थात अल्लाहबाहेक कोही पूज्य छैन) आफ्नो पीढीमा छोडे । अल्लाहलाई एक मान्ने र उहाँसँग कसैलाई साझेदार ठहर नगर्ने मानिसहरू निरन्तर बाँकी रहे । यस आशाका साथ कि तिनीहरू शिर्क र अवज्ञाबाट तौबा गरेर एक अल्लाहको भक्तितर्फ फर्कुन् । २९. झूठा ठहर गर्ने बहुदेववादीहरूलाई सर्वनाश पार्न हामीले हतार गरेनौं, बरु लोकमा जीवन बिताउने अवसर दियौं र तिनीहरूका पूर्वजहरूलाई पनि अवसर दियौं, यहाँ सम्म कि कुरआन र स्पष्ट रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भयो ।३०. जब यो सत्य कुरआन आयो जसमा कुनै सन्देह छैन, तब तिनीहरूले भने– यो जादू हो जसबाट मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हामीहरूमाथि जादू गर्दैछन् । हामीहरू यसको इन्कार गर्दैछौं, यसमाथि कदापि ईमान ल्याउने छैनौं ।३१. झूठा ठहर गर्ने बहुदेववादीहरूले भने– अल्लाहले यो कुरआन दूई वटा महा नगर मक्का र ताएफका कुनै व्यक्तिमाथि किन अवतरण गर्नुभएन, गरिब र अनाथ मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि नै किन अवतरण गर्नुभयो ? ३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के यिनीहरू अल्लाहको कृपाको वित्रण गर्छन्, वा अल्लाह, यिनीहरूले जसलाई चाहुन् प्रदान गरुन् र जसलाई चाहुन् वञ्चित राखुन् ? अल्लाहले नै यिनीहरूबीच लोकमा जीविकाको वित्रण गर्नुभयो र कसैलाई धनि र कसैलाई गरीब बनाउनुभयो । ताकि केही मानिसहरू अन्य केही मानिसहरूको अधिनमा रहुन् । भक्तहरूका लागि परलोकमा रहेका अल्लाहको कृपा यिनीहरूले लोकमा जम्मा गरिरहेका क्षणिक धनबाट उत्तम छ । ३३. सबै मानिसहरू कुफ्रमा एकमत भएर एउटै समुदाय हुने आशङ्का नभएको भए हामीले काफिरहरूको घरको छानालाई र तिनीहरूका घरका भर्याङ्लाई चाँदीको बनाउने थियौं ताकि तिनीहरू त्यसमाथि चढुन् ।३४. तिनीहरूलाई छुट दिन र परीक्षाको लागि हामीले तिनीहरूका घरका ढोका र तिनीहरूले अडेस लगाउने सोफालाई पनि चाँदीका बनाउने थियौं । ३५. तिनीहरूका लागि सुन पनि बनाउने थियौं । यी सबै सांसारिक जीवनका सरसामान मात्र हुन् । यी वस्तुहरू टिकाउ नभएकोले यसका फाइदा पनि थोरै हुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहका आदेशहरूको पालना गर्ने र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्ने ईशभय राखेका मानिसहरूका लागि आखिरतका वरदानहरू उत्तम छन् ।३६. जसले कुरआनबाट दृष्टि फेर्छ र विमुख हुन्छ हामीले त्यसमाथि एउटा शैतान तैनात गरिदिन्छौं जो उसको मित्र बन्न पुग्छ र उसको पथभ्रष्टतामा बृद्धि गरिराख्छ ।३७. कुरआनबाट विमुख हुनेहरूका शैतान साथीहरू तिनीहरूलाई अल्लाहको धर्मबाट रोक्छन् जसले गर्दा त्यस्ता मानिसहरू अल्लाहका आदेशहरूको पालना गर्दैनन् र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्दैनन्, तर आफू मार्गदर्शन पाएका ठान्दछन् । यसरी तिनीहरू आफ्नो पथभ्रष्टताबाट तौबा गर्दैनन् । ३८. महाप्रलयको दिन जब अल्लाहको स्मरणबाट विमुख व्यक्ति हामीकहाँ आउनेछ तब कामना गर्दै भन्नेछ– हे मित्र ! म र तिमीबीच पूर्व र पश्चिमबीच रहेको दूरी भएमा बेस हुन्थ्यो । उसले त्यस मित्रसित घृणा गर्नेछ ।३९. अल्लाहले महाप्रलयको दिन काफिरहरूलाई भन्नुहुनेछ– तिमीहरूले शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकोले अब केही हुनेवाला छैन । तिमीहरू सबै यातनामा एक साथ हुनेछौ । तिमीहरूले बनाएका साझेदारहरूले तिमीहरूको अंशको यातना सहन गर्ने छैन ।४०. यिनीहरू सबै सत्य सुन्नबाट बहिरा थिए, सत्य देख्नबाट अन्धा थिए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईं बहिरालाई सुनाउन सक्नुहुन्छ वा अन्धालाई मार्ग देखाउन सक्नुहुन्छ वा सीधा मार्गबाट खुल्ला रूपमा पथभ्रष्टलाई मार्दर्शन गर्न सक्नुहुन्छ ?! ४१. तपाईंलाई मृत्यु दिएर लगेपछि पनि तिनीहरूलाई लोक र परलोकमा यातना लिएर बदला लिने नै छौं । ४२. वा तिनीहरूसँग वाचा गरिएको यातनाको केही अंश तपाईंलाई देखाउनेछौं । हामी यिनीहरूमाथि पूर्ण सामर्थ्य राख्छौं, कसैले हामीलाई यसबाट रोक्न सक्दैन ।४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंतर्फ जे जति वही गर्नुहुन्छ त्यसलाई बलपूर्वक समात्नुहोस् र त्यस अनसार कर्म गर्नुहोस् । तपाईं सत्य मार्गमा हुनुहुन्छ, यसमा कुनै सन्देह छैन ।४४. यो कुरआन तपाईंको लागि र तपाईंको समुदायको लागि सम्मान हो । चाँडै महाप्रलयको दिन यसमाथि ईमान, यसको अनुसरण र यसतर्फ आह्वानको बारेमा तिमीहरूसित सोध पूछ हुनेछ । ४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं आफूअघि पठाइएका रसूलहरूलाई सोध्नुहोस्– के अल्लाहले आफूबाहे अन्य कुनै ईश्वर बनाउनुभयो जसको भक्ति गरियोस् ?!४६. हामीले मूसा (अलैहिस्सलाम) लाई चमत्कारहरू दिएर फिरऔन र उसको समुदायका अन्य अगुवाहरूसमक्ष पठायौं । मूसा (अलैहिस्सलाम) ले भने– म सबै सृष्टिहरूका पालनकर्ताको तर्फबाट पठाइएको रसूल हुँ । ४७. जब मूसा (अलैहिस्सलाम) हाम्रा चमत्कारहरू लिएर तिनीहरूसमक्ष पुगे तब तिनीहरूले उनको ठट्टा गर्दै हाँस्न थाले ।४८. मूसा (अलैहिस्सलाम) सत्यमा छन् भन्ने कुराका यस्ता चमत्कारहरू हामीले फिरऔन र उसका समुदायका अगुवाहरूलाई देखायौं, जो विगतका चमत्कारहरूभन्दा ठूला थिए । हामीले तिनीहरूलाई संसारमा प्रकोपमा ग्रस्त गर्यौं, यस आशाका साथ कि तिनीहरूले कुफ्र त्याग्नेछन् । तर यसको फाइदा भएन । ४९. केही प्रकोपको स्वाद चाखेपछि तिनीहरूले मूसा (अलैहिस्सलाम) लाई भने– हे जादूगर ! तिमी आफ्ना पालनकर्तासित प्रार्थना गर । किनभने तिम्रा पालनकर्ताले बताउनु भएको छ कि यदि हामीहरू ईमान ल्याउँछौं भने उहाँले प्रकोपलाई समाप्त पार्नुहुनेछ । यदि उहाँले यस प्रकोपलाई समाप्त पार्नुहुनेछ भने हामी ईमान ल्याउनेछौं ।५०. जब हामीले प्रकोपलाई समाप्त पार्यौं तब तिनीहरूले वचन भङ्ग गरे र त्यसलाई पूरा गरेनन् ।५१. फिरऔनले आफ्नो शासनको धाक जमाउँदै भन्यो– हे मेरा समुदाय ! के इजिप्टमाथि मेरो सत्ता छैन र यो नील नदी मेरो महलको तलतिरबाट बगिरहेको छैन ? के तिमीहरू मेरो सत्तालाई देख्दैनौ र मेरो महानतालाई जान्दैनौ ?!५२. म कमजोर र स्पष्ट कुरा पनि गर्न नसक्ने मूसा (अलैहिस्सलाम) भन्दा उत्तम छु ।५३. आफूले पठाएको रसूललाई अल्लाहले सुनका चुराहरू किन प्रदान गर्नुभएन, वा फरिश्ताहरू उनीसँग क्रमबद्ध भइ किन अवतरण भएनन् ।५४. यसरी फिरऔनले आफ्नो समुदायलाई मुर्ख बनायो, अनि तिनीहरूले उसको पथभ्रष्टतामा उसको आज्ञापालन गरे । तिनीहरू अल्लाहको आज्ञापालनबाट बाहिर निस्केका मानिसहरू थिए ।५५. जब तिनीहरूले निरन्तर कुफ्र गरेर हामीलाई रोष दिलाए तब हामीले तिनीहरूसित बदला लियौं र सबैलाई समुद्रमा डुबाइ दियौं । ५६. हामीले फिरऔन र उसको समुदायका अगुवाहरूलाई अगाडि राख्यौं र बाँकी काफिरहरूलाई पछाडि राख्यौं । अनि तिनीहरूलाई उपदेश ग्रहण गर्नेहरूका लागि पाठ बनाइदियौं । ताकि तिनीहरूले त्यस्तै कार्य गरेर प्रकोपको भागी नबनुन् ।५७. ईसाईहरूले ईसा (अलैहिस्सलाम) को भक्ति गर्नको कारणले उनलाई पनि अल्लाहको यो भनाइ अन्तर्गत ठाने– तिमीहरू र अल्लाहबाहेक तिमीहरू जसको भक्ति गर्छौ सबै नर्कको इन्धन बन्नेछन्, तिमीहरू सबै त्यसमा जानेछौ । जबकि अल्लाहले मूर्तीहरूको पूजा जस्तै उनको पूजाबाट पनि मनाहि गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तब तपाईंको समुदायले यो भन्दै होहल्ला गर्न थाले– हामीहरू यसबाट खुशी छौं कि हाम्रा ईश्वरहरू ईसा (अलैहिस्सलाम) कै दर्जामा रहुन् । अनि अल्लाहले तिनीहरूको खण्डनको लागि यो श्लोक अवतरण गर्नुभयो– ती मानिसहरू जसको बारेमा भलाईको निर्णय पहिला नै भइसक्यो उनीहरूलाई नर्कबाट टाढा राखिनेछ । ५८. बहुदेववादीहरूले भने– के हाम्रा भगवानहरू उत्तम छन् वा ईसा (अलैहिस्सलाम) ?! इब्नुज्जिबअरा र ऊ जस्ता बहुदेववादीहरूले यो प्रश्न सत्यसम्म पुग्नको लागि गरेनन् बरु वादविवाद गर्नको लागि गरे । यिनीहरू जन्मजात नै झगडालु छन् ।५९. मर्यम पुत्र ईसा (अलैहिस्सलाम) अल्लाहका भक्तहरूमध्ये एकजना भक्त थिए । हामीले उनलाई सन्देष्टा र रसूल बनाएर उनीमाथि वरदान गरेका थियौं । उनलाई बनीइस्राईलको लागि उदाहरण बनाएका थियौं । यसबाट अल्लाह सामर्थ्यवान हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ कि जसरी अल्लाहले आदम (अलैहिस्सलाम) लाई बिना बुवा आमाको सृष्टि गर्नुभयो त्यसरी नै ईसा (अलैहिस्सलाम) लाई बिना बुवाको सृष्टि गर्नुभयो । ६०. हे आदमका सन्तान ! यदि हामीले तिमीहरूलाई सर्वनाश गर्न चाहेमा सर्वनाश गर्न सक्छौं र तिमसीहरूको स्थानमा फरिश्ताहरू सृष्टि गर्न सक्छौं । जो तिमीहरूको वारिस बनेर मात्र अल्लाहको भक्ति गर्नेछन् र उहाँसँग कसैलाई साझेदार बनाउने छैनन् ।६१. जब ईसा (अलैहिस्सलाम) अन्तिम समयमा अवतरण हुनेछन् तब त्यो ठूलो महाप्रलयको चिन्ह हुनेछन् । महाप्रलयको आगमनमा कुनै शङ्का नगर । म अल्लाहको तर्फबाट जे जति लिएर आएको छु त्यसमा मेरो अनुसरण गर । म अल्लाहको तर्फबाट सीधा मार्ग लिएर आएको छु जसमा कुनै टेढोपन छैन । ६२. शैतानले तिमीहरूलाई बहकाएर र धोका दिएर सीधा मार्गबाट पथभ्रष्ट नपारोस् । निश्चय नै त्यो तिमीहरूको खुल्ला शत्रु हो ।६३. जब ईसा (अलैहिस्सलाम) उनी रसूल हुन् भन्ने स्पष्ट प्रमाणहरू लिएर आए आफ्नो समुदायमा आएर भने– म अल्लाहको तर्फबाट विवेक लिएर आएको छु, ताकि म तिमीहरूका लागि ती केही धार्मिक कुराहरू स्पष्ट पारुँ जसमा तिमीहरू मतभेद गर्छौ । अतः तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर, उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई छोडर उहाँसँग डराऊ र मेरो आदेशको पालना गर ।६४. अल्लाह नै मेरो पनि पालनकर्ता हुनुहुन्छ र तिमीहरूको पनि । उहाँबाहेक कोही पालनकर्ता छैन । तसर्थ निष्कपट भएर मात्र उहाँकै भक्ति गर । एक अल्लाहमाथि ईमान ल्याउनु नै सीधा मार्ग हो जसमा कुनै टेढोपन छैन ।६५. ईसा (अलैहिस्सलाम) को बारेमा ईसाई गुटहरूले मतभेद गरे । तिनीहरूमध्ये केही भन्छन्– ईसा (अलैहिस्सलाम) ईश्वर हुन् । कोही भन्छन्– उनी अल्लाहका पुत्र हुन् । कोही भन्छन्– उनी र उनकी आमा ईश्वर हुन् । यस्ता मानिसहरूका लागि महाप्रलयको दिन पीडादायी यातनाको बर्बादी छ, जो ईसा (अलैहिस्सलाम) लाई ईश्वर भन्छन्, वा अल्लाहका पुत्र भन्छन्, वा तीन ईश्वरहरूमध्ये तेस्रा मान्छन् । । ६६. ईसा (अलैहिस्सलाम) को बारेमा विभेद गर्ने यी गिरोहहरू के महाप्रलयको प्रतीक्षा गर्दैछन्, जो अकस्मात आउनेछ र तिनीहरू त्यसलाई महसुस गर्न सक्दैनन् ?! यिनीहरू कुफ्रकै अवस्थामा रहेको बेला महाप्रलय आयो भने यिनीहरू पीडादायी यातनामा पर्नेछन् ।६७. कुफ्र र पथभ्रष्टताको आधारमा रहेका मित्रहरू महाप्रलयको दिन एक अर्काका शत्रु बन्नेछन् । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय राख्नेहरूबीचको मित्रता सधैं कायम रहनेछ ।६८. उनीहरूलाई अल्लाहले भन्नुहुनेछ– हे मेरा भक्तहरू ! अब तिमीहरूलाई भविष्यमा जे जति मिल्नेछ त्यसको बारेमा नडराऊ । तिमीहरूले विगतमा गुमाएको सांसारिक अंशको चिन्ता नगर ।६९. यस्ता मानिसहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको कुरआनमाथि ईमान राख्छन्, कुरआनका लागि समर्पित छन् । त्यसमा आएका आदेशहरूको पालना गर्छन् र त्यसमा जुन कार्यहरूबाट मनाहि गरिएको छ त्यसलाई त्याग्छन् । ७०. तिमीहरू र ईमानमा तिमीहरू जस्तै साथीहरूका साथमा स्वर्गमा प्रवेश गर । त्यसमा सधैं रहने वरदानहरूमा रमाऊ, जो कहिले समाप्त हुने छैन ।७१. उनीहरूका सेवकहरू सुनका थाल र कचौरा लिएर उनीहरूका वरिपरि घुमि रहनेछन् । उनीहरूका लागि स्वर्गमा उनीहरूले मन पराउने र आँखालाई शीतल पार्ने वस्तुहरू हुनेछन् । तिमीहरू त्यसमा सधैं रहनेछौ, कहिल्यै पनि निस्कने छैनौ । ७२. यही त्यो स्वर्ग हो जो अल्लाहले तिमीहरूको सत्कर्मको कारणले आफ्नो कृपाले प्रदान गर्नुभयो ।७३. त्यसमा तिमीहरूका लागि निरन्तर विभिन्न फल फुल हुनेछन् जो तिमीहरू खानेछौ ।अल्लाहले ईशभय राख्नेहरूको वर्णन गरेपछि उनीहरूका विरोधि अपराधीहरूको वर्णन गर्दै भन्नुभयो– ७४. कुफ्र र अवज्ञा गरेका अपराधीहरू महाप्रलयको दिन सधैंको लागि नर्कको यातनामा रहनेछन् ।७५. तिनीहरूको यातनामा कमि गरिने छैन । तिनीहरू अल्लाहको कृपाबाट निराश हुनेछन् ।७६. हामीले तिनीहरूलाई नर्कमा हालेर तिनीहरूमाथि अत्याचार गरेनौं बरु तिनीहरूले कुफ्र गरेर आफैंमाथि अत्याचार गरे ।७७. तिनीहरूले नर्कको व्यवस्थापनमा तैनात फरिश्ता मालिकलाई भन्नेछन्– हे मालिक ! तपाईंका पालनकर्ताले हामीलाई मृत्यु नै देऊन्, ताकि यातनाबाट मुक्ति मिलोस् । मालिकले जवाफ दिनेछन्– तिमीहरू नमरिकन सधैं निरन्तर यातनामा रहनेछौ । ७८. हामी संसारमा तिमीहरूका लागि सत्य लिएर आएका थियौं, जसमा कुनै शङ्का थिएन, तर तिमीहरूमध्ये अधिकांशले त्यसलाई मन पराएनन् ।७. यदि तिनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) विरुद्ध चलखेल गर्दैछन् भने हामीले तिनीहरू विरुद्ध त्यसभन्दा ठूलो योजना बनाउनेछौं । ८०. के तिनीहरूले आफ्नो हृदयमा लुकाएको भेद वा कानाखुसी गरेको भेद हामी जान्दैनौं भनी ठान्दछन् ? किन नहुनु, हामी ती सबै कुराहरू सुन्दछौं र तिनीहरूले गरिराखेका कार्य फरिश्ताहरू लेखि राखेकाछन् ।८१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको लागि छोरी रच्नेहरूलाई भन्नुहोस्– अल्लाहको लागि सन्तान छैन, अल्लाह यस्तो कुराबाट पवित्र हुनुहुन्छ । म सर्वप्रथम अल्लाहको भक्ति गर्ने र उहाँको पवित्रताको वर्णन गर्ने व्यक्ति हुँ ।८२. आकाशहरू र पृथ्वीका पालनकर्ता यी बहुदेववादीहरूले भन्ने कुराबाट पवित्र हुनुहुन्छ । उहाँको कोही साझेदार, श्रीमती र सन्तान छैन ।८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई असत्यमा मग्न रहन र खेल कुदमा व्यस्त रहन छोडिदिनुहोस् यहाँसम्म कि तिनीहरू महाप्रलयको दिनलाई देख्नेछन् जसको वाचा तिनीहरूसित गरिएको छ ।८४. अल्लाह नै आकाशहरूमा सत्य ईश्वर हुनुहुन्छ र पृथ्वीमा पनि सत्य ईश्वर हुनुहुन्छ । उहाँ सृष्टि गर्न, कानुन बनाउन र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ र भक्तहरूका अवस्थासित अवगत हुनुहुन्छ । उहाँसित कुनै पनि कुरा लुकेको छैन ।८५. अल्लाह बर्कतयुक्त हुनुहुन्छ मात्र उहाँकै हातमा आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका सबै वस्तुहरूको सत्ता छ । महाप्रलयको ज्ञान पनि मात्र उहाँलाई छ । उहाँबाहेक अरू कसैलाई यसको ज्ञान छैन । हिसाब र बदलाको लागि तिमीहरू सबैले फर्केर उहाँतर्फ नै जानेछौ । ८६. बहुदेववादीहरूले पूजा गरिरहेका भगवानहरू अल्लाहनजिक सिफारिश गर्ने अधिकार राख्ने छैनन् । अल्लाहबाहेक कोही पूज्य छैन भन्ने कुराको गवाही दिनेहरू मात्र सिफारिश गर्ने अधिकार राख्छन् । उहाँ गवाही दिनेहरूलाई जान्नुहुन्छ, जस्तै ईसा (अलैहिस्सलाम), उजैर (अलैहिस्सलाम) र फरिश्ताहरू ।८७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले तिनीहरूलाई कसले सृष्टि गर्नुभयो भन्ने सोध्नुहुनेछ भने तिनीहरूले यही जवाफ दिनेछन्– अल्लाह । अनि तिनीहरू यो स्वीकार गरेपछि किन अल्लाहको भक्तिबाट फेरिदैछन् ?! ८८. अल्लाहलाई उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो समुदायले गर्नुभएको गुनासोको ज्ञान छ । ती मध्ये यो कुरा पनि हो– हे मेरा पालनकर्ता ! तपाईंले मलाई जुन सन्देश दिएर पठाउनुभयो त्यसमा यिनीहरू ईमान ल्याइ रहेका छैनन् । ८९. तपाईं तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यस्तो कुरा भन्नुहोस् जसले गर्दा तिनीहरूको दुष्टताबाट सुरक्षा होस् –यो मक्कामा घटेको कुरा हो– तिनीहरूलाई पुग्ने यातनालाई तिनीहरूले चाँडै नै जान्नेछन् ।
१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल्-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. अल्लाहले कुरआनको कसम खानु भयो जसले सत्यतर्फ पुग्ने मार्गलाई स्पष्ट पार्छ ।
३. हे ती मानिसहरू जसको भाषामा यो कुरआन अवतरण गरियो ! हामीले अरबी भाषामा यो कुरआन अवतरण गर्यौं ताकि तिमीहरू यसका अर्थहरूमा विचार गर्न सक, बुझ्न सक र यसलाई अन्य समुदायहरूसम्म पुर्याउन सक ।
४. यो कुरआन उच्च स्थानमा रहेको लौहे महफूज (सुरक्षित बही खाता) मा छ । कुरआन विवेकले भरिपूर्ण छ र यसका श्लोकहरू आदेशहरू र मनाहि गरिएका कुराहरूमा आधारित छन् ।
५. के तिमीहरूको धेरै शिर्क र अवज्ञाले गर्दा हामी कुरआनको अवतरण बन्द गरिदेऔं ? हामीले यस्तो गर्दैनौं, बरु तिमीहरूमाथि दया यही हो कि यसको अवतरण जारी रहोस् ।
६. हामीले विगतका समुदायहरूमा कति धेरै सन्देष्टाहरू पठायौं ।
७. विगतका समुदायहरूतर्फ जुनसुकै नबी अल्लाहको तर्फबाट आए, तिनीहरूले उनको उपहास नै गरे ।
८. हामीले ती समुदायहरूका शक्तिशाली मानिसहरूको सर्वनाश गर्यौं । अनि हामी तिनीहरूभन्दा कम शक्तिशालीहरूलाई पनि सर्वनाश गर्न सक्छौं । विगतका समुदायहरूको सर्वनाशको वर्णन कुरआनमा भइसकेको छ, जस्तै आद, समूद, लूत (अलैहिस्सलाम) को समुदाय र मदयन बासी ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले झूठा ठहर गर्ने यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ– आकाशहरू र पृथ्वीको सृष्टि कसले गरेका छन् ? तिनीहरूले अवश्य यही जवाफ दिनेछन्, प्रभुत्वशाली र सर्वज्ञ अल्लाहले सृष्टि गर्नुभयो ।
१०. अल्लाहले नै पृथ्वीलाई समतल बनाउनुभयो जसमाथि तिमीहरू खुट्टाले हिँड्छौ । यसका पहाडहरू र उपत्यकाहरूमा बाटो घाटो बनाउनुभयो, ताकि तिमीहरू मार्ग भेटाउन सक ।
११. जसले आकाशबाट पानी बर्साउनुहुन्छ जो तिमीहरू, तिमीहरूका चौपायाहरू र खेतीहरूको लागि पर्याप्त हुन्छ । त्यसै पानीबाट उहाँ मृत गाउँहरू (का भूमी) लाई जीवित पार्नुहुन्छ । जसरी उहाँले यी मृत भूमिहरूका बाली नालीहरूलाई जीवित पार्नुभयो त्यसरी नै तिमीहरूको मृत्युपछि पुनर्जन्म गर्नुहुनेछ ।
१२. जसले नाना थरीका वस्तुहरू सृष्टि गर्नुभयो, जस्तै रात, दिन, भाले, पोथी इत्यादि । उहाँले तिमीहरूका लागि पानी जहाज, चौपायाहरू सृष्टि गर्नुभयो जसमा तिमीहरू सवार भएर यात्रा गर्छौ । पानी जहाजबाट जलमा र चौपायाहरूमाथि थलमा ।
१३. यी सबै अल्लाहले गर्नुभयो ताकि तिमीहरू त्यसमा बसेर यात्रा गर । यात्राको लागि तिनीहरूमा सवार हुँदा अल्लाहको यस वरदानलाई स्मरण गर कि उहाँ तिमीहरूका लागि यी सवारीहरू नियन्त्रणमा दिनुभयो र जिब्रोले प्रार्थना गर– पवित्र हुनुहुन्छ अल्लाह जसले यस सवारीलाई मेरो नियन्त्रणमा दिनुभयो, जसले गर्दा हामी चाहना अनुसार प्रयोग गर्छौं । उहाँले नियन्त्रणमा नदिएको भए हामी यसमाथि नियन्त्रण गर्न सक्ने थिएनौं ।
१४. मृत्युपछि हिसाब र बदलाको लागि हामीले फर्केर मात्र आफ्ना पालनकर्तातर्फ नै जानुछ ।
१५. बहुदेववादीहरूले के ठानेका थिए भने केही प्राणीहरू अल्लाहबाट जन्म लिएका छन् । अनि तिनीहरूले भने– फरिश्ताहरू अल्लाहकी छोरीहरू हुन् । निस्सन्देह यस्तो भन्ने व्यक्ति स्पष्टरूपमा कुफ्र गर्छ ।
१६. हे बहुदेववादीहरू हो ! के अल्लाहले आफ्नो लागि छोरीहरू ग्रहण गर्नुभयो र तिमीहरूलाई विशेषरूप छोराहरू दिनुभयो भन्ने कुरा गर्छौ ?! तिमीहरूले ठानेको यो कस्तो रोजाइ हो ?!
१७. जब तिनीहरूमध्ये कसैलाई छोरी जन्मेको शुभसूचना दिइन्छ तब उसको अनुहार चिन्ताले कालो हुन्छ र बेस्सरी रिस उठ्छ । अनि कुन आधारमा उसले अल्लाहको लागि छोरी हुने कुरा भन्छ ?
१८. के तिनीहरू अल्लाहको लागि छोरी बनाउँछन् जसको पालन पोषण गरगहनामा हुन्छ र जो वाद विवाद हुँदा स्त्री भएकोले आफ्नो कुरा स्पष्ट गर्न सक्दैन ?!
१९. तिनीहरूले करुणामय अल्लाहका भक्त फरिश्ताहरूलाई छोरी भने । के तिनीहरू उनीहरूको सृष्टि हुँदा त्यहाँ उपस्थित थिए जसले गर्दा उनीहरू छोरी हुन् भन्ने कुरा थाहा पाए ?!
फरिश्ताहरूले तिनीहरूको यो गवाही लेख्नेछन्, महाप्रलयको दिन तिनीहरूसँग सोध पूछ गर्नेछन् र यस झूठको लागि सजाय दिनेछन् ।
२०. भाग्यको कुराबाट तर्क दिँदै भने– यदि अल्लाहले नचाहेको भए हामीले फरिश्ताहरूको पूजा गर्ने थिएनौं । अल्लाहले चाहनुभयो अर्थात उहाँले यसैलाई मन पराउनुभयो । तिनीहरूसँग कुनै ज्ञान छैन, मात्र झूठो कुरा बोल्दैछन् ।
२१. के हामीले यी बहुदेववादीहरूलाई कुरआनअघि कुनै किताब दिएका छौं, जसमा अल्लाहबाहेकका भक्तिलाई जायज भनिएको छ ?! अनि तिनीहरू त्यस किताबलाई समातेका छन् र त्यसबाट प्रमाण दिँदैछन् ।
२२. होइन, त्यस्तो कुनै कुरा छैन । बरु तिनीहरू पूर्वजको अन्धो अनुसरणलाई प्रमाण बनाउँदै भन्छन्– हामीले आफ्ना पूर्वजहरूलाई एउटा धर्ममा पायौं, तिनीहरू मूर्ती पूजा गर्नेगर्थे । अनि हामीहरू पनि तिनीहरूकै पदचिन्हको अनुसरण गर्दै यिनीहरूको भक्ति गरिराख्नेछौं ।
२३. जसरी यिनीहरूले झूठा ठहर गरे र प्रमाणस्वरूप आफ्ना पूर्वजको अनुसरण बताए त्यसरी नै हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं भन्दा अघिका जुनसुकै गाउँमा हामीले रसूल पठायौं त्यस रसूलका समुदायका धनि अगुवाहरूले भने– हामीले आफ्ना पूर्वजहरूलाई एउटा धर्ममा पायौं । हामीहरू पनि तिनीहरूकै पदचिन्हको अनुसरण गर्नेछौं । यस्तो कुरा भन्ने तपाईंको समुदाय नयाँ होइन ।
२४. तिनीहरूका रसूलले भने– के मैले तिमीहरूका पूर्वजका धर्मभन्दा राम्रो धर्म ल्याए पनि तिमीहरूले तिनीहरूकै अनुसरण गर्नेछौ ? तिनीहरूले जवाफ दिए– तिमी र तिमीभन्दा अघिका रसूलहरूले ल्याएको सन्देशको हामी इन्कार गर्दैछौं ।
२५. तपाईंभन्दा अघिका रसूलहरूलाई झूठा ठहर गर्ने समुदायहरूसित बदला लिँदै तिनीहरूलाई हामीले सर्वनाश गर्यौं । विचार गर्नुहोस्, कस्तो पीडादायी परिणाम भयो रसूलहरूलाई झूठा ठहर गर्नेहरूको ।
२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् त्यस समयलाई जब इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो बुवा र समुदायलाई भने– अल्लाहलाई छोडेर तिमीहरू जुन मूर्तीहरूको पूजा गर्छौ त्यससँग मेरो कुनै सरोकार छैन ।
२७. मेरा सरोकार मात्र अल्लाहसँग छ, जसले मेरो सृष्टि गर्नुभयो । उहाँले चाँडै नै त्यस सीधा धर्मतर्फ मेरो मार्गदर्शन गर्नुहुनेछ जसमा मेरो हित छ ।
२८. इब्राहीम (अलैहिस्सलाम) ले आफूपछि एकेश्वरवादको वाणी (ला इलाह इल्लल्लाह अर्थात अल्लाहबाहेक कोही पूज्य छैन) आफ्नो पीढीमा छोडे । अल्लाहलाई एक मान्ने र उहाँसँग कसैलाई साझेदार ठहर नगर्ने मानिसहरू निरन्तर बाँकी रहे । यस आशाका साथ कि तिनीहरू शिर्क र अवज्ञाबाट तौबा गरेर एक अल्लाहको भक्तितर्फ फर्कुन् ।
२९. झूठा ठहर गर्ने बहुदेववादीहरूलाई सर्वनाश पार्न हामीले हतार गरेनौं, बरु लोकमा जीवन बिताउने अवसर दियौं र तिनीहरूका पूर्वजहरूलाई पनि अवसर दियौं, यहाँ सम्म कि कुरआन र स्पष्ट रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमन भयो ।
३०. जब यो सत्य कुरआन आयो जसमा कुनै सन्देह छैन, तब तिनीहरूले भने– यो जादू हो जसबाट मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हामीहरूमाथि जादू गर्दैछन् । हामीहरू यसको इन्कार गर्दैछौं, यसमाथि कदापि ईमान ल्याउने छैनौं ।
३१. झूठा ठहर गर्ने बहुदेववादीहरूले भने– अल्लाहले यो कुरआन दूई वटा महा नगर मक्का र ताएफका कुनै व्यक्तिमाथि किन अवतरण गर्नुभएन, गरिब र अनाथ मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि नै किन अवतरण गर्नुभयो ?
३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के यिनीहरू अल्लाहको कृपाको वित्रण गर्छन्, वा अल्लाह, यिनीहरूले जसलाई चाहुन् प्रदान गरुन् र जसलाई चाहुन् वञ्चित राखुन् ? अल्लाहले नै यिनीहरूबीच लोकमा जीविकाको वित्रण गर्नुभयो र कसैलाई धनि र कसैलाई गरीब बनाउनुभयो । ताकि केही मानिसहरू अन्य केही मानिसहरूको अधिनमा रहुन् । भक्तहरूका लागि परलोकमा रहेका अल्लाहको कृपा यिनीहरूले लोकमा जम्मा गरिरहेका क्षणिक धनबाट उत्तम छ ।
३३. सबै मानिसहरू कुफ्रमा एकमत भएर एउटै समुदाय हुने आशङ्का नभएको भए हामीले काफिरहरूको घरको छानालाई र तिनीहरूका घरका भर्याङ्लाई चाँदीको बनाउने थियौं ताकि तिनीहरू त्यसमाथि चढुन् ।
३४. तिनीहरूलाई छुट दिन र परीक्षाको लागि हामीले तिनीहरूका घरका ढोका र तिनीहरूले अडेस लगाउने सोफालाई पनि चाँदीका बनाउने थियौं ।
३५. तिनीहरूका लागि सुन पनि बनाउने थियौं । यी सबै सांसारिक जीवनका सरसामान मात्र हुन् । यी वस्तुहरू टिकाउ नभएकोले यसका फाइदा पनि थोरै हुनेछ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहका आदेशहरूको पालना गर्ने र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्ने ईशभय राखेका मानिसहरूका लागि आखिरतका वरदानहरू उत्तम छन् ।
३६. जसले कुरआनबाट दृष्टि फेर्छ र विमुख हुन्छ हामीले त्यसमाथि एउटा शैतान तैनात गरिदिन्छौं जो उसको मित्र बन्न पुग्छ र उसको पथभ्रष्टतामा बृद्धि गरिराख्छ ।
३७. कुरआनबाट विमुख हुनेहरूका शैतान साथीहरू तिनीहरूलाई अल्लाहको धर्मबाट रोक्छन् जसले गर्दा त्यस्ता मानिसहरू अल्लाहका आदेशहरूको पालना गर्दैनन् र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्दैनन्, तर आफू मार्गदर्शन पाएका ठान्दछन् । यसरी तिनीहरू आफ्नो पथभ्रष्टताबाट तौबा गर्दैनन् ।
३८. महाप्रलयको दिन जब अल्लाहको स्मरणबाट विमुख व्यक्ति हामीकहाँ आउनेछ तब कामना गर्दै भन्नेछ– हे मित्र ! म र तिमीबीच पूर्व र पश्चिमबीच रहेको दूरी भएमा बेस हुन्थ्यो । उसले त्यस मित्रसित घृणा गर्नेछ ।
३९. अल्लाहले महाप्रलयको दिन काफिरहरूलाई भन्नुहुनेछ– तिमीहरूले शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकोले अब केही हुनेवाला छैन । तिमीहरू सबै यातनामा एक साथ हुनेछौ । तिमीहरूले बनाएका साझेदारहरूले तिमीहरूको अंशको यातना सहन गर्ने छैन ।
४०. यिनीहरू सबै सत्य सुन्नबाट बहिरा थिए, सत्य देख्नबाट अन्धा थिए । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईं बहिरालाई सुनाउन सक्नुहुन्छ वा अन्धालाई मार्ग देखाउन सक्नुहुन्छ वा सीधा मार्गबाट खुल्ला रूपमा पथभ्रष्टलाई मार्दर्शन गर्न सक्नुहुन्छ ?!
४१. तपाईंलाई मृत्यु दिएर लगेपछि पनि तिनीहरूलाई लोक र परलोकमा यातना लिएर बदला लिने नै छौं ।
४२. वा तिनीहरूसँग वाचा गरिएको यातनाको केही अंश तपाईंलाई देखाउनेछौं । हामी यिनीहरूमाथि पूर्ण सामर्थ्य राख्छौं, कसैले हामीलाई यसबाट रोक्न सक्दैन ।
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंतर्फ जे जति वही गर्नुहुन्छ त्यसलाई बलपूर्वक समात्नुहोस् र त्यस अनसार कर्म गर्नुहोस् । तपाईं सत्य मार्गमा हुनुहुन्छ, यसमा कुनै सन्देह छैन ।
४४. यो कुरआन तपाईंको लागि र तपाईंको समुदायको लागि सम्मान हो । चाँडै महाप्रलयको दिन यसमाथि ईमान, यसको अनुसरण र यसतर्फ आह्वानको बारेमा तिमीहरूसित सोध पूछ हुनेछ ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं आफूअघि पठाइएका रसूलहरूलाई सोध्नुहोस्– के अल्लाहले आफूबाहे अन्य कुनै ईश्वर बनाउनुभयो जसको भक्ति गरियोस् ?!
४६. हामीले मूसा (अलैहिस्सलाम) लाई चमत्कारहरू दिएर फिरऔन र उसको समुदायका अन्य अगुवाहरूसमक्ष पठायौं । मूसा (अलैहिस्सलाम) ले भने– म सबै सृष्टिहरूका पालनकर्ताको तर्फबाट पठाइएको रसूल हुँ ।
४७. जब मूसा (अलैहिस्सलाम) हाम्रा चमत्कारहरू लिएर तिनीहरूसमक्ष पुगे तब तिनीहरूले उनको ठट्टा गर्दै हाँस्न थाले ।
४८. मूसा (अलैहिस्सलाम) सत्यमा छन् भन्ने कुराका यस्ता चमत्कारहरू हामीले फिरऔन र उसका समुदायका अगुवाहरूलाई देखायौं, जो विगतका चमत्कारहरूभन्दा ठूला थिए । हामीले तिनीहरूलाई संसारमा प्रकोपमा ग्रस्त गर्यौं, यस आशाका साथ कि तिनीहरूले कुफ्र त्याग्नेछन् । तर यसको फाइदा भएन ।
४९. केही प्रकोपको स्वाद चाखेपछि तिनीहरूले मूसा (अलैहिस्सलाम) लाई भने– हे जादूगर ! तिमी आफ्ना पालनकर्तासित प्रार्थना गर । किनभने तिम्रा पालनकर्ताले बताउनु भएको छ कि यदि हामीहरू ईमान ल्याउँछौं भने उहाँले प्रकोपलाई समाप्त पार्नुहुनेछ । यदि उहाँले यस प्रकोपलाई समाप्त पार्नुहुनेछ भने हामी ईमान ल्याउनेछौं ।
५०. जब हामीले प्रकोपलाई समाप्त पार्यौं तब तिनीहरूले वचन भङ्ग गरे र त्यसलाई पूरा गरेनन् ।
५१. फिरऔनले आफ्नो शासनको धाक जमाउँदै भन्यो– हे मेरा समुदाय ! के इजिप्टमाथि मेरो सत्ता छैन र यो नील नदी मेरो महलको तलतिरबाट बगिरहेको छैन ? के तिमीहरू मेरो सत्तालाई देख्दैनौ र मेरो महानतालाई जान्दैनौ ?!
५२. म कमजोर र स्पष्ट कुरा पनि गर्न नसक्ने मूसा (अलैहिस्सलाम) भन्दा उत्तम छु ।
५३. आफूले पठाएको रसूललाई अल्लाहले सुनका चुराहरू किन प्रदान गर्नुभएन, वा फरिश्ताहरू उनीसँग क्रमबद्ध भइ किन अवतरण भएनन् ।
५४. यसरी फिरऔनले आफ्नो समुदायलाई मुर्ख बनायो, अनि तिनीहरूले उसको पथभ्रष्टतामा उसको आज्ञापालन गरे । तिनीहरू अल्लाहको आज्ञापालनबाट बाहिर निस्केका मानिसहरू थिए ।
५५. जब तिनीहरूले निरन्तर कुफ्र गरेर हामीलाई रोष दिलाए तब हामीले तिनीहरूसित बदला लियौं र सबैलाई समुद्रमा डुबाइ दियौं ।
५६. हामीले फिरऔन र उसको समुदायका अगुवाहरूलाई अगाडि राख्यौं र बाँकी काफिरहरूलाई पछाडि राख्यौं । अनि तिनीहरूलाई उपदेश ग्रहण गर्नेहरूका लागि पाठ बनाइदियौं । ताकि तिनीहरूले त्यस्तै कार्य गरेर प्रकोपको भागी नबनुन् ।
५७. ईसाईहरूले ईसा (अलैहिस्सलाम) को भक्ति गर्नको कारणले उनलाई पनि अल्लाहको यो भनाइ अन्तर्गत ठाने– तिमीहरू र अल्लाहबाहेक तिमीहरू जसको भक्ति गर्छौ सबै नर्कको इन्धन बन्नेछन्, तिमीहरू सबै त्यसमा जानेछौ । जबकि अल्लाहले मूर्तीहरूको पूजा जस्तै उनको पूजाबाट पनि मनाहि गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तब तपाईंको समुदायले यो भन्दै होहल्ला गर्न थाले– हामीहरू यसबाट खुशी छौं कि हाम्रा ईश्वरहरू ईसा (अलैहिस्सलाम) कै दर्जामा रहुन् । अनि अल्लाहले तिनीहरूको खण्डनको लागि यो श्लोक अवतरण गर्नुभयो– ती मानिसहरू जसको बारेमा भलाईको निर्णय पहिला नै भइसक्यो उनीहरूलाई नर्कबाट टाढा राखिनेछ ।
५८. बहुदेववादीहरूले भने– के हाम्रा भगवानहरू उत्तम छन् वा ईसा (अलैहिस्सलाम) ?! इब्नुज्जिबअरा र ऊ जस्ता बहुदेववादीहरूले यो प्रश्न सत्यसम्म पुग्नको लागि गरेनन् बरु वादविवाद गर्नको लागि गरे । यिनीहरू जन्मजात नै झगडालु छन् ।
५९. मर्यम पुत्र ईसा (अलैहिस्सलाम) अल्लाहका भक्तहरूमध्ये एकजना भक्त थिए । हामीले उनलाई सन्देष्टा र रसूल बनाएर उनीमाथि वरदान गरेका थियौं । उनलाई बनीइस्राईलको लागि उदाहरण बनाएका थियौं । यसबाट अल्लाह सामर्थ्यवान हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ कि जसरी अल्लाहले आदम (अलैहिस्सलाम) लाई बिना बुवा आमाको सृष्टि गर्नुभयो त्यसरी नै ईसा (अलैहिस्सलाम) लाई बिना बुवाको सृष्टि गर्नुभयो ।
६०. हे आदमका सन्तान ! यदि हामीले तिमीहरूलाई सर्वनाश गर्न चाहेमा सर्वनाश गर्न सक्छौं र तिमसीहरूको स्थानमा फरिश्ताहरू सृष्टि गर्न सक्छौं । जो तिमीहरूको वारिस बनेर मात्र अल्लाहको भक्ति गर्नेछन् र उहाँसँग कसैलाई साझेदार बनाउने छैनन् ।
६१. जब ईसा (अलैहिस्सलाम) अन्तिम समयमा अवतरण हुनेछन् तब त्यो ठूलो महाप्रलयको चिन्ह हुनेछन् । महाप्रलयको आगमनमा कुनै शङ्का नगर । म अल्लाहको तर्फबाट जे जति लिएर आएको छु त्यसमा मेरो अनुसरण गर । म अल्लाहको तर्फबाट सीधा मार्ग लिएर आएको छु जसमा कुनै टेढोपन छैन ।
६२. शैतानले तिमीहरूलाई बहकाएर र धोका दिएर सीधा मार्गबाट पथभ्रष्ट नपारोस् । निश्चय नै त्यो तिमीहरूको खुल्ला शत्रु हो ।
६३. जब ईसा (अलैहिस्सलाम) उनी रसूल हुन् भन्ने स्पष्ट प्रमाणहरू लिएर आए आफ्नो समुदायमा आएर भने– म अल्लाहको तर्फबाट विवेक लिएर आएको छु, ताकि म तिमीहरूका लागि ती केही धार्मिक कुराहरू स्पष्ट पारुँ जसमा तिमीहरू मतभेद गर्छौ । अतः तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर, उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई छोडर उहाँसँग डराऊ र मेरो आदेशको पालना गर ।
६४. अल्लाह नै मेरो पनि पालनकर्ता हुनुहुन्छ र तिमीहरूको पनि । उहाँबाहेक कोही पालनकर्ता छैन । तसर्थ निष्कपट भएर मात्र उहाँकै भक्ति गर । एक अल्लाहमाथि ईमान ल्याउनु नै सीधा मार्ग हो जसमा कुनै टेढोपन छैन ।
६५. ईसा (अलैहिस्सलाम) को बारेमा ईसाई गुटहरूले मतभेद गरे । तिनीहरूमध्ये केही भन्छन्– ईसा (अलैहिस्सलाम) ईश्वर हुन् । कोही भन्छन्– उनी अल्लाहका पुत्र हुन् । कोही भन्छन्– उनी र उनकी आमा ईश्वर हुन् । यस्ता मानिसहरूका लागि महाप्रलयको दिन पीडादायी यातनाको बर्बादी छ, जो ईसा (अलैहिस्सलाम) लाई ईश्वर भन्छन्, वा अल्लाहका पुत्र भन्छन्, वा तीन ईश्वरहरूमध्ये तेस्रा मान्छन् । ।
६६. ईसा (अलैहिस्सलाम) को बारेमा विभेद गर्ने यी गिरोहहरू के महाप्रलयको प्रतीक्षा गर्दैछन्, जो अकस्मात आउनेछ र तिनीहरू त्यसलाई महसुस गर्न सक्दैनन् ?! यिनीहरू कुफ्रकै अवस्थामा रहेको बेला महाप्रलय आयो भने यिनीहरू पीडादायी यातनामा पर्नेछन् ।
६७. कुफ्र र पथभ्रष्टताको आधारमा रहेका मित्रहरू महाप्रलयको दिन एक अर्काका शत्रु बन्नेछन् । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँको भय राख्नेहरूबीचको मित्रता सधैं कायम रहनेछ ।
६८. उनीहरूलाई अल्लाहले भन्नुहुनेछ– हे मेरा भक्तहरू ! अब तिमीहरूलाई भविष्यमा जे जति मिल्नेछ त्यसको बारेमा नडराऊ । तिमीहरूले विगतमा गुमाएको सांसारिक अंशको चिन्ता नगर ।
६९. यस्ता मानिसहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको कुरआनमाथि ईमान राख्छन्, कुरआनका लागि समर्पित छन् । त्यसमा आएका आदेशहरूको पालना गर्छन् र त्यसमा जुन कार्यहरूबाट मनाहि गरिएको छ त्यसलाई त्याग्छन् ।
७०. तिमीहरू र ईमानमा तिमीहरू जस्तै साथीहरूका साथमा स्वर्गमा प्रवेश गर । त्यसमा सधैं रहने वरदानहरूमा रमाऊ, जो कहिले समाप्त हुने छैन ।
७१. उनीहरूका सेवकहरू सुनका थाल र कचौरा लिएर उनीहरूका वरिपरि घुमि रहनेछन् । उनीहरूका लागि स्वर्गमा उनीहरूले मन पराउने र आँखालाई शीतल पार्ने वस्तुहरू हुनेछन् । तिमीहरू त्यसमा सधैं रहनेछौ, कहिल्यै पनि निस्कने छैनौ ।
७२. यही त्यो स्वर्ग हो जो अल्लाहले तिमीहरूको सत्कर्मको कारणले आफ्नो कृपाले प्रदान गर्नुभयो ।
७३. त्यसमा तिमीहरूका लागि निरन्तर विभिन्न फल फुल हुनेछन् जो तिमीहरू खानेछौ ।
अल्लाहले ईशभय राख्नेहरूको वर्णन गरेपछि उनीहरूका विरोधि अपराधीहरूको वर्णन गर्दै भन्नुभयो–
७४. कुफ्र र अवज्ञा गरेका अपराधीहरू महाप्रलयको दिन सधैंको लागि नर्कको यातनामा रहनेछन् ।
७५. तिनीहरूको यातनामा कमि गरिने छैन । तिनीहरू अल्लाहको कृपाबाट निराश हुनेछन् ।
७६. हामीले तिनीहरूलाई नर्कमा हालेर तिनीहरूमाथि अत्याचार गरेनौं बरु तिनीहरूले कुफ्र गरेर आफैंमाथि अत्याचार गरे ।
७७. तिनीहरूले नर्कको व्यवस्थापनमा तैनात फरिश्ता मालिकलाई भन्नेछन्– हे मालिक ! तपाईंका पालनकर्ताले हामीलाई मृत्यु नै देऊन्, ताकि यातनाबाट मुक्ति मिलोस् । मालिकले जवाफ दिनेछन्– तिमीहरू नमरिकन सधैं निरन्तर यातनामा रहनेछौ ।
७८. हामी संसारमा तिमीहरूका लागि सत्य लिएर आएका थियौं, जसमा कुनै शङ्का थिएन, तर तिमीहरूमध्ये अधिकांशले त्यसलाई मन पराएनन् ।
७. यदि तिनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) विरुद्ध चलखेल गर्दैछन् भने हामीले तिनीहरू विरुद्ध त्यसभन्दा ठूलो योजना बनाउनेछौं ।
८०. के तिनीहरूले आफ्नो हृदयमा लुकाएको भेद वा कानाखुसी गरेको भेद हामी जान्दैनौं भनी ठान्दछन् ? किन नहुनु, हामी ती सबै कुराहरू सुन्दछौं र तिनीहरूले गरिराखेका कार्य फरिश्ताहरू लेखि राखेकाछन् ।
८१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको लागि छोरी रच्नेहरूलाई भन्नुहोस्– अल्लाहको लागि सन्तान छैन, अल्लाह यस्तो कुराबाट पवित्र हुनुहुन्छ । म सर्वप्रथम अल्लाहको भक्ति गर्ने र उहाँको पवित्रताको वर्णन गर्ने व्यक्ति हुँ ।
८२. आकाशहरू र पृथ्वीका पालनकर्ता यी बहुदेववादीहरूले भन्ने कुराबाट पवित्र हुनुहुन्छ । उहाँको कोही साझेदार, श्रीमती र सन्तान छैन ।
८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई असत्यमा मग्न रहन र खेल कुदमा व्यस्त रहन छोडिदिनुहोस् यहाँसम्म कि तिनीहरू महाप्रलयको दिनलाई देख्नेछन् जसको वाचा तिनीहरूसित गरिएको छ ।
८४. अल्लाह नै आकाशहरूमा सत्य ईश्वर हुनुहुन्छ र पृथ्वीमा पनि सत्य ईश्वर हुनुहुन्छ । उहाँ सृष्टि गर्न, कानुन बनाउन र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ र भक्तहरूका अवस्थासित अवगत हुनुहुन्छ । उहाँसित कुनै पनि कुरा लुकेको छैन ।
८५. अल्लाह बर्कतयुक्त हुनुहुन्छ मात्र उहाँकै हातमा आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका सबै वस्तुहरूको सत्ता छ । महाप्रलयको ज्ञान पनि मात्र उहाँलाई छ । उहाँबाहेक अरू कसैलाई यसको ज्ञान छैन । हिसाब र बदलाको लागि तिमीहरू सबैले फर्केर उहाँतर्फ नै जानेछौ ।
८६. बहुदेववादीहरूले पूजा गरिरहेका भगवानहरू अल्लाहनजिक सिफारिश गर्ने अधिकार राख्ने छैनन् । अल्लाहबाहेक कोही पूज्य छैन भन्ने कुराको गवाही दिनेहरू मात्र सिफारिश गर्ने अधिकार राख्छन् । उहाँ गवाही दिनेहरूलाई जान्नुहुन्छ, जस्तै ईसा (अलैहिस्सलाम), उजैर (अलैहिस्सलाम) र फरिश्ताहरू ।
८७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले तिनीहरूलाई कसले सृष्टि गर्नुभयो भन्ने सोध्नुहुनेछ भने तिनीहरूले यही जवाफ दिनेछन्– अल्लाह । अनि तिनीहरू यो स्वीकार गरेपछि किन अल्लाहको भक्तिबाट फेरिदैछन् ?!
८८. अल्लाहलाई उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो समुदायले गर्नुभएको गुनासोको ज्ञान छ । ती मध्ये यो कुरा पनि हो– हे मेरा पालनकर्ता ! तपाईंले मलाई जुन सन्देश दिएर पठाउनुभयो त्यसमा यिनीहरू ईमान ल्याइ रहेका छैनन् ।
८९. तपाईं तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यस्तो कुरा भन्नुहोस् जसले गर्दा तिनीहरूको दुष्टताबाट सुरक्षा होस् –यो मक्कामा घटेको कुरा हो– तिनीहरूलाई पुग्ने यातनालाई तिनीहरूले चाँडै नै जान्नेछन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें