शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हा० मीम० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।२. यस कुर्आनको अवतरण सर्वशक्तिमान अल्लाहको तर्फबाट भएको हो जसलाई कसैले पनि पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टि, भाग्य लेख्न र कानुनमा तत्वदर्शी हुनुहुन्छ ।३. हामीले आकाशहरू, पृथ्वी र यी दुईबीचका सम्पूर्ण कुराहरूलाई बेकारमा सृष्टि गरेका छैनौं । बरू हामीले नितान्त सत्यका साथ विशेष उद्देश्यका लागि यसको सृष्टि गरेका छौं । त्यसमध्येबाट भक्तहरूले यसको सहयोगले उहाँलाई चिन्न सकून् अनि उहाँको मात्र उपासना गरून्, उहाँसँग कसैलाई साझेदार ठहर नगरून् र अल्लाहलाई मात्र थाहा भएको निश्चित सीमासम्म धर्तीमा उत्तराधिकारीको जिम्मेवारीको स्थापना गरून् । तर अल्लहको किताबमा दिइएको चेतावनीबाट विमुख भएर अल्लाहलाई नकार्नेहरू यसलाई वास्ता गर्दैनन् ।४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नितान्त सत्यबाट विमुख हुने मुश्रिकहरूलाई भन्नुहोस्- अल्लाहलाई छाडि जुन मूर्तिहरूको उपासना तिमीहरू गर्छौ, भन त के उनीहरूले धर्तीको कुनै भागको सृष्टि गरेका छन् ? के उनीहरूले पहाडको सृष्टि गरेका छन् ? के उनीहरूले नहरको सृष्टि गरेका छन् ? वा के आकाशहरूको सृष्टिमा अल्लाहसँग उनीहरूले साझेदारको रूपमा कुनै भाग लिएका छन् ? तिमीहरूका मूर्तिहरू उपासनाको हक राख्छन् भन्ने तिमीहरूको दावीमा तिमीहरू सच्चा छौ भने कुर्आनभन्दा पहिले अल्लाहको तर्फबाट अवतरित कुनै किताब वा पहिलेका मानिसहरूले छोडेको ज्ञानबाट बाँकी रहेको कुनै अंश लिएर आऊ ।५. अल्लाहलाई छोडि कुनै मूर्तिको उपासना गर्ने व्यक्तिभन्दा बढी कोही पथभ्रष्ट छैन जो कयामतसम्स पनि उसको दुआको जवाफ दिन सक्दैन । यी मूर्तिहरू जसको उपासना उनीहरू गर्छन् यिनीहरू त आफ्ना झूठा भक्तहरूको दुआबाट पनि अनविज्ञ छन् । यिनीहरूले कुनै फाइदा वा हानी पुर्याउनु टाढै जाओस् ।६. यिनीहरू संसारमा उनीहरूलाई कुनै फाइदा पुर्याउन सक्नेछैनन् भन्ने वास्तविकताका साथ जब यिनीहरूलाई कयामतको दिन भेला पारिनेछ यिनीहरू आफ्ना झूठा उपासना गर्ने गरेकाहरूको शत्रु हुनेछन्, उनीहरूबाट मुक्त हुनेछन् र उनीहरूले यिनीहरूको उपासना गरेको कुराको ज्ञान नै नभएको भनी उनीहरूलाई नकार्नेछन् ।७. जब हाम्रा रसूलमाथि अवतरित आयतहरू उनीहरूलाई पाठ गरेर सुनाइन्छ, कुर्आनलाई नमान्नेहरू उनीहरूका रसूलमार्फत उनीहरूसमक्ष जे आयो त्यस विषयमा भन्छन्- यो त प्रष्ट जादू हो । यो अल्लाहको तर्फबाट आएको वही होइन ।८. के यी मुश्रिकहरू भन्छन्- वास्तवमा, स्वयं मुहम्मदले यस कुर्आनलाई रचेको हो र त्यसलाई अल्लाहको जिम्मा लगायो ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भन्नुहोस्- यदि मैले यो स्वयं नै रचेको खण्डमा अल्लाहले मलाई यातना दिन चाहनुभएको भए तिमीहरूले मलाई बचाउन केही पनि गर्न सक्ने थिएनौ । तसर्थ, म यो रचेर कसरी यातना पाउने जोखिम लिन सक्छु ? तिमीहरूले अल्लाहको कुर्आनको विषयमा निन्दा गरेको र मलाई तिरस्कार गरेको कुरा उहाँलाई राम्ररी अवगत छ । मेरो र तिमीहरूबीच साक्षीको लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । उहाँ आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्ने व्यक्तिका पापहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको ईशदूतत्वलाई झूठो ठहर गर्ने मुश्रिकहरूलाई भन्नुहोस्- मैले तिमीहरूलाई आह्वान गरेको कुराले तिमीहरूलाई अचम्म लागेको छ भने सुन अल्लाहले रसूल बनाएर पठाउनुभएको म पहिलो व्यक्ति होइन । मभन्दा पहिले धेरै रसूलहरू आइसकेका छन् । मलाई थाहा छैन, संसारमा अल्लाह मसँग र तिमीहरूसँग के गर्नुहुनेछ । अल्लाह मतिर जे वही गर्नुहुन्छ म त त्यसको मात्र अनुसरण गर्छु । मैले बोलेको र गरेको उहाँको वही अनुसार नै हुन्छ । म तिमीहरूलाई अल्लाहको यातनाको स्पष्ट डर देखाउँछु ।१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई भन्नुहोस्- भन त, यदि यो कुर्आन अल्लाहको तर्फबाट आएको हो तर तिमीहरूले त्यसलाई नकार्यौ र यो अल्लाहको तर्फबाट हो भनी तौरातमा त्यसको विषयमा जे उल्लेख भएको छ त्यस आधारमा बनी इस्राईलका सन्तानहरूमध्ये साक्षी दिनेले पनि साक्षी दियो । अनि उसले त्यसमाथि आस्था राख्यो तर तिमीहरूले त्यसमाथि आस्था राख्नबाट घमण्ड गर्यौ भने त्यसबेला तिमीहरू अत्याचारी हुनेछौ, होइन र ? वास्तवमा, अल्लाह अत्याचारी मानिसहरूलाई सत्यको मार्ग देखाउनुहुन्न ।११. कुर्आनलाई र आफ्ना रसूलले ल्याउनुभएको सन्देशलाई नकार्नेहरूले मोमिनहरूलाई भनेः यदि मुहम्मदले ल्याएको सन्देश भलाइको मार्गदर्शन दिन्छ भने त्यसलाई हामीभन्दा पहिले यी गरिबहरू, दासहरू र कमजोरहरूले अपनाउने थिएनन् । उनीहरूले आफ्ना रसूलले ल्याउनुभएको सन्देशलाई मानेका छैनन् त्यसै कारणले उनीहरूले भन्नेछन्- जुन कुरा उसले ल्याएको छ त्यो पुरानो झूठ हो र हामी झूठको अनुसरण गर्दैनौं ।१२. यस कुर्आनभन्दा पहिले अल्लाहले मूसा (अलैहिस्सलाम) माथि तौरात अवतरण गर्नुभयो जसलाई उहाँले सत्यको मार्गदर्शन दिने र बनी इस्राईलमध्ये त्यसमाथि आस्था राख्ने र त्यसको अनुसरण गर्ने व्यक्तिको लागि दया बनाउनुभयो । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन यसभन्दा पहिलेका किताबहरूको पुष्टि गर्ने किताब हो जुन अर्बी भाषामा रहेको छ । यसको सहयोगले उहाँले अल्लाहको साझेदार ठहर गरी र पापमा लिप्त भई आफूमाथि अत्याचार गर्नेहरूलाई चेतावनी दिनुहुनेछ । अनि यो सत्कर्मीहरूको लागि शुभ-सूचना हो जसले आफ्नो र आफ्ना पालनकर्ताबीचको सम्बन्ध र आफ्नो र सृष्टिहरूबीचको सम्बन्धलाई सुदृढ बनाएका छन् ।१३. वास्तवमा, अल्लाह हाम्रा पालनकर्ता हुनुहुन्छ जसबाहेक हाम्रो कोही पालनकर्ता छैन भन्नेहरू अनि आस्थामा र सत्कर्ममा अडिग रहनेहरूलाई आखिरतमा सामना गर्नुपर्ने कुराको कुनै डर हुनेछैन र उनीहरूले लाभ लिन नपाएका सांसारीक अंशहरूको लागि र पछाडि छोडिदिएका कुराहरूको लागि दुःखी हुनेछैनन् ।१४. यी गुणहरूका मालिकहरू स्वर्गका बासिन्दाहरू हुन् जो त्यहाँ सदाका लागि रहनेछन् । यो उनीहरूले संसारमा गरेका सत्कर्महरूको बदला हो ।१५. हामीले मानिसलाई आफ्ना मातापिताप्रति दुवैको जीवनमा र मृत्युपश्चात धर्मको उल्लङ्घन नगरी राम्रो व्यवहार गर्ने स्पष्ट आदेश दियौं । विशेषगरी उसकी आमासँग किनकि उनले कठिनाईका साथ गर्भमा राखिन् र कठिन अवस्थामा उसलाई जन्म दिइन् । उसलाई गर्भमा राख्ने र दूध छुटाउने अवधि तीस महिना रहेको छ । अनि उसको मानसिक र शारीरिक विकास हुन्छ र उसको उमेर चालीस वर्षको हुन पुग्छ र भन्छः हे मेरा पालनकर्ता ! तपाईंले ममाथि र मेरा मातापितामाथि गर्नुभएको कृपाको लागि तपाईंलाई धन्यावाद दिन मलाई प्रेरित गर्नुहोस् । अनि तपाईंलाई मन पर्ने सत्कर्म गर्न प्रेरित गर्नुहोस् र त्यसलाई स्वीकार गर्नुहोस् । मेरा सन्तानलाई सत्मार्गमा राख्नुहोस् । वास्तवमा, म मेरा पापहरूका लागि तपाईंसँग क्षमा माग्दछु र म तपाईंको अनुसरणको लागि र तपाईंका आदेशको पालनाका लागि समर्पित छु । १६. यिनीहरू कै सत्कर्महरू हामी स्वीकार गर्नेर्छौं, यिनीहरूका पापहरूलाई क्षमा गर्नेर्छौं र यिनीहरूलाई त्यसको लागि यातना दिनेछैनौं । यिनीहरू स्वर्गका बासिन्दाहरूसँग हुनेछन् । हामीले उनीहरूसँग गरेको यो वाचा एक सत्य वाचा हो जुन निश्चित रूपमा पूरा हुनेछ ।जसरी अल्लाहले राम्रो व्यवहार अपनाउन प्रेरित गर्नको लागि आफ्ना मातापितासँग राम्रो व्यवहार गर्ने व्यक्तिको उदाहरण दिनुभयो त्यसरी नै अकृतज्ञताबाट टाढा रहन प्रेरित गर्नको निम्ति अकृतज्ञ व्यक्तिको उदाहरण दिनुभयो । उहाँले भन्नुभयोः१७. जसले आफ्ना मातापितालाई भन्योः कस्तो मुर्खता हो यो / धिक्कार छ तिमीहरूलाई ! मेरो मृत्युपश्चात म मेरो चिहानबाट जीवित भएर निस्कनेछु भनी तिमीहरू मलाई डर देखाइरहेका छौ ? वास्तवमा, पुस्तौं पुस्ता बितिसकेका छन् र मानिसहरू मरिसकेका छन्, तर तिनीहरूमध्येबाट कोही पनि पुनः जीवित भएर फर्केका छैनन् । उसका मातापिता अल्लाहसँग आफ्नो छोराले आस्था अपनाउन मार्गदर्शन प्राप्त गरोस् भनी दुआ गर्छन् र आफ्नो छोरालाई भन्छन्- तिम्रो नाश हुनेछ यदि तिमीले पुनः जीवित पारिने कुरामाथि आस्था राखेनौ भने । तसर्थ तिमी त्यसमाथि आस्था राख । वास्तवमा, अल्लाहले पुनः जीवित पारिने विषयमा गर्नुभएको वाचा सत्य हो जसमा कुनै शंका छैन । अनि ऊ पुनः जीवित पारिने कुरालाई दोहोर्याएर नकार्दै भन्छः "पुनः जीवित पारिने विषयमा भनिएका यी कुराहरू अघिल्ला किताबहरूबाट र उनीहरूले लेखेकोबाट नक्कल गरिएको हो । त्यो अल्लाहको तर्फबाट आएको होइन ।१८. यिनीहरू नै ती व्यक्तिहरू हुन् जसलाई उनीहरूभन्दा पहिले बितेका जिन र मनुष्यहरूसँग नै यातना दिइने वाचा पुरा भएको छ किनकि उनीहरू आफैलाई र आफ्ना परिवारलाई नर्कमा हालेर घाटा बेहोर्नेहरू हुन् ।१९. स्वर्ग जाने र नर्क जाने दुबै समूहले गरेका कार्यहरू अनुसार नै दुबैलाई दर्जा प्राप्त हुनेछ । तसर्थ स्वर्गका बासिन्दाहरूको उच्च दर्जा रहेको छ र नर्कका बासिन्दाहरूको तुच्छ दर्जा रहेको छ । अल्लाहले उनीहरूका कर्महरूको पूरा पूरा बदला दिनुहुनेछ । कयामतको दिन उनीहरूका राम्रा कामहरू घटाएर र नराम्रा कामहरू बढाएर उनीहरूमाथि अत्याचार गरिने छैन ।२०. त्यस दिन अल्लाहलाई नकार्ने र उहाँका रसूलहरूलाई झूठो ठहर गर्नेहरूलाई यातना दिनको निम्ति नर्कमा उपस्थित गरिनेछ । उनीहरूलाई अपमानित र गाली गर्दै भनिनेछः तिमीहरूले संसारको जीवनमा नै आफ्नो भाग लिइसकेका छौ र त्यहाँका सुखको भोग गरिसकेका छौ । पृथ्वीमा अनाहक घमण्ड गरेको कारणले र कुफ्र र अवज्ञा गरी अल्लाहको अनुसरण त्यगेको कारणले त्यस दिन तिमीहरूलाई अपमानित गर्ने र होच्याउने यातना दिइनेछ ।२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वंशको हिसाबले आदको भाई हूदलाई सम्झनुहोस् । जब उनले आफ्नो समुदायलाई उनीहरू अरब प्रायद्वीपको दक्षिणमा अल्-अह्काफमा आफ्नो निवासमा भएको बेला उनीहरूमाथि अल्लाहको यातना आइपर्ने विषयमा चेतावनी दिए । हूदभन्दा पहिले र उनीपछि धेरै रसूलहरू आफ्नो समुदायलाई चेतावनी दिँदै आइसकेका छन् । उनीहरूले आफ्ना समुदायलाई भनेः अल्लाहको मात्र उपासना गर । उहाँसँग अरू कसैको उपासना नगर । हे मेरो समुदाय ! वास्तवमा, मलाई तिमीहरूको विषयमा एउटा महान दिनको यातनाको डर लागेको छ जुन कयामतको दिन हो ।२२. उनलाई उनको समुदायले भन्योः के तिमी हामीहरूलाई हाम्रा उपास्यहरूको उपासनाबाट टाढा राख्न आएका हौ ? यस्तो हुने छैन । तिमीले वाचा गरेको यातना लिएर आऊ यदि तिमी आफ्नो वाचामा सच्चा छौ भने ।२३. उनले भनेः यातना आउने समय अल्लाहलाई मात्र थाहा छ । मलाई त यसको ज्ञान छैन । म एउटा रसूल मात्र हुँ । मलाई जे दिएर तिमीहरूतिर पठाइएको छ म त्यही पुर्याइरहेकोछु । तर मेरो हिसाबले तिमीहरू अज्ञानी मानिसहरू हौ किनकि तिमीहरूलाई फाइदा दिने कुराहरूलाई तिमीहरू छोड्छौ र तिमीहरूलाई हानी गर्ने कुराहरू तिमीहरू गर्छौ ।२४. जब उनीहरूले हतार गरेको यातना उनीहरूसमक्ष आयो उनीहरूले त्यसलाई बादलको रूपमा देखे जुन आकाशको तर्फबाट उनीहरूका उपत्यकातिर आउँदै थियो । उनीहरूले भनेः यो आउने एउटा बादल हो जसले हामीमाथि वर्षा गर्नेछ । हूदले उनीहरूलाई भनेः त्यो बादल हो र त्यसले तिमीहरूमाथि वर्षा गराउनेछ भन्ने तिमीहरूको सोँच वास्तविकतासँग मेल खाँदैन । बरू त्यो यातना हो जसको लागि तिमीहरूले हतार गरेका थियौ । त्यो हावा हो जसमा पीडादायी यातना रहेको छ ।२५. आल्लाहले नष्ट पार्न दिनुभएको आदेश अनुसार त्यो जुन कुरामाथि पर्नेछ त्यसलाई ध्वस्त पार्नेछ । अनि त्यो सबै ध्वस्त हुनेछ । अब उनीहरूले बसोबास गर्ने गरेका घरहरू बाहेक त्यहाँ केही देखिदैन । त्यसमा पहिले उनीहरूको अस्तित्व रहेको साक्षी त्यसले दिन्छ । यस्तै प्रकारको पीडादायी यातना हामी आफ्नै कुफ्र र अवज्ञामा अडिग रहने अपराधिहरूलाई दिनेछौं ।२६. हामीले हूदको समुदायलाई शक्तिका जुन साधनहरू दिएका थियौं त्यसता साधनहरू हामीले तिमीहरूलाई दिएका छैनौं । हामीले उनीहरूलाई सुन्ने शक्ति दिएका थियौं जसबाट उनीहरू सुन्थे, हेर्ने शक्ति दिएका थियौं जसले उनीहरू हर्थे र हृदय दिएका थियौं जसबाट उनीहरू सोँच्थे । उनीहरूलाई उनीहरूका सुन्ने शक्ति, हेर्ने शक्ति र हृदयहरूले कुनै फाइदा पुर्याएन । जब उनीहरूसमक्ष अल्लाहको यातना आयो यी सम्पूर्णले त्यसलाई हटाउन सकेन किनकि उनीहरू अल्लाहका आयतहरूलाई नकार्ने गर्थे । अनि उनीहरूका नबी हूद (अलैहिस्सलाम) ले उनीहरूलाई जुन यातनाको डर देखाएका थिए उनीहरू त्यस विषयमा ठट्टा गर्ने गर्थे तर त्यसैले उनीहरूलाई समात्यो ।२७. हे मक्काका बासिन्दाहरू हो ! हामीले तिमीहरूका वरिपरीका नगरहरू नष्ट पारिसकेका छौं । हामीले आद, समूद, लूतको समुदाय र मद्यनका बासिहरूलाई नष्ट गरिसकेका छौं । उनीहरू आफ्ना कुफ्रबाट फर्कनेछन् भन्ने आशाले हामीले उनीहरूलाई विभिन्न तर्कहरू र प्रमाणहरू प्रस्तुत गर्यौं ।२८. अल्लाहलाई छाडि जुन मूर्तिहरूको नजिक हुनका लागि तिनीहरूले उनीहरूको उपासना गरी र बली चढाई उपास्य बनाएका थिए उनीहरूले किन तिनीहरूको सहयोग गरेनन् त ? उनीहरूले कदापि सहयोग गर्नेछैनन् । बरू तिनीहरूलाई उनीहरूको बढी आवश्यकता भएको बेला उनीहरू हराए । बरू यी मूर्तिहरूले तिनीहरूलाई फाइदा दिनेछन् र अल्लाहसमक्ष तिनीहरूको सिफारिस गर्नेछन् भन्ने कुरा उनीहरूको झूठ र आरोप हो जसद्वारा उनीहरूले आफैलाई धोकामा पारेका छन् ।२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई सम्झनुहोस् जब हामीले तपाईंतिर जिनहरूको एउटा समूह पठाएका थियौं जसले तपाईंमाथि आवतरित कुर्आन सुन्यो । जब उनीहरू त्यसलाई सुन्नको लागि उपस्थित भए तब एक अर्कालाई भनेः चुप लाग ! हामी त्यसलाई सुन्नौं । जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यसको पाठ सकाउनुभयो तब उनीहरू आफ्नो समुदायमा फर्केर गए र उनीहरूले कुर्आनमाथि आस्था नराखेको खण्डमा अल्लाहको यातना आउने कुराको डर देखाए ।३०. उनीहरूलाई भनेः हे मेरो समुदाय ! हामीले एउटा यस्तो किताबको पाठ सुनेका छौं जसलाई अल्लाहले मूसापछि अवतरण गरे । त्यसले त्यसभन्दा पहिले अल्लाहको तर्फबाट अवतरण भएका किताबहरूको पुष्टि गर्छ । हामीले सुनेको यो किताब सत्य बाटो देखाउँछ, सीधा मार्गको मार्ग देखाउँछ र त्यो मार्ग इस्लाम हो ।३१. हे हाम्रा समुदाय ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मान र उहाँ आफ्ना पालनकर्ताका रसूल हुनुहुन्छ भन्ने कुरामा आस्था राख । परिणाम स्वरूप अल्लाहले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ र तिमीहरूलाई पीडादायी यातनाबाट सुरक्षित राख्नुहुनेछ जुन तिमीहरूको प्रतिक्षामा रहेको छ, यदि तिमीहरूले उहाँले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मानेनौ र उहाँ आफ्ना पालनकर्ताका रसूल हुनुहुन्छ भन्ने कुरामा आस्था राखेनौ भने ।३२. अनि जसले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मानेन ऊ पृथ्वीमा अल्लाहबाट बच्न सक्दैन र अल्लाहबाहेक उसको अरू कोही सहयोगी छैन जसले उसलाई यातनाबाट जोगाउन सकोस् । उनीहरू स्पष्ट सत्यबाट पथभ्रष्ट भएका छन् ।३३. अल्लाह जसले आकाशहरू र पृथ्वीलाई सृष्टि गर्नुभयो, तिनीहरूको विशाल र विस्तृत रूप भएता पनि त्यसको सृष्टि गर्न उहाँ विवश हुनुहुन्न र उहाँ मृत्युपश्चात हिसाब लिन र बदला दिनको लागि जीवित पार्न सक्षम हुनुहुन्छ भन्ने कुरा यी पुनः जीवित पारिने सत्यलाई झूठो ठहर गर्ने मुश्रिकहरू सोँच्दैनन् र ? किन न हुनु, वास्तवमा उहाँ उनीहरूलाई जीवित पार्न सक्षम हुनुहुन्छ किनकि उहाँ हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँ मृत्युपश्चात जीवित पार्न विवश हुनुहुन्न ।३४. अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेलाई यातना दिनको लागि नर्कसमक्ष उपस्थित गरिनेछन् । उनीहरूलाई अपमानित गर्दै भनिनेछः तिमीहरूले देखिरहेको यो यातना नितान्त सत्य होइन र ? वा तिमीहरूले संसारमा भनेझैं यो झूठ हो ? किन न हुनु, हे हाम्रा पालनकर्ता यो नितान्त सत्य हो । अनि उनीहरूलाई भनिनेछः तिमीहरूले अल्लाहलाई नकारेको कारणले यो यातना चाख ।३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले झूठो ठहर गरेकोमा तपाईं धैर्य धारण गर्नुहोस् । जसरी रसूलहरूमध्ये दृढ संकल्प भएका रसूलहरूले धैर्य गरे जो नूह, इब्राहीम, मूसा र ईसा (अलैहिमुस्सलाम) हुन् । उनीहरूको यातनाको लागि हतार नगर्नुहोस् । जुन दिन तपाईंको समुदायका झूठाहरूले आखिरतको यातना देख्नेछन् जसको चेतावनी उनीहरूलाई दिइँदैछ । उनीहरूलाई दिइने निरन्तर यातनाको कारणले उनीहरू संसारमा एक क्षण मात्र बसेको कुराको आभास हुनेछ । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन सन्देश हो र मनुष्यहरू र जिनहरूको लागि यो पर्याप्त रहेको छ । वास्तवमा, कुफ्र र पापमा लिप्त भई अल्लाहको अनुसरणलाई त्यगेका मानिसहरूलाई मात्र यातना दिई नष्ट पारिन्छ ।
१. हा० मीम० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।
२. यस कुर्आनको अवतरण सर्वशक्तिमान अल्लाहको तर्फबाट भएको हो जसलाई कसैले पनि पराजित गर्न सक्दैन । उहाँ आफ्ना सृष्टि, भाग्य लेख्न र कानुनमा तत्वदर्शी हुनुहुन्छ ।
३. हामीले आकाशहरू, पृथ्वी र यी दुईबीचका सम्पूर्ण कुराहरूलाई बेकारमा सृष्टि गरेका छैनौं । बरू हामीले नितान्त सत्यका साथ विशेष उद्देश्यका लागि यसको सृष्टि गरेका छौं । त्यसमध्येबाट भक्तहरूले यसको सहयोगले उहाँलाई चिन्न सकून् अनि उहाँको मात्र उपासना गरून्, उहाँसँग कसैलाई साझेदार ठहर नगरून् र अल्लाहलाई मात्र थाहा भएको निश्चित सीमासम्म धर्तीमा उत्तराधिकारीको जिम्मेवारीको स्थापना गरून् । तर अल्लहको किताबमा दिइएको चेतावनीबाट विमुख भएर अल्लाहलाई नकार्नेहरू यसलाई वास्ता गर्दैनन् ।
४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नितान्त सत्यबाट विमुख हुने मुश्रिकहरूलाई भन्नुहोस्- अल्लाहलाई छाडि जुन मूर्तिहरूको उपासना तिमीहरू गर्छौ, भन त के उनीहरूले धर्तीको कुनै भागको सृष्टि गरेका छन् ? के उनीहरूले पहाडको सृष्टि गरेका छन् ? के उनीहरूले नहरको सृष्टि गरेका छन् ? वा के आकाशहरूको सृष्टिमा अल्लाहसँग उनीहरूले साझेदारको रूपमा कुनै भाग लिएका छन् ? तिमीहरूका मूर्तिहरू उपासनाको हक राख्छन् भन्ने तिमीहरूको दावीमा तिमीहरू सच्चा छौ भने कुर्आनभन्दा पहिले अल्लाहको तर्फबाट अवतरित कुनै किताब वा पहिलेका मानिसहरूले छोडेको ज्ञानबाट बाँकी रहेको कुनै अंश लिएर आऊ ।
५. अल्लाहलाई छोडि कुनै मूर्तिको उपासना गर्ने व्यक्तिभन्दा बढी कोही पथभ्रष्ट छैन जो कयामतसम्स पनि उसको दुआको जवाफ दिन सक्दैन । यी मूर्तिहरू जसको उपासना उनीहरू गर्छन् यिनीहरू त आफ्ना झूठा भक्तहरूको दुआबाट पनि अनविज्ञ छन् । यिनीहरूले कुनै फाइदा वा हानी पुर्याउनु टाढै जाओस् ।
६. यिनीहरू संसारमा उनीहरूलाई कुनै फाइदा पुर्याउन सक्नेछैनन् भन्ने वास्तविकताका साथ जब यिनीहरूलाई कयामतको दिन भेला पारिनेछ यिनीहरू आफ्ना झूठा उपासना गर्ने गरेकाहरूको शत्रु हुनेछन्, उनीहरूबाट मुक्त हुनेछन् र उनीहरूले यिनीहरूको उपासना गरेको कुराको ज्ञान नै नभएको भनी उनीहरूलाई नकार्नेछन् ।
७. जब हाम्रा रसूलमाथि अवतरित आयतहरू उनीहरूलाई पाठ गरेर सुनाइन्छ, कुर्आनलाई नमान्नेहरू उनीहरूका रसूलमार्फत उनीहरूसमक्ष जे आयो त्यस विषयमा भन्छन्- यो त प्रष्ट जादू हो । यो अल्लाहको तर्फबाट आएको वही होइन ।
८. के यी मुश्रिकहरू भन्छन्- वास्तवमा, स्वयं मुहम्मदले यस कुर्आनलाई रचेको हो र त्यसलाई अल्लाहको जिम्मा लगायो ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भन्नुहोस्- यदि मैले यो स्वयं नै रचेको खण्डमा अल्लाहले मलाई यातना दिन चाहनुभएको भए तिमीहरूले मलाई बचाउन केही पनि गर्न सक्ने थिएनौ । तसर्थ, म यो रचेर कसरी यातना पाउने जोखिम लिन सक्छु ? तिमीहरूले अल्लाहको कुर्आनको विषयमा निन्दा गरेको र मलाई तिरस्कार गरेको कुरा उहाँलाई राम्ररी अवगत छ । मेरो र तिमीहरूबीच साक्षीको लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ । उहाँ आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्ने व्यक्तिका पापहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको ईशदूतत्वलाई झूठो ठहर गर्ने मुश्रिकहरूलाई भन्नुहोस्- मैले तिमीहरूलाई आह्वान गरेको कुराले तिमीहरूलाई अचम्म लागेको छ भने सुन अल्लाहले रसूल बनाएर पठाउनुभएको म पहिलो व्यक्ति होइन । मभन्दा पहिले धेरै रसूलहरू आइसकेका छन् । मलाई थाहा छैन, संसारमा अल्लाह मसँग र तिमीहरूसँग के गर्नुहुनेछ । अल्लाह मतिर जे वही गर्नुहुन्छ म त त्यसको मात्र अनुसरण गर्छु । मैले बोलेको र गरेको उहाँको वही अनुसार नै हुन्छ । म तिमीहरूलाई अल्लाहको यातनाको स्पष्ट डर देखाउँछु ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई भन्नुहोस्- भन त, यदि यो कुर्आन अल्लाहको तर्फबाट आएको हो तर तिमीहरूले त्यसलाई नकार्यौ र यो अल्लाहको तर्फबाट हो भनी तौरातमा त्यसको विषयमा जे उल्लेख भएको छ त्यस आधारमा बनी इस्राईलका सन्तानहरूमध्ये साक्षी दिनेले पनि साक्षी दियो । अनि उसले त्यसमाथि आस्था राख्यो तर तिमीहरूले त्यसमाथि आस्था राख्नबाट घमण्ड गर्यौ भने त्यसबेला तिमीहरू अत्याचारी हुनेछौ, होइन र ? वास्तवमा, अल्लाह अत्याचारी मानिसहरूलाई सत्यको मार्ग देखाउनुहुन्न ।
११. कुर्आनलाई र आफ्ना रसूलले ल्याउनुभएको सन्देशलाई नकार्नेहरूले मोमिनहरूलाई भनेः यदि मुहम्मदले ल्याएको सन्देश भलाइको मार्गदर्शन दिन्छ भने त्यसलाई हामीभन्दा पहिले यी गरिबहरू, दासहरू र कमजोरहरूले अपनाउने थिएनन् । उनीहरूले आफ्ना रसूलले ल्याउनुभएको सन्देशलाई मानेका छैनन् त्यसै कारणले उनीहरूले भन्नेछन्- जुन कुरा उसले ल्याएको छ त्यो पुरानो झूठ हो र हामी झूठको अनुसरण गर्दैनौं ।
१२. यस कुर्आनभन्दा पहिले अल्लाहले मूसा (अलैहिस्सलाम) माथि तौरात अवतरण गर्नुभयो जसलाई उहाँले सत्यको मार्गदर्शन दिने र बनी इस्राईलमध्ये त्यसमाथि आस्था राख्ने र त्यसको अनुसरण गर्ने व्यक्तिको लागि दया बनाउनुभयो । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन यसभन्दा पहिलेका किताबहरूको पुष्टि गर्ने किताब हो जुन अर्बी भाषामा रहेको छ । यसको सहयोगले उहाँले अल्लाहको साझेदार ठहर गरी र पापमा लिप्त भई आफूमाथि अत्याचार गर्नेहरूलाई चेतावनी दिनुहुनेछ । अनि यो सत्कर्मीहरूको लागि शुभ-सूचना हो जसले आफ्नो र आफ्ना पालनकर्ताबीचको सम्बन्ध र आफ्नो र सृष्टिहरूबीचको सम्बन्धलाई सुदृढ बनाएका छन् ।
१३. वास्तवमा, अल्लाह हाम्रा पालनकर्ता हुनुहुन्छ जसबाहेक हाम्रो कोही पालनकर्ता छैन भन्नेहरू अनि आस्थामा र सत्कर्ममा अडिग रहनेहरूलाई आखिरतमा सामना गर्नुपर्ने कुराको कुनै डर हुनेछैन र उनीहरूले लाभ लिन नपाएका सांसारीक अंशहरूको लागि र पछाडि छोडिदिएका कुराहरूको लागि दुःखी हुनेछैनन् ।
१४. यी गुणहरूका मालिकहरू स्वर्गका बासिन्दाहरू हुन् जो त्यहाँ सदाका लागि रहनेछन् । यो उनीहरूले संसारमा गरेका सत्कर्महरूको बदला हो ।
१५. हामीले मानिसलाई आफ्ना मातापिताप्रति दुवैको जीवनमा र मृत्युपश्चात धर्मको उल्लङ्घन नगरी राम्रो व्यवहार गर्ने स्पष्ट आदेश दियौं । विशेषगरी उसकी आमासँग किनकि उनले कठिनाईका साथ गर्भमा राखिन् र कठिन अवस्थामा उसलाई जन्म दिइन् । उसलाई गर्भमा राख्ने र दूध छुटाउने अवधि तीस महिना रहेको छ । अनि उसको मानसिक र शारीरिक विकास हुन्छ र उसको उमेर चालीस वर्षको हुन पुग्छ र भन्छः हे मेरा पालनकर्ता ! तपाईंले ममाथि र मेरा मातापितामाथि गर्नुभएको कृपाको लागि तपाईंलाई धन्यावाद दिन मलाई प्रेरित गर्नुहोस् । अनि तपाईंलाई मन पर्ने सत्कर्म गर्न प्रेरित गर्नुहोस् र त्यसलाई स्वीकार गर्नुहोस् । मेरा सन्तानलाई सत्मार्गमा राख्नुहोस् । वास्तवमा, म मेरा पापहरूका लागि तपाईंसँग क्षमा माग्दछु र म तपाईंको अनुसरणको लागि र तपाईंका आदेशको पालनाका लागि समर्पित छु ।
१६. यिनीहरू कै सत्कर्महरू हामी स्वीकार गर्नेर्छौं, यिनीहरूका पापहरूलाई क्षमा गर्नेर्छौं र यिनीहरूलाई त्यसको लागि यातना दिनेछैनौं । यिनीहरू स्वर्गका बासिन्दाहरूसँग हुनेछन् । हामीले उनीहरूसँग गरेको यो वाचा एक सत्य वाचा हो जुन निश्चित रूपमा पूरा हुनेछ ।
जसरी अल्लाहले राम्रो व्यवहार अपनाउन प्रेरित गर्नको लागि आफ्ना मातापितासँग राम्रो व्यवहार गर्ने व्यक्तिको उदाहरण दिनुभयो त्यसरी नै अकृतज्ञताबाट टाढा रहन प्रेरित गर्नको निम्ति अकृतज्ञ व्यक्तिको उदाहरण दिनुभयो । उहाँले भन्नुभयोः
१७. जसले आफ्ना मातापितालाई भन्योः कस्तो मुर्खता हो यो / धिक्कार छ तिमीहरूलाई ! मेरो मृत्युपश्चात म मेरो चिहानबाट जीवित भएर निस्कनेछु भनी तिमीहरू मलाई डर देखाइरहेका छौ ? वास्तवमा, पुस्तौं पुस्ता बितिसकेका छन् र मानिसहरू मरिसकेका छन्, तर तिनीहरूमध्येबाट कोही पनि पुनः जीवित भएर फर्केका छैनन् । उसका मातापिता अल्लाहसँग आफ्नो छोराले आस्था अपनाउन मार्गदर्शन प्राप्त गरोस् भनी दुआ गर्छन् र आफ्नो छोरालाई भन्छन्- तिम्रो नाश हुनेछ यदि तिमीले पुनः जीवित पारिने कुरामाथि आस्था राखेनौ भने । तसर्थ तिमी त्यसमाथि आस्था राख । वास्तवमा, अल्लाहले पुनः जीवित पारिने विषयमा गर्नुभएको वाचा सत्य हो जसमा कुनै शंका छैन । अनि ऊ पुनः जीवित पारिने कुरालाई दोहोर्याएर नकार्दै भन्छः "पुनः जीवित पारिने विषयमा भनिएका यी कुराहरू अघिल्ला किताबहरूबाट र उनीहरूले लेखेकोबाट नक्कल गरिएको हो । त्यो अल्लाहको तर्फबाट आएको होइन ।
१८. यिनीहरू नै ती व्यक्तिहरू हुन् जसलाई उनीहरूभन्दा पहिले बितेका जिन र मनुष्यहरूसँग नै यातना दिइने वाचा पुरा भएको छ किनकि उनीहरू आफैलाई र आफ्ना परिवारलाई नर्कमा हालेर घाटा बेहोर्नेहरू हुन् ।
१९. स्वर्ग जाने र नर्क जाने दुबै समूहले गरेका कार्यहरू अनुसार नै दुबैलाई दर्जा प्राप्त हुनेछ । तसर्थ स्वर्गका बासिन्दाहरूको उच्च दर्जा रहेको छ र नर्कका बासिन्दाहरूको तुच्छ दर्जा रहेको छ । अल्लाहले उनीहरूका कर्महरूको पूरा पूरा बदला दिनुहुनेछ । कयामतको दिन उनीहरूका राम्रा कामहरू घटाएर र नराम्रा कामहरू बढाएर उनीहरूमाथि अत्याचार गरिने छैन ।
२०. त्यस दिन अल्लाहलाई नकार्ने र उहाँका रसूलहरूलाई झूठो ठहर गर्नेहरूलाई यातना दिनको निम्ति नर्कमा उपस्थित गरिनेछ । उनीहरूलाई अपमानित र गाली गर्दै भनिनेछः तिमीहरूले संसारको जीवनमा नै आफ्नो भाग लिइसकेका छौ र त्यहाँका सुखको भोग गरिसकेका छौ । पृथ्वीमा अनाहक घमण्ड गरेको कारणले र कुफ्र र अवज्ञा गरी अल्लाहको अनुसरण त्यगेको कारणले त्यस दिन तिमीहरूलाई अपमानित गर्ने र होच्याउने यातना दिइनेछ ।
२१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वंशको हिसाबले आदको भाई हूदलाई सम्झनुहोस् । जब उनले आफ्नो समुदायलाई उनीहरू अरब प्रायद्वीपको दक्षिणमा अल्-अह्काफमा आफ्नो निवासमा भएको बेला उनीहरूमाथि अल्लाहको यातना आइपर्ने विषयमा चेतावनी दिए । हूदभन्दा पहिले र उनीपछि धेरै रसूलहरू आफ्नो समुदायलाई चेतावनी दिँदै आइसकेका छन् । उनीहरूले आफ्ना समुदायलाई भनेः अल्लाहको मात्र उपासना गर । उहाँसँग अरू कसैको उपासना नगर । हे मेरो समुदाय ! वास्तवमा, मलाई तिमीहरूको विषयमा एउटा महान दिनको यातनाको डर लागेको छ जुन कयामतको दिन हो ।
२२. उनलाई उनको समुदायले भन्योः के तिमी हामीहरूलाई हाम्रा उपास्यहरूको उपासनाबाट टाढा राख्न आएका हौ ? यस्तो हुने छैन । तिमीले वाचा गरेको यातना लिएर आऊ यदि तिमी आफ्नो वाचामा सच्चा छौ भने ।
२३. उनले भनेः यातना आउने समय अल्लाहलाई मात्र थाहा छ । मलाई त यसको ज्ञान छैन । म एउटा रसूल मात्र हुँ । मलाई जे दिएर तिमीहरूतिर पठाइएको छ म त्यही पुर्याइरहेकोछु । तर मेरो हिसाबले तिमीहरू अज्ञानी मानिसहरू हौ किनकि तिमीहरूलाई फाइदा दिने कुराहरूलाई तिमीहरू छोड्छौ र तिमीहरूलाई हानी गर्ने कुराहरू तिमीहरू गर्छौ ।
२४. जब उनीहरूले हतार गरेको यातना उनीहरूसमक्ष आयो उनीहरूले त्यसलाई बादलको रूपमा देखे जुन आकाशको तर्फबाट उनीहरूका उपत्यकातिर आउँदै थियो । उनीहरूले भनेः यो आउने एउटा बादल हो जसले हामीमाथि वर्षा गर्नेछ । हूदले उनीहरूलाई भनेः त्यो बादल हो र त्यसले तिमीहरूमाथि वर्षा गराउनेछ भन्ने तिमीहरूको सोँच वास्तविकतासँग मेल खाँदैन । बरू त्यो यातना हो जसको लागि तिमीहरूले हतार गरेका थियौ । त्यो हावा हो जसमा पीडादायी यातना रहेको छ ।
२५. आल्लाहले नष्ट पार्न दिनुभएको आदेश अनुसार त्यो जुन कुरामाथि पर्नेछ त्यसलाई ध्वस्त पार्नेछ । अनि त्यो सबै ध्वस्त हुनेछ । अब उनीहरूले बसोबास गर्ने गरेका घरहरू बाहेक त्यहाँ केही देखिदैन । त्यसमा पहिले उनीहरूको अस्तित्व रहेको साक्षी त्यसले दिन्छ । यस्तै प्रकारको पीडादायी यातना हामी आफ्नै कुफ्र र अवज्ञामा अडिग रहने अपराधिहरूलाई दिनेछौं ।
२६. हामीले हूदको समुदायलाई शक्तिका जुन साधनहरू दिएका थियौं त्यसता साधनहरू हामीले तिमीहरूलाई दिएका छैनौं । हामीले उनीहरूलाई सुन्ने शक्ति दिएका थियौं जसबाट उनीहरू सुन्थे, हेर्ने शक्ति दिएका थियौं जसले उनीहरू हर्थे र हृदय दिएका थियौं जसबाट उनीहरू सोँच्थे । उनीहरूलाई उनीहरूका सुन्ने शक्ति, हेर्ने शक्ति र हृदयहरूले कुनै फाइदा पुर्याएन । जब उनीहरूसमक्ष अल्लाहको यातना आयो यी सम्पूर्णले त्यसलाई हटाउन सकेन किनकि उनीहरू अल्लाहका आयतहरूलाई नकार्ने गर्थे । अनि उनीहरूका नबी हूद (अलैहिस्सलाम) ले उनीहरूलाई जुन यातनाको डर देखाएका थिए उनीहरू त्यस विषयमा ठट्टा गर्ने गर्थे तर त्यसैले उनीहरूलाई समात्यो ।
२७. हे मक्काका बासिन्दाहरू हो ! हामीले तिमीहरूका वरिपरीका नगरहरू नष्ट पारिसकेका छौं । हामीले आद, समूद, लूतको समुदाय र मद्यनका बासिहरूलाई नष्ट गरिसकेका छौं । उनीहरू आफ्ना कुफ्रबाट फर्कनेछन् भन्ने आशाले हामीले उनीहरूलाई विभिन्न तर्कहरू र प्रमाणहरू प्रस्तुत गर्यौं ।
२८. अल्लाहलाई छाडि जुन मूर्तिहरूको नजिक हुनका लागि तिनीहरूले उनीहरूको उपासना गरी र बली चढाई उपास्य बनाएका थिए उनीहरूले किन तिनीहरूको सहयोग गरेनन् त ? उनीहरूले कदापि सहयोग गर्नेछैनन् । बरू तिनीहरूलाई उनीहरूको बढी आवश्यकता भएको बेला उनीहरू हराए । बरू यी मूर्तिहरूले तिनीहरूलाई फाइदा दिनेछन् र अल्लाहसमक्ष तिनीहरूको सिफारिस गर्नेछन् भन्ने कुरा उनीहरूको झूठ र आरोप हो जसद्वारा उनीहरूले आफैलाई धोकामा पारेका छन् ।
२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई सम्झनुहोस् जब हामीले तपाईंतिर जिनहरूको एउटा समूह पठाएका थियौं जसले तपाईंमाथि आवतरित कुर्आन सुन्यो । जब उनीहरू त्यसलाई सुन्नको लागि उपस्थित भए तब एक अर्कालाई भनेः चुप लाग ! हामी त्यसलाई सुन्नौं । जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यसको पाठ सकाउनुभयो तब उनीहरू आफ्नो समुदायमा फर्केर गए र उनीहरूले कुर्आनमाथि आस्था नराखेको खण्डमा अल्लाहको यातना आउने कुराको डर देखाए ।
३०. उनीहरूलाई भनेः हे मेरो समुदाय ! हामीले एउटा यस्तो किताबको पाठ सुनेका छौं जसलाई अल्लाहले मूसापछि अवतरण गरे । त्यसले त्यसभन्दा पहिले अल्लाहको तर्फबाट अवतरण भएका किताबहरूको पुष्टि गर्छ । हामीले सुनेको यो किताब सत्य बाटो देखाउँछ, सीधा मार्गको मार्ग देखाउँछ र त्यो मार्ग इस्लाम हो ।
३१. हे हाम्रा समुदाय ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मान र उहाँ आफ्ना पालनकर्ताका रसूल हुनुहुन्छ भन्ने कुरामा आस्था राख । परिणाम स्वरूप अल्लाहले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ र तिमीहरूलाई पीडादायी यातनाबाट सुरक्षित राख्नुहुनेछ जुन तिमीहरूको प्रतिक्षामा रहेको छ, यदि तिमीहरूले उहाँले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मानेनौ र उहाँ आफ्ना पालनकर्ताका रसूल हुनुहुन्छ भन्ने कुरामा आस्था राखेनौ भने ।
३२. अनि जसले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले जुन सत्यको आह्वान गर्नुभएको छ त्यसलाई मानेन ऊ पृथ्वीमा अल्लाहबाट बच्न सक्दैन र अल्लाहबाहेक उसको अरू कोही सहयोगी छैन जसले उसलाई यातनाबाट जोगाउन सकोस् । उनीहरू स्पष्ट सत्यबाट पथभ्रष्ट भएका छन् ।
३३. अल्लाह जसले आकाशहरू र पृथ्वीलाई सृष्टि गर्नुभयो, तिनीहरूको विशाल र विस्तृत रूप भएता पनि त्यसको सृष्टि गर्न उहाँ विवश हुनुहुन्न र उहाँ मृत्युपश्चात हिसाब लिन र बदला दिनको लागि जीवित पार्न सक्षम हुनुहुन्छ भन्ने कुरा यी पुनः जीवित पारिने सत्यलाई झूठो ठहर गर्ने मुश्रिकहरू सोँच्दैनन् र ? किन न हुनु, वास्तवमा उहाँ उनीहरूलाई जीवित पार्न सक्षम हुनुहुन्छ किनकि उहाँ हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँ मृत्युपश्चात जीवित पार्न विवश हुनुहुन्न ।
३४. अल्लाहलाई र उहाँका रसूलहरूलाई नकार्नेलाई यातना दिनको लागि नर्कसमक्ष उपस्थित गरिनेछन् । उनीहरूलाई अपमानित गर्दै भनिनेछः तिमीहरूले देखिरहेको यो यातना नितान्त सत्य होइन र ? वा तिमीहरूले संसारमा भनेझैं यो झूठ हो ? किन न हुनु, हे हाम्रा पालनकर्ता यो नितान्त सत्य हो । अनि उनीहरूलाई भनिनेछः तिमीहरूले अल्लाहलाई नकारेको कारणले यो यातना चाख ।
३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले झूठो ठहर गरेकोमा तपाईं धैर्य धारण गर्नुहोस् । जसरी रसूलहरूमध्ये दृढ संकल्प भएका रसूलहरूले धैर्य गरे जो नूह, इब्राहीम, मूसा र ईसा (अलैहिमुस्सलाम) हुन् । उनीहरूको यातनाको लागि हतार नगर्नुहोस् । जुन दिन तपाईंको समुदायका झूठाहरूले आखिरतको यातना देख्नेछन् जसको चेतावनी उनीहरूलाई दिइँदैछ । उनीहरूलाई दिइने निरन्तर यातनाको कारणले उनीहरू संसारमा एक क्षण मात्र बसेको कुराको आभास हुनेछ । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यो कुर्आन सन्देश हो र मनुष्यहरू र जिनहरूको लागि यो पर्याप्त रहेको छ । वास्तवमा, कुफ्र र पापमा लिप्त भई अल्लाहको अनुसरणलाई त्यगेका मानिसहरूलाई मात्र यातना दिई नष्ट पारिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें