सीधे मुख्य सामग्री पर जाएं

४४- सूरह अद्दुखान (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. हा० मीम० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. सत्यतर्फ पुर्याउने सीधा मार्ग स्पष्ट पार्ने कुरआनको कसम अल्लाहले खानुभयो ।
३. हामीले कुरआनलाई कद्रको रातमा अवतरण गर्यौं । यस रातमा धेरै भलाइ छन् । हामी यस कुरआनद्वारा सावधान गर्छौं । 
४. यस रातमा वर्षभरि हुने जीविका, मृत्यु इत्यादिबारे पक्का निर्णय गरिन्छ ।
५. सबै पक्का निर्णय हामी आफ्नो तर्फबाट गर्छौं । हामी रसूलहरूलाई पठाउँछौं ।  
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह आफ्नो कृपाबाट रसूलहरू पठाउनुहुन्छ । निस्सन्देह उहाँ आफ्ना भक्तहरूको कुराहरू सुन्नुहुन्छ र उनीहरूका कार्य र नीयतलाई जान्नुहुन्छ । 
७. उहाँ आकाशहरू र पृथ्वीका पालनकर्ता हुनुहुन्छ । यदि तिमीहरू यस कुरामा विश्वास राख्छौ भने मेरो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याऊ ।
८. उहाँबाहेक कोही पनि वास्तविक पूज्य होइन । उहाँ नै जीवन र मृत्यु दिनुहुन्छ । उहाँबाहेक अन्य कसैले जीवन र मृत्यु दिँदैन । उहाँ तिमीहरूका पालनकर्ता पनि हुनुहुन्छ र तिमीहरूका पूर्वजहरूको पनि पालनकर्ता हुनुहुन्छ ।
९. यी बहुदेववादीहरू यस कुरामा विश्वास राख्दैनन् । बरु यसको बारेमा शङ्कामा छन् । तिनीहरू असत्यमा रहेकोले यसबाट असावधान छन् । 
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो समुदायमाथि चाँडै आउने प्रकोपको प्रतीक्षा गर्नुहोस् । त्यस दिन आकाशले स्पष्ट धुवाँ लिएर आउनेछ, जसलाई तिनीहरूले धेरै भोकले गर्दा आफ्ना आँखाले देख्नेछन् ।
११. यस पीडादायी प्रकोपले तपाईंको समुदायका सबै मानिसहरूलाई आफ्नो लपेटमा लिनेछ । तिनीहरूलाई भनिनेछ– तिमीहरूलाई पुगेको प्रकोप अति पीडादायी हुनेछ ।
१२. अनि तिमीहरू त्यतिखेर बिन्ति गर्दै भन्नेछौ–  हे हाम्रा पालनकर्ता ! तपाईंले पठाउनुभएको प्रकोप हामीहरूबाट हटाइदिनुहोस् । यदि तपाईंले यसलाई हटाउनुहुन्छ भने हामीहरू तपाईं र तपाईंका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउनेछौं । 
१३. अब तिनीहरू कुन आधारमा उपदेश ग्रहण गर्दैछन् र अल्लाहतर्फ फर्कदैछन् जब कि यसअघि तिनीहरूसमक्ष रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आएर सन्देश स्पष्ट पार्नुभयो, तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सच्चा र अमानतदारको हैसियतमा पहिचान गरिसकेका थिए ?!
१४. फेरि तिनीहरूले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को पुष्टि गर्नबाट इन्कार गरे । तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा भने– उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कसैले पढाएका छन् र रसूल होइनन् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) बौलाहा हुन् । 
१५. जब हामी तिमीहरूबाट अलि यातना हटाउँछौं भने तिमीहरू फेरि आफ्नो कुफ्र र झूडो ठहर गर्नेतर्फ फर्कनेछौ ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई पर्खनुहोस्, बद्रको दिन तपाईंका समुदायका काफिरहरूलाई कडाइका साथ समात्नेछौं । हामीले तिनीहरूसित तिनीहरूले गरेको अल्लाहको इन्कार र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठा ठहर गरेको बदला लिनेछौं । 
१७. हामीले यिनीहरूअघि फिरऔनको समुदायको परीक्षा लियौं, तिनीहरूसमक्ष अल्लाहका प्रतिष्ठत रसूल मूसा (अलैहिस्सलाम) आएर तिनीहरूलाई एक अल्लाहको भक्तिको आह्वान गरे ।
१८. मूसा (अलैहिस्सलाम) ले फिरऔन र उसको समुदायलाई भने– बनीइस्राईललाई मसँग जानदेऊ, उनीहरू अल्लाहका भक्तहरू हुन् । उनीहरूलाई दास बनाउने अधिकार तिमीहरूसँग छैन । म अल्लाहको तर्फबाट रसूल हुँ । मलाई जुन आदेश पुर्याउने जिम्मा दिइएको छ त्यसलाई पुर्याउनमा म अमानतदार छु । म त्यसमा कुनै थपघट गर्दिन ।
१९. अल्लाहको आदेशलाई छोडेर र उहाँका भक्तहरूमाथि बडप्पन गरेर घमण्ड नगर । म तिमीहरूसमक्ष स्पष्ट प्रमाण लिएर आएको छु । 
२०. यस कुराबाट अल्लाहको आश्रय चाहन्छु कि तिमीहरू मलाई ढुङ्गाले प्रहार गर ।
२१. यदि तिमीहरू मैले ल्याएको सन्देशको पुष्टि गर्दैनौ भने मबाट अलग होऊ र मलाई कष्ट नपुर्याऊ ।
२२. मूसा (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गरे– फिरऔन र उसका समर्थकहरू अपराधी मानिसहरू हुन् र चाँडै प्रकोपका हकदार हुन् ।
२३. अल्लाहले मूसा (अलैहिस्सलाम) लाई रातौं रात आफ्नो समुदायलाई लिएर त्यहाँबाट निस्कने आदेश दिनुभयो । फिरऔन र उसको समुदायले उनीहरूको पीछा गर्ने कुराबाट पनि उनलाई सूचित गराउनुभयो । 
२४. अल्लाहले आदेश दिनुभयो– जब तिमीहरू समुद्रलाई पार गर्छौ तब दूई भागमा बाँडिएको अवस्थामा नै छोड्, किनभने फिरऔन र उसको सैनिक समुद्रमा डुबेर सर्वनाश हुनेछन् ।
२५. फिरऔन र उसको समुदायले कतिपय बगैँचा र बगिरहेका मूलहरू छोडेर गए !
२६. तिनीहरू कतिपय खेतीहरू र राम्रा सभाहरू छोडेर गए !  
२७. तिनीहरूले कतिपय मोज मस्तीका सामानहरू छोडेर गए, जसबाट तिनीहरू लाभ उठाउने गर्थे !
२८. यसरी तिनीहरूसँग भयो । तिनीहरूका बगैंचा, मूल, खेती र स्थानहरूको वारिस बनीइस्राईललाई बनायौं । 
२९. फिरऔन र उसको समुदाय जब समुद्रमा डुबेर सर्वनाश भए तब तिनीहरूमाथि न त आकाश रोयो, न जमिन र न तिनीहरूलाई तौबा गर्ने अवसर मिल्यो ।
३०. हामीले बनीइस्राईललाई अपमानजनक यातनाबाट निकाल्यौं, जस्तो कि फिरऔन र उसको समुदाय उनीहरूका छोराहरूलाई मार्ने गर्थे र महिलाहरूलाई जीवित छोड्ने गर्थे ।
३१. हामीले उनीहरूलाई फिरऔनको यातनाबाट जोगायौं, जो घमण्डी र अल्लाहको आदेश र कानुनको सीमा उल्लङ्घनकर्ता थियो ।
३२. हामीले बनीइस्राईललाई आफ्नो ज्ञानको आधारमा उनीहरूमा धेरै सन्देष्टाहरू आएकोले उनीहरूका युगका मानिसहरूमाथि प्राथमिक्ता दियौं ।
३३. हामीले उनीहरूलाई प्रमाणहरू दियौं । मूसा (अलैहिस्सलाम) लाई यसी प्रमाणहरू र मन्न र सल्वा इत्यादि जस्ता देखिने वरदानहरू प्रदान गरेर मद्दत गर्यौं ।
३४. यी झूठा ठहर गर्ने बहुदेववादीहरू पुनर्जन्मको इन्कार गर्दै भन्छन्– 
३५. यो हाम्रो सधैंको मृत्यु हो । यसपछि कुनै जीवन छैन र यस मृत्युपछि हाम्रो पुनर्जन्म हुने छैन ।
३६. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं पुनर्जन्म हुने दावीमा सच्चा हुनुहुन्छ भने तपाईं र तपाईंका अनुयायीहरूले हाम्रा पूर्वजहरूलाई जीवित पारेर ल्याउनुहोस्, यदि तपाईंहरू अल्लाहले हिसाब र बदलाको लागि तिनीहरूलाई पुनः जीवित पार्नेछन् भन्ने दावीमा सच्चा हुनुहुन्छ भने ।
३७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई झूठो ठहर गर्ने यी बहुदेववादीहरू बढी शक्तिशाली छन् वा तुब्बअ समुदाय र तिनीहरूभन्दा अघिका समुदाय जस्तै आद, समूद समुदायहरू यिनीहरूभन्दा बढी शक्तिशाली थिए, जसलाई हामीले सर्वनाश गर्यौं, किनभने तिनीहरू अपराधी थिए ।
३८. हामीले आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका वस्तुहरूलाई खेले तमासाको लागि सृष्टि गरेका छैनौं ।
३९. बरु हामीले यिनीहरूलाई एउटा उद्देश्यको लागि सृष्टि गरेका छौं, तर यस कुरालाई अधिकांश बहुदेववादीहरू जान्दैनन् ।
४०. निस्सन्देह भक्तहरूबीच निसाफ गरिने महाप्रलयको दिन यिनीहरू सबैलाई अल्लाहले जम्मा गर्नुहुनेछ ।
४१. त्यस दिन निकटतमले निकटतमलाई र मित्रले मित्रलाई कुनै फाइदा पुर्याउन सक्दैन र एक अर्कालाई यातनाबाट बचाउन सक्दैन, किनभने त्यस दिन शासन मात्र अल्लाहको चल्नेछ, कसैले यसको दावी गर्न सक्ने छैन । 
४२. ती मानिसहरूको कुरा बेग्लै छ जसमाथि अल्लाहको कृपा हुनेछ । उनीहरूले आफ्ना सत्कमर्बाट फाइदा उठाउनेछन् । निस्सन्देह अल्लाह प्रभुत्वशाली हुनुहुन्छ कसैले उहाँलाई विफल पार्न सक्दैन । उहाँ तौबा गर्ने भक्तहरूप्रति दयावान हुनुहुन्छ । 
महाप्रलयको वर्णनपछि त्यहाँ मानिसहरूको आफ्नो कर्म अनुसार विभाजित हुने कुराको वर्णन गर्दै अल्लाहले भन्नुभयो –
४३. निस्सन्देह नर्कको जगमा उम्रने सिउँडीको रूख 
४४. भोजन हुन्छ अति पापी काफिरको लागि । उसले यो घृणित फल खानेछ । 
४५. यो फल कालो तेल जस्तो हुनेछ जो धेरै तातो भएकोले काफिरहरूको पेटमा उम्लनेछ ।
४६. जसरी अति तातो पानी उम्लने गर्छ । 
४७. नर्कको व्यवस्थापनमा तैनात फरिश्तालाई भनिनेछ– यसलाई राम्ररी समात र घिसारेर नर्कको बीचमा हालिदेऊ ।
४८. फेरी यसको टाउकोमाथि तातो पानी निरन्तर खन्याऊ ।
४९. उसलाई अपमानित गर्दै भनिनेछ– चाख यो पीडादायी यातना । तिमी आफ्नो समुदायमा बडो सम्मानित थियो । 
५०. महाप्रलयको दिन हुने यस यातनाको बारेमा शङ्कामा थियौ । अब यसलाई देखेपछि तिमीहरूको शङ्का सामाप्त भयो । 
५१. निस्सन्देह अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरू त्यागेर ईशभय राख्नेहरू आफ्ना बास­स्थानमा सबै किसिमका कष्टबाट सुरक्षित र शान्तिपूर्वक बस्नेछन् ।
५२. बगैंचाहरूमा र बगिरहेका मूलहरूमा ।
५३. उनीहरू स्वर्गमा पातला र मोटा रेशम लगाएर आमुन्ने सामुन्ने बसेका हुनेछन् । उनीहरूले एक अर्काका पिठ्यूँ हेर्ने छैनन् ।
५४. यी सम्मानहरूबाहेक हामीले उनीहरूको बिहे स्वर्गमा अति सुन्दर महिलाहरूसँग गराउनेछौं । जसका सेता भागहरू अति सेता र काला भागहरू अति काला हुनेछन् । 
५५. उनीहरूले आफ्ना नौकरहरूलाई मनपराएका फलहरू ल्याउन डाकी रहेका हुनेछन् । उनीहरूलाई कुनै कमि र हानिको डर हुने छैन । 
५६. उनीहरू त्यसमा सधैं रहनेछन् । उनीहरूलाई मृत्युले समात्ने छैन । पहिलो मृत्यु जुन सांसारिक जीवनमा आयो । अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट जोगाउनुहुनेछ । 
५७. स्वर्गमा प्रवेश र नर्कबाट मुक्ति अल्लाहको तर्फबाट कृपा र परोपकार हुनेछ । यो सबैभन्दा ठूलो सफलता हुनेछ जसको बराबर सफलता अरू कुनै हुने छैन । 
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको अरबी भाषामा यस फिरऔनलाई अवतरण गरेर हामीले सजिलो पारेका छौं, आशा छ तिनीहरूले यसबाट उपदेश ग्रहण गर्नेछन् ।
५९. तपाईं आफ्नो सहयोग र तिनीहरूको सर्वनाशको प्रतीक्षा गर्नुहोस्, तिनीहरू तपाईंको सर्वनाशको प्रतीक्षा गर्दैछन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...