सीधे मुख्य सामग्री पर जाएं

८३) सूरह अल्- मुतफ्फिफीन

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट




१. धोका दिनेहरूको विनाश होस् ।
२. यी तिनीहरू हुन् जो अरूबाट लिँदा पूरा पूरा तौल गरेर लिन्छन् र त्यसमा कुनै कमी गर्दैनन् ।
३. अनि जब अरूहरूलाई नापेर वा तौलेर दिन्छन् नापमा र तौलमा कमी गरेर दिन्छन् । नबी (सल्लल्लाहु अलैहि व सल्लम) मदीना बसाइ सराइ गरेर जाँने समयमा मदीनाबासीहरूको अवस्था यस्तै थियो ।
४. यस्ता कुकर्म गर्नेहरूलाई अल्लाहतर्फ नै पुनः जीवित पारेर लैजानेछ भन्ने कुरा थाहा छैन र ?!
५. दुर्भाग्य र त्रासले भरिएको गम्भीर दिनमा हिसाब लिन र बदला दिनका लागि उनीहरूलाई पुनः जीवित पारिनेछन् ।
६. त्यसदिन मानिसहरू सम्पूर्ण सृष्टिका पालनकर्तासमक्ष हिसाबको लागि उभिनेछन् ।
७. मृत्युपश्चात पुनः जीवित पारिने छैन भन्ने तिमीहरूको सोँच वास्तविकतासँग मेल खाँदैन । वास्तवमा, काफिर र कपटी पापीहरूको कर्मपत्र घाटामा छ सबैभन्दा तल्लो धर्तीमा छ ।
८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा सिज्जीन के हो ?
९. वास्तवमा, उनीहरूको कर्मपत्र लेखिएको छ र त्यो हराउनेछैन । न त्यसमा बृद्धि गरिनेछ न कमी नै ।
१०. त्यसदिन झूठाहरूको विनाश होस् ।
११. जसले बदला दिइने दिनलाई झूठो ठहर गरे । जुन दिन अल्लाहले आफ्ना भक्तहरूलाई उनीहरूले संसारमा गरेका कर्महरूको बदला दिनुहुनेछ ।
१२. अल्लाहको सीमाहरूको उल्लङ्घन गर्ने र धेरै पाप गर्नेहरू मात्र त्यसदिनलाई झूठो ठहर गर्छन् ।
१३. जब उसलाई हाम्रा रसूलमाथि अवतरित आयतहरू सुनाइन्छ, उसले भन्छः यो विगतका मानिसहरूको कथा हो र यो अल्लाहको तर्फबाट आएको होइन ।
१४. वास्तविकता यी झूठाहरूले सोँचे जस्तो होइन । बरू उनीहरूले गरेको पाप उनीहरूको मस्तिष्कमा छाएको छ र त्यसलाई छोपेको छ । अनि आफ्नो हृदयले सत्यलाई हेर्न सकेनन् ।
१५. कयामतको दिन उनीहरू साँच्चै नै आफ्ना पालनकर्तालाई देख्न सक्ने छैनन् ।
१६. अनि उनीहरू नर्कमा प्रवेश गर्नेछन् र त्यसको आगोको कष्ट भोग्नेछन् ।
१७. अनि कयामतको दिन उनीहरूलाई निन्दा गर्दै भनिनेछः जुन यातनाको विषयमा तिमीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले तिमीहरूलाई सूचित गर्नुभएको थियो र त्यसलाई तिमीहरूले झूठो ठहर गरोका थियौ यो त्यही यातना हो जसलाई तिमीहरू अहिले भोगिरहेका छौ ।
१८. हिसाब हुनेछैन र बदला दिइने छैन भन्ने तिमीहरूको सोँच वास्तविकतासँग कुनै सम्बन्ध छैन । वास्तवमा, अनुसरण गर्नेहरूको कर्मपत्र इल्लियीनमा छ ।
१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई थाहा छ इल्लियीन के हो ?
२०. वास्तवमा, उनीहरूको कर्मपत्र लेखिएको छ र त्यो हराउनेछैन । न त्यसमा बृद्धि गरिनेछ न कमी नै ।
२१. यस कर्मपत्रको साथमा प्रत्येक स्वर्गका सबै फरिश्ताहरू उपस्थित हुनेछन् ।
२२. कयामतको दिन धेरै अनुसरण गर्नेहरू सदाका कृपामा रहनेछन् ।
२३. सजाइएका आसनहरूमा बसेर उनीहरूले आफ्ना पालनकर्तालाई र ती सबै कुराहरूतिर हेर्नेछन् जसले उनीहरूलाई सन्तुष्ट पार्छन् र जसबाट उनीहरू खुशी हुन्छन् ।
२४. जब तपाईं उनीहरूतिर हेर्नुहुनेछ तपाईंले उनीहरूको अनुहारमा आनन्दका सुन्दर र आकर्शक संकेतहरू देख्नुहुनेछ ।
२५. उनीहरूका नोकरहरूले उनीहरूलाई बोतलमा सिलबन्द लगाइएको पेयपान पिलाउनेछन् ।
२६. त्यसको अन्तिम थोपासम्म कस्तूरीको बास्ना फैलिन्छ । यो सम्मानजनक पुरस्कार प्राप्त गर्न अल्लाहलाई खुशी पार्ने कार्यहरू गरेर र उहाले मनाही गर्नुभएका कुराहरूलाई त्यागेर प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नु अनिवार्य रहेको छ ।
२७. यस सिलबन्द लागेको पेयमा तस्नीम मुलको पानीको मिश्रण हुनेछ ।
२८. यो स्वर्गको माथिल्लो भागमा राखिएको स्रोत हो, अविश्वसनीय रूपमा शुद्ध, जहाँबाट अल्लाहका निकटतम भक्तहरूले पिउनेछन् । त्यसबाट सम्पूर्ण मोमिनहरूले पिउनेछन् जुन अरूसँग मिसिएको हुनेछ ।
२९. जसले कुफ्र गरेर अपराध गरे । उनीहरू मोमिनहरूको खिल्ली उडाउने गर्दथे ।
३०. अनि उनीहरू मोमिनहरूको छेउबाट हिंड्दा उनीहरू एक अर्कालाई टाउको हल्लाई संकेट दिएर मोमिनहरूको उपहास गर्छन् र खिल्ली उडाउँछन् ।
३१. जब उनीहरू आफ्नो परिवारमा फर्कन्छन्, उनीहरू आफ्नो अविश्वासबाट र मोमिनहरूको खिल्ली उडाई सन्तुष्ट भएर फर्कन्छन् ।
३२. जब उनीहरू मुस्लिमहरूलाई देख्छन्, भन्छन्- यिनीहरूले आफ्ना पूर्वजको धर्म त्यागेर सीधा मार्गबाट पथभ्रष्ट भएका छन् ।
३३. यिनीहरूले यो कुरा गर्नको लागि अल्लाहले यिनीहरूलाई उनीहरूका कर्महरूको निरीक्षण गर्ने जिम्मेवारी दिनुभएको छैन ।
३४. तर कयामतको दिन मोमिनहरूले काफिरहरूको खिल्ली उडाउनेछन् जसरी संसारमा काफिरहरू मोमिनहरूको खिल्ली उडाउने गर्दथे ।
३५. सजाइएका आसनहरूमा बसी अल्लाहले उनीहरूका लागि तयार पारेर राख्नुभएको सदाको कृपालाई उनीहरूले हेरिरहेका हुनेछन् ।
३६. काफिरहरूले संसारमा गरेका कार्यहरूका लागि उनीहरूलाई अपमानजनक यातना दिइएको छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...