सीधे मुख्य सामग्री पर जाएं

९२) सूरह अल्-लैल

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. अल्लाहले रातको कसम खानुभयो जब त्यसले आकाश र पृथ्वीको बीचको भागलाई अन्धकारले छोप्छ ।
२. अनि उहाँले दिनको कसम खानुभयो जब त्यसले स्वयंलाई जाहिर गर्छ र प्रकट हुन्छ ।
३. अनि उहाँले आफ्ना सृष्टिको दुई प्रकार अर्थात पुरूष र महिलाको सिर्जनाको कसम खानुभयो ।
४. हे मानिसहरू हो ! वास्तवमा तिमीहरूका क्रियाकलापहरू बिभिन्न प्रकारका छन् । त्यसमध्ये सत्कर्महरू हुन् जसको कारणले स्वर्गमा प्रवेश पाउनेछ र अर्को कूकर्महरू हुन् जसको कारणले नर्कमा प्रवेश पाउनेछ ।
५. अतः जसले अनिवार्य खर्च जस्तै जकात, सदका (दानपूण्य) र जरिवाना दियो र अल्लाहले मनाही गर्नुभएका कुराहरूबाट बच्यो ।
६. अनी अल्लाहले वाचा गरेका प्रतिदानलाई सत्य सिद्ध गर्यो ।
७. उसको लागि हामी सत्कर्म गर्न र अल्लाहको बाटोमा खर्च गर्न सहज गर्नेछौं ।
८. तर जसले कञ्जुस्याईं गर्यो, अनिवार्य गरिएको खर्च गरेन, स्वयंलाई अल्लाहको आवश्यकताबाट मुक्त ठान्यो र अल्लाहको कृपाबाट केही पनि मागेन ।
९. अनि अल्लाहको मार्गमा खर्च गर्नाले अल्लाहको प्रतिदान दिने वाचालाई मानेन ।
१०. उसको लागि हामी दुष्कर्म गर्न सहज गर्नेछौं र सत्कर्म गर्न कठिन बनाइदिनेछौं ।
११. जब ऊ नष्ट हुनेछ र नर्कमा प्रवेश पाउनेछ तब उसले खर्च गर्न कञ्जुस्याँई गरेको सम्पत्तिले उसलाई केही पनि फाइदा पुर्याउनेछैन ।
१२. हाम्रो जिम्मेवारी भनेको सत्यको बाटोलाई असत्यबाट छुट्यएर देखाइदिनु हो ।
१३. वास्तवमा, आखिरतको जीवन र सांसारिक जीवन मेरै हुन् । हामी जसरी चाहन्छौं त्यसमा चलखेल गर्छौं । ती हामी बाहेक अरू कसैका पनि होइनन् ।
१४. हे मानिसहरू हो ! तिमीहरूले अल्लाहको अवज्ञा गरेको खण्डमा मैले तिमीहरूलाई दन्कँदो आगोबाट सावधान गरिदिएको छु ।
१५. यस आगोमा केवल आभागी मात्र प्रवेश गर्नेछ र ऊ काफिर हो ।
१६. जसले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई नकार्यो र अल्लाहको आदेश मान्नबाट विमुख भयो ।
१७. त्यसबाट मानिसहरूमा सबैभन्दा धेरै ईशभय राख्ने अबू बक्र (रजियल्लाहु अन्हु) लाई टाढा राखिनेछ ।
१८. जो पापहरूबाट मुक्त हुनको लागि राम्रो काममा आफ्नो सम्पत्ति खर्च गर्छ ।
१९. उसले गरेको खर्च कसैले ऊमाथि गरेको कृपाको बदलामा गरेको होइन ।
२०. ऊ सम्पत्ति खर्च गरेर केवल आफ्नो पालनकर्तालाई प्रसन्न पार्नको लागि गर्छ जो आफ्ना भक्तहरूभन्दा उच्च हुनुहुन्छ ।
२१. अल्लाहले उसलाई दिनुहुने उदार प्रतिदानबाट ऊ सन्तुष्ट हुनेछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...