सीधे मुख्य सामग्री पर जाएं

८४) सूरह अल्-इन्शिकाक

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 



१. जब आकाश फरिश्ताहरूको अवतरणको लागि चर्कनेछ ।
२. आज्ञाकारी भई आफ्नो पालनकर्ताको कुरा सुन्नेछ । यही नै उसको लागि उचित रहेकोछ ।
३. जब धर्तीलाई तल्लो आकाश सरह फैलाइनेछ ।
४. अनि धर्तीले आफूभित्र रहेका खरखजाना र मृतहरूलाई बाहिर फ्याक्नेछ र रित्तो हुनेछ ।
५. आज्ञाकारी भई आफ्नो पालनकर्ताको कुरा सुन्नेछ । यही नै उसको लागि उचित रहेकोछ ।
६. हे मानव ! या त तिमी राम्रो काम गर्नेछौ या नराम्रो । त्यसलाई तिमीले कयामतको दिन देख्नेछौ । जस अनुसार अल्लाहले तिमीलाई बदला दिनुहुनेछ ।
जब उहाँले समग्रमा मानिसको कर्मको वर्णन गर्नुभयो, उहाँले कयामतको दिन हुने मानिसहरूको अवस्थालाई स्पष्ट गरेर भन्नुभयोः
७. जसको दाहिने हातमा उसको कर्मपत्र दिइनेछ ।
८. अल्लाहले उसको हिसाब सहज तरिकाले लिनुहुनेछ र उसलाई दण्डित नगरी उसको कर्मलाई प्रस्तुत गरिनेछ ।
९ अनि ऊ आफ्नो परिवारमा प्रसन्न भई फर्कनेछ ।
१० अनि जसलाई उसको कर्मपत्र उसको पिठ्यूँपछाडिबाट देब्रे हातमा दिइनेछ ।
११ उसले स्वयंको विनाशको लागि पुकार्नेछ ।
१२ उसले नर्कको आगोमा प्रवेश गर्नेछ जहाँ उसले त्यसको रापको कष्ट भोग्नेछ ।
१३ वास्तवमा, संसारमा ऊ कुफ्र र अवज्ञाका साथ आफ्नो परिवारसँग सन्तुष्ट थियो ।
१४ उसले मृत्युपश्चात पुनः जीवित हुनेछैन भनी सोँचोको थियो ।
१५ बरू अल्लाहले उसलाई फेरी जीवित पार्नुहुनेछ जसरी उसलाई पहिलो पटक सृष्टि गर्नुभएको थियो । वास्तवमा, उसका पालनकर्ता उसको अवस्थालाई हेरिरहनु भएको थियो । उहाँबाट कुनैपनि कुरा लुकेको छैन र त्यस अनुसार नै उसलाई बदला दिनुहुनेछ ।
१६ अल्लाहले रातो रङ्गको कसम खानुभयो जुन सूर्यास्तपछि क्षितिजमा देखिन्छ ।
१७ अनि उहाँले रातको र त्यबेला आउने सम्पूर्णको कसम खानुभयो ।
१८ अनि चन्द्रमाको कसम खानुभयो जुन पूरा हुन्छ र पुर्णिमाको चन्द्रमामा परिणत हुन्छ ।
१९ हे मानव ! तिमीहरू एक चरणबाट अर्को चरणमा जानेछौ जस्तै वीर्यको थोपाबाट रगतको ढिक्को, चपाएको मासुको डल्लो, जीवन, मृत्यु अनि फेरी जीवित हुनु ।
२० तर यी काफिरहरूलाई के भयो, यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था किन राख्दैनन् ?!
२१ अनि जब यिनीहरूसमक्ष कुर्आनको पाठ गरिन्छ उनीहरू आफ्ना पालनकर्तासमक्ष सज्दा गर्दैनन् ?!
२२ बरू काफिरहरू उनीहरूको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुरालाई झूठो ठहर गर्छन् ।
२३ यिनीहरूको मनले लुकाउने कुराहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । उनीहरूको कुनैपनि कुरा उहाँबाट लुकेको छैन ।
२४ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई पीडादायी दण्डले पर्खिरहेको कुराबाट उनीहरूलाई सूचित गर्नुहोस् ।
२५ तर अल्लाहमाथि आख्ने राख्नेहरू र सत्कर्म गर्नेहरूबाहेक । उनीहरूले कहिल्यै समाप्त नहुने पुण्य प्राप्त गर्नेछन् र त्यो स्वर्ग हो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...