शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. कयामतको आगमणको घडी नजिक आइपुग्यो र चन्द्रमा नबी (सल्लल्लाहु अलैहि व सल्लम) को समयमा फुट्यो । तसर्थ त्यो फुट्नु उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) का इन्द्रियसँग सम्बन्धित चमत्कार / निशानीहरूमध्येको हो ।२. यदि मुश्रिकहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सत्यताको कुनै पनि प्रमाण र निशानी देख्छन् त्यसलाई स्वीकार गर्नबाट विमुख हुन्छन् । अनि भन्छन्- जुन तर्क र प्रमाणहरू हामीले देख्यौं त्यो केवल जादू र असत्य हो ।३. उनीहरूसमक्ष आएको सत्यलाई उनीहरूले झूठो ठहर गरे र झूठो ठहर गर्नको लागि उनीहरूले आफ्नो इच्छाको अनुसरण गरे । कयामतको दिन घट्ने राम्रो र नराम्रो घटना जो त्यसको योग्य हुनेछ त्यससँग घट्नेछ ।४. उनीहरूसमक्ष ती समुदायहरूको सूचना आइपुग्यो जसलाई अल्लाहले उनीहरूको कुफ्र र अत्याचारले गर्दा नष्ट पार्नुभयो । यो उनीहरूलाई उनीहरूको कुफ्र अत्याचारबाट रोक्नको लागि पर्याप्त रहेको छ ।५. अब कुनै बहाना बाँकी नरहनको लागि उनीहरूसमक्ष स्पष्ट प्रमाण आएको छ । अल्लाह र अन्तिम दिनमाथि आस्था नराख्नेहरूलाई चेतावनीले फाइदा पुर्याउन सक्दैन ।६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि उनीहरू मार्गदर्शन अपनाउँदैनन् भने उनीहरूलाई जानदिनुहोस् र बेवास्ता गर्नुहोस् । अनि त्यस दिनको प्रतिक्षा गर्नुहोस् जुन दिन सूर फुक्ने जिम्मेवारी पाएको फरिश्ताले एउटा अति भयानक मामिलातिर आह्वान गर्नेछ जसलाई सृष्टिहरूले पहिले जानेका थिएनन् ।७. उनीहरू आँखालाई झुकाएर कब्रहरूबाट निस्कनेछन् र छरिएका सलहहरू सरह उनीहरू हिसाब हुने ठाउँतिर भाग्नेछन् ।८. उनीहरू भागेर त्यस ठाउँतिर आह्वान गर्नेतर्फ जानेछन् । काफिरहरूले भन्नेछन्- यो दिन एउटा कठिन दिन हो किनकि त्यसमा कष्टकर र भयानक घटनाहरू हुनेछन् ।जब अल्लाहले हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आह्वानबाट विमुख हुनुलाई उल्लेख गर्नुभयो तब उहाँले पहिलेका समुदायहरूले आफ्ना रसूलहरूलाई झूठो ठहर गरेको खबर उहाँलाई आश्वासन दिँदै भन्नुभयो । उहाँले भन्नुभयोः ९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको आह्वानलाई झूठो ठहर गर्नेहरूभन्दा पहिले नूहको समुदायले झूठो ठहर गरे । जब हामीले नूह (अलैहिस्सलाम) लाई उनीहरूतर्फ पठायौं उनीहरूले उनलाई झूठो ठहर गरे । उनीहरूले उनको विषयमा भनेः त्यो त पागल हो । अनि उनले प्रचार गर्न बन्द नगरेको खण्डमा उनीहरूले नानाथरीका गाली, निन्दा र धम्की दिएर उनलाई तर्साए ।१०. अनि नूहले आफ्ना पालनकर्तालाई यो भन्दै दुआ गरेः मेरो समुदायले मलाई दबाए र मेरो आह्वानलाई स्वीकार गरेनन् । तिनीहरूलाई यातना दिएर मलाई सहयोग गर्नुहोस् ।११. अनि हामीले मुसलधारे र निरन्तर वर्षाकासाथ आकाशका द्वार खोलिदियौं ।१२. अनि हामीले पृथ्वीमा मूलहरू फुटायौं जसबाट पानी निस्कन्थ्यो । त्यसपछि आकाशबाट परेको पानी अल्लाहको आदेशले पृथ्वीको पानीसँगै मिसियो र यसको फैसला सुरूमै भइसकेको थियो । परिणाम स्वरूप अल्लाहले जसलाई जोगाउनुभयो त्यसबाहेक सबैजना डुब्न पुगे ।१३. हामीले नूहलाई तख्ता र काँटीद्वारा निर्मित डुँगामा सवार गरायौं । अनि हामीले उनलाई र जो उनका साथमा थिए सबैलाई डुब्नबाट जोगायौं ।१४. डुङ्गा हाम्रो निगरानी र सुरक्षामा भीषण छालहरूमा चलिरहेको थियो । नूहलाई झूठो ठहर गर्ने र उनले अल्लाहकोतर्फबाट ल्याएको सन्देशलाई नकार्ने समुदाय विरूद्ध यो सहयोग हो ।१५. उनीहरूलाई दिएको यो यातनालाई हामीले पाठ र चेतावनी बनायौं । यसबाट पाठ लिने कोही छ र ?१६. झूठो ठहर गर्नेहरूलाई दिएको मेरो यातना कस्तो थियो ? अनि मैले उनीहरूलाई नष्ट पारी दिएको चेतावनी कस्तो थियो ?१७. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?१८. आदले आफ्नो नबी हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गर्यो । तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई दिएको यातना उनीहरूबाहेकका मानिसहरूको लागि कस्तो चेतावनी थियो त ?१९. एउटा नराम्रो र दुर्भाग्यपूर्ण दिनमा हामीले तिनीहरूमाथि चिसो आँधी पठायौं र त्यो दिन उनीहरू नर्कमा नपुगुञ्जेल समाप्त भएन ।२०. त्यसले मानिसहरूलाई पृथ्वीबाट उचालेर टाउको तलपारि फ्याँक्दै थियो मानौं उनीहरू जरैसित उखेलिएका खजूरका रूखहरू हुन् ।२१. तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई यातना दिई उनीहरूबाहेकका मानिसहरूलाई दिएको चेतावनी कस्तो थियो ?२२. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?२३. समूदले उनीहरूको रसूल सालिह (अलैहिस्सलाम) ले दिएका चेतावनीलाई झूठो ठहर गरे ।२४. अनि नकार्नेहरूले भनेः के हामीले हामी जस्तै मान्छेको अनुसरण गर्ने त ? यदि हामीले यस विषयमा उसको अनुसरण गर्यौं भने हामी सीधा बाटोबाट टाढा हुनेछौं र कष्ट भोग्नेछौं ।२५. के हामी सबैलाई छाडि ऊमाथि मात्र वही अवतरण गरियो त ? होइन, बरू ऊ झूठो र घमन्डी हो ।२६. सालिह (अलैहिस्सलाम) वा उनीहरूमध्ये को झूठो र घमन्डी हो भन्ने कुरा उनीहरूले कयामतको दिन थाहा पाउनेछन् ।२७. वास्तवमा, हामी एउटा ऊँटनीलाई चट्टानबाट निकालेर उनीहरूको परिक्षाको लागि पठाउनेछौं । तसर्थ, हे सालिह ! प्रतिक्षा गर, उनीहरूले त्यससँग के गर्नेछन् र उनीहरूसित के हुनेछ त्यो हेर र उनीहरूले दिएको कष्टमा धैर्य धारण गर ।२८. उनीहरूको कुवाको पानी उनीहरूको र ऊँटको माझमा बाँडिनेछ भनी उनीहरूलाई भन्नुहोस् । एक दिन उनीहरूको पालो र एक दिन उसको पालो हुनेछ । प्रत्येकले केवल आफ्नै पालोमा आफ्नो भाग लिन उपस्थित हुनुपर्दछ ।२९. उनीहरूले आफ्नो साथीलाई ऊँटनीको हत्याको लागि बोलाए । अनि आफ्नो समुदायको आदेशको पालना गर्दै उसले तरवार लिएर त्यसको हत्या गर्यो ।३०. तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई यातना दिई उनीहरूबाहेकका मानिसहरूलाई दिएको चेतावनी कस्तो थियो ?३१. वास्तवमा, हामीले उनीहरूमाथि एउटा धमाका पठायौं जसले उनीहरूलाई नष्ट गर्यो । अनि उनीहरू सुख्खा बोटबिरूवा जस्ता भए जुन घेराबन्दी बनाउनेले आफ्ना भेडाहरूको लागि घेराबन्दी बनाउनका निम्ति काटेको हुन्छ ।३२. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?३३. लूत (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई दिएको चेतावनी उनीहरूले झूठो ठहर गरे ।३४. हामीले लूतका परिवारबाहेक अरूहरूमाथि ढुङ्गा बर्साउने आँधी पठायौं । यिनीहरूले यस यातनाको सामना गरेनन् किनकि हामीले यिनीहरूलाई यसबाट जोगायौं । उनी रातको अन्तिम पहरमा यो यातना आउनु अघि नै यिनीहरूलाई लिएर गइसकेका थिए ।३५. हामीले यिनीहरूलाई कृपाको पात्र बनाएर यस यातनाबाट जोगायौं । हामीले लूतलाई दिएको बदला जस्तो बदला त्यसलाई दिन्छौं जो आल्लाहका कृपाहरूको लागि उहाँलाई धन्यवाद दिन्छ ।३६. लूतले उनीहरूलाई हाम्रो यातनाको डर देखाइसकेका थिए तर उनीहरूले उनको चेतावनीको विषयमा वादविवाद गरे र उनलाई झूठो ठहर गरे ।३७. लूतको समुदायले उनका पाहुनाहरू जो फरिश्ता थिए उनीहरूसित घिनलाग्दो काम गर्ने क्रममा उनले दखल दिनुहुनेछैन भन्ने कुरालाई उनीहरूले सुनिश्चित गरे । तर हामीले उनीहरूका आँखा अन्धा बनायौं तसर्थ उनीहरूले तिनीहरूलाई देखेनन् । हामीले उनीहरूलाई भन्यौः मेरो यातनाको स्वाद चाख जुन मैले तिमीहरूलाई दिएको चेतावनीको परिणाम हो ।३८. बिहानको समयमा उनीहरूलाई यातनाले समात्यो जुन उनीहरू आखिरत पुगुन्जेलसम्म उनीहरूसँग रहनेछ । अनि त्यसको यातनाले उनीहरूलाई उनीहरूलाई समात्नेछ ।३९. उनीहरूलाई भनियोः मैले तिमीहरूको लागि पठाएको यातनाको स्वाद चाख जुन लूतले तिमीहरूलाई दिएको चेतावनीको परिणाम हो ।४०. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?४१. मूसा र हारून (अलैहिमस्सलाम) मार्फत हाम्रो चेतावनी फिर्औनको समुदायसमक्ष पुग्यो ।४२. हाम्रो तर्फबाट आएका प्रमाणहरू र तर्कहरूलाई उनीहरूले झूठो ठहर गरे । उनीहरूले झूठो ठहर गरेको कारणले उनीहरूलाई त्यसरी यातना दियौं जसरी कसैले पराजित गर्न नसक्ने शक्तिशाली र कसैले विवश गर्न नसक्ने सर्वशक्तिमानले यातना दिन्छ ।४३. हे मक्काबासीहरू हो ! के तिमीहरूका काफिरहरू नूहको समुदाय, आद, समूद, लूतको समुदाय, फिर्औन र उसको समुदाय जस्ता काफिरहरू भन्दा उत्तम छन् र ? वा ईश्वरीय ग्रन्थहरूमा तिमीहरूको लागि अल्लाहको यातनाबाट मुक्ति लेखिएको छ ?४४. बरू यी काफिरहरू मक्काबासीहरूलाई भन्छन्- जो हामीलाई चोट पुर्याउन चाहन्छ र हामीलाई विभाजित गर्न चाहन्छ ऊविरूद्ध हाम्रो जीत हुनेछ ।४५. यी काफिरहरूको समूहले चाँडै नै पराजित हुनेछ र मोमिनहरूसमक्षबाट यिनीहरू पिठ्यूँ फर्काएर भाग्नेछन् । बद्रको दिनमा यस्तो भयो ।४६. बरू उनीहरूले झूठो ठहर गर्ने कयामतको वाचा उनीहरूसित गरिएको छ जुन दिन उनीहरूलाई यातना दिइनेछ । उनीहरूलाई संसारमा दिइएको बद्रको दिनको यातना भन्दा बढी ठूलो र कडा यातना कयामतको हुनेछ ।४७. वास्तवमा, कुफ्र र अवज्ञा गरी अपराध गर्नेहरू सत्यबाट पथभ्रष्ट भएका छन्, यातनामा र कष्टमा छन् ।४८. त्यस दिन उनीहरूलाई नर्कमा घोप्टो पारी अनुहारको भरले घिस्याइनेछ । अनि उनीहरूलाई निन्दा गर्दै भनिनेछः अब चाख नर्कको यातना ।४९. हामीले विगतमा लेखेको भाग्यको आधारमा ब्रह्माण्डका हरेक बस्तुलाई निर्धारित रूपमा हाम्रो ज्ञान र इच्छा अनुसार र हामीले सुरक्षा पेटिकामा लेखे अनुसार सृष्टि गरेका छौं ।५०. जब हामी कुनै कुराको चाहना गर्छौं तब हामी एउटा शब्द मात्र भन्छौं र त्यो होः होऊ । अनि आँखा झिम्काउने गतिमा त्यो काम पूरा हुन्छ ।५१. तिमीहरू जस्तै कुफ्र गर्ने अघिल्ला समुदायहरूलाई हामीले नष्ट पारिसकेका छौं । आफ्नो कुफ्रलाई त्याग्नको लागि यसबाट पाठ लिने कोही छ ?५२. भक्तहरूले गर्ने हरेक कार्यलाई एउटा सुरक्षित किताबहरूमा लेखिएको छ र त्यसबाट कुनै पनि कार्य छुट्न सक्दैन ।५३. प्रत्येक सानो र ठूलो कार्य र कुरा कर्मपत्रमा लेखिएको छ जुन सुरक्षित पेटिकामा राखिएको छ र त्यसै अनुसार उनीहरूलाई बदला दिइनेछ ।५४. वास्तवमा, आफ्नो पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको डर राख्नेहरू बगैंचाहरूमा रहनेछन् जहाँ उनीहरू कृपाका लाभ उठाउनेछन् र बगिरहेका नदीहरूमा हुनेछन् ।५५. उनीहरू पवित्र सभामा हुनेछन् जहाँ कुनै व्यर्थ कुरा र पाप हुनेछैन । हरेक कुराको मालिक, कसैले विवश पार्न नसक्ने सर्वशक्तिमान शासक नजिक हुनेछन् । तसर्थ उनीहरूले त्यहाँ प्राप्त गर्ने अनन्तको कृपाको विषयमा नसोध्नुहोस् ।
१. कयामतको आगमणको घडी नजिक आइपुग्यो र चन्द्रमा नबी (सल्लल्लाहु अलैहि व सल्लम) को समयमा फुट्यो । तसर्थ त्यो फुट्नु उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) का इन्द्रियसँग सम्बन्धित चमत्कार / निशानीहरूमध्येको हो ।
२. यदि मुश्रिकहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सत्यताको कुनै पनि प्रमाण र निशानी देख्छन् त्यसलाई स्वीकार गर्नबाट विमुख हुन्छन् । अनि भन्छन्- जुन तर्क र प्रमाणहरू हामीले देख्यौं त्यो केवल जादू र असत्य हो ।
३. उनीहरूसमक्ष आएको सत्यलाई उनीहरूले झूठो ठहर गरे र झूठो ठहर गर्नको लागि उनीहरूले आफ्नो इच्छाको अनुसरण गरे । कयामतको दिन घट्ने राम्रो र नराम्रो घटना जो त्यसको योग्य हुनेछ त्यससँग घट्नेछ ।
४. उनीहरूसमक्ष ती समुदायहरूको सूचना आइपुग्यो जसलाई अल्लाहले उनीहरूको कुफ्र र अत्याचारले गर्दा नष्ट पार्नुभयो । यो उनीहरूलाई उनीहरूको कुफ्र अत्याचारबाट रोक्नको लागि पर्याप्त रहेको छ ।
५. अब कुनै बहाना बाँकी नरहनको लागि उनीहरूसमक्ष स्पष्ट प्रमाण आएको छ । अल्लाह र अन्तिम दिनमाथि आस्था नराख्नेहरूलाई चेतावनीले फाइदा पुर्याउन सक्दैन ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि उनीहरू मार्गदर्शन अपनाउँदैनन् भने उनीहरूलाई जानदिनुहोस् र बेवास्ता गर्नुहोस् । अनि त्यस दिनको प्रतिक्षा गर्नुहोस् जुन दिन सूर फुक्ने जिम्मेवारी पाएको फरिश्ताले एउटा अति भयानक मामिलातिर आह्वान गर्नेछ जसलाई सृष्टिहरूले पहिले जानेका थिएनन् ।
७. उनीहरू आँखालाई झुकाएर कब्रहरूबाट निस्कनेछन् र छरिएका सलहहरू सरह उनीहरू हिसाब हुने ठाउँतिर भाग्नेछन् ।
८. उनीहरू भागेर त्यस ठाउँतिर आह्वान गर्नेतर्फ जानेछन् । काफिरहरूले भन्नेछन्- यो दिन एउटा कठिन दिन हो किनकि त्यसमा कष्टकर र भयानक घटनाहरू हुनेछन् ।
जब अल्लाहले हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आह्वानबाट विमुख हुनुलाई उल्लेख गर्नुभयो तब उहाँले पहिलेका समुदायहरूले आफ्ना रसूलहरूलाई झूठो ठहर गरेको खबर उहाँलाई आश्वासन दिँदै भन्नुभयो । उहाँले भन्नुभयोः
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको आह्वानलाई झूठो ठहर गर्नेहरूभन्दा पहिले नूहको समुदायले झूठो ठहर गरे । जब हामीले नूह (अलैहिस्सलाम) लाई उनीहरूतर्फ पठायौं उनीहरूले उनलाई झूठो ठहर गरे । उनीहरूले उनको विषयमा भनेः त्यो त पागल हो । अनि उनले प्रचार गर्न बन्द नगरेको खण्डमा उनीहरूले नानाथरीका गाली, निन्दा र धम्की दिएर उनलाई तर्साए ।
१०. अनि नूहले आफ्ना पालनकर्तालाई यो भन्दै दुआ गरेः मेरो समुदायले मलाई दबाए र मेरो आह्वानलाई स्वीकार गरेनन् । तिनीहरूलाई यातना दिएर मलाई सहयोग गर्नुहोस् ।
११. अनि हामीले मुसलधारे र निरन्तर वर्षाकासाथ आकाशका द्वार खोलिदियौं ।
१२. अनि हामीले पृथ्वीमा मूलहरू फुटायौं जसबाट पानी निस्कन्थ्यो । त्यसपछि आकाशबाट परेको पानी अल्लाहको आदेशले पृथ्वीको पानीसँगै मिसियो र यसको फैसला सुरूमै भइसकेको थियो । परिणाम स्वरूप अल्लाहले जसलाई जोगाउनुभयो त्यसबाहेक सबैजना डुब्न पुगे ।
१३. हामीले नूहलाई तख्ता र काँटीद्वारा निर्मित डुँगामा सवार गरायौं । अनि हामीले उनलाई र जो उनका साथमा थिए सबैलाई डुब्नबाट जोगायौं ।
१४. डुङ्गा हाम्रो निगरानी र सुरक्षामा भीषण छालहरूमा चलिरहेको थियो । नूहलाई झूठो ठहर गर्ने र उनले अल्लाहकोतर्फबाट ल्याएको सन्देशलाई नकार्ने समुदाय विरूद्ध यो सहयोग हो ।
१५. उनीहरूलाई दिएको यो यातनालाई हामीले पाठ र चेतावनी बनायौं । यसबाट पाठ लिने कोही छ र ?
१६. झूठो ठहर गर्नेहरूलाई दिएको मेरो यातना कस्तो थियो ? अनि मैले उनीहरूलाई नष्ट पारी दिएको चेतावनी कस्तो थियो ?
१७. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?
१८. आदले आफ्नो नबी हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गर्यो । तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई दिएको यातना उनीहरूबाहेकका मानिसहरूको लागि कस्तो चेतावनी थियो त ?
१९. एउटा नराम्रो र दुर्भाग्यपूर्ण दिनमा हामीले तिनीहरूमाथि चिसो आँधी पठायौं र त्यो दिन उनीहरू नर्कमा नपुगुञ्जेल समाप्त भएन ।
२०. त्यसले मानिसहरूलाई पृथ्वीबाट उचालेर टाउको तलपारि फ्याँक्दै थियो मानौं उनीहरू जरैसित उखेलिएका खजूरका रूखहरू हुन् ।
२१. तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई यातना दिई उनीहरूबाहेकका मानिसहरूलाई दिएको चेतावनी कस्तो थियो ?
२२. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?
२३. समूदले उनीहरूको रसूल सालिह (अलैहिस्सलाम) ले दिएका चेतावनीलाई झूठो ठहर गरे ।
२४. अनि नकार्नेहरूले भनेः के हामीले हामी जस्तै मान्छेको अनुसरण गर्ने त ? यदि हामीले यस विषयमा उसको अनुसरण गर्यौं भने हामी सीधा बाटोबाट टाढा हुनेछौं र कष्ट भोग्नेछौं ।
२५. के हामी सबैलाई छाडि ऊमाथि मात्र वही अवतरण गरियो त ? होइन, बरू ऊ झूठो र घमन्डी हो ।
२६. सालिह (अलैहिस्सलाम) वा उनीहरूमध्ये को झूठो र घमन्डी हो भन्ने कुरा उनीहरूले कयामतको दिन थाहा पाउनेछन् ।
२७. वास्तवमा, हामी एउटा ऊँटनीलाई चट्टानबाट निकालेर उनीहरूको परिक्षाको लागि पठाउनेछौं । तसर्थ, हे सालिह ! प्रतिक्षा गर, उनीहरूले त्यससँग के गर्नेछन् र उनीहरूसित के हुनेछ त्यो हेर र उनीहरूले दिएको कष्टमा धैर्य धारण गर ।
२८. उनीहरूको कुवाको पानी उनीहरूको र ऊँटको माझमा बाँडिनेछ भनी उनीहरूलाई भन्नुहोस् । एक दिन उनीहरूको पालो र एक दिन उसको पालो हुनेछ । प्रत्येकले केवल आफ्नै पालोमा आफ्नो भाग लिन उपस्थित हुनुपर्दछ ।
२९. उनीहरूले आफ्नो साथीलाई ऊँटनीको हत्याको लागि बोलाए । अनि आफ्नो समुदायको आदेशको पालना गर्दै उसले तरवार लिएर त्यसको हत्या गर्यो ।
३०. तसर्थ, हे मक्काबासीहरू हो ! सोँच, मैले उनीहरूलाई दिएको यातना कस्तो थियो ? अनि उनीहरूलाई यातना दिई उनीहरूबाहेकका मानिसहरूलाई दिएको चेतावनी कस्तो थियो ?
३१. वास्तवमा, हामीले उनीहरूमाथि एउटा धमाका पठायौं जसले उनीहरूलाई नष्ट गर्यो । अनि उनीहरू सुख्खा बोटबिरूवा जस्ता भए जुन घेराबन्दी बनाउनेले आफ्ना भेडाहरूको लागि घेराबन्दी बनाउनका निम्ति काटेको हुन्छ ।
३२. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?
३३. लूत (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई दिएको चेतावनी उनीहरूले झूठो ठहर गरे ।
३४. हामीले लूतका परिवारबाहेक अरूहरूमाथि ढुङ्गा बर्साउने आँधी पठायौं । यिनीहरूले यस यातनाको सामना गरेनन् किनकि हामीले यिनीहरूलाई यसबाट जोगायौं । उनी रातको अन्तिम पहरमा यो यातना आउनु अघि नै यिनीहरूलाई लिएर गइसकेका थिए ।
३५. हामीले यिनीहरूलाई कृपाको पात्र बनाएर यस यातनाबाट जोगायौं । हामीले लूतलाई दिएको बदला जस्तो बदला त्यसलाई दिन्छौं जो आल्लाहका कृपाहरूको लागि उहाँलाई धन्यवाद दिन्छ ।
३६. लूतले उनीहरूलाई हाम्रो यातनाको डर देखाइसकेका थिए तर उनीहरूले उनको चेतावनीको विषयमा वादविवाद गरे र उनलाई झूठो ठहर गरे ।
३७. लूतको समुदायले उनका पाहुनाहरू जो फरिश्ता थिए उनीहरूसित घिनलाग्दो काम गर्ने क्रममा उनले दखल दिनुहुनेछैन भन्ने कुरालाई उनीहरूले सुनिश्चित गरे । तर हामीले उनीहरूका आँखा अन्धा बनायौं तसर्थ उनीहरूले तिनीहरूलाई देखेनन् । हामीले उनीहरूलाई भन्यौः मेरो यातनाको स्वाद चाख जुन मैले तिमीहरूलाई दिएको चेतावनीको परिणाम हो ।
३८. बिहानको समयमा उनीहरूलाई यातनाले समात्यो जुन उनीहरू आखिरत पुगुन्जेलसम्म उनीहरूसँग रहनेछ । अनि त्यसको यातनाले उनीहरूलाई उनीहरूलाई समात्नेछ ।
३९. उनीहरूलाई भनियोः मैले तिमीहरूको लागि पठाएको यातनाको स्वाद चाख जुन लूतले तिमीहरूलाई दिएको चेतावनीको परिणाम हो ।
४०. वास्तवमा, हामीले कुर्आनलाई सम्झना र उपदेश ग्रहण गर्नको लागि सजिलो बनाएका छौं । यसमा रहेका पाठ र उपदेशहरूलाई ग्रहण गर्ने कोही छ ?
४१. मूसा र हारून (अलैहिमस्सलाम) मार्फत हाम्रो चेतावनी फिर्औनको समुदायसमक्ष पुग्यो ।
४२. हाम्रो तर्फबाट आएका प्रमाणहरू र तर्कहरूलाई उनीहरूले झूठो ठहर गरे । उनीहरूले झूठो ठहर गरेको कारणले उनीहरूलाई त्यसरी यातना दियौं जसरी कसैले पराजित गर्न नसक्ने शक्तिशाली र कसैले विवश गर्न नसक्ने सर्वशक्तिमानले यातना दिन्छ ।
४३. हे मक्काबासीहरू हो ! के तिमीहरूका काफिरहरू नूहको समुदाय, आद, समूद, लूतको समुदाय, फिर्औन र उसको समुदाय जस्ता काफिरहरू भन्दा उत्तम छन् र ? वा ईश्वरीय ग्रन्थहरूमा तिमीहरूको लागि अल्लाहको यातनाबाट मुक्ति लेखिएको छ ?
४४. बरू यी काफिरहरू मक्काबासीहरूलाई भन्छन्- जो हामीलाई चोट पुर्याउन चाहन्छ र हामीलाई विभाजित गर्न चाहन्छ ऊविरूद्ध हाम्रो जीत हुनेछ ।
४५. यी काफिरहरूको समूहले चाँडै नै पराजित हुनेछ र मोमिनहरूसमक्षबाट यिनीहरू पिठ्यूँ फर्काएर भाग्नेछन् । बद्रको दिनमा यस्तो भयो ।
४६. बरू उनीहरूले झूठो ठहर गर्ने कयामतको वाचा उनीहरूसित गरिएको छ जुन दिन उनीहरूलाई यातना दिइनेछ । उनीहरूलाई संसारमा दिइएको बद्रको दिनको यातना भन्दा बढी ठूलो र कडा यातना कयामतको हुनेछ ।
४७. वास्तवमा, कुफ्र र अवज्ञा गरी अपराध गर्नेहरू सत्यबाट पथभ्रष्ट भएका छन्, यातनामा र कष्टमा छन् ।
४८. त्यस दिन उनीहरूलाई नर्कमा घोप्टो पारी अनुहारको भरले घिस्याइनेछ । अनि उनीहरूलाई निन्दा गर्दै भनिनेछः अब चाख नर्कको यातना ।
४९. हामीले विगतमा लेखेको भाग्यको आधारमा ब्रह्माण्डका हरेक बस्तुलाई निर्धारित रूपमा हाम्रो ज्ञान र इच्छा अनुसार र हामीले सुरक्षा पेटिकामा लेखे अनुसार सृष्टि गरेका छौं ।
५०. जब हामी कुनै कुराको चाहना गर्छौं तब हामी एउटा शब्द मात्र भन्छौं र त्यो होः होऊ । अनि आँखा झिम्काउने गतिमा त्यो काम पूरा हुन्छ ।
५१. तिमीहरू जस्तै कुफ्र गर्ने अघिल्ला समुदायहरूलाई हामीले नष्ट पारिसकेका छौं । आफ्नो कुफ्रलाई त्याग्नको लागि यसबाट पाठ लिने कोही छ ?
५२. भक्तहरूले गर्ने हरेक कार्यलाई एउटा सुरक्षित किताबहरूमा लेखिएको छ र त्यसबाट कुनै पनि कार्य छुट्न सक्दैन ।
५३. प्रत्येक सानो र ठूलो कार्य र कुरा कर्मपत्रमा लेखिएको छ जुन सुरक्षित पेटिकामा राखिएको छ र त्यसै अनुसार उनीहरूलाई बदला दिइनेछ ।
५४. वास्तवमा, आफ्नो पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको डर राख्नेहरू बगैंचाहरूमा रहनेछन् जहाँ उनीहरू कृपाका लाभ उठाउनेछन् र बगिरहेका नदीहरूमा हुनेछन् ।
५५. उनीहरू पवित्र सभामा हुनेछन् जहाँ कुनै व्यर्थ कुरा र पाप हुनेछैन । हरेक कुराको मालिक, कसैले विवश पार्न नसक्ने सर्वशक्तिमान शासक नजिक हुनेछन् । तसर्थ उनीहरूले त्यहाँ प्राप्त गर्ने अनन्तको कृपाको विषयमा नसोध्नुहोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें