शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले पवित्र नगरको कसम खानुभयो जुन मक्कह मुकर्रमह हो ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जो मार्न योग्य रहेका छन् उनीहरूको हत्या गर्ने र जो कैद हुने योग्य छन् उनीहरूलाई कैद गर्ने अनुमति तपाईंलाई छ ।
३. अनि अल्लाहले मनुष्यको पिता र उसको सन्तानको कसम खानुभयो ।
४. हामीले मानिसलाई कष्ट र पीडामा सिर्जना गरेका छौं किनकि ऊ संसारमा कष्ट भोग्ने गर्दछ ।
५. के जब मानिस पाप गर्छ, उसलाई कसैले रोक्न सक्दैन, कसैले पनि ऊबाट बदला लिन सक्दैन र उसको पालनकर्ता जसले उसलाई सृष्टि गर्नुभयो उहाँले पनि यसको सामर्थ्य राख्नुहुन्न भन्ने उसलाई लाग्छ ?
६. उसले भन्छः मैले एक पछि अर्को गरी धेरै धन खर्च गरें ।
७. के अल्लाहले उसलाई देख्नु भएको छैन र उसले आफ्नो सम्पत्ति कहाँबाट कमाएको र कहाँ खर्च गरेको भनी सोध्नु हुनेछैन भनेर आफ्नो खर्चको बारेमा फुर्ती लगाउनेले सोच्दछ ?
८. के हामीले उसलाई हेर्नको लागि दुईटा आँखा दिएनौं र ?
९. बोल्नको लागि एउटा जिब्रो र दुईटा ओठ दिएनौं र ?
१०. हामीले उसलाई राम्रो बाटो र नराम्रो बाटो देखाएनौं र ?
११. उसले ठाडो उकालो बाटो उक्लिनु पर्नेछ हुन्छे जसले उसलाई स्वर्गबाट अलग गर्दछ । उसले त्यो बाटो पार गर्नु पर्नेछ ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंलाई अवरोधको विषयमा के थाहा छ जसलाई काटेर उसले स्वर्गमा प्रवेश पाउनेछ ।
१३. पुरूष वा महिलालाई दासताबाट मुक्त गर्नु हो ।
१४. खानाको अभाव भएको अनिकालको समयमा खाना खुवाउनु हो ।
१५. एउटा बच्चालाई जसले आफ्नो बुबा गुमाएको छ र जो उसको आफन्त पर्दछ ।
१६. वा अभावग्रस्तलाई खुवाउनु हो जोसँग केही छैन ।
१७. अनि त्यस व्यक्तिहरूमध्ये होओस् जो अल्लाहमा आस्था राख्छन्, एक अर्कालाई अनुसरणमा दृढ रहन र पाप र प्रलोभनबाट आफूलाई टाढा राख्न र एक अर्कालाई अल्लाहको भक्तहरूका सहयोगी हुन सुझाव दिन्छन् ।
१८. यी गुणहरूका मालिकहरू नै दाहिने हातवाला हुन् ।
१९. जसले हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित आयतहरूको इन्कार गरे उनीहरू नै देब्रे हातवाला हुन् ।
२०. कयामतको दिनमा उनीहरू आगोले घेरिएका हुनेछन् र त्यसमा उनीहरूलाई यातना दिइनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें