शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! कुरा र काममा अल्लाह र उहाँका रसूलभन्दा अगाडि नबढ र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, अल्लाह तिमीहरूका कुराहरू सुन्नुहुन्छ र तिमीहरूका क्रियाकलापहरूलाई हेर्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यसकै आधारमा तिमीहरूलाई बदला दिइनेछ ।२. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! उहाँका रसूलसँग सभ्य व्यवहार गर र नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गर्दा उहाँको स्वरभन्दा आफ्नो स्वर उच्च नपार । जसरी तिमीहरू एक अर्कालाई बोलाउछौ त्यसरी नाम लिएर उहाँलाई नबोलाऊ । बरू नम्र शैलीमा उहाँलाई नबी र रसूल भनेर बोलाऊ । नत्र तिमीहरूका कार्यहरूको प्रतिदान बर्बाद हुनेछ । तर तिमीहरूलाई त्यसको प्रतिदान बर्बाद भएको आभास हुनेछैन ।३. वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आफ्नो स्वरलाई सानो पार्नेहरूलाई नै अल्लाहले उनीहरूका हृदयहरूलाई आफ्नो भयको लागि जाँच्नुभएको छ र उनीहरूलाई त्यसको लागि इमानदार बनाउनुभएको छ । उनीहरूका पापहरूलाई क्षमा रहेको छ अनि त्यसको लागि उहाँले उनीहरूलाई यातना दिनुहुन्न । अनि कयामतको दिन उनीहरूलाई महान प्रतिदान प्रदान गर्नुहुनेछ अर्थात उनीहरूलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ ।४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, तपाईंकी पत्नीहरूको कोठाहरूको बाहिरबाट गाउँलेहरू तपाईंलाई बोलाउँछन् । उनीहरूमध्ये धेरैजना अन्जान छन् ।५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई तपाईंकी पत्नीहरूको कोठाहरूको पछाडिबाट बोलाउनेहरूले तपाईं नआउञ्जेल तपाईंलाई नबोलाई धैर्य धारण गरेका भए अनि तपाईंलाई नम्र शैलीमा सम्बोधन गरेका भए त्यसको पछाडिबाट बोलाउनुभन्दा राम्रो कार्य हुने थियो किनकि यसमा मर्यादा र सम्मान रहेको छ । तसर्थ उनीहरूमध्येबाट र उनीहरूबाहेक पश्चाताप गर्ने सम्पूर्णका पापहरूलाई र उनीहरूको अज्ञानतालाई अल्लाह क्षमा गर्नुहुन्छ अनि उनीहरूमाथि दया गर्नुहुन्छ ।६. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! यदि केही मानिसहरूको विषयमा अवज्ञाकारीहरू तिमीहरूसमक्ष कुनै समाचार लिएर आएमा त्यसको सत्यताको छानबिन गर र त्यसलाई पुष्टि गर्न हतार नगर । यदि तिमीहरूले उसको सूचनालाई छानबिन बिना नै पुष्टि गर्यौ भने आशंका छ, तिमीहरूले कुनै समुदायमाथि उनीहरूको वास्तविक आवस्थाबाट अनविज्ञ रही अपराध गर्न पुग्नेछौ । अनि तिमीहरू उनीहरूमाथि आई लागेपछि उनीहरूको विषयमा प्राप्त सूचना झूठो भएको थाहा पाएर अपसोच गर्नेछौ ।७. हे मोमिनहरू हो ! जानी राख, तिमीहरूमाझ अल्लाहका रसूल हुनुहुन्छ र उहँमाथि वही अवतरण गरिन्छ । तिमीहरू झूठ बोल्नबाट बच किनकि उहाँमाथि वही अवतरण गरी उहाँलाई तिमीहरूको झूठको विषयमा जानकारी दिइनेछ । उहाँलाई तिमीहरूको भलाइको ज्ञान छ । यदि उहाँले अधिकतम विषयमा तिमीहरूको प्रस्ताव मान्नुभयो भने तिमीहरू नै सङ्कटमा पर्नेछौ जुन उहाँले तिमीहरूको लागि रोज्नुभएको छैन । तर अल्लाहले आफ्नो कृपाले तिमीहरूको लागि आस्थालाई रोज्नुभएको छ र तिमीहरूको हृदयमा त्यसलाई सुन्दर बनाएर प्रस्तुत गर्नुभयो अनि तिमीहरूले आस्था राख्यौ । अनि तिमीहरूको लागि कुफ्र, उहाँको अनुसरण त्याग्नु र उहाँको अवज्ञा गर्नुलाई मन पराउनुभएको छैन । यी गुणहरूका मालिक नै सीधा र सही बाटो हिँड्नेहरू हुन् ।८. तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको अनुग्रहको कारणले नै तिमीहरूको हृदयमा पुण्यलाई सुन्दर र पापलाई अप्रीय बनाइएको छ । अल्लाहलाई उहाँका भक्तहरूमध्येबाट उहाँको धन्यवाद दिनेलाई अल्लाह राम्ररी जान्नुहुन्छ अनि उसलाई सहयोग प्रदान गर्नुहुन्छ । अनि हरेक कुरालाई उसको सही ठाउँमा राख्नुहुन्छ किनकि उहाँ तत्वदर्शी हुनुहुन्छ ।९. हे मोमिनहरू हो ! यदि मोमिनहरू दुई समूह भई झगडा गर्छन् भने उनीहरूलाई आफ्नो विवादमा अल्लाहको आदेशको पालना गर्ने आह्वान गरी उनीहरूबीच मेलमिलाप गराऊ । यदि कुनै एउटा समूहले मेलमिलाप गर्न अस्वीकार गर्यो र त्यसको उल्लङ्घन गर्यो भने त्यस उल्लङ्घन गर्नेसँग उनीहरू फर्केर अल्लाहको आदेश मान्ने नभएसम्म युद्ध गर । यदि त्यो समूह अल्लाहको आदेशको अधीनमा आयो भने उनीहरूबीच न्याय र निष्पक्षताका साथ मेलमिलाप गराऊ । उनीहरूबीच आदेश दिँदा न्यायका साथ देऊ । वास्तवमा, आफ्नो आदेशमा न्यायलाई अपनाउनेहरूलाई अल्लाह मन पराउनुहुन्छ ।१०. मोमिनहरू इस्लाममा एक अर्काका दाजुभाइ हुन् । हे मोमिनहरू हो ! इस्लाममा एक अर्काको दाजुभाइ हुनुले आफ्ना मतभेद भएका दाजुभाइबीच तिमीहरूले मेलमिलाप गराउन माग गर्छ । अल्लाहका आदेशहरूको अनुसरण गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । आशा छ, तिमीहरूमाथि दया गरिनेछ ।११. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशको पालना गर्नेहरू हो !पुरूषहरूको कुनै समूहले अर्को समूहको विषयमा ठट्टा नगरोस् । सम्भव छ, अल्लाहको नजरमा ठट्टा गरिएकाहरू नै उत्तम होऊन् । अल्लाहको नजरमा जे राम्रो छ त्यही नै महत्व राख्छ । अनि महिलाहरू अरू महिलाहरूको विषयमा ठट्टा नगरून् । सम्भव छ, अल्लाहको नजरमा ठट्टा गरिएकाहरू नै उत्तम होऊन् । आफ्ना दाजुभाइको निन्दा नगर किनकि उनीहरू पनि तिमीहरूको जस्तै स्थितिमा छन् । एक अर्कालाई नराम्रो नामले नपुकार जसलाई उनीहरू मन पराउँदैनन् । नबी (सल्लल्लाहु अलैहि व सल्लम) आउनु अघि केही अन्सारहरूको अवस्था यस्तै थियो । तिमीहरूमध्ये जो यसो गर्दछ ऊ पापी हो । आस्थापछि पापी हुनु कति नराम्रो गुण हो । जो यस अवज्ञाबाट पश्चाताप गर्दैनन् उनीहरूले गरेको अवज्ञाको कारणले आफैलाई नष्ट हुने ठाउँमा राखी उनीहरूले आफूमाथि अत्याचार गरेका छन् ।१२. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशको पालना गर्नेहरू हो ! निराधार अनुमानहरूबाट टाढा बस । वास्तवमा, केही अनुमानहरू पाप हुन्छन् जस्तै मेलमिलाप गराउन खोज्ने व्यक्तिको विषयमा नराम्रो सोँच राख्नु । अनि मोमिनहरूको पछाडि उनीहरूको गोप्य कुराहरूको खोजि नगर र तिमीहरूमध्ये कोही पनि आफ्नो दाजुभाइलाई त्यस तरिकाले सम्झ जनु उनीहरूलाई मन पर्दैन किनकि उसलाई मन नपर्ने तरिकाले उसको उल्लेख गर्नुको अर्थ उसको मृत्युपश्चात उसको मासू खानु हो । के तिमीहरूमध्ये कोही आफ्नो दाजुभाइको मृत शरीरको मासू खान चाहन्छ ? तसर्थ उसको कुरा नकाट किनकि यो पनि त्यही कुरा हो । अल्लाहको आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्येबाट पश्चाताप गर्नेहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।१३. हे मानिसहरू हो ! हामीले तिमीहरूलाई एउटा पुरूष अर्थात तिमीहरूको पुर्खा आदमबाट र एउटी महिला अर्थात हव्वाबाट जन्म दियौं । तिमीहरूको एउटै वंश रहेको छ । तसर्थ तिमीहरू वंशलाई आधार बनाएर एक अर्कामाथि घमण्ड नगर । त्यसपछि तिमीहरूलाई धेरै जातिहरूमा र फरक फरक वंशहरूमा बनायौं जसको कारणले तिमीहरूले एक अर्कालाई चिन्न सक्नेछौ तर यसको आधारमा तिमीहरूले घमण्ड गर्नको लागि बनाएको होइन । तिमीहरूमा भिन्नता भनेको ईशभयको कारणले हो । यसकारणले उहाँले भन्नुभयोः वास्तवमा, अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सबैभन्दा धेरै सम्मानीत त्यही व्यक्ति रहेको छ जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । अल्लाहलाई तिमीहरूको अवस्थाको ज्ञान छ र तिमीहरूका शक्ति र कमजोरीहरूको ज्ञान छ र उहाँबाट केही पनि लुकेको छैन ।१४. केही गाउँलेहरूले नबी (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आएर भनेः हामीले अल्लाह र उहाँका रसूलमाथि आस्था राख्यौं । हे नबी ! उनीहरूलाई भन्नुहोस्- तिमीहरूले आस्था राखेका छैनौ तर तिमीहरू भनः हामीले आत्मासमर्पन गर्यौं र झुक्यौं । आस्था अहिलेसम्म तिमीहरूको हृदयमा पसेको छैन र आशा छ, त्यो प्रवेश गर्नसक्छ । हे गाउँलेहरू हो ! यदि तिमीहरूले आस्था, सत्कर्म र अवैध कुराहरूबाट बच्नमा अल्लाह र उहाँका रसूलको अनुसरण गर्यौ भने अल्लाहले तिमीहरूका सत्कर्महरूको प्रतिदानबाट केही पनि कम गर्नुहुनेछैन । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्नेहरूलाई क्षमा प्रदान गर्नुहुनेछ र उनीहरूमाथि दया गर्नुहुन्छ ।१५. मोमिनहरू भनेको अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्ने अनि आफ्ना आस्थालाई शंकासँग मिसाएर दुषित पारेनन्, अल्लाहको मार्गमा आफ्ना धन र शरीरका साथ सङ्घर्ष गरे र रत्ती भर पनि कन्जूसी गरेनन् । यी गुणहरूको मालिक आफ्ना आस्थामा सच्चा छन् ।१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी गाउँलेहरूलाई भन्नुहोस्- के तिमीहरू अल्लाहलाई सिकाउन चाहन्छौ, आफ्नो धर्मको विषयमा जानकारी दिन चाहन्छौ ? अल्लाहलाई आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूको ज्ञान छ र उहाँलाई सम्पूर्ण कुराहरूको ज्ञान राख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन अनि तिमीहरूको धर्मको विषमया तिमीहरूले उहाँलाई जानकारी दिनुपर्नेछैन ।१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी गाउँलेहरूले इस्लाम अपनाए भनी तपाईंमाथि उपकार जताउछन् । उनीहरूलाई भन्नुहोस्- अल्लाहको धर्म अपनाएर ममाथि उपकार नजताऊ । यदि यसको केही फाइदा छ भने त्यो तिमीहरूले नै पाउनेछौ । बरू अल्लाहले तिमीहरूलाई आस्था अपनाउन सहयोग गरी तिमीहरूमाथि उपकार गर्नुभएको छ यदि तिमीहरूले इस्लाम अपनाएको दावीमा सच्चा छौ भने ।१८. वास्तवमा, अल्लाहलाई आकाशहरू र पृथ्वीका अदृश्यहरूको ज्ञान छ । उहाँबाट केही पनि लुकेको छैन । अल्लाह तिमीहरूको क्रियाकलापहरूलाई हेरिरहनुभएको छ । तिमीहरूको कुनै पनि कर्म उहाँबाट लुकेको छैन र उहाँले तिमीहरूलाई राम्रो र नराम्रो कर्महरूको हिसाबले बदला दिनुहुनेछ ।
१. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! कुरा र काममा अल्लाह र उहाँका रसूलभन्दा अगाडि नबढ र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, अल्लाह तिमीहरूका कुराहरू सुन्नुहुन्छ र तिमीहरूका क्रियाकलापहरूलाई हेर्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यसकै आधारमा तिमीहरूलाई बदला दिइनेछ ।
२. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! उहाँका रसूलसँग सभ्य व्यवहार गर र नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गर्दा उहाँको स्वरभन्दा आफ्नो स्वर उच्च नपार । जसरी तिमीहरू एक अर्कालाई बोलाउछौ त्यसरी नाम लिएर उहाँलाई नबोलाऊ । बरू नम्र शैलीमा उहाँलाई नबी र रसूल भनेर बोलाऊ । नत्र तिमीहरूका कार्यहरूको प्रतिदान बर्बाद हुनेछ । तर तिमीहरूलाई त्यसको प्रतिदान बर्बाद भएको आभास हुनेछैन ।
३. वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आफ्नो स्वरलाई सानो पार्नेहरूलाई नै अल्लाहले उनीहरूका हृदयहरूलाई आफ्नो भयको लागि जाँच्नुभएको छ र उनीहरूलाई त्यसको लागि इमानदार बनाउनुभएको छ । उनीहरूका पापहरूलाई क्षमा रहेको छ अनि त्यसको लागि उहाँले उनीहरूलाई यातना दिनुहुन्न । अनि कयामतको दिन उनीहरूलाई महान प्रतिदान प्रदान गर्नुहुनेछ अर्थात उनीहरूलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ ।
४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, तपाईंकी पत्नीहरूको कोठाहरूको बाहिरबाट गाउँलेहरू तपाईंलाई बोलाउँछन् । उनीहरूमध्ये धेरैजना अन्जान छन् ।
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई तपाईंकी पत्नीहरूको कोठाहरूको पछाडिबाट बोलाउनेहरूले तपाईं नआउञ्जेल तपाईंलाई नबोलाई धैर्य धारण गरेका भए अनि तपाईंलाई नम्र शैलीमा सम्बोधन गरेका भए त्यसको पछाडिबाट बोलाउनुभन्दा राम्रो कार्य हुने थियो किनकि यसमा मर्यादा र सम्मान रहेको छ । तसर्थ उनीहरूमध्येबाट र उनीहरूबाहेक पश्चाताप गर्ने सम्पूर्णका पापहरूलाई र उनीहरूको अज्ञानतालाई अल्लाह क्षमा गर्नुहुन्छ अनि उनीहरूमाथि दया गर्नुहुन्छ ।
६. हे अल्लाहमाथि आस्था राख्ने र उहाँको आदेशको पालना गर्नेहरू हो ! यदि केही मानिसहरूको विषयमा अवज्ञाकारीहरू तिमीहरूसमक्ष कुनै समाचार लिएर आएमा त्यसको सत्यताको छानबिन गर र त्यसलाई पुष्टि गर्न हतार नगर । यदि तिमीहरूले उसको सूचनालाई छानबिन बिना नै पुष्टि गर्यौ भने आशंका छ, तिमीहरूले कुनै समुदायमाथि उनीहरूको वास्तविक आवस्थाबाट अनविज्ञ रही अपराध गर्न पुग्नेछौ । अनि तिमीहरू उनीहरूमाथि आई लागेपछि उनीहरूको विषयमा प्राप्त सूचना झूठो भएको थाहा पाएर अपसोच गर्नेछौ ।
७. हे मोमिनहरू हो ! जानी राख, तिमीहरूमाझ अल्लाहका रसूल हुनुहुन्छ र उहँमाथि वही अवतरण गरिन्छ । तिमीहरू झूठ बोल्नबाट बच किनकि उहाँमाथि वही अवतरण गरी उहाँलाई तिमीहरूको झूठको विषयमा जानकारी दिइनेछ । उहाँलाई तिमीहरूको भलाइको ज्ञान छ । यदि उहाँले अधिकतम विषयमा तिमीहरूको प्रस्ताव मान्नुभयो भने तिमीहरू नै सङ्कटमा पर्नेछौ जुन उहाँले तिमीहरूको लागि रोज्नुभएको छैन । तर अल्लाहले आफ्नो कृपाले तिमीहरूको लागि आस्थालाई रोज्नुभएको छ र तिमीहरूको हृदयमा त्यसलाई सुन्दर बनाएर प्रस्तुत गर्नुभयो अनि तिमीहरूले आस्था राख्यौ । अनि तिमीहरूको लागि कुफ्र, उहाँको अनुसरण त्याग्नु र उहाँको अवज्ञा गर्नुलाई मन पराउनुभएको छैन । यी गुणहरूका मालिक नै सीधा र सही बाटो हिँड्नेहरू हुन् ।
८. तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको अनुग्रहको कारणले नै तिमीहरूको हृदयमा पुण्यलाई सुन्दर र पापलाई अप्रीय बनाइएको छ । अल्लाहलाई उहाँका भक्तहरूमध्येबाट उहाँको धन्यवाद दिनेलाई अल्लाह राम्ररी जान्नुहुन्छ अनि उसलाई सहयोग प्रदान गर्नुहुन्छ । अनि हरेक कुरालाई उसको सही ठाउँमा राख्नुहुन्छ किनकि उहाँ तत्वदर्शी हुनुहुन्छ ।
९. हे मोमिनहरू हो ! यदि मोमिनहरू दुई समूह भई झगडा गर्छन् भने उनीहरूलाई आफ्नो विवादमा अल्लाहको आदेशको पालना गर्ने आह्वान गरी उनीहरूबीच मेलमिलाप गराऊ । यदि कुनै एउटा समूहले मेलमिलाप गर्न अस्वीकार गर्यो र त्यसको उल्लङ्घन गर्यो भने त्यस उल्लङ्घन गर्नेसँग उनीहरू फर्केर अल्लाहको आदेश मान्ने नभएसम्म युद्ध गर । यदि त्यो समूह अल्लाहको आदेशको अधीनमा आयो भने उनीहरूबीच न्याय र निष्पक्षताका साथ मेलमिलाप गराऊ । उनीहरूबीच आदेश दिँदा न्यायका साथ देऊ । वास्तवमा, आफ्नो आदेशमा न्यायलाई अपनाउनेहरूलाई अल्लाह मन पराउनुहुन्छ ।
१०. मोमिनहरू इस्लाममा एक अर्काका दाजुभाइ हुन् । हे मोमिनहरू हो ! इस्लाममा एक अर्काको दाजुभाइ हुनुले आफ्ना मतभेद भएका दाजुभाइबीच तिमीहरूले मेलमिलाप गराउन माग गर्छ । अल्लाहका आदेशहरूको अनुसरण गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । आशा छ, तिमीहरूमाथि दया गरिनेछ ।
११. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशको पालना गर्नेहरू हो !पुरूषहरूको कुनै समूहले अर्को समूहको विषयमा ठट्टा नगरोस् । सम्भव छ, अल्लाहको नजरमा ठट्टा गरिएकाहरू नै उत्तम होऊन् । अल्लाहको नजरमा जे राम्रो छ त्यही नै महत्व राख्छ । अनि महिलाहरू अरू महिलाहरूको विषयमा ठट्टा नगरून् । सम्भव छ, अल्लाहको नजरमा ठट्टा गरिएकाहरू नै उत्तम होऊन् । आफ्ना दाजुभाइको निन्दा नगर किनकि उनीहरू पनि तिमीहरूको जस्तै स्थितिमा छन् । एक अर्कालाई नराम्रो नामले नपुकार जसलाई उनीहरू मन पराउँदैनन् । नबी (सल्लल्लाहु अलैहि व सल्लम) आउनु अघि केही अन्सारहरूको अवस्था यस्तै थियो । तिमीहरूमध्ये जो यसो गर्दछ ऊ पापी हो । आस्थापछि पापी हुनु कति नराम्रो गुण हो । जो यस अवज्ञाबाट पश्चाताप गर्दैनन् उनीहरूले गरेको अवज्ञाको कारणले आफैलाई नष्ट हुने ठाउँमा राखी उनीहरूले आफूमाथि अत्याचार गरेका छन् ।
१२. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशको पालना गर्नेहरू हो ! निराधार अनुमानहरूबाट टाढा बस । वास्तवमा, केही अनुमानहरू पाप हुन्छन् जस्तै मेलमिलाप गराउन खोज्ने व्यक्तिको विषयमा नराम्रो सोँच राख्नु । अनि मोमिनहरूको पछाडि उनीहरूको गोप्य कुराहरूको खोजि नगर र तिमीहरूमध्ये कोही पनि आफ्नो दाजुभाइलाई त्यस तरिकाले सम्झ जनु उनीहरूलाई मन पर्दैन किनकि उसलाई मन नपर्ने तरिकाले उसको उल्लेख गर्नुको अर्थ उसको मृत्युपश्चात उसको मासू खानु हो । के तिमीहरूमध्ये कोही आफ्नो दाजुभाइको मृत शरीरको मासू खान चाहन्छ ? तसर्थ उसको कुरा नकाट किनकि यो पनि त्यही कुरा हो । अल्लाहको आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्येबाट पश्चाताप गर्नेहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१३. हे मानिसहरू हो ! हामीले तिमीहरूलाई एउटा पुरूष अर्थात तिमीहरूको पुर्खा आदमबाट र एउटी महिला अर्थात हव्वाबाट जन्म दियौं । तिमीहरूको एउटै वंश रहेको छ । तसर्थ तिमीहरू वंशलाई आधार बनाएर एक अर्कामाथि घमण्ड नगर । त्यसपछि तिमीहरूलाई धेरै जातिहरूमा र फरक फरक वंशहरूमा बनायौं जसको कारणले तिमीहरूले एक अर्कालाई चिन्न सक्नेछौ तर यसको आधारमा तिमीहरूले घमण्ड गर्नको लागि बनाएको होइन । तिमीहरूमा भिन्नता भनेको ईशभयको कारणले हो । यसकारणले उहाँले भन्नुभयोः वास्तवमा, अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सबैभन्दा धेरै सम्मानीत त्यही व्यक्ति रहेको छ जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । अल्लाहलाई तिमीहरूको अवस्थाको ज्ञान छ र तिमीहरूका शक्ति र कमजोरीहरूको ज्ञान छ र उहाँबाट केही पनि लुकेको छैन ।
१४. केही गाउँलेहरूले नबी (सल्लल्लाहु अलैहि व सल्लम) समक्ष आएर भनेः हामीले अल्लाह र उहाँका रसूलमाथि आस्था राख्यौं । हे नबी ! उनीहरूलाई भन्नुहोस्- तिमीहरूले आस्था राखेका छैनौ तर तिमीहरू भनः हामीले आत्मासमर्पन गर्यौं र झुक्यौं । आस्था अहिलेसम्म तिमीहरूको हृदयमा पसेको छैन र आशा छ, त्यो प्रवेश गर्नसक्छ । हे गाउँलेहरू हो ! यदि तिमीहरूले आस्था, सत्कर्म र अवैध कुराहरूबाट बच्नमा अल्लाह र उहाँका रसूलको अनुसरण गर्यौ भने अल्लाहले तिमीहरूका सत्कर्महरूको प्रतिदानबाट केही पनि कम गर्नुहुनेछैन । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्नेहरूलाई क्षमा प्रदान गर्नुहुनेछ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१५. मोमिनहरू भनेको अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्ने अनि आफ्ना आस्थालाई शंकासँग मिसाएर दुषित पारेनन्, अल्लाहको मार्गमा आफ्ना धन र शरीरका साथ सङ्घर्ष गरे र रत्ती भर पनि कन्जूसी गरेनन् । यी गुणहरूको मालिक आफ्ना आस्थामा सच्चा छन् ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी गाउँलेहरूलाई भन्नुहोस्- के तिमीहरू अल्लाहलाई सिकाउन चाहन्छौ, आफ्नो धर्मको विषयमा जानकारी दिन चाहन्छौ ? अल्लाहलाई आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूको ज्ञान छ र उहाँलाई सम्पूर्ण कुराहरूको ज्ञान राख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन अनि तिमीहरूको धर्मको विषमया तिमीहरूले उहाँलाई जानकारी दिनुपर्नेछैन ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी गाउँलेहरूले इस्लाम अपनाए भनी तपाईंमाथि उपकार जताउछन् । उनीहरूलाई भन्नुहोस्- अल्लाहको धर्म अपनाएर ममाथि उपकार नजताऊ । यदि यसको केही फाइदा छ भने त्यो तिमीहरूले नै पाउनेछौ । बरू अल्लाहले तिमीहरूलाई आस्था अपनाउन सहयोग गरी तिमीहरूमाथि उपकार गर्नुभएको छ यदि तिमीहरूले इस्लाम अपनाएको दावीमा सच्चा छौ भने ।
१८. वास्तवमा, अल्लाहलाई आकाशहरू र पृथ्वीका अदृश्यहरूको ज्ञान छ । उहाँबाट केही पनि लुकेको छैन । अल्लाह तिमीहरूको क्रियाकलापहरूलाई हेरिरहनुभएको छ । तिमीहरूको कुनै पनि कर्म उहाँबाट लुकेको छैन र उहाँले तिमीहरूलाई राम्रो र नराम्रो कर्महरूको हिसाबले बदला दिनुहुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें