सीधे मुख्य सामग्री पर जाएं

८६) सूरह अत्-तारिक

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट 



१. अल्लाहले आकाशको र रातमा देखा पर्ने ताराको कसम खानु भएको छ ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस ठूलो ताराको विषयमा तपाईंलाई के थाहा छ ?!
३. यो एउटा तारा हो जसले आकाशलाई आफ्नो चमकले चम्किलो पारेको छ ।
४. हरेक प्राणको लागि अल्लाहले कयामतको दिन हिसाब लिनको निम्ति उसका कर्महरू लेखेर सुरक्षित पार्न एउटा फरिश्तालाई खटाउनुभएको छ ।
५. तसर्थ अल्लाहले मनुष्यलाई कुन तत्वले सृष्टि गर्नुभएको हो भनी उसले सोच्नुपर्छ । जस कारणले अल्लाह शक्तिशाली र मनुष्य शक्तिहीन भएको कुरा स्पष्ट हुन्छ ।
६. उहाँले गर्भमा फ्याँकेको तरल पदार्थबाट उसको सृष्टि गर्नुभयो ।
७. यो तरल पदार्थ पुरूषको मेरूदण्ड र महिलाको छातीको हड्डीको बीचबाट निस्कन्छ ।
८. यदि अल्लाह उसको सृष्टि यस महत्त्वहीन तरल पदार्थबाट गर्न सक्नुहुन्छ भने उसको मृत्युपश्चात हिसाब लिन र बदला दिनका निम्ति पुनः जीवित  पार्न सक्नुहुन्छ ।
९. जब रहस्यहरू प्रकट हुन्छन्, तिनीहरूको मनमा लुकेका गोप्य नियत, विश्वास र आदि प्रकाशमा आउनेछन् अनि त्यसमध्ये असल र दुष्टको बीचमा भिन्नता छुट्याउन सकिनेछ ।
१०. त्यसदिन मनुष्यले अल्लाहको यातनाबाट बच्ने शक्ति राख्नेछैन र उसले कोही सहयोगी पनि पाउने छैन ।
११. अल्लाहले पानी भएको आकाशको कसम खानुभयो जसबाट वर्षा आउँछ किनकि समय-समयमा त्यहाँबाट पानी पर्छ ।
१२ अनि उहाँले धर्तीको कसम खानुभयो किनकि त्यहाँबाट बिरूवा, फलफूल र रूखहरू उम्रन्छ ।
१३ वास्तवमा, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुर्आन सही र गलत अनि सत्य र झूठबीच फरक छुट्याउने वाणी हो ।
१४. यो खेल वा असत्य होइ बरू गम्भीरता र सत्य हो ।
१५. वास्तवमा, जो उनीहरूका रसूलहरूले ल्याएको सन्देशलाई नकार्छन् उनीहरू तिनीहरूको आह्वानलाई रोक्न र त्यसलाई रद्द गर्न धेरै षडयन्त्र गर्छन् ।
१६. तर म धर्मलाई माथि उठाउने र झूठलाई नष्ट पार्ने योजना बनाउँदैछु ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी काफिरहरूलाई समय दिनुहोस् । उनीहरूलाई थोरै समय दिनुहोस् र उनीहरूको यातना र विनाशमा हतार नगर्नुहोस् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...