सीधे मुख्य सामग्री पर जाएं

८८) सूरह अल्-गाशियह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 


१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंसमक्ष आखिरतको कथा आईपुग्यो जसले मानिसहरूलाई भयभीत पार्नेछ ?!
२. कयामतको दिन मानिसहरू दुखी हुनेछन् वा खुशी । दुखी हुनेहरूको अनुहार अपमानित र झुकेको हुनेछ ।
३. उनीहरू थकित, सिक्रीले बाँधिएका हुनेछन् जसद्वारा उनीहरूलाई घिसारिनेछ र हतकडीले बाँधिएका हुनेछन् ।
४. ती अनुहारहरू दन्केको आगोमा प्रवेश गर्नेछन् र त्यसको ताप भोग्नेछन् ।
५. उनीहरूलाई उम्लँदो पानीको स्रोतले पानी दिइनेछ ।
६. उनीहरूले अति नराम्रा खानेकुरा र शिब्रिक नामक अति सडेका बोटबिरूवाहरू खानेछन् । अनि यो सुख्खा हुँदा विषालु हुन्छ ।
७. यसले खानेलाई मोटाउँदैन र उसको भोक पनि मेटिदैन ।
८. त्यसदिन खुशी हुनेहरूको अनुहारले प्राप्त गरेका अनुकम्पाका कारण उनीहरू अनुकम्पाले भरिएको, आनन्दित र खुशी हुनेछन् ।
९. यो उनीहरूले संसारमा खुशी खुशी गरेका सत्कर्मका कारण हुनेछ । अनि उनीहरूको सत्कर्मको पुण्य सुरक्षित र कैंयौ गुणा बढेको हुनेछ ।
१०. उनीहरू उच्च र प्रतिष्ठित स्वर्गमा हुनेछन् ।
११. तपाईंले स्वर्गमा झूठा र बेकारका शब्दहरू सुन्नुहुन्न, अवैध कुराहरू त परै जाओस् ।
१२. यस स्वर्गमा बगिरहेको पानीका स्रोतहरू हुनेछन् जुन उनीहरू जसरी चाहन्छन् प्रयोग गर्छन् ।
१३. त्यहाँ उच्च ओछ्यानहरू हुनेछन् ।
१४. पिउनको लागि तयार पेय पदार्थ हुनेछ ।
१५. अनि एक पछि अर्को गरी सिरानीहरू लगाइएका हुनेछन् ।
१६. जताततै गलैंचाहरू हुनेछन् । (जब अल्लाहले आखिरतमा हुने दुखी हुनेहरू र खुशी हुनेहरूको विभिन्न अवस्थाहरूको उल्लेख गर्नुभयो तब उहाँले ती काफिरहरूको ध्यानाकर्षण गर्नुभयो जसले उनीहरूलाई सृष्टिकर्ताको क्षमता र उहाँका सृष्टिहरूको असल चरित्र देखाउँदछ किनकि त्यसले आस्थालाई प्रमाणित गर्छ । जस कारण उनीहरू स्वर्गमा प्रवेश गर्न सकुन् र खुशी हुन सकुन् । अनि उहाँले भन्नुभयोः)
१७. अल्लाहले उँटलाई कसरी सृष्टि गर्नुभयो र त्यसलाई आदमका सन्तानका लागि खटाउनुभयो भनी के यिनीहरू सोँच्दैनन् ?!
१८. अल्लाहले आकाशलाई कसरी उच्च पारेर उठाउनुभयो अनि त्यसलाई सुरक्षित कौसी बनाउनुभयो र त्यो उनीहरूमाथि खस्दैन भनी के यिनीहरू सोँच्दैनन् ?!
१९. उहाँले पहाडहरूलाई कसरी धर्तीमा जमाउनुभयो र त्यसको सहयोगले धर्तीलाई हल्लिनबाट रोक्नुभयो भनी यिनीहरू सोँच्दैनन् ?!
२०. उहाँले धर्तीलाई फैलाउनुभयो र त्यसलाई मानिसहरूलाई बस्नको लागि योग्य बनाउनुभएको कुरालाई यिनीहरू सोँच्दैनन् ?! (जब अल्लाहले उनीहरूलाई उहाँको शक्तिको प्रमाणहरूमाथि ध्यान दिन आह्वान गर्नुभयो, उहाँले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयोः )
२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई उपदेश दिनुहोस् र अल्लाहको यातनासँग डराउनुहोस् किनकि तपाईं केवल चेतावनी दिने हुनुहुन्छ । उनीहरूलाई चेतावनी दिनुबाहेक अन्य विषयमा तपाईंलाई सोधिने छैन । उनीहरूलाई आस्था अपनाउन सहज बनाउने काम मात्र अल्लाहको हो ।
२२. तपाईंलाई उनीहरूमाथि कुनै अधिकार छैन र तपाईं उनीहरूलाई आस्था अपनाउन बाध्य पार्न सक्नुहुन्न ।
२३. तर जसले उहाँमाथि आस्था राख्न अस्वीकार गर्दछ र अल्लाह र उहाँको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई मान्दैन ।
२४ कयामतको दिन अल्लाहले उनीहरूलाई सदाका लागि नर्कमा प्रवेश गराई ठूलो यातना दिनुहुनेछ ।
२५. केवल हामीतिर उनीहरू मृत्युपश्चात फर्केर आउनेछन् ।
२६. अनि केवल हामी नै उनीहरूको कर्महरूको हिसाब लिनेछौं । तपाईं र तपाईंबाहेक अरू कसैको यो जिम्मेवारी होइन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...