शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले ताराको कसम खानुभयो जब त्यो खस्छ ।२. अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) न पथभ्रष्ट हुनुभएको छ न त बहकिनुभएको छ । बरू उहाँ सीधा मार्गमा हुनुहुन्छ ।३. उहाँ आफ्नो इच्छाको अनुसरण गर्दै कुर्आनको विषयमा केही भन्नुहुन्न ।४. कुर्आन त एउटा वही मात्र हो जुन जिब्रील (अलैहिस्सलाम) द्वारा अल्लाहले उहाँतर्फ पठाउनुभएको हो ।५. उहाँलाई एकजना शक्तिशाली फरिश्ता जिब्रील (अलैहिस्सलाम) ले सिकाएका हुन् ।६. जिब्रील (अलैहिस्सलाम) को राम्रो स्वरूप रहेको छ । अल्लाहले उनलाई जुन रूपमा बनाउनुभएको छ त्यही रूपमा उनी नबी (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष जाहेर भए ।७. जिब्रील आकाशको माथिल्लो क्षितिजमा थिए ।८. अनि जिब्रील (अलैहिस्सलाम) नबी (सल्लल्लाहु अलैहि व सल्लम) को नजिक भए र उहाँको अझ नजिक आए ।९. उनी उहाँबाट दुई धनुष बराबर वा त्यसभन्दा पनि कम दूरीमा थिए ।१०. अनि जिब्रील (अलैहिस्सलाम) ले अल्लाहका भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई जुन वही पुर्याउनु पर्ने थियो उनले पुर्याए ।११. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आँखाले जे देख्यो त्यसलाई उहाँको हृदयले झूठो ठहर गरेन ।१२. हे मुश्रिकहरू हो ! अल्लाहले उहाँलाई इस्राको रातमा जे देखाउनुभयो के त्यसलाई लिएर उहाँसँग तिमीहरू वादविवाद गर्छौ ?१३. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले इस्राको रातमा जिब्रील (अलैहिस्सलाम) लाई दोस्रो पटक उनको वास्तविक रूपमा देख्नुभयो ।१४. सातौं आकाशमा रहेको सबैभन्दा ठूलो रूख सिद्रतुल् मुन्तहा नजिक ।१५. यस रूखको नजिक जन्नतुल् मावा अवस्थित छ ।१६. एउटा ठूलो कुराले सिद्रलाई अल्लाहको आदेशले ढाकेको थियो । अल्लाहलाई मात्र त्यसको उद्देश्य थाहा छ ।१७. उहाँको आँखा न दाहिने तिर मोडियो र न देब्रे तिर । अनि त्यो सीमाभन्दा अगाडि पनि बढेन ।१८. इस्राको रातमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उहाँका पालनकर्ताको शक्तिलाई प्रमाणित गर्ने ठूला ठूला निशानीहरू देख्नुभयो । उहाँले स्वर्ग, नर्क र अन्य कुराहरू देख्नुभयो ।१९. हे मुश्रिकहरू हो ! तिमीहरूले अल्लाहलाई छाडि उपासना गर्ने लात र उज्जाका यी मूर्तिहरूको विषयमा तिमीहरू के सोँच्छौ ?२०. अनि तिमीहरूको तेस्रो मूर्ति मनातको विषयमा पनि । भन त के यिनीहरू तिमीहरूको भलाइ र हानीको सामर्थ्य राख्छन् र ?२१. हे मुश्रिकहरू हो, के तिमीहरूले आफ्नो लागि छोरा रोजेका छौ किनकि तिमीहरू त्यसलाई मन पराउँछौ र उहाँको लागि छोरी रोजेका छौ जसलाई तिमीहरू मन पराउँदैनौ ।२२. तिमीहरूले आफ्नो इच्छा अनुसार गरेको यो विभाजन अन्यायपूर्ण छ ।२३. यी मूर्तिहरू अर्थहीन नामहरू बाहेक केही होइनन् । यिनीहरूमा ईश्वरीय विशेषताको कुनै अंश छैन । तिमीहरूले र तिमीहरूका पुर्खाहरूले आफैले तिनीहरूलाई यो नाम दिएका छौ । अल्लाहले यस विषयमा कुनै प्रमाण अवतरण गर्नु भएको छैन । मुश्रिकहरू आफ्नो आस्थाको विषयमा केवल अनुमानको र शैतानले उनीहरूको हृदयमा सुन्दर पारेको कुरा जुन उनीहरूलाई मन पर्छ त्यसको अनुसरण गर्छन् । उनीहरूको पालनकर्ताको तर्फबाट मार्गदर्शन उहाँका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को माध्यमबाट उनीहरूसमक्ष आयो तर उनीहरूले मार्गदर्शन प्राप्त गरेनन् ।२४. मूर्तिहरूले अल्लाहसमक्ष सिफारिस गर्नेछन् भन्ने मानिसको कामना पूरा हुन्छ र ?२५. होइन, उसको कामना पूरा हुनेछैन । आखिरत र संसार केवल अल्लाहको हो । त्यसबाट उहाँ जे चाहनुहुन्छ प्रदान गर्नुहुन्छ र जे चाहनुहुन्छ त्यो रोक्नुहुन्छ ।२६. आकाशहरूमा कति नै यस्ता फरिश्ताहरू छन् यदि उनीहरूले कसैको विषयमा सिफारिस गर्छन् भने उनीहरूको सिफारिसले कुनै फाइदा पुर्याउन सक्नेछैन । तर यदि उनीहरूमध्ये कसैलाई अल्लाह सिफारिस गर्ने अनुमति दिनुहुन्छ र कसैको विषयमा सिफारिस गरिनु मन पराउनुहुन्छ भने कुरा बेग्लै हो । अनि अल्लाहको साझेदार ठहर गरिएकोलाई उहाँले अनुमति दिनुहुनेछैन । अनि अल्लाहलाई छाडि जो उसको उपासना गर्छ उसको विषयमा उहाँले कहिल्यै सिफारिस गरिनु मन पारउनुहुनेछैन ।२७. वास्तवमा, आखिरतको संसारमा पुनः जीवित पारिने कुरामाथि आस्था नराख्नेहरू फरिश्ताहरूलाई स्त्रीको संज्ञा दिन्छन् किनकि उनीहरूको आस्था अनुसार उनीहरू अल्लाहका छोरीहरू हुन् । उनीहरूको यस कुराबाट अल्लाह अति उच्च र महान हुनुहुन्छ ।२८. यिनीहरूलाई स्त्रीको संज्ञा दिनको लागि उनीहरूसँग कुनै आधार नै छैन । यस विषयमा उनीहरू केवल कल्पना र भ्रमको अनुसरण गर्छन् । वास्तवमा, अनुमानले सत्यविरूद्ध कुनै लाभ पुर्याउन सक्दैन र यसले त्यसको ठाउँ लिन पुग्छ ।२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको सम्झनाबाट विमुख हुने, त्यसलाई महत्व नदिने, सांसारीक जीवनको चाहना राख्ने र आखिरतको लागि मेहिनेत नगर्नेलाई बेवास्ता गर्नुहोस् किनकी ऊ त्यसमाथि आस्था राख्दैन ।३०. फरिश्ताहरूलाई स्त्रीको संज्ञा दिनु मुश्रिकहरूको ज्ञानको सीमा हो किनकि उनीहरू अनभिज्ञ छन् र निश्चित छैनन् । वास्तवमा, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ता सत्यको बाटोबाट हटेकालाई उहाँको बाटोमा हिँड्नेलाई राम्ररी जान्नुहुन्छ । उहाँबाट त्यसको कुनै अंश पनि लुकेको छैन ।३१. आकाशहरू र पृथ्वीको शासन, सृष्टि र प्रशासन उहाँको मात्र रहेको छ । यस संसारमा नराम्रा कर्म गर्नेहरूलाई उनीहरू योग्य भएको यातना दिनुहुनेछ र सत्कर्म गर्ने मोमिनहरूलाई स्वर्ग प्रदान गर्नुहुनेछ ।३२. स्वयंलाई घातक पापहरू त्याग्नाले र आज्ञाकारिताको संख्या बढाउनाले मेटिने साधारण पापहरूबाहेक घातक पापहरू र गम्भीर अवज्ञाबाट जोगाई राख्नेहरूको लागि हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंको पालनकर्ता अति क्षमाशील हुनुहुन्छ । उहाँका भक्तहरूले क्षमा मागेको बेला उहाँ क्षमा गर्नुहुन्छ । उहाँ तिमीहरूको अवस्था र मामिलाहरूको बारेमा बढी सचेत हुनुहुन्छ । उहाँले तिमीहरूको पुर्खा आदम (अलैहिस्सलाम) लाई माटोबाट सृष्टि गर्नुभयो र तिमीहरू आमाका पेटमा गर्भ थियौ उहाँले तिमीहरूलाई एकपछि अर्को चरणमा गरी सृष्टि गर्नुभयो । त्यसको कुनैपनि कुरा उहाँबाट लुकेको छैन । आफूलाई ईशभय राख्ने भनेर स्वयंको प्रशंसा नगर । को उहाँका आदेशहरू पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची ईशभय राख्ने हो भन्ने कुरा उहाँलाई राम्ररी थाहा छ ।३३. के तपाईंले उसको दुर्भाग्यपूर्ण अवस्था देख्नु भयो जो इस्लामको नजिक आएर पनि त्यसको विरोधी भयो ?३४. जसले थोरै धन खर्च गर्यो फेरी रोक्यो किनकि कन्जूसी उसको प्रकृति हो । यससँगै उसले स्वयंलाई पवित्र ठान्यो ।३५. के उसलाई अदृश्यको ज्ञान छ । अनि ऊ अदृश्यलाई देख्छ र त्यसको कुरा गर्छ ?३६. के ऊ अल्लाहको विषयमा झूठो बोल्दैछ ? के अल्लाहको विषयमा झूठो बोल्ने यस व्यक्तिलाई पहिलेका किताबमा के छ भनेर थाहा छैन जुन अल्लाहले मूसा (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको थियो ।३७. अनि इब्राहीम (अलैहिस्सलाम) को किताबमा जसले उनका पालनकर्ताका जिम्मेवारीहरूलाई निर्वाह गरे र त्यसलाई पूरा गरे ।३८. अर्थात कसैले पनि अरूको पापको बोझ बोक्ने छैन । ३९. अनि हरेकले उसको आफ्नै कर्मको बदला पाउनेछ ।४०. कयामतको दिन उसको कर्म सार्वजनिक रूपले देखाइनेछ ।४१. अनि उसलाई उसको कर्मको पूरा पूरा बदला दिइनेछ ।४२. अनि, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मृत्युपश्चात तपाईंको पालनकर्ताकहाँ नै भक्तहरूको फर्कने ठाउँ र बासस्थान रहेको छ ।४३. अनि उहाँ जसलाई प्रसन्न पार्न चाहनुहुन्छ उसलाई हँसाउनुहुन्छ र जसलाई दुखी पार्न चाहनुहुन्छ उसलाई रूवाउँनुहुन्छ ।४४. अनि उहाँ संसारमा जीवितलाई मृत्यु दिनुहुन्छ र कयामतको लागि मृतकलाई जीवित पार्नुहुन्छ ।४५. अनि उहाँले नै जोडी अर्थात पुरूष र महिलाको सृष्टि गर्नुभयो ।४६. एउटा वीर्यको थोपाबाट जब त्यसलाई गर्भमा खसालिन्छ ।४७. यी दुईको मृत्युपश्चात दुबैलाई कयामतको लागि सृष्टि गर्ने जिम्मेवारी उहाँ कै रहेको छ ।४८. अनि उहाँ नै आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ त्यसलाई धन प्रदान गरेर सम्पन्न पार्नुहुन्छ र उहाँ यस्तो धन प्रदान गर्नुहुन्छ जसद्वारा मनुष्यहरू सन्तुष्टि प्राप्त गर्छन् ।४९. अनि उहाँ नै शिरा / चम्किलो ताराको मालिक हुनुहुन्छ जसलाई केही मुश्रिकहरू अल्लाहसँगै पूजने गर्छन् ।५०. अनि उहाँले प्राचीन आद / आदका प्रथम जातिलाई नष्ट पार्नुभयो । यिनीहरू हूद (अलैहिस्सलाम) को समुदायका हुन् । तर यिनीहरू आफ्नो कुफ्रमा अडिग रहेको हुनाले यसो भयो ।५१. उहाँले सालिह (अलैहिस्सलाम) को समुदाय समूदलाई नष्ट पार्नुभयो र एकजना पनि बचेन ।५२. आद र समूदभन्दा पहिले उहाँले नूहको (अलैहिस्सलाम) समुदायलाई नष्ट पार्नुभयो । नूह (अलैहिस्सलाम) को समुदाय निकै अत्याचारी थियो र आद र समूदभन्दा धेरै उदण्ड थियो किनकि नूह (अलैहिस्सलाम) उनीहरूमाझ नौं सय पचास वर्ष एकेश्वरवादको आह्वान गरिरहे तर उनीहरूले स्वीकार गरेनन् ।५३. उहाँले लूत (अलैहिस्सलाम) को समुदायका नगरहरूलाई माथि आकाशमा उचाल्नुभयो । त्यसपछि घोप्टो पारेर त्यसलाई पृथ्वीमा खसाल्दिनुभयो ।५४. त्यसलाई आकाशमा उचालेर पृथ्वीमा खसालेपछि उहाँले ढुङ्गै ढुङ्गाले हिर्काएर त्यसलाई ढाकदिनुभयो ।५५. तसर्थ, हे मनुष्य हो ! तिम्रा पालनकर्ताका शक्तिको प्रमाण प्रस्तुत गर्ने कुन कुन निशानीहरूको विषयमा तिमी झगडा गर्छौ र त्यसबाट उपदेश ग्रहण गर्दैनौ ?५६. यी रसूल जो तिमीहरूतिर पठाइएका हुन् पहिलेका रसूलहरूमध्ये कै हुन् ।५७. कयामत नजिक आइपुगेको छ ।५८. यसलाई रोक्नसक्ने कोही छैन र अल्लाहबाहेक त्यसको सूचना दिने कोही छैन ।५९. के तिमीहरूलाई पाठ गरेर सुनाइने यो कुर्आन अल्लाहको तर्फबाट हो भन्ने कुरामा तिमीहरू आश्चर्य मान्छौ त ?६०. तिमीहरू त्यसलाई सुनेर अपमान गर्दै हाँस्छौ तर त्यसको चेतावनीहरू सुनेर रूँदैनौ ।६१. तिमीहरू त्यसको विषयमा बेवास्ता गर्छौ र त्यसलाई महत्व दिदैनौ ।६२. तसर्थ केवल अल्लाहको उपासना गर र उहाँको मात्र उपासना गर ।
१. अल्लाहले ताराको कसम खानुभयो जब त्यो खस्छ ।
२. अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) न पथभ्रष्ट हुनुभएको छ न त बहकिनुभएको छ । बरू उहाँ सीधा मार्गमा हुनुहुन्छ ।
३. उहाँ आफ्नो इच्छाको अनुसरण गर्दै कुर्आनको विषयमा केही भन्नुहुन्न ।
४. कुर्आन त एउटा वही मात्र हो जुन जिब्रील (अलैहिस्सलाम) द्वारा अल्लाहले उहाँतर्फ पठाउनुभएको हो ।
५. उहाँलाई एकजना शक्तिशाली फरिश्ता जिब्रील (अलैहिस्सलाम) ले सिकाएका हुन् ।
६. जिब्रील (अलैहिस्सलाम) को राम्रो स्वरूप रहेको छ । अल्लाहले उनलाई जुन रूपमा बनाउनुभएको छ त्यही रूपमा उनी नबी (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष जाहेर भए ।
७. जिब्रील आकाशको माथिल्लो क्षितिजमा थिए ।
८. अनि जिब्रील (अलैहिस्सलाम) नबी (सल्लल्लाहु अलैहि व सल्लम) को नजिक भए र उहाँको अझ नजिक आए ।
९. उनी उहाँबाट दुई धनुष बराबर वा त्यसभन्दा पनि कम दूरीमा थिए ।
१०. अनि जिब्रील (अलैहिस्सलाम) ले अल्लाहका भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई जुन वही पुर्याउनु पर्ने थियो उनले पुर्याए ।
११. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आँखाले जे देख्यो त्यसलाई उहाँको हृदयले झूठो ठहर गरेन ।
१२. हे मुश्रिकहरू हो ! अल्लाहले उहाँलाई इस्राको रातमा जे देखाउनुभयो के त्यसलाई लिएर उहाँसँग तिमीहरू वादविवाद गर्छौ ?
१३. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले इस्राको रातमा जिब्रील (अलैहिस्सलाम) लाई दोस्रो पटक उनको वास्तविक रूपमा देख्नुभयो ।
१४. सातौं आकाशमा रहेको सबैभन्दा ठूलो रूख सिद्रतुल् मुन्तहा नजिक ।
१५. यस रूखको नजिक जन्नतुल् मावा अवस्थित छ ।
१६. एउटा ठूलो कुराले सिद्रलाई अल्लाहको आदेशले ढाकेको थियो । अल्लाहलाई मात्र त्यसको उद्देश्य थाहा छ ।
१७. उहाँको आँखा न दाहिने तिर मोडियो र न देब्रे तिर । अनि त्यो सीमाभन्दा अगाडि पनि बढेन ।
१८. इस्राको रातमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उहाँका पालनकर्ताको शक्तिलाई प्रमाणित गर्ने ठूला ठूला निशानीहरू देख्नुभयो । उहाँले स्वर्ग, नर्क र अन्य कुराहरू देख्नुभयो ।
१९. हे मुश्रिकहरू हो ! तिमीहरूले अल्लाहलाई छाडि उपासना गर्ने लात र उज्जाका यी मूर्तिहरूको विषयमा तिमीहरू के सोँच्छौ ?
२०. अनि तिमीहरूको तेस्रो मूर्ति मनातको विषयमा पनि । भन त के यिनीहरू तिमीहरूको भलाइ र हानीको सामर्थ्य राख्छन् र ?
२१. हे मुश्रिकहरू हो, के तिमीहरूले आफ्नो लागि छोरा रोजेका छौ किनकि तिमीहरू त्यसलाई मन पराउँछौ र उहाँको लागि छोरी रोजेका छौ जसलाई तिमीहरू मन पराउँदैनौ ।
२२. तिमीहरूले आफ्नो इच्छा अनुसार गरेको यो विभाजन अन्यायपूर्ण छ ।
२३. यी मूर्तिहरू अर्थहीन नामहरू बाहेक केही होइनन् । यिनीहरूमा ईश्वरीय विशेषताको कुनै अंश छैन । तिमीहरूले र तिमीहरूका पुर्खाहरूले आफैले तिनीहरूलाई यो नाम दिएका छौ । अल्लाहले यस विषयमा कुनै प्रमाण अवतरण गर्नु भएको छैन । मुश्रिकहरू आफ्नो आस्थाको विषयमा केवल अनुमानको र शैतानले उनीहरूको हृदयमा सुन्दर पारेको कुरा जुन उनीहरूलाई मन पर्छ त्यसको अनुसरण गर्छन् । उनीहरूको पालनकर्ताको तर्फबाट मार्गदर्शन उहाँका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को माध्यमबाट उनीहरूसमक्ष आयो तर उनीहरूले मार्गदर्शन प्राप्त गरेनन् ।
२४. मूर्तिहरूले अल्लाहसमक्ष सिफारिस गर्नेछन् भन्ने मानिसको कामना पूरा हुन्छ र ?
२५. होइन, उसको कामना पूरा हुनेछैन । आखिरत र संसार केवल अल्लाहको हो । त्यसबाट उहाँ जे चाहनुहुन्छ प्रदान गर्नुहुन्छ र जे चाहनुहुन्छ त्यो रोक्नुहुन्छ ।
२६. आकाशहरूमा कति नै यस्ता फरिश्ताहरू छन् यदि उनीहरूले कसैको विषयमा सिफारिस गर्छन् भने उनीहरूको सिफारिसले कुनै फाइदा पुर्याउन सक्नेछैन । तर यदि उनीहरूमध्ये कसैलाई अल्लाह सिफारिस गर्ने अनुमति दिनुहुन्छ र कसैको विषयमा सिफारिस गरिनु मन पराउनुहुन्छ भने कुरा बेग्लै हो । अनि अल्लाहको साझेदार ठहर गरिएकोलाई उहाँले अनुमति दिनुहुनेछैन । अनि अल्लाहलाई छाडि जो उसको उपासना गर्छ उसको विषयमा उहाँले कहिल्यै सिफारिस गरिनु मन पारउनुहुनेछैन ।
२७. वास्तवमा, आखिरतको संसारमा पुनः जीवित पारिने कुरामाथि आस्था नराख्नेहरू फरिश्ताहरूलाई स्त्रीको संज्ञा दिन्छन् किनकि उनीहरूको आस्था अनुसार उनीहरू अल्लाहका छोरीहरू हुन् । उनीहरूको यस कुराबाट अल्लाह अति उच्च र महान हुनुहुन्छ ।
२८. यिनीहरूलाई स्त्रीको संज्ञा दिनको लागि उनीहरूसँग कुनै आधार नै छैन । यस विषयमा उनीहरू केवल कल्पना र भ्रमको अनुसरण गर्छन् । वास्तवमा, अनुमानले सत्यविरूद्ध कुनै लाभ पुर्याउन सक्दैन र यसले त्यसको ठाउँ लिन पुग्छ ।
२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको सम्झनाबाट विमुख हुने, त्यसलाई महत्व नदिने, सांसारीक जीवनको चाहना राख्ने र आखिरतको लागि मेहिनेत नगर्नेलाई बेवास्ता गर्नुहोस् किनकी ऊ त्यसमाथि आस्था राख्दैन ।
३०. फरिश्ताहरूलाई स्त्रीको संज्ञा दिनु मुश्रिकहरूको ज्ञानको सीमा हो किनकि उनीहरू अनभिज्ञ छन् र निश्चित छैनन् । वास्तवमा, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ता सत्यको बाटोबाट हटेकालाई उहाँको बाटोमा हिँड्नेलाई राम्ररी जान्नुहुन्छ । उहाँबाट त्यसको कुनै अंश पनि लुकेको छैन ।
३१. आकाशहरू र पृथ्वीको शासन, सृष्टि र प्रशासन उहाँको मात्र रहेको छ । यस संसारमा नराम्रा कर्म गर्नेहरूलाई उनीहरू योग्य भएको यातना दिनुहुनेछ र सत्कर्म गर्ने मोमिनहरूलाई स्वर्ग प्रदान गर्नुहुनेछ ।
३२. स्वयंलाई घातक पापहरू त्याग्नाले र आज्ञाकारिताको संख्या बढाउनाले मेटिने साधारण पापहरूबाहेक घातक पापहरू र गम्भीर अवज्ञाबाट जोगाई राख्नेहरूको लागि हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंको पालनकर्ता अति क्षमाशील हुनुहुन्छ । उहाँका भक्तहरूले क्षमा मागेको बेला उहाँ क्षमा गर्नुहुन्छ । उहाँ तिमीहरूको अवस्था र मामिलाहरूको बारेमा बढी सचेत हुनुहुन्छ । उहाँले तिमीहरूको पुर्खा आदम (अलैहिस्सलाम) लाई माटोबाट सृष्टि गर्नुभयो र तिमीहरू आमाका पेटमा गर्भ थियौ उहाँले तिमीहरूलाई एकपछि अर्को चरणमा गरी सृष्टि गर्नुभयो । त्यसको कुनैपनि कुरा उहाँबाट लुकेको छैन । आफूलाई ईशभय राख्ने भनेर स्वयंको प्रशंसा नगर । को उहाँका आदेशहरू पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची ईशभय राख्ने हो भन्ने कुरा उहाँलाई राम्ररी थाहा छ ।
३३. के तपाईंले उसको दुर्भाग्यपूर्ण अवस्था देख्नु भयो जो इस्लामको नजिक आएर पनि त्यसको विरोधी भयो ?
३४. जसले थोरै धन खर्च गर्यो फेरी रोक्यो किनकि कन्जूसी उसको प्रकृति हो । यससँगै उसले स्वयंलाई पवित्र ठान्यो ।
३५. के उसलाई अदृश्यको ज्ञान छ । अनि ऊ अदृश्यलाई देख्छ र त्यसको कुरा गर्छ ?
३६. के ऊ अल्लाहको विषयमा झूठो बोल्दैछ ? के अल्लाहको विषयमा झूठो बोल्ने यस व्यक्तिलाई पहिलेका किताबमा के छ भनेर थाहा छैन जुन अल्लाहले मूसा (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको थियो ।
३७. अनि इब्राहीम (अलैहिस्सलाम) को किताबमा जसले उनका पालनकर्ताका जिम्मेवारीहरूलाई निर्वाह गरे र त्यसलाई पूरा गरे ।
३८. अर्थात कसैले पनि अरूको पापको बोझ बोक्ने छैन ।
३९. अनि हरेकले उसको आफ्नै कर्मको बदला पाउनेछ ।
४०. कयामतको दिन उसको कर्म सार्वजनिक रूपले देखाइनेछ ।
४१. अनि उसलाई उसको कर्मको पूरा पूरा बदला दिइनेछ ।
४२. अनि, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मृत्युपश्चात तपाईंको पालनकर्ताकहाँ नै भक्तहरूको फर्कने ठाउँ र बासस्थान रहेको छ ।
४३. अनि उहाँ जसलाई प्रसन्न पार्न चाहनुहुन्छ उसलाई हँसाउनुहुन्छ र जसलाई दुखी पार्न चाहनुहुन्छ उसलाई रूवाउँनुहुन्छ ।
४४. अनि उहाँ संसारमा जीवितलाई मृत्यु दिनुहुन्छ र कयामतको लागि मृतकलाई जीवित पार्नुहुन्छ ।
४५. अनि उहाँले नै जोडी अर्थात पुरूष र महिलाको सृष्टि गर्नुभयो ।
४६. एउटा वीर्यको थोपाबाट जब त्यसलाई गर्भमा खसालिन्छ ।
४७. यी दुईको मृत्युपश्चात दुबैलाई कयामतको लागि सृष्टि गर्ने जिम्मेवारी उहाँ कै रहेको छ ।
४८. अनि उहाँ नै आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ त्यसलाई धन प्रदान गरेर सम्पन्न पार्नुहुन्छ र उहाँ यस्तो धन प्रदान गर्नुहुन्छ जसद्वारा मनुष्यहरू सन्तुष्टि प्राप्त गर्छन् ।
४९. अनि उहाँ नै शिरा / चम्किलो ताराको मालिक हुनुहुन्छ जसलाई केही मुश्रिकहरू अल्लाहसँगै पूजने गर्छन् ।
५०. अनि उहाँले प्राचीन आद / आदका प्रथम जातिलाई नष्ट पार्नुभयो । यिनीहरू हूद (अलैहिस्सलाम) को समुदायका हुन् । तर यिनीहरू आफ्नो कुफ्रमा अडिग रहेको हुनाले यसो भयो ।
५१. उहाँले सालिह (अलैहिस्सलाम) को समुदाय समूदलाई नष्ट पार्नुभयो र एकजना पनि बचेन ।
५२. आद र समूदभन्दा पहिले उहाँले नूहको (अलैहिस्सलाम) समुदायलाई नष्ट पार्नुभयो । नूह (अलैहिस्सलाम) को समुदाय निकै अत्याचारी थियो र आद र समूदभन्दा धेरै उदण्ड थियो किनकि नूह (अलैहिस्सलाम) उनीहरूमाझ नौं सय पचास वर्ष एकेश्वरवादको आह्वान गरिरहे तर उनीहरूले स्वीकार गरेनन् ।
५३. उहाँले लूत (अलैहिस्सलाम) को समुदायका नगरहरूलाई माथि आकाशमा उचाल्नुभयो । त्यसपछि घोप्टो पारेर त्यसलाई पृथ्वीमा खसाल्दिनुभयो ।
५४. त्यसलाई आकाशमा उचालेर पृथ्वीमा खसालेपछि उहाँले ढुङ्गै ढुङ्गाले हिर्काएर त्यसलाई ढाकदिनुभयो ।
५५. तसर्थ, हे मनुष्य हो ! तिम्रा पालनकर्ताका शक्तिको प्रमाण प्रस्तुत गर्ने कुन कुन निशानीहरूको विषयमा तिमी झगडा गर्छौ र त्यसबाट उपदेश ग्रहण गर्दैनौ ?
५६. यी रसूल जो तिमीहरूतिर पठाइएका हुन् पहिलेका रसूलहरूमध्ये कै हुन् ।
५७. कयामत नजिक आइपुगेको छ ।
५८. यसलाई रोक्नसक्ने कोही छैन र अल्लाहबाहेक त्यसको सूचना दिने कोही छैन ।
५९. के तिमीहरूलाई पाठ गरेर सुनाइने यो कुर्आन अल्लाहको तर्फबाट हो भन्ने कुरामा तिमीहरू आश्चर्य मान्छौ त ?
६०. तिमीहरू त्यसलाई सुनेर अपमान गर्दै हाँस्छौ तर त्यसको चेतावनीहरू सुनेर रूँदैनौ ।
६१. तिमीहरू त्यसको विषयमा बेवास्ता गर्छौ र त्यसलाई महत्व दिदैनौ ।
६२. तसर्थ केवल अल्लाहको उपासना गर र उहाँको मात्र उपासना गर ।
टिप्पणियाँ
एक टिप्पणी भेजें