सीधे मुख्य सामग्री पर जाएं

६१- सूरह अस्-सफ

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू अल्लाहको गुणगान गर्छन र असुहाउँदो कमिकमजोरीबाट उहाँको पवित्रताको वर्णन गर्छन् । उहाँ अति शक्तिशाली हुनुहुन्छ, उहाँलाई विजय पार्ने कोही छैन । उहाँ आफ्ना सृष्टि, शरीअत र भाग्य लेख्नमा तत्वदर्शी हुनुहुन्छ ।
२. हे अल्लाहमाथि आस्था राख्नेहरू ! हामीले यो गर्यौं भनेर तिमीहरू किन भन्छौ जब वास्तवमा, तिमीहरूले त्यो काम गरेको हुँदैन । तिमीहरूमध्ये कसैले भने जस्तैः मैले आफ्नो तरबारले युद्ध गर्यौं र त्यसबाट हिर्कायौं । वास्तवमा, उनीहरूले युद्ध गरेनन् र हिर्काएनन् ।
३. तिमीहरू स्वयं नगर्ने काम भन्ने कुरा अल्लाहको नजरमा अति घृणित रहेको छ । मोमिनलाई अल्लाहप्रति इमानदार हुनु शोभा दिन्छ अर्थात उसका शब्दहरू र उसका कार्यहरूमा समानता हुनुपर्दछ ।
४. अल्लाहको मार्गमा पङ्क्तिबद्ध भई / लाम लागी एक अर्काको काँधमा काँध मिलाई एकसँग अर्को जोडिएर बनेको पर्खाल सरह अल्लाहको प्रसन्नता प्राप्तिको लागि युद्ध गर्ने मोमिनहरूलाई मन पराउनुहुन्छ ।
जब अल्लाहले युद्धको उल्लेख गर्नुभयो र आफ्नो लागि युद्धमा सामेल भएका मोमिनहरूको प्रशंसा गर्नुभयो तब उहाँले मोमिनहरूलाई आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञा गर्नबाट चेतावनीको लागि मूसा र ईसा (अलैहिमस्सलाम) का समुदायले आफ्ना दुबै रसूलको अवज्ञा गरेको कुराको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), त्यस समयलाई सम्झनुहोस् जब मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भनेः हे मेरो समुदाय ! तिमीहरू मेरो आदेशको उल्लङ्घन गरी किन मलाई सताउँछौ ? वास्तवमा, तिमीहरूलाई थाहा छ, म तिमीहरूको लागि रसूल हुँ । तर जब उनीहरू उनले ल्याएको सन्देशबाट विमुख भए परिणाम स्वरूप अल्लाहले उनीहरूको हृदयलाई सत्य र सदाचारिता स्वीकार्नबाट टाढा पार्नुभयो । अल्लाहको अनुसरण नगर्नेहरूलाई उहाँ सत्यको मार्गदर्शन गर्नुहुन्न ।
६ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), त्यस समयलाई सम्झनुहोस् जब ईसा बिन मर्यम (अलैहिमस्सलाम) ले भनेः हे इस्राईलका सन्तानहरू हो ! वास्तवमा, म अल्लाहको रसूल हो । उहाँले मलाई तिमीहरूतिर तौरातको पुष्टि गर्न पठाउनुभएको छ । म पहिलो रसूल होइन । उहाँले मलाई मपछि आउने रसूलको सुभ-सूचना दिन पठाउनुभएको छ जसको नाम अहमद हुनेछ । जब ईसा उनीहरूसमक्ष आफ्नो सत्यताको स्पष्ट प्रमाणहरू लिएर आए, उनीहरूले भनेः यो त प्रष्ट जादू हो, हामी यसको अनुसरण गर्नेछैनौं ।
७. अल्लाहको विषयमा झूठो बोल्ने व्यक्ति बाहेक कोही बढी अत्याचारी छैन किनकि उसले उहाँका साझेदार ठहर गरे र अल्लाहलाई छाडी उनीहरूको उपासना गर्छन् । वास्तवमा, उसलाई इस्लामतिर बोलाइन्छ जुन एकेश्वरवादको धर्म हो । शिर्क र अवज्ञा गरी आफूमाथि अत्याचार गर्नेहरूलाई अल्लाह मार्गदर्शन र सदाचारिताको प्राप्त गर्न सहयोग गर्नुहुन्न ।
८. यी झूठाहरू अनुचित कुरा गरी र सत्यको विषयमा भ्रम उत्पन्न गरेर अल्लाहको प्रकाशलाई निभाउन खोज्छन् । तर अल्लाह आफ्नो धर्मलाई पूर्व देखि पश्चिमसम्म फैलाई र त्यसको वाणीलाई उच्च पारी आफ्नो प्रकाशलाई पुरा गर्नुहुनेछ यद्यपि यिनीहरूलाई मन नपरोस् ।
९. अल्लाह ले नै मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई इस्लाम धर्म अर्थात भलाईको लागि मार्गदर्शन गर्ने, फाइदा दिने ज्ञान र सत्कर्मको धर्म दिएर पठाउनु भएको हो । परिणाम स्वरूप उहाँले सम्पूर्ण धर्महरूमाथि यसलाई राख्नुहुनेछ । यद्यपि यो मुश्रिकहरूको इच्छा विरूद्ध किन न होस् जो यस धर्मले धर्तीमा अधिकार प्राप्त गरेको देख्न सक्दैनन् ।
१०. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशको अनुसरण गर्नेहरू ! के म तिमीहरूलाई फाइदा दिने व्यापारको विषयमा बताउँ, जसले तिमीहरूलाई पीडादायक यातनाबाट मुक्त गर्नेछ ?
११. फाइदा दिने व्यापार भन्नुको तात्पर्य तिमीहरूले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्नु र उहाँको प्रसन्नता प्राप्तिको लागि उहाँको मार्गमा आफ्नो धन खर्च गरेर र आफूलाई खपाएर संघर्ष गर । यदि तिमीहरूलाई थाहा छ भने उल्लेख गरेको यो कार्य तिमीहरूको लागि उत्तम रहेको छ । तसर्थ त्यसको लागि हतार गर ।
१२. यस व्यापारको फाइदा भनेको अल्लाहले तिमीहरूको पापलाई क्षमा गर्नुहुनेछ, तिमीहरूलाई बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसका महलहरू र रूखहरूको तलतिरबाट नदी बगिरहेको हुनेछ र तिमीहरूलाई बगैंचाहरूका उत्तम घरहरूमा बसाउनुहुनेछ जो सदाको लागि रहनेछन् । यो उल्लेख गरिएको बदला ठूलो सफलता हो जुन अतुलनीय रहेको छ ।
१३. यस व्यापारिक फाइदाका अन्य विशेषताहरू छन् जसलाई तिमीहरूले मन पराउँनेछौ र त्यसलाई ढिला नगरी संसारमा दिइनेछ । अर्थात अल्लाहले तिमीहरूलाई शत्रुको विरूद्धमा सहयोग गर्नुहुनेछ र चाँढै नै तिमीहरूलाई विजय प्रदान गर्नुहुनेछ र त्यो हो मक्काको विजय लगायत अन्य विजय । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिनहरूलाई खुशी पार्ने अर्थात संसारमा प्राप्त हुने सहयोग र आखिरतमा विजय स्वरूप स्वर्ग पाउने सूचना उनीहरूलाई दिनुहोस् ।
१४. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँले दिनुभएका आदेशहरूको पालना गर्नेहरू ! अल्लाहको धर्मको सहयोग गरी अल्लाहको सहयोगी बन जुन तिमीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको हो । हवारीहरूको सहयोग सरह जब ईसा (अलैहिस्सलाम) ले उनीहरूले सोधेः अल्लाहको लागि मेरा सहयोगीहरू को हुन् ? उनीहरूले जवाफ दिएः हामी अल्लाहका सहयोगी हौं । तसर्थ ईसा (अलैहिस्सलाम) माथि बनी इस्राईलको एउटा समूहले आस्था राखे र अर्को समूहले उनलाई मान्न इन्कार गर्यो । तसर्थ ईसामाथि आस्था राख्ने समूहलाई हामीले उनलाई इन्कार गर्ने समूहको विरूद्ध सहयोग गर्यौं, परिणाम स्वरूप उनीहरूले उनीहरूलाई पराजित गरे ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...