सीधे मुख्य सामग्री पर जाएं

९१) सूरह अश्-शम्स

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. अल्लाहले सूर्यको कसम खानुभयो र सूर्योदयपछि पुर्वबाट माथि उठ्ने समयको कसम खानुभयो ।
२. उहाँले चन्द्नको कसम खानुभयो जब त्यो सूर्यास्तपछि त्यसको पछि पछि जान्छ ।
३. अल्लाहले दिनको कसम खानुभयो जब त्यसको प्रकाशले उहाँले पृथ्वीमा रहेका कुराहरूलाई देखिने बनाउनुहुन्छ ।
४. अनि रातको कसम खानुभयो जब त्यसले पृथ्वीलाई छोप्छ र अन्धकार छाउँछ ।
५. अनि आकाशको त्यसको सावधानपूर्वक सृष्टिको कसम खानुभयो ।
६. अल्लाहले धर्तीको कसम र त्यसमा मानिसहरूको बसाईलाई सम्भव बनाउनका लागि त्यसलाई समतल बनाउनुको कसम खानुभयो ।
७. उहाँले हरेक ज्यानको र अल्लाहका सृष्टिहरूको परिपूर्णताको कसम खानुभयो ।
८. कुन नराम्रो कामबाट बच्नुपर्दछ र असल काम कुन हो भनेर उहाँले प्राणीहरूलाई शिक्षाको आवश्यकता बिना नै सुकाउनुभएको छ ।
९. सद्गुणहरूले सजाई र अवगुणहरूबाट मुक्त गरी जसले आफ्नो आत्मालाई शुद्ध पार्यो उसले आफूले चाहेको कुरा प्राप्त गर्यो ।
१०. अनि जसले त्यसलाई अवज्ञा र पापहरूले अपवित्र बनायो ऊ असफल भयो । (जब अल्लाहले अवज्ञा र पापहरूले प्राणलाई अपवित्र बनाएर असफल हुने कुराको उल्लेख गर्नुभयो उहाँले यसको उदाहरणमा समूद समुदायलाई उल्लेख गर्नुभयो र भन्नुभयोः)
११. समूदले अवज्ञा र पापहरू गर्नमा सिमा उल्लङ्घन गरी आफ्ना नबी सालेह (अलैहिस्सलाम) लाई झूठा ठहर गरे ।
१२. जब उनीहरूमध्ये धेरै अभागी व्यक्ति उनीहरूले चयन गरेपछि उभियो ।
१३. उनीहरूलाई अल्लाहका रसूल सालेह (अलैहिस्सलाम) ले भनेः अल्लाहको उँटनीलाई नछुनु, उसले आफ्नो आरक्षित दिनमा पानी पिउनेछ र उसलाई हानी नपुर्याउनु ।
१४. तर उनीहरूले उँटनीको विषयमा आफ्ना रसूलको कुरा मानेनन् । अनि उनीहरूमध्ये धेरै अभागीले उनीहरूको सहमतीमा त्यसको हत्या गर्यो । उनीहरू त्यस पापमा सहभागी थिए । तसर्थ अल्लाहले उनीहरूमाथि आफ्नो यातना पठाउनुभयो । उनीहरूको पापको कारणले उनीहरूलाई ठूलो गर्जनले नष्ट पार्नुभयो । अनि उनीहरूलाई यस्तो यातना दिनुभयो जसबाट उनीहरूलाई नष्ट पार्नुभयो ।
१५. अल्लाहले परिणामहरूको डर नराखी यस यातनाबाट उनीहरूलाई नष्ट पार्नुभयो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...