सीधे मुख्य सामग्री पर जाएं

८९) सूरह अल्-फज्र

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 



१. अल्लाहले प्रभातको कसम खानुभयो ।
२. उहाँले जिल्-हिज्जाका सुरूका दस रातको कसम खानुभयो ।
३. उहाँले जोडा र बेजोडा वस्तुहरूको कसम खानुभयो ।
४. अनि रातको आगमन, त्यसको निरन्तरता र अन्त्यको कसम खानुभयो । यी कसमहरूको उत्तर हुन्छः तिमीहरूका कार्यहरूको बदला दिइनेछ ।
५. के यहाँ उल्लेख यस्तो कसम छैन जसले सोँच्नेहरूलाई विश्वस्त पार्ने छ ?
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब हूदको समुदाय आदले आफ्ना रसूललाई इन्कार गरे तपाईंका पालनकर्ताले उनीहरूसित के व्यवहार गर्नुभयो भनी तपाईंले देख्नुभएन ?
७. आद समुदायको नाम उनीहरूको पूर्वज इरमको नाममा राखिएको हो र उनीहरूका अग्ला स्तम्भहरू थिए ।
८. उनीहरू सरह अल्लाहले त्यस नगरमा अर्को समुदाय बनाउनुभएको थिएन ।
९. सालिह (अलैहिस्सलाम) को समुदाय समूदसित अल्लाहले के व्यवहार गर्नुभयो भनी तपाईंले देख्नुभएन ? उनीहरूले पर्वतहरूको चट्टान कुँदेर ढुङ्गाका घरहरू बनाएका थिए ।
१०. तपाईंका पालनकर्ताले फिर्औनसित कस्तो व्यवहार गर्नुभयो भनी तपाईंले देख्नुभएन ? ऊ सैन्य दलको मालिक थियो जसद्वारा मानिसहरूलाई यातना दिन्थ्यो ।
११. ती सबैले अत्याचार र अन्यायको सबै सीमाहरू पार गरे । तिनीहरूमध्ये प्रत्येकले आफ्नो नगरमा धेरै अत्याचार गर्यो ।
१२. अनि कुफ्र र पापहरू फैलाएर तिनीहरूले त्यहाँ निकै विध्वंश मच्चाए ।
१३. अल्लाहले उनीहरूलाई कठोर सजाय दिनुभयो र पृथ्वीबाट नष्ट पार्नुभयो ।
१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, तपाईका पालनकर्ता मानिसहरूका कार्यहरू हेर्नुहुन्छ र अवलोकन गर्नुहुन्छ । उहाँ सत्कर्म गर्नेहरूलाई प्रतिदान स्वरूप स्वर्ग र दुष्कर्म गर्नेहरूलाई यातना स्वरूप नर्क प्रदान गर्नुहुनेछ ।
१५. जब अल्लाह मनुष्यलाई जाँच्नुहुन्छ र उसलाई धन, बच्चाहरू र शक्ति दिएर सम्मान दिनुहुन्छ तब उसलाई उसको विशेषताको कारण यो सबै ऊ अल्लाहको नजरमा सम्मानित भएको संकेत हो जस्तो लाग्छ र भन्छः म मेरा पालनकर्ताको सम्मानको लायक भएकोले उहाँले मेरो सम्मान गर्नुभयो ।
१६. अनि जब उसको परिक्षा लिनुहुन्छ र उसको जीविका सीमित गर्नुहुन्छ तब उसको पालनकर्ताले उसलाई अपमानित गर्नुभएको जस्तो लाग्छ र भन्छः मेरा पालनकर्ताले मलाई अपमानित गर्नुभयो ।
१७. कदापि होइन, यस मान्छेले सोँचेको जस्तो होइन । अल्लाहले कृपा गर्नु आफ्नो भक्तसँग प्रसन्न भएको प्रमाण होइन र उहाँले विपती दिनु आफ्नो भक्तलाई अपमानित गर्नु होइन । वास्तवमा, अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभएको जीविकाबाट तिमीहरू अनाथको सत्कार गर्दैनौ ।
१८. अनि तिमीहरू एक अर्कालाई असहायलाई खुवाउन प्रेरित गर्दैनौ जोसँग खानको लागि केही पनि हुँदैन ।
१९. महिलाहरू, अनाथहरू जस्ता कमजोरहरूको अधिकारलाई त्यसको वैधतालाई ध्यानमा नराखी हडपेर खान्छौ ।
२०. तिमीहरूमा धनको अपार प्रेम छ र यसको लोभले अल्लाहको मार्गमा खर्च गर्दैनौ ।
२१. यस्तो व्यवहार तिमीहरूले अपनाउनु हुँदैन । याद गर, जब धर्तीलाई हल्लाइनेछ र भुकम्प आउनेछ ।
२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब अल्लाह आफ्ना भक्तहरूको फैसला गर्न आउनुहुनेछ र फरिश्ताहरू पंक्तिबद्ध भएर आउनेछन् ।
२३. त्यसदिन नर्कलाई सत्तरी हजार लगामद्वारा ल्याइनेछ, र प्रत्येक लगामको लागी सत्तरी हजार फरिश्ताहरू हुनेछन् जसले त्यसलाई तान्नेछन् । त्यसदिन मानिस अल्लाहको सम्बन्धमा उसले बेवास्ता गरेको सम्झनेछ । तर त्यसदिन सम्झनाले के फाइदा ?! त्यो दिन बदला दिने दिन हो, काम गर्ने दिन होइन ।
२४. त्यसदिन धेरै पश्चातापको भावनाले उसले भन्नेछः यदि मैले आखिरतको जीवन जुन वास्तविक जीवन हो त्यसको लागि सत्कर्महरू गरेको भए राम्रो हुनेथ्यो ।
२५. त्यसदिन अल्लहको यातना जस्तो कसैको यातना हुनेछैन किनकि अल्लाहको यातना कठोर र सदा रहने यातना हो ।
२६. कसैले पनि जन्जीरमा बाँध्ने बन्धन जस्तो बाँध्न बाँध्न सक्दैन जुन बन्धनमा उहाँले काफिरहरूलाई बाँध्नुहुनेछ  । (जब अल्लाहले काफिरहरूको यातनाको उल्लेख गर्नुभयो साथै उहाँले मोमिनहरूको प्रतिदानको उल्लेख गरेर भन्नुभयोः)
२७. अनि मृत्युको समय र कयामतको दिन मोमिनको प्राणलाई भनिनेछः हे आस्था र सत्कर्मबाट सन्तुष्ट आत्मा ।
२८. आफ्ना पालनकर्ताको ठूलो प्रतिदानबाट प्रसन्न भएर र उहाँले सत्कर्म गर्ने अवसर प्रदान गर्नुभएकोमा उहाँबाट आत्मसन्तुष्ट भएर उहाँतर्फ फर्क ।
२९. मेरा सत्कर्मी भक्तहरूमा सामेल होऊ ।
३०. अनि उनीहरूको साथमा मैले तयार पारेको मेरो स्वर्गमा प्रवेश गर ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...