शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले धूलो उडाउने हावाको कसम खानुभएको छ ।२. अनि पर्याप्त पानी बोक्ने बादलको कसम खानुभएको छ ।३. अनि समुद्रमा सहजता र नम्रताका साथ चल्ने जहाजहरूको कसम खानुभएको छ ।४. अनि अल्लाहको आदेश अनुसार भक्तहरूका मामिलाहरू वितरण गर्ने फरिश्ताहरूको कसम खानुभएको छ ।५. तिमीहरूका पालनकर्ताले हिसाब र बदलाको विषयमा दिनुभएको चेतावनी नितान्त सत्य हो जसमा कुनै शंका छैन ।६. वास्तवमा, कयामतको दिन भक्तहरूको हिसाब हुने नै छ र यसमा कुनै शंका छैन ।७. अल्लाहले मार्गहरू भएको सुन्दर आकाशको कसम खानुभएको छ ।८. हे मक्काबासीहरू हो ! तिमीहरू विरोधाभास र असंगतले भरिएको कुरा गर्छौ । कहिले भन्छौः कुर्आन जादू हो र कहिले भन्छौ यो कविता हो । अनि तिमीहरू भन्छौ मुहम्मद जादूगर हो र कहिले भन्छौ ऊ कवि हो ।९. ऊ कुर्आन र नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथिको आस्थाबाट बहकेको छ । जो त्यसबाट बहकेको छ अल्लाहको ज्ञान अनुसार उसले आस्था राख्नेछैन तसर्थ उहाँले उसलाई मार्गदर्शन प्रदान गर्नुहुन्न ।१०. कुर्आन र आफ्नो नबीको विषयमा यस्तो भन्ने झूठा ठहर गर्नेहरूको विनाश हुनेछ ।११. जो अज्ञानी छन् उनीहरू आखिरतको घरको विषयमा अनविज्ञ छन् र यिनीहरूलाई त्यसको चिन्ता नै छैन ।१२. यिनीहरू सोध्छन्- बदला दिइने दिन कहिले आउनेछ ? तर यिनीहरू त्यसको लागि कर्म गर्दैनन् ।१३. अनि अल्लाहले उनीहरूको प्रश्नको जबाफ दिनुहुन्छः जुन दिन यिनीहरूलाई नर्कमा यातना दिइनेछ ।१४. उनीहरूलाई भनिनेछः आफ्नो यातना भोग । यसकै विषयमा तिमीहरूलाई चेतावनी दिइनेबेला तिमीहरूले यसको लागि हतार गर्यौ र यसको खिल्ली उडायौ ।१५. वास्तवमा, आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरूका लागि कयामतको दिन बगैंचाहरू र बगिरहने मूलहरू रहेका छन् ।१६. उनीहरूका पालनकर्ताले दिनुभएका बदलाहरू लिइरहेका हुनेछन् किनकि यो बदला पाउनुभन्दा पहिले उनीहरू संसारमा सत्कर्मी थिए ।१७. उनीहरू राति सलाह पढ्थे र थोरै मात्रै सुत्थे ।१८. अनि बिहानको समयमा अल्लाहसमक्ष आफ्ना पापहरूको क्षमा याचना गर्थे ।१९. अनि स्वेच्छाले आफ्ना धन-सम्पत्तिबाट माग्नेहरूलाई, माग्न नसक्नेहरूलाई र कुनै पनि कारणले जीविकाबाट वञ्चित भएकाहरूलाई उनीहरूको अधिकार दिन्छन् ।२०. पृथ्वीको र त्यहाँ रहेका पर्वतहरू, समुद्रहरू, नहरहरू, रूखहरू, बोटबिरूवाहरू र जनावरहरूको अल्लाह नै सृष्टिकर्ता र रूप दिने हुनुहुन्छ भन्ने कुराको अल्लाहको भय राख्नेहरूको लागि अल्लाहका शक्तिका प्रमाणहरू हुन् ।२१. हे मनुष्यहरू हो ! तिमीहरूको अस्तित्वमा अल्लाहको शक्तिका प्रमाणहरू रहेका छन् । के तिमीहरू विचार गर्नको लागि हेर्दैनौ ?२२. अनि आकाशमा तिमीहरूको सांसारिक र धार्मिक जीविका रहेको छ र तिमीहरूलाई दिने भनी वाचा गरिएका राम्रा वा नराम्रा कुरा रहेका छन् ।२३. आकाश र पृथ्वीका मालिकको कसम, वास्तवमा, पुनः जीवित पारिनु नितान्त सत्य हो जसमा कुनै शंका छैन जसरी तिमीहरूले कुरा गर्नेबेला तिमीहरू कुरा गर्न सक्षम हुनुमा कुनै शंका छैन ।२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई इब्राहीम (अलैहिस्सलाम) का फरिश्ता पाहुनाहरूको खबर प्राप्त भयो जसलाई उनले सत्कार गरेका थिए ?२५. जब उनीहरू उनीकहाँ पुगे अनि भनेः तपाईंमाथि सलाम होस् । इब्राहीमले जवाफ दिँदै भनेः तिमीहरूमाथि सलाम होस् । अनि आफ्नो मनमा भनेः म यिनीहरूलाई चिन्दिँन ।२६. उनी सुटुक्क आफ्नो परिवारकहाँ गए अनि एउटा सिङ्गै मोटो बाछा लिएर आए । उनीहरू मनुष्य हुन् भनी उनलाई लाग्यो ।२७. अनि बाछा उनीहरूसमक्ष पेश गरे र उनीहरूलाई नम्रताका साथ भनेः तिमीहरूलाई दिएको खाना किन न खाएको ?२८. जब उनीहरूले खाएनन् यो देखेर उनको मनमा डर उत्पन्न भयो । उनीहरूलाई यस कुराको आभास भयो र उनलाई शान्त बनाउनको लागि भनेः नडराऊ । हामी अल्लाहको तर्फबाट आएका हौं । अनि उनलाई खुशी पार्ने समाचार सुनाए अर्थात उनको घरमा एउटा धेरै ज्ञानी छोराले जन्म लिनेछ र उनलाई उस्हाक (अलैहिस्सलाम) को पनि शुभ-सूचना दिए ।२९. जब उनकी पत्नीले यो शुभ-सूचना सुनिन् उनी खुशीले रून थालिन् । अनि आफ्नो अनुहारमा थप्पड हानिन् र अचम्मित भएर भनिन्- के बूढीले बच्चा जन्माउने, वास्तवमा उनी बाँझी छिन् ।३०. फरिश्ताहरूले उनलाई भनेः हामीले भनेको कुरा तिम्रो पालनकर्ताले भन्नुभएको हो । वास्तवमा, उहाँ आफ्नो सृष्टिमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ र उहाँ आफ्ना सृष्टिहरूको अवस्था र उनीहरूलाई फाइदा दिने कुराबाट अवगत हुनुहुन्छ ।३१. इब्राहीम (अलैहिस्सलाम) ले फरिश्ताहरूलाई भनेः हे फरिश्ताहरू हो ! तिमीहरूको उद्देश्य को हो ? तिमीहरू कहाँ जाँदैछौ ?३२. उनलाई जवाफ दिँदै फरिश्ताहरूले भनेः अल्लाहले हामीलाई सबैभन्दा नराम्रा पाप गर्ने अपराधीहरूतर्फ पठाउनुभएको छ ।३३. उनीहरूमाथि कडा माटोको ढुङ्गा प्रहार गर्नका लागि ।३४. हे इब्राहीम ! तिम्रा पालनकर्तासमक्ष चिन्ह लगाइएको हुनेछ जसको प्रहार अल्लाहले निर्धारण गर्नुभएको सीमा उल्लङ्घन गर्नेहरूमाथि र कुफ्र र अवज्ञामा सीमा नाघेकाहरूमाथि गरिनेछ ।३५. लूत (अलैहिस्सलाम) को समुदायको नगरका मोमिनहरूलाई हामीले निकाल्यौं । जसले गर्दा अपराधीहरूमाथि आई लाग्ने यातना उनीहरूमाथि आई लाग्ने छैन ।३६. हामीले त त्यस नगरमा मुस्लिमहरूको एउटा मात्र परिवार भेट्यौं जुन लूत (अलैहिस्सलाम) को परिवार हो ।३७. लूतको समुदायको नगरमा हामीले यातनाको निशानी छोड्यौं जुन उनीहरूमाथि आई परेको यातनाको प्रमाण थियो । जसले गर्दा यिनीहरूमाथि आई लागेको पीडादायी यातनाको डर राख्नेहरूले पाठ सिक्न सकुन् । तसर्थ त्यसबाट बच्नको लागि कुनै कार्य गर्दैनन् ।३८. अनि मूसा (अलैहिस्सलाम) को कथामा पनि उपदेश छ । जब हामीले उनलाई स्पष्ट तर्कहरूका साथ फिरऔनसमक्ष पठायौं । पीडादायी यातनाको डर राख्नेहरूको लागि यो एउटा निशानी हो ।३९. तर फिर्औन आफ्नो शक्ति र सैनिकमाथि घमण्ड गर्दै सत्यताबाट विमुख भयो । उसले मूसा (अलैहिस्सलाम) को विषयमा भन्योः ऊ मानिसहरूमाथि जादू गर्ने एउटा जादूगर हो वा व्यर्थ कुरा गर्ने एउटा पागल व्यक्ति हो ।४०. अनि हामीले उसलाई र उसका सबै सैनिकहरूलाई समातेर समुद्रमा फ्याँक्यौं र उनीहरू डुबे र नष्ट भए । फिर्औनले अपमानको योग्य काम गर्यो अर्थात झूठो ठहर गर्नु र आफूलाई ईश्वर घोषणा गर्नु ।४१. हूदको समुदाय आदमा पीडादायी यातनाको डर राख्नेहरूको लागि निशानी रहेको छ । उनीहरूमाथि हामीले पानी नपराउने, रूखहरू उर्वर नगर्ने र कृपा नभएको हावा पठायौं ।४२. त्यो जसमाथि चल्थ्यो चाहे त्यो ज्यान होस्, सम्पत्ति होस्, वा यी दुईबाहेक जे भए पनि त्यसलाई ध्वस्त र टुक्रा टुक्रा नपारी छाड्दैन थियो ।४३. अनि सालिह (अलैहिस्सलाम) को समुदाय समूदमा पीडादायी यातनाको डर राख्नेहरूको लागि निशानी रहेको छ । जब उनीहरूलाई भनियोः तिमीहरूको अवधि नसकेसम्म आफ्नो जीवनबाट लाभान्वित होऊ ।४४. अनि उनीहरूले आफ्नो पालनकर्ताको आदेशको सन्दर्भमा घमण्ड गरे र आस्था र आज्ञाकारिताको सन्दर्भमा अहंकारी भए । जब उनीहरू यातनाको अवतरणको प्रतिक्षामा थिए उनीहरूलाई कर्कश ध्वनीले समात्यो । यातना आउनुभन्दा तीन दिन पहिले नै उनीहरूलाई त्यसको चेतावनी दिइएको थियो ।४५. उनीहरू आफूमाथि आएको यातनालाई रोक्न असमर्थ थिए र उनीहरूसँग त्यसबाट बच्न कुनै शक्ति थिएन ।४६. यी उल्लेख भएकाहरूभन्दा पहिले हामीले नूह (अलैहिस्सलाम) को समुदायलाई डुबाएर नष्ट गरिसकेका छौं किनकि यिनीहरूले अल्लाहको आज्ञाकारी हुन मानेनन् । यस कारणले उनीहरू अल्लाहको यातनाको हकदार हुनपुगे ।४७. हामीले आकासको सृष्टि गर्यौं र त्यसको सृष्टिलाई आफ्नो बलले पूर्ण रूप दियौं । अनि त्यसका किनाराहरूलाई हामी निरन्तर विस्तार गर्दैछौं ।४८. हामीले पृथ्वीलाई त्यहाँ बसोबास गर्नेहरूका लागि ओछ्यान जस्तै बिछाएका छौं । हामी धेरै उत्तम तरिकाले समतल गर्छौं । हामीले यसलाई उनीहरूको लागि बिछायौं ।४९. हामीले हरेक कुरालाई जोडीमा सृष्टि गरेका छौं, जस्तै पुरूष र महिला, आकाश र पृथ्वी र जमिन र समुद्र । आशा छ, हरेक कुरालाई जोडीमा सृष्टि गर्ने अल्लाहको वह्दानियत / विशिष्टता र शक्तिलाई स्मरण गर्न सक ।५०. तसर्थ अल्लाहको अनुसरण गरी, उहाँको अवज्ञा त्यागी र उहाँको यातनाबाट बची उहाँको पुण्यतिर भागेर जाऊ । हे मनुष्यहरू हो ! वास्तवमा, म प्रत्यक्ष चेतावनीका साथ तिमीहरूका लागि उहाँको यातनाको सचेतक हुँ ।५१. अल्लाहको उपासना छाडि अरूको उपासना गर्नका निम्ति उहाँसँग अन्यलाई उपास्य नबनाऊ । वास्तवमा, म प्रत्यक्ष चेतावनीका साथ यस विषयमा सचेत गराउने हुँ ।५२. मक्काबासीहरूले झूठो ठहर गरे सरह पहिलेका समुदायहरूले पनि झूठो ठहर गरिसकेका छन् । अल्लाहको तर्फबाट उनीहरूसमक्ष रसूल आउँदा उनीहरूले उनको विषयमा भनेः ऊ जादूगर वा पागल हो ।५३. के विगतका काफिरहरूले पछि आएकाहरूलाई रसूलहरूलाई झूठो ठहर गर्ने उपदेश दिएका छन् र ?! होइन, बरू यी सबै अत्याचारमा एकताबद्ध छन् ।५४. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई बेवास्ता गर्नुहोस् । तपाईंमाथि कुनै दोष लाग्ने छैन । वास्तवमा, यिनीहरूतिर तपाईंलाई जे दिएर पठाइएको छ तपाईंले त्यो पुर्याई सक्नुभयो ।५५. उनीहरूलाई बेवास्ता गर्ने कामले तपाईंलाई उनीहरूलाई उपदेश दिन र सम्झाउनबाट नरोकोस् । तसर्थ उनीहरूलाई उपदेश दिनुहोस् र सम्झाउनुहोस् किनकि उपदेश दिनाले र सम्झाउनाले अल्लाहमाथि आस्था राख्नेहरूलाई फाइदा पुर्याउँछ ।५६. मैले केवल आफ्नो उपासनाको लागि जिनहरू र मनुष्यहरूको सृष्टि गरेको हुँ । उनीहरूले मेरो साझेदार ठहर गरून् भनी मैले उनीहरूको सृष्टि गरेको होइन ।५७. मलाई उनीहरूबाट जीविकाको चाहना छैन र उनीहरूले मलाई खुवाऊन् भन्ने चाहना पनि छैन ।५८. वास्तवमा, अल्लाह नै आफ्ना भक्तहरूलाई जीविका प्रदान गर्नुहुन्छ । अनि अरू सम्पूर्ण उहाँको जीविकामा निर्भर छन् । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पनि पराजित गर्न सक्दैन । सम्पूर्ण जिनहरू र मानिसहरू उहाँको शक्तिको अधीनमा छन् ।५९. वास्तवमा, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई झूठो ठहर गरी आफैमाथि अत्याचार गर्नेहरूका लागि यातनाको एउटा भाग रहेको छ जसरी उनीहरूका विगतका साथीहरूको भाग थियो । यातनाको पूर्व निर्धारित समय रहेको छ । तसर्थ त्यसको समय आउनु अघि त्यसको लागि उनीहरूले मसँग हतार नगरून् ।६०. तसर्थ अल्लाहलाई नकार्नेहरू र उहाँका रसूललाई झूठो ठहर गर्नेहरूको लागि कयामतको दिन विनाश र पराजय रहेको छ जुन दिन उनीहरूलाई यातना दिइने छ भन्ने डर उनीहरूलाई देखाइँदैछ ।
१. अल्लाहले धूलो उडाउने हावाको कसम खानुभएको छ ।
२. अनि पर्याप्त पानी बोक्ने बादलको कसम खानुभएको छ ।
३. अनि समुद्रमा सहजता र नम्रताका साथ चल्ने जहाजहरूको कसम खानुभएको छ ।
४. अनि अल्लाहको आदेश अनुसार भक्तहरूका मामिलाहरू वितरण गर्ने फरिश्ताहरूको कसम खानुभएको छ ।
५. तिमीहरूका पालनकर्ताले हिसाब र बदलाको विषयमा दिनुभएको चेतावनी नितान्त सत्य हो जसमा कुनै शंका छैन ।
६. वास्तवमा, कयामतको दिन भक्तहरूको हिसाब हुने नै छ र यसमा कुनै शंका छैन ।
७. अल्लाहले मार्गहरू भएको सुन्दर आकाशको कसम खानुभएको छ ।
८. हे मक्काबासीहरू हो ! तिमीहरू विरोधाभास र असंगतले भरिएको कुरा गर्छौ । कहिले भन्छौः कुर्आन जादू हो र कहिले भन्छौ यो कविता हो । अनि तिमीहरू भन्छौ मुहम्मद जादूगर हो र कहिले भन्छौ ऊ कवि हो ।
९. ऊ कुर्आन र नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथिको आस्थाबाट बहकेको छ । जो त्यसबाट बहकेको छ अल्लाहको ज्ञान अनुसार उसले आस्था राख्नेछैन तसर्थ उहाँले उसलाई मार्गदर्शन प्रदान गर्नुहुन्न ।
१०. कुर्आन र आफ्नो नबीको विषयमा यस्तो भन्ने झूठा ठहर गर्नेहरूको विनाश हुनेछ ।
११. जो अज्ञानी छन् उनीहरू आखिरतको घरको विषयमा अनविज्ञ छन् र यिनीहरूलाई त्यसको चिन्ता नै छैन ।
१२. यिनीहरू सोध्छन्- बदला दिइने दिन कहिले आउनेछ ? तर यिनीहरू त्यसको लागि कर्म गर्दैनन् ।
१३. अनि अल्लाहले उनीहरूको प्रश्नको जबाफ दिनुहुन्छः जुन दिन यिनीहरूलाई नर्कमा यातना दिइनेछ ।
१४. उनीहरूलाई भनिनेछः आफ्नो यातना भोग । यसकै विषयमा तिमीहरूलाई चेतावनी दिइनेबेला तिमीहरूले यसको लागि हतार गर्यौ र यसको खिल्ली उडायौ ।
१५. वास्तवमा, आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरूका लागि कयामतको दिन बगैंचाहरू र बगिरहने मूलहरू रहेका छन् ।
१६. उनीहरूका पालनकर्ताले दिनुभएका बदलाहरू लिइरहेका हुनेछन् किनकि यो बदला पाउनुभन्दा पहिले उनीहरू संसारमा सत्कर्मी थिए ।
१७. उनीहरू राति सलाह पढ्थे र थोरै मात्रै सुत्थे ।
१८. अनि बिहानको समयमा अल्लाहसमक्ष आफ्ना पापहरूको क्षमा याचना गर्थे ।
१९. अनि स्वेच्छाले आफ्ना धन-सम्पत्तिबाट माग्नेहरूलाई, माग्न नसक्नेहरूलाई र कुनै पनि कारणले जीविकाबाट वञ्चित भएकाहरूलाई उनीहरूको अधिकार दिन्छन् ।
२०. पृथ्वीको र त्यहाँ रहेका पर्वतहरू, समुद्रहरू, नहरहरू, रूखहरू, बोटबिरूवाहरू र जनावरहरूको अल्लाह नै सृष्टिकर्ता र रूप दिने हुनुहुन्छ भन्ने कुराको अल्लाहको भय राख्नेहरूको लागि अल्लाहका शक्तिका प्रमाणहरू हुन् ।
२१. हे मनुष्यहरू हो ! तिमीहरूको अस्तित्वमा अल्लाहको शक्तिका प्रमाणहरू रहेका छन् । के तिमीहरू विचार गर्नको लागि हेर्दैनौ ?
२२. अनि आकाशमा तिमीहरूको सांसारिक र धार्मिक जीविका रहेको छ र तिमीहरूलाई दिने भनी वाचा गरिएका राम्रा वा नराम्रा कुरा रहेका छन् ।
२३. आकाश र पृथ्वीका मालिकको कसम, वास्तवमा, पुनः जीवित पारिनु नितान्त सत्य हो जसमा कुनै शंका छैन जसरी तिमीहरूले कुरा गर्नेबेला तिमीहरू कुरा गर्न सक्षम हुनुमा कुनै शंका छैन ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई इब्राहीम (अलैहिस्सलाम) का फरिश्ता पाहुनाहरूको खबर प्राप्त भयो जसलाई उनले सत्कार गरेका थिए ?
२५. जब उनीहरू उनीकहाँ पुगे अनि भनेः तपाईंमाथि सलाम होस् । इब्राहीमले जवाफ दिँदै भनेः तिमीहरूमाथि सलाम होस् । अनि आफ्नो मनमा भनेः म यिनीहरूलाई चिन्दिँन ।
२६. उनी सुटुक्क आफ्नो परिवारकहाँ गए अनि एउटा सिङ्गै मोटो बाछा लिएर आए । उनीहरू मनुष्य हुन् भनी उनलाई लाग्यो ।
२७. अनि बाछा उनीहरूसमक्ष पेश गरे र उनीहरूलाई नम्रताका साथ भनेः तिमीहरूलाई दिएको खाना किन न खाएको ?
२८. जब उनीहरूले खाएनन् यो देखेर उनको मनमा डर उत्पन्न भयो । उनीहरूलाई यस कुराको आभास भयो र उनलाई शान्त बनाउनको लागि भनेः नडराऊ । हामी अल्लाहको तर्फबाट आएका हौं । अनि उनलाई खुशी पार्ने समाचार सुनाए अर्थात उनको घरमा एउटा धेरै ज्ञानी छोराले जन्म लिनेछ र उनलाई उस्हाक (अलैहिस्सलाम) को पनि शुभ-सूचना दिए ।
२९. जब उनकी पत्नीले यो शुभ-सूचना सुनिन् उनी खुशीले रून थालिन् । अनि आफ्नो अनुहारमा थप्पड हानिन् र अचम्मित भएर भनिन्- के बूढीले बच्चा जन्माउने, वास्तवमा उनी बाँझी छिन् ।
३०. फरिश्ताहरूले उनलाई भनेः हामीले भनेको कुरा तिम्रो पालनकर्ताले भन्नुभएको हो । वास्तवमा, उहाँ आफ्नो सृष्टिमा र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ र उहाँ आफ्ना सृष्टिहरूको अवस्था र उनीहरूलाई फाइदा दिने कुराबाट अवगत हुनुहुन्छ ।
३१. इब्राहीम (अलैहिस्सलाम) ले फरिश्ताहरूलाई भनेः हे फरिश्ताहरू हो ! तिमीहरूको उद्देश्य को हो ? तिमीहरू कहाँ जाँदैछौ ?
३२. उनलाई जवाफ दिँदै फरिश्ताहरूले भनेः अल्लाहले हामीलाई सबैभन्दा नराम्रा पाप गर्ने अपराधीहरूतर्फ पठाउनुभएको छ ।
३३. उनीहरूमाथि कडा माटोको ढुङ्गा प्रहार गर्नका लागि ।
३४. हे इब्राहीम ! तिम्रा पालनकर्तासमक्ष चिन्ह लगाइएको हुनेछ जसको प्रहार अल्लाहले निर्धारण गर्नुभएको सीमा उल्लङ्घन गर्नेहरूमाथि र कुफ्र र अवज्ञामा सीमा नाघेकाहरूमाथि गरिनेछ ।
३५. लूत (अलैहिस्सलाम) को समुदायको नगरका मोमिनहरूलाई हामीले निकाल्यौं । जसले गर्दा अपराधीहरूमाथि आई लाग्ने यातना उनीहरूमाथि आई लाग्ने छैन ।
३६. हामीले त त्यस नगरमा मुस्लिमहरूको एउटा मात्र परिवार भेट्यौं जुन लूत (अलैहिस्सलाम) को परिवार हो ।
३७. लूतको समुदायको नगरमा हामीले यातनाको निशानी छोड्यौं जुन उनीहरूमाथि आई परेको यातनाको प्रमाण थियो । जसले गर्दा यिनीहरूमाथि आई लागेको पीडादायी यातनाको डर राख्नेहरूले पाठ सिक्न सकुन् । तसर्थ त्यसबाट बच्नको लागि कुनै कार्य गर्दैनन् ।
३८. अनि मूसा (अलैहिस्सलाम) को कथामा पनि उपदेश छ । जब हामीले उनलाई स्पष्ट तर्कहरूका साथ फिरऔनसमक्ष पठायौं । पीडादायी यातनाको डर राख्नेहरूको लागि यो एउटा निशानी हो ।
३९. तर फिर्औन आफ्नो शक्ति र सैनिकमाथि घमण्ड गर्दै सत्यताबाट विमुख भयो । उसले मूसा (अलैहिस्सलाम) को विषयमा भन्योः ऊ मानिसहरूमाथि जादू गर्ने एउटा जादूगर हो वा व्यर्थ कुरा गर्ने एउटा पागल व्यक्ति हो ।
४०. अनि हामीले उसलाई र उसका सबै सैनिकहरूलाई समातेर समुद्रमा फ्याँक्यौं र उनीहरू डुबे र नष्ट भए । फिर्औनले अपमानको योग्य काम गर्यो अर्थात झूठो ठहर गर्नु र आफूलाई ईश्वर घोषणा गर्नु ।
४१. हूदको समुदाय आदमा पीडादायी यातनाको डर राख्नेहरूको लागि निशानी रहेको छ । उनीहरूमाथि हामीले पानी नपराउने, रूखहरू उर्वर नगर्ने र कृपा नभएको हावा पठायौं ।
४२. त्यो जसमाथि चल्थ्यो चाहे त्यो ज्यान होस्, सम्पत्ति होस्, वा यी दुईबाहेक जे भए पनि त्यसलाई ध्वस्त र टुक्रा टुक्रा नपारी छाड्दैन थियो ।
४३. अनि सालिह (अलैहिस्सलाम) को समुदाय समूदमा पीडादायी यातनाको डर राख्नेहरूको लागि निशानी रहेको छ । जब उनीहरूलाई भनियोः तिमीहरूको अवधि नसकेसम्म आफ्नो जीवनबाट लाभान्वित होऊ ।
४४. अनि उनीहरूले आफ्नो पालनकर्ताको आदेशको सन्दर्भमा घमण्ड गरे र आस्था र आज्ञाकारिताको सन्दर्भमा अहंकारी भए । जब उनीहरू यातनाको अवतरणको प्रतिक्षामा थिए उनीहरूलाई कर्कश ध्वनीले समात्यो । यातना आउनुभन्दा तीन दिन पहिले नै उनीहरूलाई त्यसको चेतावनी दिइएको थियो ।
४५. उनीहरू आफूमाथि आएको यातनालाई रोक्न असमर्थ थिए र उनीहरूसँग त्यसबाट बच्न कुनै शक्ति थिएन ।
४६. यी उल्लेख भएकाहरूभन्दा पहिले हामीले नूह (अलैहिस्सलाम) को समुदायलाई डुबाएर नष्ट गरिसकेका छौं किनकि यिनीहरूले अल्लाहको आज्ञाकारी हुन मानेनन् । यस कारणले उनीहरू अल्लाहको यातनाको हकदार हुनपुगे ।
४७. हामीले आकासको सृष्टि गर्यौं र त्यसको सृष्टिलाई आफ्नो बलले पूर्ण रूप दियौं । अनि त्यसका किनाराहरूलाई हामी निरन्तर विस्तार गर्दैछौं ।
४८. हामीले पृथ्वीलाई त्यहाँ बसोबास गर्नेहरूका लागि ओछ्यान जस्तै बिछाएका छौं । हामी धेरै उत्तम तरिकाले समतल गर्छौं । हामीले यसलाई उनीहरूको लागि बिछायौं ।
४९. हामीले हरेक कुरालाई जोडीमा सृष्टि गरेका छौं, जस्तै पुरूष र महिला, आकाश र पृथ्वी र जमिन र समुद्र । आशा छ, हरेक कुरालाई जोडीमा सृष्टि गर्ने अल्लाहको वह्दानियत / विशिष्टता र शक्तिलाई स्मरण गर्न सक ।
५०. तसर्थ अल्लाहको अनुसरण गरी, उहाँको अवज्ञा त्यागी र उहाँको यातनाबाट बची उहाँको पुण्यतिर भागेर जाऊ । हे मनुष्यहरू हो ! वास्तवमा, म प्रत्यक्ष चेतावनीका साथ तिमीहरूका लागि उहाँको यातनाको सचेतक हुँ ।
५१. अल्लाहको उपासना छाडि अरूको उपासना गर्नका निम्ति उहाँसँग अन्यलाई उपास्य नबनाऊ । वास्तवमा, म प्रत्यक्ष चेतावनीका साथ यस विषयमा सचेत गराउने हुँ ।
५२. मक्काबासीहरूले झूठो ठहर गरे सरह पहिलेका समुदायहरूले पनि झूठो ठहर गरिसकेका छन् । अल्लाहको तर्फबाट उनीहरूसमक्ष रसूल आउँदा उनीहरूले उनको विषयमा भनेः ऊ जादूगर वा पागल हो ।
५३. के विगतका काफिरहरूले पछि आएकाहरूलाई रसूलहरूलाई झूठो ठहर गर्ने उपदेश दिएका छन् र ?! होइन, बरू यी सबै अत्याचारमा एकताबद्ध छन् ।
५४. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई बेवास्ता गर्नुहोस् । तपाईंमाथि कुनै दोष लाग्ने छैन । वास्तवमा, यिनीहरूतिर तपाईंलाई जे दिएर पठाइएको छ तपाईंले त्यो पुर्याई सक्नुभयो ।
५५. उनीहरूलाई बेवास्ता गर्ने कामले तपाईंलाई उनीहरूलाई उपदेश दिन र सम्झाउनबाट नरोकोस् । तसर्थ उनीहरूलाई उपदेश दिनुहोस् र सम्झाउनुहोस् किनकि उपदेश दिनाले र सम्झाउनाले अल्लाहमाथि आस्था राख्नेहरूलाई फाइदा पुर्याउँछ ।
५६. मैले केवल आफ्नो उपासनाको लागि जिनहरू र मनुष्यहरूको सृष्टि गरेको हुँ । उनीहरूले मेरो साझेदार ठहर गरून् भनी मैले उनीहरूको सृष्टि गरेको होइन ।
५७. मलाई उनीहरूबाट जीविकाको चाहना छैन र उनीहरूले मलाई खुवाऊन् भन्ने चाहना पनि छैन ।
५८. वास्तवमा, अल्लाह नै आफ्ना भक्तहरूलाई जीविका प्रदान गर्नुहुन्छ । अनि अरू सम्पूर्ण उहाँको जीविकामा निर्भर छन् । उहाँ अति शक्तिशाली हुनुहुन्छ र उहाँलाई कसैले पनि पराजित गर्न सक्दैन । सम्पूर्ण जिनहरू र मानिसहरू उहाँको शक्तिको अधीनमा छन् ।
५९. वास्तवमा, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई झूठो ठहर गरी आफैमाथि अत्याचार गर्नेहरूका लागि यातनाको एउटा भाग रहेको छ जसरी उनीहरूका विगतका साथीहरूको भाग थियो । यातनाको पूर्व निर्धारित समय रहेको छ । तसर्थ त्यसको समय आउनु अघि त्यसको लागि उनीहरूले मसँग हतार नगरून् ।
६०. तसर्थ अल्लाहलाई नकार्नेहरू र उहाँका रसूललाई झूठो ठहर गर्नेहरूको लागि कयामतको दिन विनाश र पराजय रहेको छ जुन दिन उनीहरूलाई यातना दिइने छ भन्ने डर उनीहरूलाई देखाइँदैछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें